Let me work, please (Prime Minister Baburam Bhattarai)

                                    कृपया मलाई काम गर्न दिनोस्

                                                                                – बुद्धिनारायण श्रेष्ठ

पंक्तिकार यो लेख लेखुन्जेल प्रधानमन्त्री बाबुराम भट्टर्राईको अवतारमा  रहन चाहन्छ । अर्थात् प्रधानमन्त्री भट्टर्राई भएर सोच्न चाहन्छ । कृपया, अनुमति दिनु होला ।

भदौ ११ गते संविधानसभाका ५९ प्रतिशत सभासदले मतदिई मलाई नेपालको ३५ औं प्रधानमन्त्री चुन्नुभएकोमा धन्यवाद छ । त्यसको एक हप्तापछिदेखि तेस्रो खेपसम्ममा मेरा सहयोगीका रूपमा मन्त्रीपरिषदमा आउनु भएका सबैलाई स्वागत छ । अर्को खेपमा आउनु हुने सहयोगीलाई पनि स्वागत गर्न म पछिपर्ने छैन । उहाँहरू सबैले मेरो ‘भिजन’ लाई साथदिई मन्त्रालय हाँक्न अनुरोध छ ।

देशको सरकार प्रमुखका रूपमा काम गर्ने शपथ लिने औपचारिक प्रक्रिया पूरा हुँदा-नहुँदै मेराबारे प्रशंसाको पुल बन्यो । यसबारे समाचार माध्यममा पढ्दा सुन्दा मलाईचाहिँ ‘हर्षन विस्मात’ लाग्यो । हुन त मनुष्य अरुले तारिफ गरिदिए फुरुङ्ग हुने प्राणी हो । तर मलाई खास त्यस्तो अनुभूति भएन, कामको चटारोचाहिँ एकदमै महसुस गरिरहेको छु । प्रशंसाको बदला सकारात्मक सुझाव व्यक्त गरिएको भए मेरो काममा सहयोग पुगेको ठान्ने थिएँ ।

पदको शपथ ग्रहणपछि नेपाल निर्मित मुस्ताङ गाडी चढ्ने मेरो अठोटका सम्बन्धमा सकारात्मक तथा नकारात्मक कुरा पनि प्रशस्तै आएका पाएँ । राष्ट्रपति भवनबाट पुष्पलाल प्रतिष्ठानमा पुष्पार्पण गर्न जाँदा र आउँदा वषर्ाका कारण सिंहदरवार आइपुग्न केही ढिला भयो । यसैबीच मुस्ताङ गाडिभित्र पानी चुहिएर, उकालोमा तान्न नसकेर र गाडीले चाँहिदो गति लिन नसकी प्रधानमन्त्रीको हिंडाइ ढिलो भएको हो कि भन्ने शंका पनि उव्जेछन् । तर यस्तो केही भएको होइन । कुनै सस्तो लोकप्रियताका लागि मुस्ताङ गाडी चढेको भन्ने भावना पनि कुनै कसैले पोखेछन् । तर नेपालमै निर्मित वस्तु उपयोग गरेर स्वदेशी उद्योग बढाऔं भन्ने सन्देश प्रवाह गर्नमात्र खोजेको हुँ । यसो त २०६७ पुसमा काठमाडौंमा स्वदेशी जुत्ता पर््रदर्शनी हुँदा त्यहाँ नेपाली जुत्ता किनेर अबदेखि विदेशी जुत्ता नलगाउने स्वघोषण गरेको थिएँ र यद्यपि यसै गरिरहेको छु । यसमा मैले गल्ती गरेकै हो भन्नुहुन्छ भने तर्क र पुष्टाइँसाथ आउनुहोस्, म मेरो चिन्तनमा सुधार गर्छर्ुु

राष्ट्रिय पोसाक
पदको शपथ लिने समारोहमा राष्ट्रिय पोसाक किन नलगाएको भन्ने चर्चा पनि चलेको रहेछ । वास्तवमा समारोहमा जाने समय पनि हतार-हतारमै वित्न लागेकोले दिनदिनै लगाएको पोसाकमा गएको हुँ । यही नै मलाई सजिलो लाग्छ । यद्यपि मैले राष्ट्रिय टोपी त लगाएकै थिएँ नि ! अन्य कसैले विचार पोखेछन््- जस्तोसुकै लिवास लगाए तापनि पोसाक पर्ूण्ा हुनर्ुपर्छ । कोट र पाइन्टमा गएपछि नेकटाइ त हुनैपर्ने हो । हो, निश्चय हो । तर मलाई सजिलो लाग्ने भएकोले दैनिक उपयोग गरेको पोसाक नै लगाएँ । म स्कुले ठिटो हुँदा एसएलसी उत्तर्ीण्ा नभएसम्म कट्टु     -हाफ पाइन्ट) लगाउने गरेको कुरा मैले विर्सर्ेेे छैन । गोर्खामा मेरो गाँउ बेलबासबाट दिनहुँ दर्ुइ घण्टा पैदल हिंडेर लुइटेल गाउँमा रहेको अमरज्योति हाइस्कुल जाने-आउने गरेको कुरा मेरो मनमा ताजा रहेको छ । पदीय दायित्व सफलताका साथ निर्वाह गर्न पोसाकमा अलमलिनुभन्दा काम गरेर देखाउनु राम्रो होइन र – तपाईहरू भन्नुहुन्छ भने अव म कोलार नभएको कमिज लगाउने गर्छर्ुु अनि यस्तो कमिजमा नेकटाइ झुन्ड्याउनुपर्ने कुरै आउँदैन । हालै सरकारले सबै जातिजनजातिको सांस्कृतिक पोसाकलाई राष्ट्रिय पोसाक मान्ने निर्ण्र्ाागरिसकेको छ ।

शान्ति र संविधान
माओवादी लडाकूका हतियार रहेका कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने निर्ण्र्ाााई लिएर आफ्नै पार्टर्ीी सहयात्री साथीहरूले राँके जुलुश निकाले । यसलाई मैल सांकेतिक सुझावका रूपमा लिएँ । पार्टर्ीी सहयात्रीहरूसँग कुराकानी भए, छलफलबाट टुङ्गो लाग्दैछ । यसैबीच सहयोगी मन्त्रीहरू थपिए । केहीपछि अरु थपिदै छन् । मैले काम अघिबढाउने मौका पाएको छु । म यसमा तत्कालका लागि खुशी छु ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउने र संविधान निर्माण गर्ने काम मेरो पहिलो जिम्मेवारी भएकोले पुस्तक विमोचन गर्ने, भवनको शिलान्यास गर्ने, व्यापार मेला उद्घाटन गर्न रिबन काट्ने जस्ता कामका लागि कृपा गरेर मलाई निम्ता नगर्नु हुन अनुरोध छ । यस्ता एउटा कार्यक्रममा मैले करिब तीन घण्टा खर्चिनुपर्ने हुन्छ । प्रत्येक मिनेट मेरा र देशका लागि महत्वपर्ूण्ा छ । यसैले कृपया मलाई काम गर्न दिनोस् । तपाइँको कार्यक्रममा आउन नभ्याइएकोमा क्षमाप्रार्थी छु ।

विभिन्न आयोग, नियोग, संवैधानिक अङ्गका नियुक्तिका कुरा लिएर मेरा समक्ष नआइदिनु हुन अनुनय विनय गर्दछु । यस्ता नियुक्तिका लागि एउटा रोष्टर निर्माण गर्दैछु । विज्ञता, अनुभव, सीप, खुवी, चतुर्‍याइँ, कौशलता, दक्षता र निपुणताका आधारमा छनौट गर्ने संयत्र तयार गर्नेछु । यस प्रक्रियाअर्न्तर्गत विभिन्न राजनीतिक पार्टर्ीीति झुकाव राख्ने र नराख्ने काबिल, सक्षम र विद्वतवर्ग अटाएसम्म स्वतः पर्नेछन् । यस्ता सिफारिसका कामकुरोमा मेरो समय बरबाद नगरिदिनु होला । कृपया मलाई काम गर्न दिनोस् ।

किचेन क्याबिनेट
यसैबीच म मेरा ‘किचेन क्याबिनेट’ का सदस्य तथा खासगरी ससुरालीतर्फा नातागोता एवं हितचिन्तकसमक्ष के आव्हान गर्न चाहन्छु भने- कर्मचारी सरुवा, टेन्डर, ठेक्कापट्टा, राहत वितरणका सम्बन्धमा कृपया मलाई दबाब नदिनु होला । यसमा दस्तखत गरिदिनु पर्‍यो भनेर कागज मतिर नतेर्स्याउनु होला । फलानोले असाध्यै दुःख पायो उसको उद्धार गरिदिनोस् कदापि नभन्नु होला । उसलाई साँच्चै अन्याय परेको भए र प्रक्रियागत तरिकाबाट आए म उनलाई न्यायनिसाफ दिलाउन पछिपर्ने छैन । म तपाइँहरूका सकारात्मक सुझाव निश्चय नै सुन्नेछु, मनन गर्नेछु र ठिक लागे कार्यान्वयन गर्नेछु । तर फजुल कुरामा मलाई नअलमल्याइदिनोस् । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गरी भ्रष्टाचाररहित समाज निर्माण सुरु गर्ने प्रतिवद्धता जनाइसकेको छु । एक महिनासम्म कर्मचारी सरुवा नगर्ने अठोट गरेको थिएँ । तर राजनीतिक प्रविधिका कारण हालै दर्ुइ सचिवलाई सट्टापट्टा गर्नुपरयो । म त के भन्छु भने यिनै कर्मचारीवृन्दले मेरो चिन्तन र्सार्थक पारी विकास निर्माणको काममा सघाए भने किन उनीहरूलाई चलाउनु पर्‍यो र – म अर्थमन्त्री हुँदा लक्षभन्दा बढी राजस्व उठाउन कमचारीले नै मदत पुर्‍याएका हुन् ।

मलाई राम्ररी थाहा छ मेरो पदीय कार्यावधि करिब ६ महिनाको छ । पहिलो तीन महिनाभित्र लडाकू वर्गीकरण र शान्ति प्रक्रिया टुंगो लगाई संविधान लेखनको काम पर्ूण्ा गर्नु गराउनु परेको छ । अर्को तीन महिनामा ताजा जनादेशका निम्ति संसदको निर्वाचन गराउने चँाजोपाँजो मिलाउनु छ । यसैले मलाई सकारात्मक काम गर्नु छ, मलाई काम गर्न दिनोस् ।

पहिलो भ्रमण कहाँ –
तपाइँहरूमध्ये कतिजनालाई खसखस लागेको होला मेरो पहिलो बिदेश भ्रमण भारत हुने हो या चीन – तपाइँहरूले सुन्नुभएकै होला म प्रधानमन्त्रीमा चुनिएकै रात भारतका प्रधानमन्त्रीले टेलिफोन गरेर बधाई दिनुभयो र भोलिपल्ट पत्र पठाउँदै मेरो अनुकूल समयमा भारत भ्रमणका लागि औपचारिक निम्तो पनि पाएँ । मेरा भारतीय समकक्षीले ‘हाम्रा सम्बन्धहरू विशेष छन्, जनता जनतावीच र खुला सीमाद्वारा निर्धारित छन्’ भन्नुभएको छ ।  यसै गरी चीनका प्रधानमन्त्रीले मलाई वधाई दिंदै ‘चीन र नेपालबीच स्वस्थ्य सम्बन्ध रहेको छ । फरक आकारका दर्ुइ देश कसरी एकअर्काको समानताको आधारमा व्यवहार गर्न, शान्तिपर्ूण्ा तरिकाले रहन र दुवैको हित हुनेगरी समझदारी विकास गर्न सक्छन् भन्ने सर्वोत्तम उदाहरण हो’ भनेका छन् । उनीबाट मैले चीन भ्रभण गर्ने निम्ता पनि पाइसकेको छु । छिमेकी देशका भ्रमणका सम्बन्धमा म यहाँ के भन्न चाहन्छु भने- म सोझै दुवै देशको भ्रमण गर्दिन । तर सरकार प्रमुखले भाग लिनैपर्ने अन्तर्रर्ााट्रय सम्मेलनमा जाँदा बाटा परेका खण्डमा ती दुवै देशको मैत्रीपर्ूण्ा भ्रमण गर्न उत्तिकै उत्सुक छु । यो पटक राष्ट्रसंघ महासभामा भाग लिन जाँदा-आउँदा छिमेकी देशको भ्रमण गर्ने मनसाय रहेको छैन । यद्यपि न्युयोर्कमा रहँदा भारत र चीनका प्रधानमन्त्रीहरुसँग भेट्दै छु । नेपाली जनताको समृद्धिका लागि भारतसँग आर्थिक कूटनीति र चीनसँग औद्योगिक कूटनीतिका कुराकानी गर्न उद्यत रहेको छु ।

सन् १९५० को सन्धि
नेपाली दाजुभाइले मलाई सोध्न लागेका छन्- १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धि सुधार संशोधन गर्ने कि खारेज गर्ने – यस सम्बन्धमा नयाँ र पुरानो सत्तापक्षका बीच भएको वार्तामा माओवादीको तर्फाट दोस्रो वार्ताटोलीको संयोजकको हैँशियतले २०६० वैशाख १४ मा मैले हस्ताक्षर गरी प्रस्ताव प्रस्तुत गरेको थिएँ । त्यस प्रस्तावमा ‘सन् १९५० को नेपाल-भारत सन्धिलगायत सबै असमान सन्धिहरू खारेज गरी सबैसँग पञ्चशील तथा असंलग्नताका आधारमा मैत्री सम्बन्ध कायम गर्ने स्वतन्त्र विदेश नीति अनुशरण गरिनर्ुपर्छ’ भनी उल्लेख भएको मलाई राम्रै सम्झना छ ।

सन्धिका बारे भारतले बराबर भन्दै आएको छ- नेपाल के चाहन्छ, हामी छलफल गर्न तयार छौं । दर्ुइ देशबीचको सन्धि सम्झौताका सम्बन्धमा प्रशस्त गृहकार्य आवश्यक पर्छ र राष्ट्रिय राजनीतिक निर्ण्र्ाापनि हुनर्ुपर्छ । नेपालको अहिलेको आवश्यकता भनेको शान्ति प्रक्रियालाई टंुगो लगाउँदै नयाँ संविधान निर्माण गर्नु हो । यद्यपि सन्धिका सम्बन्धमा गृहकार्य सुरुआत गर्न ‘ट्रयाक-टु डिप्लोमेसी’ परिचालन गर्ने मनसायमा रहेको छु । स्मरणीय छ चीनले केही वर्षघि नेपाल-चीन शान्ति तथा मैत्री सन्धिको मस्यौदा नेपालसमक्ष प्रस्तुत गरेको छ । त्यो पनि हर्ेर्नु परेको छ ।

अर्कोतर्फनेपाल र भारतबीचको खुला सीमा व्यवस्थाले अन्तरसीमा अपराध, विध्वंशकारी तत्वको चलखेल, भारतीय जालिनोटको ओसार-पसार, मालसामानको तस्करी र अवैध धन्दा सिर्जना गरेको छ । मलाई ज्ञान छ, दर्ुइ देशबीच कतिपय पकेट क्षेत्रमा सीमा समस्या रहेका छन् । बिहारका मुख्य मन्त्री नितिश कुमारले भारत-नेपालबीच अवाञ्छित तत्वको चलखेल हुन नदिन सीमामा काँडेतारबार लगाउनुपर्ने भनी २०६७ माघ १७ मा पटनामा भनेका कुरा समाचारमा पढेको छु । अहिलेको घडीमा मेरो प्राथमिकता भनेको पहिलो ४५ दिनभित्र शान्ति प्रक्रियाको मूलभूत काम सक्नु र अर्को ४५ दिनभित्र संविधान लेखनको काम पूरा गर्नु नै हो ।  यसमा म एकलव्य भएर लाग्ने प्रतिवद्धता जाहेर गरेको छु । कसैकसैले व्यङ्ग गरेको पनि सुनें- एकलव्यले बुढीऔंठा काटेर गुरु द्रोणाचार्यलाई दक्षिणा टक्र्‍याए । तर बाबुरामले कसलाई टक्र्‍याउने हुन् – मचाहिँ के भन्छु भने- नेपाल आमालाई नै टक्र्‍याउने छु ।

अन्त्यमा
अन्त्यमा मलाई के भन्न मन लागेको छ भने- देशको प्रधानमन्त्रीको यो कार्यभार मेरो परीक्षणको घडी हो । यसमा म उनुत्तर्ीण्ा भएँ भने मैले एसएलसीमा बोर्डफस्ट गरेको, जेएनयू  प्राध्यापक आतिया सबिब किडवाई सुपरीवेक्षक मातहत मैले उत्कृष्ट रूपमा विद्यावारिधि गरेको, संविधानसभा निर्वाचनमा गोरखा क्षेत्र नं. २ बाट देशको सबैभन्दा बढी ८२ प्रतिशत मत ल्याई विजय भएको सबै कुरा माटोमा मिल्नेछन् । ती सबै खोलैखोला बग्नेछन् । मेरो अस्तित्व मटियामेट हुनेछ ।

मलाई थाहा छ, मलाई काममा चुकाएर मेरो हर्ुमत लिने मानिस दाउ हेरेर बसेका छन् । देशको भलो नहुने निर्ण्र्ाागर्न दबाब दिएर मलाई विवादमा फसाउने प्रयत्न पनि गर्दैछन् । तर म यसमा रत्तीभर डगमगाउने छैन । सरकार प्रमुखका रुपमा पद समाल्ने मलाई अवसर प्राप्त भएको छ । राष्ट्र उत्थान हुने काम गर्न सकिन भने अर्थात लक्षित काममा बाधा आए अथवा कतैबाट असहयोग भए पदबाट बिदा लिन पनि तयार छु । यस घडीमा मेरो चुनौती भनेको शान्ति प्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्‍याई नयाँ संविधान निर्माणको काम पूरा गर्नु हो । यस चुनौतीलाई सफलताका साथ ‘सेफ ल्यान्डिङ’ गर्न कृपया मलाई काम गर्न दिनोस् ।

                                          –0–

3 Responses

  1. thumbs up

  2. good job

  3. बुद्धिनारायण श्रेेष्ठजस्तो राष्टवादी अभियानकारी (जो नेपालको सीमाको एकएक इन्च हिसाब राख्नुहुन्छ र नेपालको राष्टियताका निम्ति कलम चलाइ रहनुहुन्छ) ले जुन पात्र छनौट गरी यो लेख लेख्नुभयो त्यो पटक्कै मिलेजस्तो लागेन । व्यंग्य गरेको हो भने त सतप्रतिशत मिलेको छ । किनभने डा. भट्टराइलाई काम गर्न दिनेहो भने आम नेपाली रातारात भारतीय नागरिकमा परिणत हुनेमा शंका छैन । र जुन कुराको पुष्टि भइसकेको छ भन्ने कुरा बुझाउन बुद्धिनारायण श्रेष्ठजस्ता विद्धानहरुलाई शायदै नपर्ला । यदि नबुझेकै हो भने राष्टिय पोसाक डा. भट्टराइले मधेसवादी भनिनेदलहरुसँग भएको तथाकथित चारबुँदेमै सिद्धयाइसक्नु भएको छ । नेपाली सेनामा मधेसीका नाममा भारतीय नागरिक हुल्न १० हजारको सामुहिक प्रवेशमा सहमति भएको छ । अचम्म त के छ भने १० वर्ष जनयुद्धमा खारिएर आएका नेपाल आमाका सुपत्र माओवादी लडाकु ५ हजार सेनामा हाल्न नसक्ने तर १० हजार घुसपैठिया हाल्न उहाँ सहमत भइसक्नुभएको छ । जसमा उत्पीडित वास्तविक तराइ मधेसका नेपाली नागरिक अझै उत्पीडनमा पर्ने निश्चित छ ।

    अर्को बुद्धिनारायणज्यू नआतिनुस तपार्इँहरुले उठाउँदै आएको कुरा नेपालभारत संयुक्त प्राविधिकहरुको टोलीले तयार गरेको भनेको तथाकथित सीमा नक्सा -जुन नक्सामा नेपालले कुनै पनि हालतमा हस्ताक्षर गर्नु हुन्न भनिन्छ) मा डा. भट्टराइको सरकार हस्ताक्षर गर्न लालायत छ । यतिमात्र नभइ चारबुँदेमै छिमेकी राष्टसँग पारस्पारिक सम्बन्धले के इंगित गरेको हो यहाँजस्तो विश्लेषकलाई बुझाउनु पर्यो भने आम नेपाली जनताको हैषियत के होला – अर्को डा. भट्टराइ त्रिभुवन अन्तराष्टिय विमानस्थलमा पनि भारतलाई एयरमार्शल राख्न दिन खोज्दैहुनुहुन्छ र भारतदारा प्रस्तावित अर्को तथाकथित सुपर्ुदगी सन्धिमा पनि ।

    अर्को सबैभन्दा गम्भीर गम्भीर गम्भीर कुरा त के छ भने केही दिन अघि विगतदेखि नै शंकास्पद तथा विवादास्पद एस.डी. मुनी भनिने भारतीय संस्थापनपक्ष निकट व्यक्तिको काठमाडौँ आगमनसँगै चरम अवशरवादी पहाडीयामूलका मधेसी नेता तथा डा. भट्टराइ सरकारका वर्तमान रक्षामन्त्री शरदसिंह भण्डारीले त तराइका २२ वटा जिल्ला टुक्रयाइ छुट्टै राज्य बनाउने उद्घोष दिनदहाडै खुल्लमखुल्ला दिँदा यहाँहरुजस्ता सीमा मिचियो भन्ने राष्टवादीहरु यतिबेला कहाँ हुनुहुन्छ होला – अनि डा. भट्टराइ साब नि —- यही काम गर्न दिउ भन्नु खोजेको भने यिनै कुराहरुलाई लिएर विरोधसहित आन्दोलनरत मोहन वैद्य किरण पक्षीय माओवादीसहित अन्य सम्पर्ूण्ा विरोधमा उत्रेका नेपाली जनतालाई पुनः अर्को लेख लेख्नुहुन अनुरोध छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: