Unresolved Border Problem

buddhi-co-2063.jpg

सीमा समस्या का“चै

बुद्धिनारायण श्रेष्ठ

पच्चीस वर्षछि नेपाल-भारत प्राविधिकस्तरीय संयुक्त सीमा समितिको म्याद १ जनवरी २००८ मा समाप्त भयोे । आठपटक थप गरिएको संयुक्त समितिलाई यसपटक थपिएन । जानकार संयन्त्रअनुसार यो समिति विघटन गरिएको छ । नया“दिल्लीमा पुस ३-४ मा बसेको संयुुक्त समितिको अन्तिम तथा ३१ औं बैठकपछि अतिक्रमित सुस्ता र कालापानी-लिम्पियाधुराबाहेक सीमाका सबै भागको १ सय ८२ आधिकारिक र वैज्ञानिक नक्सा तयार भई दुवै देशका नापी अधिकारीले हस्ताक्षर गरेको प्रकाशमा आएको छ । यस्तै दुवै देशबीच सीमारेखाको ९८ प्रतिशत रेखांकन समाप्त भएको पनि भनिएको छ ।यसले तीन जिज्ञासा जन्माएको छ । प्रथमतः, सुस्ता र कालापानीजस्ता जटिल अतिक्रमित ‘सेगमेन्ट’को समस्या किन का“चै रह्यो – दोस्रो, तयार भएका सीमानक्सा कुन हदसम्म यथार्थ र तथ्यपरक छन् – के यी नक्सामा जमिनको वर्तमान वस्तुस्थिति सीमारेखा चित्रांकन गरिएका छन् – यस्ता रेखांकन सुगौली सन्धिताकाका जंगे खम्बासहित वास्तविक नक्सांकनस“ग मिल्दाजुल्दा छन् – तेस्रो, बा“की २ प्रतिशत काम कुन-कुन ‘सेक्टर’को छ – सुस्ता र कालापानीमात्रै या अन्य भूभागको पनि बा“की भएको हो – सुस्ता, नेपाल-भारतको निकै पुरानो ऐतिहासिक मुद्दा हो । सुस्ता क्षेत्रमा नेपाल र भारतका २४ किलोमिटर सीमारेखा प्रतिनिधित्व गर्ने नारायणी नदीले संवत् १९०२ देखि बाढीका समयमा धार परिवर्तन गर्दै आएको छ । वादविवाद सुल्टाउन संयुक्त सीमा कमिसन गठन भई विसं १९९४, २००४, २००९ तथा २०१० मा बैठक बस्यो । उपाय निक्लिन सकेन । पुनः २०२७ सालमा परराष्ट्र मन्त्रालयका अधिकृत टोलीले क्षेत्रगत निरीक्षण गरी भैंसालोटनमा भारतीय पक्षस“ग कुराकानी गरे । कुरो मिलेन । तर पनि विवादित सुस्ता क्षेत्रको वस्तुस्थिति आ“कलन गर्न नेपालतर्फाट २०२८ मा एकतर्फी नापीनक्सा सुरु गरियो । नापी गरिएको नक्सा भारततर्फाट लुटी र्सर्भेयरलाई केही दिन काबुमा लिई छाडियो । यसपछि २०३८ सालमा गठित नेपाल-भारत प्राविधिकस्तरीय संयुक्त सीमा समितिलाई सुस्ता क्षेत्रसमेत दर्ुइ देशबीच सीमारेखाको वैज्ञानिक सिमांकन गर्न तोकियो । यो समितिले २५ वर्षकाम गर्‍यो । यसैबीच समितिको म्याद २०६४ पुस १६ गते समाप्त भयो । समिति विघटन गरियो । सुस्ता समस्या का“चै रह्यो । नया“दिल्लीमा भएको अन्तिम बैठकमा आ-आफ्नै अडानका कारण सहमति हुन सकेन । “सुस्तामा नेपाली भूभाग अतिक्रमण भन्ने भनाइलाई भारतले ठाडै अस्वीकार गरेको छ । नेपालकातर्फाट माइन्युटमा सुस्तामा भूमि मिचिएको भन्ने वाक्यांश राख्न जोड दिए पनि भारतले अस्वीकार गरेको थियो” -कान्तिपुर, ०६४ पुस ६) । अब १ सय ४२ वर्ग किलोमिटर भूभागको सुस्ता समस्या अनिर्ण्र्ााो बन्दी भएको छ । अन्तिम बैठकमा कालापानी-लिम्पियाधुरा अतिक्रमित क्षेत्रबारे छलफलै भएन । स्मरणीय छ, यस क्षेत्र भारत र चीनबीच भएको संवत् २०१९ मा छोटो तर डरलाग्दो सीमायुद्ध दौरान अतिक्रमित भएको हो । अहिलेसम्म पनि भारतीय अर्धसैनिक बल यस क्षेत्रमा छन् । ३ सय ७२ वर्ग किलोमिटर ओगटेको यो भूभाग नेपाल, भारत र चीनको त्रिदेशीय विन्दुमा अवस्थित छ । सामरिक दृष्टिकोणले यो स्थान समवेदनशील तथा महत्त्वपर्ूण्ा छ । भारत-चीन व्यापारिक, पर्यटन तथा तर्ीथाटनको छोटो ‘रूट’मा परेको छ । बैठकमा यस क्षेत्रको चर्चा नभए पनि “कालापानी नेपाल, भारत र चीनबीचको त्रिपक्षीय मुद्दा भएकाले त्रिपक्षीय बैठकले टुंगो लगाउने” भनिएको समाचार आयो । यसैले कालापानी-लिम्पियाधुरा समस्या पनि ज्यु“का-त्यु“ छ । दोस्रो बु“दातर्फपसौं । तयार भई दुवै पक्षका नापी अधिकारीबीच प्रारम्भिक हस्ताक्षर भएको ‘स्ट्रीप म्याप’ कुन हदसम्म यथार्थ र शुद्ध छ – १ बराबर १५ हजारको माननापमा तयार पारिएका १ सय ८२ थान नक्सामा सीमारेखाको वस्तुस्थिति चित्रांकन गरिएको छ-छैन – सुगौली सन्धि दौरान गाडिएका ९१३ वटा जंगे खम्बा लामो दूरीमा गाडिएको थियो । तिनीबीच घुमाउरो र चोसाचासी परेको सीमारेखामा हाल गाडिएका करिब ८ हजार सहायक सीमा खम्बा सुगौली सन्धिका सीमारेखा दर्शाउने गरी स्थापना गरिएका छन्-छैनन् – यस्तै संवत् १८७२ देखि १९१७ तथा १९३१ देखि १९४२ सम्मका विभिन्न चरणमा बनाइएका सीमा नक्सास“ग मेल खानेगरी दसगजा क्षेत्र कायम गरिएको छ-छैन – स्मरणीय छ, नेपाल-भारत सीमा ब्रिटिसकालीन भारतकै समयमा ‘डिमार्केटेड’ सीमारेखा हो । यसैअनुसार हाल सिमांकन गरिएको हुनर्ुपर्छ । प्राविधिक समितिलाई नया“ सिमांकन गर्ने कार्याधिकार नदिइएको हुनाले निश्चित सीमा सिद्धान्तअनुसार दुवै देशबीच साविकको अन्तर्रर्ााट्रय सिमाना कायम गरिएको हुनर्ुपर्छ । प्रश्न के छ भने ब्रिटिसकालीन सिमांकित रेखास“ग हालको भोगचलनको वस्तुस्थिति मेल खानेगरी नक्सा बनाइएको छ-छैन – अर्को पूरक जिज्ञासा पनि उठ्न सक्छ- नया“ नक्सामा ब्रिटिसकालीन सीमारेखाअनुसार चित्रांकन गरिएको भए पनि जमिनमा कुनै पक्षबाट मिचिएको र अतिक्रमित भए यस्ता नक्साको के कस्तो महत्त्व हुन्छ – किनकि नक्सामा मात्रै यथार्थ रहेर जमिनचाहि“ मिचिरहेकै अवस्था भए स्थानीय तहमा वादविवाद रहिरहन सक्छ । जमिन अतिक्रमित भएको सरोकारवाला व्यक्तिका निम्ति नक्सा एउटा कागजको खोष्टाका रूपमा मात्र रहन्छ । यसलाई जमिनमा वादविवाद नटुंगिएको मान्नर्ुपर्छ । यसलाई कसरी ठेगान लगाइएको छ महत्त्वपर्ूण्ा छ । यसै प्रसंगमा ब्रिटिस-भारत समयमा पा“चथर जिल्लाको उत्तरतर्फर कञ्चनपुरको ब्रह्मदेवमण्डी उत्तरको सेक्टरमा खम्बा गाडी सिमांकन गरिएको थिएन भन्ने स्मरण गर्नुपर्छ । ब्रह्मदेव उत्तर महाकाली नदी खो“च परी बगेकोले यसैलाई सीमारेखा मानी अंकन गरिएको हुनर्ुपर्छ । यद्यपि लिपुलेक भञ्ज्याङ र लिम्पियाधुराबाट बग्दै आएको नदी संगमदेखि उत्तरको भूभाग महाकाली नदीको उद्गम विवादका कारणले कालापानी-लिम्पियाधुरा सिमांकन नभएको प्रकाशित भइसकेको छ । फालेलुङ उत्तर सिंगालिला शृङखला भई झिन्सा“ -नेपाल-भारत-चीनको त्रिदेशीय) विन्दुसम्म भूभागबारे मूल पानीढलो यकिन गरी अन्तर्रर्ााट्रय ‘वाटरसेड’ सीमा सिद्धान्तअनुरूप खम्बा गाडिएको हुनर्ुपर्छ । तेस्रो जिज्ञासातर्फलागौं । नेपाल-भारत सिमांकन २ प्रतिशतमात्र बा“की छ । यो दर्ुइ प्रतिशतभित्र कालापानी-लिम्पियाधुरा र सुस्ता क्षेत्रमात्रै पर्छ अथवा अन्य विवादित र अतिक्रमित भूभाग पनि – अन्य क्षेत्र पर्छ भने कुन-कुन हुन् – यिनै जिज्ञासा मेटाउन र नक्साको यथार्थबारे अन्तरिम संसदलाई जानकारी गर्राई नक्सालाई निश्चिततामा पुर्‍याउनर्ुपर्छ । नक्साको सिमांकन विवरण विधायक, अध्येता, अनुसन्धानकर्ता र जमिन मिचानमा परेका सरोकारवालाले हर्ेन पाउनुपर्ने व्यवस्था आवश्यक छ । नक्सामा जानी-नजानी फरक परी त्रुटि भए दुवै देशका नापी अधिकारीबाट सुधार गर्ने सम्भावना रहनर्ुपर्छ । यस्ता नक्सामा दुवै देशका र्सवाधिकार सम्पन्न -प्लेनी पोटेन्सिएरी) अधिकारीले हस्ताक्षर गरेपछि सुधारका गुञ्जाइस रह“दैन । सुस्ता समस्या सडकदेखि सदन हु“दै सरकारसम्म पुगिसकेको छ । कालापानी-लिम्पियाधुरा ओझेलमा परेको छ । पुस ९ गते मन्त्रिपरिषदले नेपाल र भारतबीच सुस्ता, कालापानी, खर्ुदलोटन बा“ध र लक्ष्मणपुर बा“धमा देखिएका समस्या समाधान गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई दिएको छ । सुस्ता लगायतका सीमा समस्या समाधान गर्न उच्चतहको कूटनीतिक प्रयास थालेको र केही दिनमै परिणाम आउने अपेक्षा गरेको प्रधानमन्त्रीले अवगत गराउनुभयो -कान्तिपुर, ०६४ पुस २३) । प्रधानमन्त्रीले प्रतिक्रियामा भन्नुभएको छ- “सडकमा हल्ला गरेर सीमा विवाद समाधान नहुने, जब दर्ुइ राष्ट्रबीच सीमाबारे कुरा उठ्छ, त्यसपछि अत्यन्त संयमित भएर शान्त कूटनीतिबाट समस्या समाधान गर्नुपर्छ । हल्ला गरेर समस्या समाधान हु“दैन, भइरहेको कुरा पनि बिगार्छ । सीमा समस्या समाधान गर्न पहल भइरहेको छ । कुरा बिगार्ने गरी केही काम नगर्न म सबैलाई आग्रह गर्छर्ुु-अन्नपर्ूण्ा पोष्ट, ०६४ पुस २५) भने । यसबाट सरकार प्रमुखको इच्छाशक्ति केही ढलपल भएको आभास हुन्छ । र्सार्वभौमसत्ता सम्पन्न देशको सानो टुक्रा भूभाग मिचियो भने त्यस क्षेत्रको नेपाली नागरिक विदेशी वासिन्दा हुन पुग्छन् । सीमा समस्या तथा अतिक्रमणजस्ता राष्ट्रिय मुद्दालाई गम्भीरतापर्ूवक हेरिनर्ुपर्छ । सरकार प्रमुखले चासो दिए पक्कै समाधान निक्लन सक्छ । किनकि नेपाल र भारतबीच परम्परागत जनस्तरदेखि आपसी सम्बन्ध छ । राष्ट्रको जटिल सीमा समस्या का“चै नरहोस् । यथासक्य चँ“डो समाधान भई नेपाल र भारतको सम्बन्ध अझ प्रगाढ र सुदृढ होस् भन्ने कामना गरौं ।

Posted on: 2008-01-17 12:39:46

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: