Indian State Minister Overrun Nepal Boundary

भारतीय मन्त्री थाहै नपाई नेपाली भूमिमा

२०६७ जेठ ८ (22 May 2010) को कुरा हो भारत उत्तर प्रदेश राज्यकी महिला कल्याणमन्त्री विद्या चौधरी थाहै नपाई नेपाली भूमिमा आइपुगेछिन् । उनी भारतीय नागरिक मात्रै होइन मन्त्रीका हैसियतले भारतीय झण्डावाल गाडीमा आधुनिक हतियारधारी चार जना सुरक्षाकर्मीका साथ नेपाल पसेका रहेछन् । उनीहरू कपिलवस्तु जिल्लाको नेपाल-भारत सीमारेखादेखि २२ किलोमिटर उत्तरको चन्द्रौटामा पस्दै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरूलाई देखे । भारतीय झण्डाधारी पदाधिकारी आउने कुनै खबर नभएका कारण नेपाली सुरक्षाकर्मीले गाडीमा सवार भारतीय सुरक्षाकर्मीलाई सोधपुछ गरे । मन्त्रीलाई लिएर घुम्ने क्रममा आफूहरू थाहा नपाई नेपाल आइपुगिएछ भनी भारतीय सुरक्षाकर्मीले जवाफ दिए । उत्तर प्रदेश आजमगढ क्षेत्रको बहुजन समाजवादी पार्टर्ीीट निर्वाचित विद्या चौधरीले आफू मन्त्री भएको कुरा बताइन् । नेपाली सुरक्षाकर्मीले दर्ुइ घण्टासम्म स-सम्मान नियन्त्रणमा राखे । खोजिनीति गर्दा भारतीय सुरक्षाकर्मीसँग लङ् मेसिनगन, र्सट मेशिनगन थ्रीनट थ्री र पेस्तोलजस्ता आधुनिक हतियार रहेको पाइयो । यसैबीच सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर रावलले भारत बढनी प्रहरी चौकीलाई सूचना गरे । चौकी इञ्चार्ज गोपालजी यादव आएपछि मन्त्रीसहित सबैजनालाई भारततर्फबुझाइयो -कान्तिपुर दैनिक, २०६७ जेठ ९) ।

यहाँ नेपाली जनताको मनमा कौतुहल पैदा भएको छ, भारतीय मन्त्रीले साँच्चिनै थाहा नपाएकोले अन्जानमा नेपाल छिर्न पुगेका हुन् या जानाजानी पसेका हुन् । जान्दाजान्दै पनि सिमानाबाट २२ किलोमिटरभित्र विनाअनुमति झण्डावाल गाडी र हतियारधारी वर्दिवाला सुरक्षाकर्मीसहित घुसपैठ गरेका हुन् भने यो कुरा नेपाल राष्ट्रको स्वतन्त्रता तथा र्सार्वभौमसत्ता सम्पन्नतासँग गाँसिन पुग्छ । एउटा ठूलो छिमेकी देशले सानो छिमेकीे सँधियारप्रति राम्रो मनोभावना पर््रदर्शन गर्नु पर्दछ । राम्रो अवधारणा नराखिएमा अन्तर्रर्ााट्रय क्षेत्रमा ठूलो छिमेकी देशको छवि निश्चय नै धुमिल हुन पुग्छ । स्वयम् ठूलो देश आफैले आÇनो मूल्याङ्कन गर्नुपर्छ । एक पटक गिरेको छवि उठाउन धेरै लामो समय लाग्न सक्छ । सानो छिमेकी देशले पनि आÇनो पहिचान कायम राखिराख्न निश्चय पनि केही सोच्नु पर्छ । हिजोआजको जमानामा सानो देशको पहुँच विश्वका कतिपय कुना काप्चासम्म पनि पुगेको हुन सक्छ । यस प्रसङ्गमा नेपालको र्सार्वभौमिकता खातिर हाम्रा सशस्त्र प्रहरी र नेपाल प्रहरी अधिकृतले जे गरे त्यो प्रसंशनीय नै मान्नु पर्छ ।

एकैछिनका लागि मानौं नेपाल प्रहरीले भारतीय बर्दीधारी प्रहरीसमक्ष किन र कुन उद्देश्यले नेपालको २२ किलोमिटर सरहद पारगरी विनाअनुमति हतियारसहित चन्द्रौटासम्म आइपुगेको हो भनी कडिकडाउ गरी स्पष्टीकरण माग्न सक्थ्यो । यस्तैमा भारतीय प्रहरीले पनि भूलले आयौं भनिसकियो, तिमीहरूले के गर्न सक्छौं – भन्ने जस्ता वादविवादका कुरा उठेका भए के हुन्थ्यो – त्यसमाथि पनि वाद-प्रतिवाद चर्किदै दुवै पक्षबाट गोली हानाहान गर्नुपर्ने अवस्था सिर्जना भए परिस्थिति के हुन सक्थ्यो – सानै झगडाको बीउले पनि उग्ररूप लिन सक्ने थियो । यो कुरा विचारणीय छ । तर नेपाल तर्फा दुवै अङ्गका प्रहरी गणले मित्रताका हैसियतमा संयम अपनाई भारतीय समकक्षीलाई बुझाए ।

यो कुरा यहाँ किन उल्लेख गरिएको छ भने गत जेठ १२ गते (26 May) हतियारसहित नेपाली भूमिमा प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल -एसएसबी) का निरीक्षक हितैन्द्र सिंह र नेपाली हवल्दार शम्भुकुमार चौधरीबीच विवाद भएपछि सिंहले चौधरर्ीतर्फ सोझयाई हानेको गोलीले ५५ वर्षा र्सवसाधारण नेपाली नागरिक वासुदेव साहको घटनास्थलमै मृत्यु भएको थियो ।

यो घटनापर्ूव विराटनगरबाट करिब २५ किलोमिटर पर्ूव-दक्षिण अमाहिबरियाती गाविसको खयरवन नाकास्थित दश गजाबाट मोटरसाइकलमा जवान मोहन सिंह सोडालाई साथमा लिई भारतीय बलका निरीक्षक सिंह दर्ुइ सय मिटर नेपालतर्फ पसेका थिए । भारतीय नागरिक हरिशचन्द्र मण्डलले जेठ ११ गते एक टिन तोरीको तेल नेपाल भित्र्याएका हुन् वा होइनन् भनी सिंह र चौधरीबीच विवाद परेकेा थियो । विवादको क्रम बढ्दै गई सिंहले चौधरीलाई लक्षित गरी पेस्तोलले तीन राउण्ड गोली प्रहार गरे । गोली छल्न हवल्दार चौधरी भूइँमा लडे । तर गोली नजिकैको फलैंचामा बसेका बासुदेव साहको छातीमा लाग्यो र उनको तत्काल मृत्यु भयो । आत्मरक्षाका लागि नेपाली प्रहरीबाट पनि थ्रीनट थ्री राइफलबाट दर्ुइ राउण्ड हवाई फायर गरियो । त्यसपछि भारतीय प्रहरी चढेर आएको मोटरसाइकल छाडेर फरार भए । त्यहाँ तत्काल संवेदनशील वातावरण पैदाभई जनजीवन प्रभावित भयो । घटनापछि खयरवन नाकाबाट आउ जाउ दिनभर ठप्प रèो । दर्ुइ छिमेकी मुलुकका सुरक्षाकर्मीबीच सानो कुरोको विवादका कारण एक जना निर्दोष नेपाली नागरिकले अनायास ज्यान गुमाउनु पर्‍यो । यसैगरी भारतीय मन्त्री हतियारसहितका सुरक्षाकर्मीसाथ चन्द्रौटासम्म अनायास आएका कारण वातावरण चर्केको भए यसले के कस्तो रूप लिने थियो भन्ने कुरा आÇनै ठाउँमा छ । तर कुनै अप्रिय घटना भएन । यो सन्तोषको विषय हो ।

फेरि भारतीय महिला कल्याणमन्त्री विद्या चौधरीकै कुरा गरौं । उनी साँच्चीनै थाहै नपाई अन्जानमा नेपाली भूमिमा पस्न पुगेका हुन् भने उनको निर्दोषपनालाई क्षमा गर्नुपर्ने पनि हुन्छ । तर भारतीय प्रहरी वर्दी लगाई सुसज्जित हात-हतियारसहित विनाअनुमति आÇनो देशको सीमाभित्र छिर्दा पनि थाहा पत्तो नपाउने नेपाली सुरक्षाकर्मीको चाहिँ उदासिनता देखिन आउँछ । तल्लो तहका सुरक्षाकर्मीको यस्ता हेलचेक्य्राइँका कारणले माथिल्लो तहसम्म पनि नराम्रो असर पर्न जान सक्छ । यस्ता कुराले देशको इज्जत र पहिचानमा धक्का लाग्न
सक्छ । यसै कारणले होला अन्तर्रर्ााट्रय सीमा वारपारमा के कस्तो हुँदैछ भन्ने कुरो थाहा नपाउने सशस्त्र प्रहरी सीमा सुरक्षा बल कृष्णनगरका प्रमुख रणबहादुर कुवँर र इलाका प्रहरी कार्यालयका निरीक्षक योगेन्द्र थापालाई यस प्रकरणमा चार दिनका लागि निलम्बन गरियो । यस कार्यलाई भविष्यमा अन्य क्षेत्रका सुरक्षा निकायलाई समेत र्सतक गराइएका मान्नर्ुपर्छ ।

हुन त यस्ता घटना पहिले पनि नभएका होइनन् । नेपालले यी घटनाबाट पाठ सिकेर सुरक्षा निकायलाई न त सुदृढ गर्न सकेको छ, न त भारत यस्ता क्रियामा सजग रही घटना हुन नदिने क्रममा रहेको छ । घटना सेलाएपछि दुवै देश अर्को घटना नभएसम्म चुप लागेर बस्ने गरेका छन् ।

यस्तै घटना २०६१ असार १४ मा पनि भएको थियो । भारत उत्तर प्रदेश राज्य सरकारका खाद्य तथा रसदमन्त्री सुरेन्द्र विक्रम सिंहका सहोदर भाई ब्रजेशप्रताप सिंह र दर्ुइ भारतीय प्रहरीसमेत ६ जना भारतीय नागरिकलाई अवैध हातहतियार एसएमजी र पेस्तोलसहित थानकोट नाका प्रहरीले पक्राउ गरेको थियो । उत्तर प्रदेशको नम्बर प्लेट भएको निजी पजेरो गाडीमा भारतीय समाजवादी पार्टर्ीीे झण्डा राखेर उनीहरू राजधानी प्रवेश गर्दै थिए । थानकोट सुरक्षा जाँच प्रहरीले गाडी चेक गर्दा प्रहरी कर्मचारीमाथि अभद्र तथा शंकास्पद व्यवहार पर््रदर्शन गरेकोले लुकाई राखेको हतियार फेला परेको थियो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा हिरासतमा राखियो । भारतीय मन्त्रीका भाइ सिंहले आफू पशुपतिनाथको दर्शन गर्न आएको र सुरक्षाका लागि दर्ुइ भारतीय प्रहरीलाई हतियारसहित साथमा ल्याएको प्रहरीसमक्ष बयान दिएका थिए । अन्ततः उनीहरूलाई सौहार्दतासाथ भारतीय दूतावासमा बुझाइयो ।

भारतीय नम्बर प्लेटको गाडीमा हतियारसहित राजधानी छिर्ने नाका थानकोट भञ्ज्याङ्सम्म भारतीय नागरिक विनारोकटोक आइपुग्नु जस्ता घटनाबाट हाम्रो राजमार्गको सुरक्षा प्रणाली कस्तो रहेछ भन्ने गम्भीर प्रश्नचिन्ह रहेको जान्न सकिन्छ । वास्तवमा उनीहरू छिरेका भैरहवाको बेलही सीमा-नाकाबाट थानकोटसम्मको दश स्थानमा जोसुकैलाई पनि सुरक्षा जाँच गरिन्छ । तर नौ सुरक्षा चौकीले भारतीय सुरक्षाकर्मीको हतियार देख्न सकेन । यसमा हाम्रो सुरक्षा निकायको विम्व प्रतिविम्व हुन्छ र मुलुकभरिको सुरक्षा व्यवस्था आङ्कलन गर्न सकिन्छ । बितेका यस्ता घटनालाई सरकारी निकायले मनन गरी भविष्यका सुरक्षा योजना तर्जुमा गर्न ध्यान पुर्‍याउनु पर्छ र यस्ता सुरक्षा योजनालाई क्रियाशील तरिकाले कार्यान्वयन गर्नमा सफलता हासिल गर्नुपर्छ ।
अर्कोतर्फदुवै देशका र्सवसाधारण जनता तथा कुनै मन्त्रीले आÇनो राष्ट्रको भूमि पारगरी थाहै नपाई छिमेकी मुलुकमा पसेको पत्ता नपाउने अवस्थाको अन्त्य गर्न सीमारेखामा स्थापना गरिएका जङ्गे खम्बाजस्ता सीमाचिन्हलाई दुरुस्त राखी टाढैबाट स्पष्ट रूपमा देख्न सकिने गरी सेतो चुनाले वर्षोनी लिपपोत गर्नुपर्छ । यसका साथै दुवै तर्फा दशगजालाई सफा राखी “नो-म्यान्स ल्याण्ड” का रूपमा मानव उपयोगविहीन क्षेत्रका रूपमा कायम गर्नुपर्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: