National Interest, Security Policy and Civil Military Relation

 

एकीकृत सीमा सुरक्षा व्यवस्थापन तथा सुदृढीकरण

 बुद्धिनारायण श्रेष्ठ

१. राष्ट्रिय अखण्डता र सीमा व्यवस्थापनको अवधारणा ः
 
पृथ्वीनारायण शाहले साना-तिना, भुरे-टाकुरे राज्य एकीकरण गर्ने काम सम्बत् १८२८ देखि सुरु गरेका थिए । भारतमा साशन गरिरहेको बेलायती इस्ट इन्डिया कम्पनी सरकारको दब्दबा बढिरहेकोले हिमाली भेगमा छरिएर रहेका स-साना राज्य-रजौटाहरुलाई अंग्रेजले आफ्नो साशनभित्र पार्लान् भन्ने डरले एक सशक्त राज्यका रुपमा खडा [...]