Book Review by Laxmi Upreti

पुस्तक परिचय ः भारत-नेपाल सीमावर्ती बाँध
लेखक ः बुद्धिनारायण श्रेष्ठ
प्रकाशक ः भूमिचित्र कम्पनी प्रा.लि.
संस्करण ः प्रथम,२०६६
संख्या ः १,२०० प्रति
मूल्य ः रु. ४४०।-


बुद्धिनारायण श्रेष्ठज्यूको आफ्नो कार्यक्षेत्र र विषय अर्न्तर्गत
रहेर यस भन्दा अघि पनि धेरै पुस्तकहरू प्रकाशित गरीसक्नु
भएको छ । यसले गर्दा नै उहाँले पुरस्कार, अवार्ड, सम्मानहरू
प्राप्त गरि सक्नु भएको छ । पुस्तकहरूको लेखन मात्र हैन
उहाँले स्वदेश भित्र र विदेशमा समेत गएर आफ्नो विषयसँग
सम्बन्धित कुराहरू अमेरिकाको विभिन्न ५ राज्य लन्डन,
मस्को, टोकियो, वेजिङ्ग साथै स्वेदशी संघ-संस्था, प्रधानमन्त्री,
मन्त्रीहरू, सभामुखहरूमा नेपालको सीमा व्यवस्थापन सीमा
समस्या समाधानका उपायसम्बन्धी ५० भन्दा बढी प्रवचन
गरि सक्नुभएको छ ।
उहाँको कृतिहरू रुचिकर रहेका छन् । प्रस्तुत भारत-नेपाल
सीमावर्ती बाँध नामक पुस्तक पाठकहरूको लागि सारै
ज्ञानवर्धक छ । यस पुस्तककले नेपाली जनमानसमा सारै
गतिलो किसिमले खलबलि मञ्चाएको छ । यस पुस्तकमा
खास गरी भारत-नेपाल सीमानजिक भारतले एकतफिर् रूपमा
बनाएको सीमावर्ती बाँधहरूका विषयमा केन्द्रित रहेको छ ।
भारतसँग सिमाना जोडिएको नेपालको जिल्ला-२६ जिल्ला
छन् । यसै गरी चीनसँगको सिमानामा जोडिएको नेपालको
जिल्ला १५ जिल्ला छन् । चीन र भारत -दुवै देश) सँग सीमा
जोडिएको जिल्ला-२ जिल्लामा छन् । यसमा नदी सीमारेखा
५६५ कि.मि. पर्दछ । साना-ठूला गरी नदी सीमा रेखा परेका
नदी-नालाको संख्या ६० रहेको छ । कोसीले तटबन्ध फटालेर
कोसी व्यारेज नजिकैको गाउँबस्ती स्वाहा पारी ताण्डव नृत्य
देखायो । के कारणले कोशी तटबन्ध टुट्न पुग्यो र यत्रो
दर्ुघटना भयो – भन्ने सम्बन्धमा जान्न बुद्धिनारायण श्रेष्ठमा
उत्सुकता जाग्यो । खोज खबर गर्ने क्रममा प्रस्तुत पुस्तकको
जन्म भयो । यस पुस्तकमा डुबान पीडित नेपाली जनताको
अर्न्तर्मनको कथा व्याथा उत्रिएको छ । पुस्तकमा कतिपय
शर्ीष्ाक अन्तर्रगत डुवान समस्या समाधानका सम्बन्धमा
सरकारको कमीकमजोरीहरू पनि उल्लेख गरिएको छ ।
पुस्तक लेखनको क्रममा कतिपय तथ्यत्तामा लेखकज्यू
पाइताला खियाईं आफ्नै दिमाग घोरिएको पाइन्छ । सूचना
मूलक जानकारीलाई विश्लेषण गरी केही निचोड निकालिएको
पाइन्छ ।
भारतले नयाँ बनाउन लागेको कोसी उच्च बाँधबारे पनि
लेखकले राम्रोसँग विश्लेषण गरी प्रस्तुत गर्नु भएको छ ।
सुनसरी जिल्ला बराह क्षेत्रदेखि करिब डेढ किलोमिटर उत्तर
चुरे पहाडको खोचबाट समथर मैदानमा फुत्त निस्केको
सप्तोकोसी नदीमा घाँटीमा बनाउन लागिएको बाँधलाई कोसी
उच्च बाँध भनिन्छ । कोसी बाढीद्वारा भारतको विहारमा
असहृय पीडा बढेको बखत उच्चबाँधको चर्चा चल्ने गरेकै
थियो । सप्तकोसी उच्चबाँध निर्माण गर्ने योजना नयाँ सोच
होइन भन्ने बुझन्िछ । भारतमा अंग्रेजी शासनको सन् १८३९
मा नै ध्बतभच च्भकयगचअभक भ्लनष्लभभच क्ष्च ब्चतजभच
व्जomबक ऋयततयल ले भारतको उत्तर र दक्षिण तर्फो
नदीलाई जोडेर सस्तो र शुलभ जलयातायात तथा सिंचाई
विकास गर्न सकिने अवधारणा ल्याएका थिए । यस पछि सन
१९३७ मा भारतको तत्कालिन भ्बकत क्ष्लमष्ब ऋomउबलथ
सरकारले उच्चबाँधको खाका
परिकल्पना गर्‍यो । उच्च बाँध
निर्माण सम्बन्धमा सन् १९९९
नेपाल-भारत बीच करिब सहमति
भइसक्न लागेको थियो । तर
प्राविधिक मतान्त्ररणका कारण
अड्कियो ।
नेपालमा राजनीति परिवर्तन भयो ।
नेपालको सबैभन्दा ठूलो नदी
सप्तकोसीमा उच्च बाँधी विहारमा
बाढी नियन्त्रण गरिने कुरा भारतका
प्रधानमन्त्री मनमोहन सिंहले
सम्वत २०६३ सालमा बताएका थिए । पाँच दशक अघिदेखि
नै सप्तकोसीमा भारतले आँखा गाडेको थियो । २०१७ सालको
प्रारम्भ रित सप्तकोसी उच्चबाँध परियोजनाको प्रारम्भिक
अध्ययन गर्न सहमति दिइएको थियो । तर काम अघिबढाउने
क्रममा बराहक्षेत्रको स्थानीय वासिन्दाले सो आयोजनाबाट
प्रसिद्ध धार्मिक स्थल प्रभावित हुनजाने भनी व्यापक विरोध
गरेपछि स्थगित भएको थियो ।
फेरि २०१७ सालको राजनीतिक परिवर्तनपश्चात् तत्कालको
सरकारले उच्चबाँधको अध्ययन गर्ने काम रोकेको थियो । पुनः
२०४६ सालको परिवर्तन पछि रोकिएका काम खोलिएपछि
कामले गति लिदै आएको छ । उच्चबाँधको २६९ मिटर अग्लो
हुनेछ । यो विश्वको दोस्रो अग्लो बाँधको रूपमा संसारमा
चिनिनेछ । यो बाँध काम सुरु गरेको मितिले १० वर्षवनिसक्ने
छ । २०४५ सालको बाढीमा विहारको ३९ मध्ये ३३ जिल्ला
डुबानमा परी लगभग १२ अरब भारतीय रुपियाँ बराबरको
क्षति हुन गएको थियो । यसै गरी २०६५ साल भदै २ गते
कोसीको पर्ूर्वी तटबन्ध फुटेर भारतको ४० लाख जनताको
उठीबास भएको थियो । यो बाँध निर्माण गर्न २८ अर्व अमेरिकी
डलर बराबरको रकम लाग्न सक्ने अन्दाज रहेको छ ।
यो बाँध बनेपछि तमोर, अरूण, सुनकोसी नदीको तल्लो क्षेत्र
अर्थात् व्यासी र टाटी परेको होचो जमिन जलाशयमा परिणतर्
भई डुबानमा पर्ने हुन्छ । यहाँ २६९ मिटर अग्लो बाँध ठडिएर
सप्तकोसी नदीको पानी छेकिएपछि बाँध भन्दा उत्तर तथा
पर्ूव-पश्चिममा ४०९ मिटर सम्मको अग्लो नदी व्यासीको
भू-भाग जलमग्न हुन्छन् । पहाडी खोला दुवैतर्फा व्याँसी
तथा टारको मलिलो जमिन र भित्री तर्राईको खेतीयोग्य
धानबाली लाग्ने खेल पोखरीमा परिणत हुनेछ । बाँधको निर्माण
पछि कोसी नदी वारपरका १० लाख टन अन्न उत्पादन हुने
१९६ वर्गकिलोमिटर खेतीयोग्य भूमि डुवानमा पर्नेछन्, विभिन्न
जिल्लाका ७९ गा.वि.स. का १ लाख वासिन्दा विस्थापित हुने
र हाल वउच्चबाँधको डिजाइन गरिएको बाँध करिब ३०
वर्षा पुरिन सक्ने तथ्यांक परि रहेको छ ।
बुद्धिनारायण श्रेष्ठज्यूले दक्षिण एसियाको पानी अर्थ राजनीति
बुझन र नेपालभित्रै कै शासन पद्धतिको पानीसम्बन्धी वेथिति
बुझन ठूलो मिहेनत साथ तयार पार्नु भएको प्रस्तुत पुस्तकले
मद्दत गर्ने छ । खासगरी परराष्ट्र मन्त्रालयका कूटनीतिज्ञ,
जलस्रोतबारे अध्ययन अनुसन्धान गर्ने विज्ञहरू, पत्रकार,
वकीलहरूको लागि पनि यो सारै उपयोगी पुस्तक सबैले
समग्ररूपमा अध्ययन गर्नु नितान्त आवश्यकता रहेको महशुस
गरिन्छ ।
– प्रस्तुती- अधिवक्ता लक्ष्मीप्रसाद उप्रेती
७८ अड्ढ पृष्ठ टड
कानून द्वैमासिक, १५ पुस, २०६६

2 Responses

  1. सटीक विश्लेषण!
    किताब पनि मगाउने मेसो मिलाऊँदैछु।

  2. Please tell him to contact me. Thank you.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: