Height of the Everest

This Article has been published in Nagarik Daily on 26 June 2010, Page KA (Akshyara).

सगरमाथाको उचाइ कति हो –

बुद्धिनारायण श्रेष्ठ

नेपाल-चीन संयुक्त सीमा समितिको काठमाडौंमा भएको संयुक्त बैठकमा नयाँ बनिने नक्सामा सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दशमलब ४३ मिटर अङ्कन गरिनु पर्ने कुरा चीनले नेपालसमक्ष प्रस्ताव राख्यो । तर नेपालले सँधै सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मान्दै आएको व्यहोरा चीन समक्ष प्रस्तुत गर्‍यो । छलफलको क्रममा चीनले हिउँको उचाइ भाग ३ दशमलब ५७ मिटर कर्टाई चट्टानी भागको उचाइ उल्लेख गर्नुपर्ने कुराको जिरह गर्‍यो । किनकि चीनले सन् २००५ मा सगरमाथा मापनको क्रममा हिँउको भाग कट्टा गरी सगरमाथाको चट्टानी भागको उचाइ घोषणा गरेको थियो ।

संयुक्त बैठकको अन्त्यमा नक्सामा सगरमाथाको उचाइ चीनले प्रस्ताव गरेको ८ हजार ८ सय ४३ दशमलब ४३ मिटर लेख्ने र नेपालले आधिकारिक मान्यता दिएको ८ हजार ८ सय ४८ मिटरलाई पनि निरन्तरता दिने कुरामा सहमत भएको थियो । यसअनुसार सगरमाथाको दुइटा उचाइ उल्लेख हुने कुरा बुझन सकिन्छ । यद्यपि नेपाल सरकारले यस सम्बन्धमा निर्ण्र्ाागरेको छैन । तर सगरमाथाको वास्तविक उचाइ कति मान्ने – भन्ने कुरामा अन्यौल छाएको छ । चीन र नेपालले आ-आफ्नै उचाइ मान्लान् रे ! तर अन्तर्रर्ााट्रय जगतका विभिन्न देशले चाहिँ सगरमाथाको उचाइ कति मान्ने – यो जिज्ञासाको विषय रहन पुगेको छ ।

सगरमाथाको उचाइ सम्बन्धमा बेलाबखतमा वाद-विवाद पर्दै आएको देखिन्छ । वासिङ्गटन युनिभर्सिटीका प्रोफेसर जर्ज वालेस्टाइनले संसारको सबभन्दा अग्लो चुचुरो सगरमाथा होइन, तर पाकिस्थानको ‘माउन्ट के टु’ -गडविन अस्टिन) हो र यसको उचाइ ८ हजार ८ सय ५९ मिटर रहेको छ भनी १९८७ मार्च ७ मा न्यूयोर्क टाइम्समा प्रकाशित गरेपछि संसारभरि नै खलबली मच्चिएको थियो । यस सम्बन्धमा विश्वको विभिन्न क्षेत्रबाट उनको र्सर्वेक्षण विधि, उपयोग गरिएका यन्त्र, औजार तथा प्रविधिबारे जिज्ञासा उत्पन्न गरियो । कैयौं अनुसन्धानकर्ताले उनको मापनको आलोचना गरेका थिए । यसैबीच धेरै व्यक्तिको प्रतिक्रिया तथा आलोचनापछि प्रो. वालेस्टाइनले र्सर्वेक्षणको सिलसिलामा उपयोग गरिएको यन्त्रको ब्याट्री आदि कमजोर्रभई चाहिँदो सेटमा नापो लिन नसकिएको महसुस गर्दै आफ्नो मापन कार्य गलत हुन सक्ने अनुभव गरी क्षमा याचना प्रसारित गरेका थिए ।

सगरमाथाको उचाइको लामो इतिहास र पहिचान रहेको छ । विश्वका विभिन्न देशले विभिन्न समयमा यसको विभिन्न उचाइ अङ्कन गर्दै आइरहेको पाइन्छ, जुनचाहिँ यस प्रकार रहेको छ ः
· सन् १८५२ मा राधानाथ सिकन्दर र तेजबीर बुढाथोकीद्वारा ८,८४० मिटर ।
· सन् १९०७ मा सर बर्ुरार्डद्वारा ८,८८३ मिटर ।
· सन् १९२२ मा डि-ग्राफ हन्टरद्वारा ८,८४८ मिटर ।
· सन् १९५४ मा बिएल गुलाटीद्वारा ८,८४८ मिटर ।
· सन् १९७५ मा चिनियाँ र्सर्वेक्षण टोलीद्वारा ८,८४८ मिटर ।
· सन् १९८८ मा इटालीका प्रो. आर्दितो देसियोद्वारा ८,८७२ मिटर ।
· सन् १९९२ मा पुनः उनीद्वारा नै ८,८४६ मिटर ।
· सन् १९९९ मा डा् ब्राडफोर्ड वार्सबर्न -नेशनल जियोग्राफिक, अमेरिका) द्वारा ८,८५० मिटर ।
· सन् २००५ मा चिनियाँ मापन टोलीद्वारा ८,८४४ मिटर ।

माथि उल्लिखित उचाइ मनन गर्दा गत पचास वर्षो समयावधिमा सगरमाथाको उचाइ पाँच प्रकारको उल्लेख भएको छ । कहिले उचाइ घटेको देखाइएको छ भने बढेको पनि देखिन्छ । यस सम्बन्धमा सगरमाथाको आधिकारिक उचाइ घोषणा गर्ने जिम्मेवारी कसको हो – अर्को कुरा हिमालको उचाइ हिउँसमेतको चुचुरोको हुने हो या हिउँले छोपेको भाग कर्टाई नाङ्गो चट्टानको उचाइ गणना गर्नुपर्ने हो – यसका अन्तर्रर्ााट्रय मापदण्ड के छन् – यी सबै अध्ययन अनुसन्धानका विषय हुन् र विश्वको उत्सुकताको विषयवस्तु पनि हो । अर्को महत्त्वपर्ूण्ा तथ्यचाहिँ सगरमाथाको उचाइ एकाध वर्षा स्वात्तै घट्ने र हृवात्तै बढ्ने वस्तु होइन ।

अब लागौं सगरमाथाको उचाइ घोषणा गर्ने अधिकार कसलाई रहेको छ – यसको जवाफमा प्राकृतिक तथा परम्परागत सिद्धान्तअनुसार जुन वस्तु जुन देशमा रहेको छ, त्यसै देशको अधिकार क्षेत्रभित्र पर्छ भन्न सकिन्छ । यसअनुसार सगरमाथाको चुचुरो नेपालको सीमारेखाभित्र अवस्थित रहेकोले यसको वास्तविक उचाइ निर्धारण गर्ने हकअधिकार नेपाललाई रहेको छ । तर यो कार्य विश्वका वैज्ञानिक तथा अनुसन्धानकर्ताद्वारा प्रतिपादित सिद्धान्त तथा मापदण्डअनुसारको हुनर्ुपर्छ । किन कि यो कुरो पर्ूण्ा प्राविधिक विषय हो । सगरमाथाको उचाइ मापन नेपालको स्तरको र चीनको स्तरको मात्र होइन अन्तर्रर्ााट्रय मापदण्ड स्तरको हुनर्ुपर्छ । विवादरहित हुनर्ुपर्छ ।

यसै सम्बन्धी पूरक जिज्ञासाको कुरा आउँछ, के नेपाली प्राविधिकहरूले आपै+mले सगरमाथासम्बन्धी अध्ययन, अनुसन्धान र मापन गरी आधिकारिक उचाइ निर्धारण गर्न सक्छन् – यस जिज्ञासाका सम्बन्धमा यस्ताखाले कार्य गर्ने नेपाली प्राविधिज्ञ नभएका होइनन् । तर यस्ता कार्यलाई सरकारले प्राथमिकताको सूचीमा पारेको छ छैन र आवश्यक पर्ने बजेट छुट्याउन चाहन्छ चाहँदैन भन्ने कुरा महत्त्वपर्ूण्ा रहेको छ । हिमाली चुचुरोको मापनको काम बहु-आयामिक कार्य र निकै समय लाग्ने भएकोले विज्ञान तथा प्रविधि प्रतिष्ठानको संयोजकत्वमा विभिन्न प्राविधिक विभाग तथा संस्था सम्मिलित उच्चस्तरीय प्राविधिक समिति गठन गरिएमा नेपालीहरूले नै कार्य सम्पन्न गर्न सक्छन् । यद्यपि यो कुरो प्रविधिलाई होइन तर नेपाली प्राविधिज्ञका लागि चुनौती र अवसरको रूपमा रहेको छ । यसका निम्ति लगनशीलता, प्राविधिक ज्ञान, सीप र दक्षताको आवश्यकता पर्दछ । चाहिने आर्थिक स्रोत सम्बन्धमा नेपाल सरकारको बजेटले नभ्याए यस कार्यका लागि विदेशी अन्तर्रर्ााट्रय दातृ संस्था सहयोग गर्न तयार रहेका छन् । बाँकी रहृयो नेपालको प्रतिबद्धताको कुरो । हाम्रो सरकार तयार रहेमा नेपाली वैज्ञानिक तथा प्राविधिकले आरोही शर्ेपालाई साथ लिई केही वर्षो अवधिभित्र हाम्रो राष्ट्रिय सम्पदा सगरमाथाको यथार्थ उचाइ तोक्न सक्षम छन् । नेपालमा रहेको सगरमाथाको उचाइ नेपालीले नै मापन गरी नेपाल सरकारले आधिकारिक रूपमा घोषणा गरेमा अन्य देशहरूले जे मन लाग्यो त्यही फलाक्ने कुरा अन्त्य हुने थियो । किन कि सगरमाथा नेपालमा रहेको छ, नेपालको सम्पत्ति हो ।

अब अर्को बुँदातर्फफर्कौं । सगरमाथाको उचाइ हिमचुचुरोको हुनुपर्ने हो या हिउँभित्रको चट्टानी भागको – यसको जवाफमा अर्को प्रश्न तर्ेर्सिन आउँछ । सगरमाथा आरोही कुन विन्दुमा पुगेपछि आरोहण सफल भएको मानिन्छ – हिउँको भागमुनिको चट्टानी तहसम्म पुगेकोलाई सफल मान्ने कि हिउँले पुरिएको चुचुरोमा पुगी झण्डा गाडेपछि सगरमाथा विजय गरेको मान्ने – अर्को वाक्यमा भन्नुपर्दा, सगरमाथाको चट्टानी भाग ८ हजार ८ सय ४४ मिटर पुगेको आरोहीलाई सफल मान्ने हो या त्यसभन्दा चार मिटर माथिको हिमचुली टेकेपछि मात्र सगरमाथा विजय गरेको मान्ने – सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४४ मिटरको चट्टानी भागलाई मान्ने हो भने कुनै आरोही त्यस चट्टानी विन्दुमा पुगी उनी अचानक अस्वस्थभई फर्केमा अथवा चुचुरोमा पुग्न नसकी चट्टानी भागबाटै र्फकनु परेमा उनलाई सफल आरोही मान्ने या नमान्ने – यसको जवाफ हुन सक्छ, उनलाई सफल आरोही मान्न सकिँदैन । आजसम्मको अन्तर्रर्ााट्रय प्रचलन र मापदण्डमा विश्वको विभिन्न हिमचुलीको उचाइ हिउँको माथिल्लो भागलाई लिइने गरेको छ । त्यसैले हिमचुलीको विन्दुलाई नै अन्तिम उचाइ मान्नु प्राकृतिक सिद्धान्त अनुकूल हुने देखिन्छ । यसै कुरासँग चीनको नयाँ उचाइलाई विश्वका कुन-कुन देशले मान्यता दिएका छन् भन्ने कुरा पनि गाँसिन आउँछ ।

अर्को कुरो, चीनले सगरमाथा चुलीको हिउँले छोपेको भाग ३ दशमलब ५७ मिटर रहेको उल्लेख गरेको छ । यसमा हिउँको गहिर्राई कसरी मापन गरिएको छ भन्ने कुरा पनि आउँछ । सँधै हिउँले छोपेको चट्टानी भागभित्रको सतहमा यन्त्र राख्ने भन्ने कुरा आउँदैन । टाढैबाट औजार उपकरणद्वारा र्सर्वेक्षण मापन गर्नलाई चट्टानी भाग देखिनु पर्‍यो, जुनचाहिँ देख्न सकिँदैन । यसका लागि पारम्परिक विधिद्वारा हिमचुचुरोमा रहेको हिउँको भाग माथिबाट डि्रल गरी ‘ग्य्राजुएटेड् रड्’ सिधै तल चट्टानी भाग नछोएसम्म घुर्सार्नु पर्ने हुन्छ । यसपछि हिउँको उचाइ भाग पत्ता लाग्न सक्छ । यस्तो कार्य सगरमाथासम्बन्धी कुनै पनि मापनकर्ताले गरेको पाइँदैन । यसैले हिउँको भाग कति मिटर हो भन्ने कुरा यकिनसाथ भन्न सकिन्न । तर पनि जे होस् चीनले सगरमाथाको उचाइ हिउँको भागसमेत ८ हजार ८ सय ४८ मिटर नै मानेको पाइन्छ ।

अर्कोतर्फहिमालय श्रृङ्खलाभन्दा दक्षिणमा अवस्थित इण्डियन सब-कन्टिनेन्ट युरो-एसियन् ल्पेटोभित्र नजानिंदो तरिकाले र्घष्ाण भइरहेको छ भन्ने कुरा विश्वका भूर्-गर्भवेत्ताहरूले भन्दै आएका छन् । यसैले सगरमाथाजस्ता हिम चुचुरोको उचाइ प्रतिवर्षकरिब दर्ुइ सेन्टिमिटरका दरले बृद्धि हुँदैछ भन्ने अवधारणा रहेको छ । यसअनुसार पनि सगरमाथाको उचाइ घटेकै हो भन्ने ठोकुवा गर्न अप्ठेरो पर्छ । यदि यस्तो होइन भने सगरमाथा समेतको हिमालय श्रृङ्खला ‘योङ् फोल्ड माउन्टेन’ होइन, युरोपको आल्पस श्रृङ्खला जस्तो हिमाल पनि क्षीण अवस्थामा पुगिसक्यो भन्ने प्रमाणित गर्न सक्नर्ुपर्छ ।

जे होस् सगरमाथाको उचाइसँग नेपालको राष्ट्रियता गाँसिएको छ । सगरमाथा नेपालको गौरव हो । विश्वको तेस्रो धुव्रका रूपमा रहेको सगरमाथा नेपालमा रहेको छ । यसमा नेपालीहरूले चासो राख्नु पर्छ । कुनै देशले सगरमाथाको उचाइ घट्यो या बढ्यो भन्दैमा निरास हुनुपर्ने या फुर्कनु पर्ने कुरा छैन । तर हाम्रै देशका नेपाली वैज्ञानिक तथा प्राविधिकले अन्तर्रर्ााट्रयस्तरको मापन गरी सगरमाथाको उचाइ ठोकुवा गर्नु पर्छ । यस्तो ठोकुवा गर्ने अधिकार नेपाललाई नै छ । किन कि सगरमाथा नेपालमा रहेको छ । तर एउटै सगरमाथाको दुइटा उचाइ किमार्थ राखिनु हुँदैन । राखिएमा गाइजात्रे तरिका अपनाइएको मानिन्छ । यसबारे बेलैमा सरकारको ध्यान पुग्नु पर्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: