Book Review

२०६६ माघ १५ –

भारतको वरदान नेपालको अभिशाप

टीकाराम राई

नेपाल-भारत सीमा बाँध नेपालले खप्नुपरिरहेको चर्को समस्या हो । भारतले ‘नेपाल सीमानजिकै १८ वटा बाँध बनाएको छ भने पञ्चेश्वर र पूणर्ागिरीमा बाँध बनाउने तयारी’ गर्दै छ । यी बाँधले प्रत्येक वर्ष नेपालको वषर्ायाममा भारत सीमा क्षेत्रमा जलप्रकोप उत्पन्न गराई ठूलो जनधनको नोक्सनी गरिरहेको छ तर नेपालीको मित्रताको नाममा त्यसलाई सहनुपर्ने बाध्यता छ ।

नापी विभागका पूर्वमहानिर्देशक तथा नापी नक्साविद् बुद्धिनारायण श्रेष्ठकोे ‘भारत-नेपाल ः सीमावर्ती बाँध’ नामक पुस्तक बजारमा आएको छ । लेखक श्रेष्ठको यो ९औ पुस्तक हो । योभन्दा अगाडिका पुस्तकहरू बढी सीमा विषयसँग सम्बन्धित छन्, जसले उनलाई ‘सीमाविद्’ को रूपमा स्थापित गराउन सहयोग गर्‍यो । अवकाशपछि निरन्रत रूपमा सीमा विषयको खोज र लेखनमा उनी सक्रिय छन् ।

 

पुस्तक मुख्यतः नेपाल-भारत सीमाबाँधहरू र त्यसबाट नेपालमा उत्पन्न समस्याबारे केन्दि्रत छ । त्यस अतिरिक्त सीमा बाँधले गर्दा सीमा क्षेत्रका नेपालीहरूले भोग्नुपरिरहेको समस्या र त्यसपछि नेपालमा उत्पन्न प्रतिक्रियाबाट नेपाल भारत सम्बन्धमा परिरहेको असरको पाटो पनि पुस्तकमा छ । पुस्तकमा बाँधको परिभाषा, त्यसको प्रकार, नेपाली नदीनालाहरू, त्यसको भारतसँग सम्बन्ध र विशेषता उल्लेख गरी बाँधजस्तो प्राविधिक विषयमा पाठकहरूको जानकारी दिने प्रयास लेखकलेे गरेका छन् । यो अर्थमा नेपाल-भारत सीमा बाँधसम्बन्धी यो पहिलो करिब करिब पूर्ण नेपाली पुस्तक हो ।

श्रेष्ठले पुस्तकमा पाठकहरूको ध्यान तान्नका लागि सीमा बाँधको सैद्धान्तिक पक्षबाट पुस्तक आरम्भ गरेका छन् । त्यसपछि, भारतीय सीमा बाँधबाट नेपालमा सिर्जित डुबान समस्याबारे उल्लेख गरी बाँध चर्को समस्या भनी प्रस्टाइएको छ । लक्ष्मणपुर बाँध, महलीसागर, टनकपुर बाँधलगायतका १८ वटा बाँधको विस्तृत विश्लेषणयुक्त चित्रण मात्र होइन बहुचर्चित तथा महत्त्वाकांक्षी भारतको नदी जडान योजनाबारेको भारतीय भित्री मनसाय बुझाउने प्रयास पनि छ । पुस्तकमा उल्लेख छ- छिमेकी देशबाट बगेर आएका ३७ नदीलाई १२ हजार ५ सय किमि लामो ३० नहरद्वारा सानो नदीमा जोडी दक्षिणसम्म लैजाने भारतीय योजनालाई भारतीय नदी जडान योजना भनिन्छ । -पृष्ठ २९०)

पुस्तक पढ्दा भारतले नेपाललाई हानि हुनेगरी  निर्माण गरेको १८ सीमा बाँधबाट समस्या चर्केपछि भारतीय कर्मचारीतन्त्र असंवेदनशील र नेपाली नेतृत्ववर्गचाहिँ त्यस समस्याप्रति उदासीन हुने गरेको दाबी लेखकको छ । जस्तै लक्ष्मणपुर बाँधले उत्पन्न समस्याबारे व्याख्या गर्दै श्रेष्ठले लेखेका छन् ः ‘मन्त्रीहरू आश्वासन दिई टोपल्छन् तर वाचा पूरा गर्दैनन्’ -पृष्ठ १११) । यसभन्दा पनि भारतीयहरूले समस्या समाधान गर्ने भनी सहमति जनाउँछन् तर सहमति लागू गर्दैनन् भनी औलाएका छन् । बाँध समस्या समाधान गर्ने विषयमा भारतले पटकपटक सहमतिहरू कसरी उल्लंघन गर्‍यो भन्ने तथ्यहरू पुस्तकमा छन् ।

बाँधबाट सिर्जित समस्याप्रति नेपाली कर्मचारीतन्त्रको सक्रियतालाई सकारात्मकरूपमा तर नेपाली नेताहरूको भूमिका त्यसबारे नकारात्मक भएको संकेत गरेका छन् । भारतीय दूतावासका अधिकारीहरूको भूमिकाचाहिं समस्यालाई बल्झाउने र यथार्थलाई नस्विकार्ने प्रकृतिको भएको उल्लेख गरेका छन् । जस्तै भारतीय दूतावासका प्रथम सचिव नगम मल्लिकले महलीसागर बाँधले नेपाली भूमिलाई कुनै असर नपर्ने दाबी गरिन् -पृष्ठ ११९) । सम्भवतः यही कारण नेपालमा भारतविरोधी धारणा घटाउने विभिन्न प्रयास भए पनि झन् बढिरहेको छ ।

लेखकले पुस्तकमा भारतले सीमा बाँध निर्माण भारतीय राज्यहरू विहार र उत्तरप्रदेशलाई सम्पन्न बनाउन र नेपाली भूमिमा अभिशाप ल्याउन गरेको हो भन्ने सन्देश दिने प्रयास गरेका छन् । उनले ती बाँधहरू अन्तर्राष्ट्रिय कानुनविरुद्ध भएकाले त्यसमा पुनःविचार हुनुपर्ने सुझाव दिएका छन् । ती सीमा बाँधहरू भारतका लागि वरदान र नेपालका लागि अभिशाप भएको निष्कर्ष निस्कने हुँदा उक्त पुस्तक नेपाली स्वार्थको पक्षमा छ भनी भन्न सकिन्छ ।

लेखकले सीमा बाँधसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू, नेपाल-भारतबीच भएका सम्झौताहरू र नेपाल- भारतका प्रधानमन्त्रीहरूले जारी गरेका पे्रस विज्ञप्तिहरू पनि संलग्न गरिंदा पुस्तकको वजन बढेको छ । तर उनले पुस्तकमा प्रयोग भएको गरेका तस्बिर, नक्सा र रेखाचित्रहरूको स्रोत उल्लेख नगरी लेखकीय धर्मलाई उपेक्षा गरेका छन् । पुस्तक लेखन कार्यमा स्रोत नखुलाउनुलाई अक्षम्य मानिन्छ । त्यति मात्र होइन किताबमा प्रयोग गरिएका ‘जलजमाउ’, ‘एफल्कस बन्ड’ जस्ता प्राविधिक शब्दहरूलाई स्पष्ट पार्न ‘फुट नोट’ को प्रयोग उनले नगरेको हुँदा साधारण पाठकहरूलाई पुस्तक बुझ्न समस्या उत्पन्न हुने खतरा छ । धेरै नेपाली पुस्तकहरूमा पाइने भाषा सम्पादन समस्या यो पुस्तकमा पनि छ ।

श्रेष्ठको यो पुस्तक कूटनीतिज्ञ, लेखक, पत्रकारहरू र इतिहासकार तथा खोजकर्ता तथा अनुसन्धानकर्ताहरूका लागि यो निकै उपयोगी हुने भएकाले सन्दर्भ पुस्तकको रूपमा संकलन गर्न उपयुक्त हुनेछ । माओवादीजस्ता आफूलाई राष्ट्रवादी भनी दाबी गर्नेहरूका लागि त यो झनै उपयोगी खुराक हो ।

0-0

2 Responses

  1. बधाई छ सर नयाँ पुस्तकको प्रकाशनका लागि!

    विदेशमा बसिरहेकाले यो किताब हात पार्ने कुने बाटो, जस्तै अनलाईन बिक्री छ भने खबर पाऊँ, एकदम पढ्न मन लागेको छ।

  2. I can send you a copy of my book, if there is somebody to come to your place. Please let me know the man who comes to you. I shall be glad to provide you a complimentary copy. Thank you for your interest on my new book.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: