Book Review by Hari Adhikari

हरि अधिकारी

पुस्तक»

ज्यादतीको खुलासा

<!–

–>


नेपालका अन्यतम् भूमापनविद् बुद्धिनारायण श्रेष्ठले आफूले पाएको प्राज्ञिक तालिम र अनुभवलाई नेपाल र भारतका बीच रहेको १ हजार ८ सय किलोमिटर लामो सिमाना र यससँग जोडिएका समस्याहरूका विभिन्न पाटाहरूको अध्ययन र अनुसन्धानमा लगाउँदै आएका छन् । यस क्रममा श्रेष्ठले नेपाल-भारत सीमा सम्बन्धको, नेपालका लागि सबैभन्दा पीडादायी पक्ष भारतद्वारा गरँिदै आएको बलमिच्याइँ, नेपाली भूभागमाथिको कब्जा र अतिक्रमणकै शैलीमा सीमाक्षेत्रमा भएको भारतीय फौजको तैनाथी आदिका विषयमा प्रामाणिक सूचना प्रवाह गररिहेका छन् । श्रेष्ठको अध्ययन-अनुसन्धानको अर्को विषयवस्तु रहेको छ, नेपालबाट बगेर दक्षिणतिर जाने नदीनालाको विशाल जलस्राेतको व्यवस्थापन र उपयोग गर्ने क्रममा भारतले गर्दै आएको अर्घेल्याइँ । उनले कोसी, गण्डक, शारदाजस्ता नेपाल र भारतका बीच सम्झौता भएर बनेका ठूला ब्यारेजहरूको अवस्िथति र तिनबाट दुवै देशलाई हुने बेफाइदा र फाइदाको वस्तुगत विश्लेषण गरेका छन् र भारतद्वारा आफ्नो सानो छिमेकी, भारत सीमा, द्विपक्षीय जल व्यवस्थापन र उपयोग एवं भारतद्वारा सीमाक्ष्ाेत्रमा एकतर्फी रूपले ब्यारेज र तटबन्ध बनाएर नेपालतर्फ पैदा गरििदएको डुबान र सुक्खाका समस्यामाथि केन्दि्रत भई बुद्धिनारायण श्रेष्ठले नेपालको सिमाना, राष्ट्रिय सुरक्षाका सन्दर्भमा सीमा व्यवस्थापन, बोर्डर म्यानेजमेन्ट अफ नेपाल, सिमानाको ज्ञानजस्ता विचारोत्तेजक चर्चित र उपयोगी पुस्तक प्रकाशनमा ल्याइसकेका छन् । यसै शृंखलाको नवीनतम् कडीका रूपमा आएको छ श्रेष्ठको नयाँ कृति भारत-नेपाल सीमावर्ती बाँध । सवा चार सय पृष्ठको यस पुस्तकले आफ्नो नामलाई सार्थक पार्दै भारतले नेपालको सीमावर्ती क्षेत्रमा एकतर्फी रूपले बाँधेका करबि डेढ दर्जन ब्यारेज र तटबन्धहरूको विस्तृत वृत्तान्त मात्र दिएको छैन, नेपाल-भारतका बीच सम्झौता भएर बनेका कोसीलगायत केही ब्यारेजहरूका विषयमा पनि नेपालको हित-अहितको कोणबाट हेर्दै विश्लेषण गरेको छ ।

श्रेष्ठको समीक्ष्य पुस्तक भारत-नेपाल सीमावर्ती ब्यारेज र तटबन्धका विषयमा मात्रै केन्दि्रत भने छैन । श्रेष्ठले भारतद्वारा सीमावर्ती क्ष्ाेत्रमा एकतर्फी रूपले बनाएका बाँधहरू र तिनले नेपालतर्फ पुर्‍याएको क्ष्ातिको मूल विषयवस्तुमा प्रवेश गर्नुअघि सीमावर्ती बाँधको सैद्धान्तिक पक्ष, यस्ता ब्यारेज र तटबन्धहरूबाट नेपालतर्फ पैदा भएको डुबानको समस्या, यसका कारणहरू, नेपालमा डुबान र बाढी-पहिरोको प्रकोपजस्ता अन्तरसम्बन्धित विषयहरूको समेत चर्चा गरेका छन् । यसका साथै, लेखकले नेपाल र भारतका द्विपक्षीय सम्बन्धमा रहेका विविध आयामहरूको पडताल गर्ने प्रयत्न पनि गरेका छन् र भारतीय सीमावर्ती ब्यारेज र तटबन्धबाट उत्पन्न जलजमाउ पीडाको उपचारका उपाय पनि सुझाउने चेष्टा गरेका छन् ।

नेपालमा उपलब्ध सिमानाविद्हरूमध्ये सम्भवतः सबैभन्दा बढी दक्ष र अनुभवी बुद्धिनारायण श्रेष्ठले नेपाल र भारतका सीमा समस्याका विषयमा प्रवाह गरेका सूचनाको आधिकारतिा प्रश्नातीत छ । उनको बहुचर्चित पुस्तक नेपालको सिमाना आफ्नो आधिकारकिता र राष्ट्रवादी सोचका कारण प्रशंसित र पुरस्कृत पनि भएको थियो । त्यही पुस्तकका कारण आर्जित ख्यातिले गर्दा श्रेष्ठलाई नेपाल-भारत सीमासम्बन्धी कुनै पनि ठूला-साना विवादका मुद्दाहरूको खोजबिनका क्रममा, खासगरी नागरकि स्तरमा सामेल गराइने गरेको हो । यसले उनको सम्बन्धित विषयवस्तुमाथिको ज्ञान र अन्तदर्ृष्टिमा थप गहनता आएको हुनुपर्छ । प्रस्तुत पुस्तकमा पनि उनको त्यो ज्ञानको गहिराइ प्रतिविम्बित भएको छ । तर, उनले आफ्नो ध्यान किताबको केन्द्रीय दृष्टिविन्दुमा स्िथर गराउन सकेका छैनन्, जसले गर्दा पाठक मूल विषयवस्तुबाट घरीघरी भौँतारनि बाध्य हुन्छ । एउटै किताबमा धेरै सूचनाहरू र धेरै विषयहरूमाथिका आफ्ना धारणाहरूलाई पस्िकने मोहका कारण समीक्ष्य पुस्तकको आकार त अनावश्यक रूपमा ठूलो भएको छ नै, लेखकले प्रस्तुत गर्न चाहेको केन्द्रीय विषयवस्तुको प्रभावकारतिा पनि मलीन हुन पुगेको छ ।

बुद्धिनारायण श्रेष्ठको राष्ट्रवादी सोच निःसन्देह प्रशंसनीय छ । उनले नेपालको बहुसांस्कृतिक अनेकताको जगमा उभिएको राष्ट्रिय एकताको वकालत गर्नु पनि तारपिmयोग्य विषय नै हो । पछिल्लो समयमा आएर नेपाली-नेपालीबीच देखापरेको वैचारकि विखण्डन, एक मधेस एक प्रदेशको नाराले संकेत गर्न खोजेको अनिष्ट र वर्तमान नेपाल राष्ट्रको भौगोलिक अखण्डतामाथि भइरहेको प्रहारका विषयमा श्रेष्ठले व्यक्त गरेको चिन्ता र चासोको पनि आफ्नै महत्त्व छ । तर, यी सबै विषयहरू भारत-नेपाल सीमावर्ती ब्यारेज र तटबन्धजस्तो विशुद्ध प्राविधिक विषयमाथि लेखिएको पुस्तकमा किन समावेश गरएिको हो ? पाठकका निम्ति बुझ्न सजिलो छैन ।

लेखकले नेपाल र भारतका बीच विद्यमान सम्बन्धगत जटिलताहरूलाई पनि केलाउने चेष्टा गरेका छन् । दक्षिणतर्फको विशाल छिमेकी भारतले भूपरविेष्ठित र अप्ठ्यारो भौगोलिक अवस्िथति भएको सानो राष्ट्र नेपाललाई सम्भव भएसम्मका मुद्दाहरूमा दबाबमा राख्दै अाएको छ र यस राष्ट्रका सबै कालखण्डका लगभग सबै नै सत्ताहरूले दिल्ली दरबारको थिचोमिचो विरुद्ध दृढ अडान नराखेका कारण हरक्षेत्रमा भारतको हैकम स्थापित हुँदै आएको छ । सन् १९९० पछिका राजनीतिक नेतृत्वहरूले त सरकार बनाउने र ढाल्ने अनि फेर िबनाउने प्रक्रियामा पनि कुनै न कुनै रूपमा भारतलाई सामेल गराउने दास मनोवृत्ति लिएको देखिन्छ । यी कमजोरीहरूका समग्रमा परण्िााम भएको छ, नेपालको जमिन, जल र जनजीविकामाथि भारतद्वारा निरन्तर गरएिको प्रत्यक्ष-अप्रत्यक्ष आक्रमण । प्रस्तुत पुस्तकमा लेखक श्रेष्ठले भारतद्वारा सीमावर्ती क्षेत्रमा बनाएका ब्यारेज र तटबन्धले नेपालतर्फ गराएको क्षतिको सिलसिलेवार वर्णन गर्ने क्रममा भारतले गरेका अन्य ज्यादतीहरूको पनि विशुद्ध वर्णन गरेका छन् । राजनीतिक बयानबाजीको कोटीमा राख्न सकिने यी विवृत्तिहरू श्रेष्ठले लेखेका यसै विषयका अन्य पुस्तकहरूमा पनि परेकाले लेखकले यहाँनेर आफूलाई दोहोर्‍याएको देखिन्छ । यस पुनरुचिले लेखकका रूपमा श्रेष्ठको यशवृद्धि भने गर्दैन ।

भारतीय सीमावर्ती ब्यारेज र तटबन्ध उपशीर्षकमा लेखकले भारत र नेपालका सीमा क्षेत्रमा भारतद्वारा बनाइएका २१ वटा ब्यारेज र तटबन्धका विषयमा दफावार विवरण दिएका छन् । पुस्तकको यो अंश ठोस प्राविधिक जानकारीले मात्र समृद्ध छैन, नेपालको विशाल जलस्रोतको व्यवस्थापन र उपयोगका सम्बन्धमा नेपाल भारतबाट कसरी ठगिँदै र लुटिँदै आएको छ, त्यसको पनि जीवन्त चित्र कोर्न सफल छ । नेपालतर्फका हजारौँ हेक्टर जमिन र सयौँ गाउँहरूलाई जलसमाधि लिन बाध्य बनाउने लक्ष्मणपुर -बाँके), महलीसागर -कपिलवस्तु), रसियावाल खुर्द लोटन -रूपन्देही)जस्ता भारतीय सीमावर्ती ब्यारेज र कोसी, गण्डक, शारदा र टनकपुरजस्ता पानीको सुविधा जति भारतले लिने र बाढीको विपत्तिचाहिँ नेपालले भोग्नुपर्ने खालका परयिोजनाहरूका विषयमा लेखकले बडो मार्मिक चित्रण गरेका छन्, यस पुस्तकमा । पुस्तकको यो अंश पढ्दा पाठकका मनमा लेखक श्रेष्ठले यही अंशमा मात्र केन्दि्रत भएर र अरू बढी विस्तृतिका साथ किताबको उठान र बैठान गरेको भए बढी सार्थक हुने थियो भन्ने विचार पैदा हुन्छ ।

लेखकले चर्चित बाँधहरूको नक्सा, फोटो, कार्टुन आदि राखेर पुस्तकलाई रोचक बनाउने प्रयास गरेका छन् । यस पुस्तकलाई गहनता दिएको छ, नेपाल र भारतका बीच भएका विभिन्न परयिोजनासम्बन्धी लिखत दस्तावेजहरूको प्रविष्टिले । यसका अतिरत्तिm सीमावर्ती बाँध र जलउपयोगसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिहरू पनि समावेश गरेर लेखकले पाठकलाई उपयोगी सामग्री उपलब्ध गराएका छन् । सान्दर्भिक-असान्दर्भिक अनेक प्रकारका सामग्री एकै ठाउँमा गाँजेमाँजे पारेर राखिदिएका कारण भारत-नेपाल सीमावर्ती बाँध केही हदसम्म झर्को लाग्ने पुस्तक पनि भएको छ । लेखकको भाषा र अभिव्यक्तिको शैली आकर्षक नभएका कारण पनि यसले पाठकलाई यसको पाठनप्रति ध्यानमग्न बनाउन कठिन हुन सक्छ ।

Published in NEPAL National Weekly (Page 54-55), 14-21 February 2010

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: