Birth of Madhes

buddhinarayan.jpg

मधेसको जन्म

बुद्धिनारायण श्रेष्ठ

नेपाल ‘फिजियोग्राफिक’ हिसाबमा तर्राई, चुरेभावर, पहाड, उच्चपहाड र हिमालले बनेको छ । बोलीचालीका हिसाबले नेपालमा हिमाल, पहाड र तर्राई रहेको मानिन्छ । दक्षिणी सिमावर्ती क्षेत्रमा तर्राई सालाखाला २८ किलोमिटर चौडा र ८ सय ८५ किमि लम्बाइमा पर्ूव-पश्चिम तन्किएको छ । तर्राई खेतीपाती, उद्योगधन्दा, व्यापारव्यवसाय र आवागमन निम्ति सुगम छ । तर्राईले देशको १४ प्रतिशत भूभाग ओगटेको छ । तर्राईलाई कसैकसैले मधेस पनि भन्छन् । के तर्राई र मधेस पर्यायवाची शब्द हुन् –

अंग्रेज र नेपालबीच सुगौली सन्धि र यसपछिका सम्झौतामा नेपालको दक्षिणी क्षेत्रमा अवस्थित होचो भूभागलाई ‘तर्राई’ भनेको पाइन्छ । ८ डिसेम्बर १८१६ मा एडवार्ड गार्डनरले तयार पारेको सीमा सम्झौतामा ‘चित्त दुखेका राजालाई खुसी पार्न राप्तीदेखि कोसीसम्म समस्त तर्राई भूभाग फिर्ता गर्न ब्रिटिस सरकार इच्छुक  छ’ भन्ने उल्लेख छ । यस्तै नेपालका राजाले ११ डिसेम्बर १८१६ मा सम्झौता अनुमोदन गरेको पत्रमा पनि ‘इस्ट इन्डिया कम्पनीको प्रस्तावित सम्झौतालाई आदर गर्दै पहिलेको दक्षिणी सीमामा रहेको कोसीदेखि राप्तीसम्म तर्राई पर्ूवस्थितिमा फिर्ता लिन नेपाल मञ्जुर छ’ भन्ने लेखिएको छ । आठ दफाको सम्झौतापत्र र नेपालले गरेको अनुमोदनको तीन अनुच्छेदका १३ ठाउ“मा ‘तर्राई’ लेखिएको छ । ठगलाई र्समर्पण गर्ने २० जनवरी १८३७ को सम्झौतामा पनि ‘तर्राई’ प्रयोग गरेको पाइन्छ तर ‘मधेस’ कही“ उल्लेख छैन ।

अब भनांै मधेस कहा“ पर्छ त – ‘मधेस’ संस्कृतको ‘मध्य-देश’ बाट अपभ्रंश भई बोलीचाली सजिलो पार्न ‘ध्य’ हर्टाई जनज्रि्राले मधेस भनेको हुनर्ुपर्छ । मध्यदेश भन्नाले दर्ुइ प्रदेशबीचको भूभाग बुझिन्छ । भारतमा उत्तर प्रदेश र महाराष्ट्रबीचको राज्यलाई अझै  मध्यप्रदेश भनिन्छ । इतिहासशिरोमणि बाबुराम आचार्यले अम्बालादेखि प्रयागसम्मको मैदानी भूभागलाई मध्यदेश -मधेस) मान्न सकिन्छ भन्ने झल्काएका थिए । चिनिया“ इतिहासकार फाहियानले मथुरा पुग्दा मथुरा दक्षिणी भागलाई मध्यदेश भनी लेखेका थिए । प्राचीन ब्रम्हानी तथा बुद्धसम्बन्धी साहित्यमा सरस्वती नदीपर्ूव र प्रयागनजिक  कलकवन -कालो जंगल) पश्चिमी क्षेत्रलाई मधेस भनेको पाइन्छ । यसअनुसार मध्यदेश भारतमा रहेको बुझिन्छ ।

अब हेरौं, नेपालको तर्राईमा बसेका बासिन्दालाई किन र कसरी मधेसी भनियो । मध्यदेशमा जनसंख्या वृद्धि भयो र रोजगारी कमी भयो । त्यहा“का मानिस तर्राईको उर्वरा भूभाग प्रवेश गरी घरजम बसाल्न थाले । तर्राईका आदिवासी थारू समुदायसमेतले मध्यदेशका आगन्तुकलाई सजिलै चिन्न मदेसी भन्न थालेको हुनर्ुपर्छ । यस्तै चारकोसे झाडी कटान-छपानले औलो उन्मूलन भएपछि पहाडबाट ओर्लेका बासिन्दालाई पहाडिया भन्ने गरिएको र्सवविदितै छ ।

भारतीय मध्यदेशका धेरै ठाउ“का बासिन्दा तर्राई भित्रिएका हुनाले हालका मधेसीको पुरानो नातापाता अझै मध्यदेशमा बाक्लै छ । मधेसी समुदायको मातृभाषा हिन्दी, मैथिली, अवधी, मारवाडी, उर्दू, बंगाली मिश्रतिरूपमा रहेकाले भारतीय बासिन्दास“ग रगतको नाता पाइन्छ । अतः तर्राईका आदिवासी समुदायमा मधेसीको बाहुल्य बढेकाले तिनलाई सम्बोेधन गर्न बोलीचालीको भाषामा मधेस भन्ने गरिएको हुनसक्छ ।

माथिको भूमिकामा भन्न खोजिएको के हो भने नेपालमा मधेस थिएन । भौगोलिक हिसाब र सन्धिमा उल्लिखित शब्दका आधारमा तर्राईलाई मधेस भन्न मिल्दैन । यसैकारणले पनि मधेसी नेताहरूले खोल्न लागेको पार्टर्ीीे नाम तर्राई-मधेस लोकतान्त्रिक पार्टर्ीीाख्न लागेका होलान् । उनीहरूले मधेस भनेर एउटैमात्र शब्द ठोकुवारूपमा राख्न सकेका छैनन् । २००७ सालपछि खुलेको तर्राई कांग्रेसले पनि मधेसी कांगे्रस नामकरण गरेको थिएन । यसले तर्राई र मधेस पर्यायवाची होइनन् भन्ने बुझाउ“छ ।

अब मधेसको जन्मतर्फलागांै । हालै तर्राईका एक वरिष्ठ मन्त्रीको नेतृत्वमा चार सांसदसहित नौ मधेसी नेताले तर्राई-मधेस लोकतान्त्रिक पार्टर्ीीामक नया“ दल खोल्न सरकार, संसद् र पार्टर्ीीट दिएको राजीनामा स्वीकृत भइसकेको छ । तर्राईको प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका प्रायः सबै पार्टर्ीी वरिष्ठ नेता पनि नया“ पार्टर्ीी सामेल हुने सम्भावना बुझिन्छ । राज्यले मधेसी जनतामाथि सयौं वर्षेखि असमान व्यवहार गरेकाले तर्राई-मधेसमा बृहत् राजनीतिक शक्ति निर्माण गर्नुपर्ने र मधेसमा जुन औपनिवेशिक शासन छ, मधेसी जनता त्यसको समाप्ति चाहन्छन् भन्ने उनीहरूको भनाइ छ । उनीहरूको जिकिर छ ‘मधेसी जनता आफ्ना समस्या  समाधान गर्न आफ्नो छुट्टै स्वायत्त राज्य, छुट्टै सरकार, व्यवस्थापिका, न्यायालय प्रशासन चाहन्छन्’ -कान्तिपुर दैनिक, २०६४ मंसिर २५) ।

यसबाट के बुझिन्छ भने तर्राईका नेता छुट्टै राज्य ‘मधेस’ जन्माउन चाहन्छन् किनकि नागरिक शास्त्रको सिद्धान्तले भन्छ- एउटा र्सार्वभौम राष्ट्रको आफ्नै स्वतन्त्र सरकार, स्थायी बान्सिन्दा, अन्य राज्यस“ग अन्तर्रर्ााट्रय सर्म्पर्क गर्नसक्ने क्षमता र तोकिएको निश्चित सिमाना हुन्छ । नया“ खुल्ने पार्टर्ीी यी सबै चाहेको छ । यस पार्टर्ीी तर्राईको सम्पर्ूण्ा माग पूरा  गर्न सक्छ भन्ने उनीहरूको धारणा  पाइन्छ । स्मरणीय छ, जनतान्त्रिक तर्राई मुक्ति मोर्चा -ज्वाला समूह) ले स्वतन्त्र तर्राई जन्मिसकेको र सीमा पनि भौगोलिक दृष्टिकोणले आफैं स्पष्टरूपमा छुट्टइिसकेको जिकिर गर्दै सीमा छुट्याउने वार्तामात्र हुन बा“की रहेको उल्लेख गरेको छ । -नया“ पत्रिका दैनिक, २०६४ असार २८) ।

अन्तरिम संविधान-२०६३ को धारा ४ -२) मा नेपालको क्षेत्र संविधान प्रारम्भताकको हुने उल्लेख छ । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ । यसमा एक वर्ग किमिमात्रै क्षेत्र कम भयो भने को जिम्मेवार हुने भन्ने प्रश्न संवेदनशील छ । यस्तो परिस्थिति आयो भने सरकारप्रमुख मुख्य जिम्मेवार ठहरिनेछ । यस्तो घडीमा नेपाली जनताले सरकारप्रमुखलाई त्यसै छाड्नेछैनन् । तर्राई बासिन्दाको जायज माग अविलम्ब पूरा गर्नु गराउनर्ुपर्छ । अप्रासंगिक, अवैधानिक र अर्थहीन मागलाई बुद्धिमतापर्ूवक पन्र्छाई समाधान गर्नुपर्छ । नत्र सुगौली सन्धिपश्चात् अमरसिंह थापाले गोसाइ“कुण्डमा देहत्याग गरेजस्तै परिस्थिति सरकारप्रमुखलाई आइनपर्ला भन्न सकिन्न ।

४ मार्च १८१६ को सुगौली सन्धिपछि नेपाल तर्राईविहीन थियो तर ९ महिना ७ दिनपछि पर्ूर्वीतर्राई -राप्ती-कोसीको समथर भूभाग) फिर्ता पायो । त्यसपछि १ नोभम्बर १८६० मा नया“ मुलुकका रूपमा बा“के, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता पाई वर्तमान नेपालको सीमा कायम भएको छ । यसले के देखाउ“छ भने नेपाल ४४ वर्षम्म आंशिक तर्राईविहीन थियो । १ सय ४७ वर्षछि फेरि नेपाल तर्राईविहीन अवस्थामा आउन खोजेको लक्षण देखि“दै छ । नेपाल र भारतबीच तर्राई, मधेस राज्य -मध्यदेश) का रूपमा जन्मन खोज्दै गरेको आभास परेको छ । 

—-0—- 

One Response

  1. buddhinarayan ji
    tapain ko analysis ekdamai kamjor cha, i m surprised how u were not able to draw the fact on the origin of the word madhesh was from the people of hills (not tharus) to differentiate themselves, which eventually turned out to be a derogatory word, and finally after awareness in the plains community, they started using madhesh, madhesi and felt proud to call themselves madhesi by using the same word as their weapons, which once used to a hateful word like negro for blacks, unfortunately blacks are still unable to take the word negro proudly, but we madhesis are.
    if u r not happy with me please email me on logsuvas@hotmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: