Earthquake epicenter in Nepali territory

                                       भूकम्पको केन्द्रविन्दु नेपालको सीमाभित्र

                                                                                                         बुद्धिनारायण श्रेष्ठ

२०६८ असोज १ गते आएको भूकम्पको केन्द्रविन्दु नेपाल र भारत -सिक्किम) को सीमामा पर्छ भनी बिभिन्न सञ्चार माध्यमले प्रसारण गरे । तर अमेरिकी भर्ूगर्भ र्सर्भेक्षण संस्थाले प्रकाशित गरेको भौगोलिक तथ्यांक संगणना गरी नक्सामा अंकन गर्दा भूकम्पको केन्द्रविन्दु पर्ूण्ातः नेपालको सीमाभित्रै परेको देखिन्छ । यो केन्द्रविन्दु ताप्लेजुङ जिल्ला लेलेप गाउँ विकास समितिको मर्ेरा वस्तीपर्ूव ६ हजार ८ सय ८ मिटर अग्लो अन्निदेशा हिमालबाट १९ दशमलव ७ किलोमिटर गहिर्राईमा रहेको देखिन आउँछ । ६.९ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु नेपाल-भारत सीमाबाट ९ किलोमिटर पश्चिम र नेपाल-चीन सीमारेखाबाट १८ किलोमिटर दक्षिण अवस्थित भएकोले दर्ुइ देशबीचको सीमामा भएको भन्न मिल्दैन । यो केन्द्रविन्दु काठमाडौबाट २ सय ७२ किलामिटर पर्ूव र सिक्किमको ग्यान्टोकबाट मङ्गन तथा कन्चनजंघा हुँदै ६८ किलोमिटर उत्तर-पश्चिममा नेपाल सरहदभित्र परेको छ । यद्यपि यस भूकम्पको केन्द्रविन्दुनजिकै सिक्किमको धेरै वस्ती रहेकोले त्यहाँ धेरै धनजनको क्षति हुन पुगेको हो ।


भूकम्प ज्ञान
असोज सक्रान्तिका दिन साँझ ६.२६ बजे ५० सेकेन्डसम्म कम्पन ल्याएको ६.९ रेक्टरको भूकम्प ठूला दर्जामा गनिन्छ । भर्ूगर्भवेत्ताअनुसार ४ भन्दा सानो स्केलको भूकम्पलाई सानो -सामान्य) भनिन्छ भने ४ देखि ५.९ सम्मकालाई मझौला, ६ देखि ७ सम्मको ठूलो र ७ भन्दा माथिकालाई महाभूकम्प मानिन्छ । भूकम्प नाप्ने स्केललाई ‘रेक्टर म्याग्निच्युद’ भनिन्छ । दर्ुइवटा भूकम्पको नापमा एक रेक्टर स्केलको अन्तर भयो भने ती दर्ुइबीचको शक्ति ३२ गुणाले फरक हुन्छ । जस्तै-  ५ रेक्टर स्केलको भूकम्पले फ्याँक्ने शक्तिभन्दा ६ रेक्टरको भूकम्पले फ्याँक्ने शक्ति ३२ गुणा ठूलो हुन्छ । त्यसैले ५ रेक्टर स्केलको ३२ वटा भूकम्प जानु र ६ रेक्टरको एउटा भूकम्प जानु शक्तिका हिसाबले बराबर हुन्छ । यस्तैगरी ७ रेक्टरको एउटा भूकम्प जानु भनेको ५ रेक्टरको १ हजारवटा भूकम्प जानु जत्तिकै हुन्छ ।

पृथ्वीको भित्री भागमा कुनै हलचल पैदा भएपछि त्यसको तरङ्ग सिधै पृथ्वीको सतहतर्फ आउँछ । यसरी आएको तरङ्ग सिधामाथि सतहमा ठोक्किएको ठाउँलाई भूकम्पको केन्द्र विन्दु -इपिसेन्टर) भनिन्छ । पृथ्वीभित्र तरङ्ग उत्पन्न भएको ठाउँलाई हाइपोसेन्टर भनिन्छ । पोखरीमा ढुङ्गा फ्याक्दा ढुङ्गा डुबेको विन्दुबाट तरङ्गको गोलो छाल एकपछि अर्को ठूलो वृत्तमा छचल्कँदै गएजस्तो भूकम्पको केन्द्रविन्दुबाट तरङ्गको वृत्त बन्दै जान्छ र कम्पनको शक्ति क्षय भएपछि वृत्त बन्ने व्रिmया समाप्त हुन्छ । यसैले केन्द्रविन्दु र यसको नजिकका वृत्तमा धेरै विध्वंस हुन्छ । वृत्त जति ठूलो आकारको हुन्छ, त्यत्तिकै मात्रामा शक्ति क्षय हुँदै जोखिम पनि उत्तिकै मात्रामा कम हुन्छ ।


भूकम्पको कम्पन गति दर्ुइ प्रकारको हुन्छ । पहिलो, तलमाथि गरी उचालेको जस्तो हुन्छ । दोस्रो, दायाँ-वायाँ हल्लाउने तरङ्ग हुन्छ । उपमाका निम्ति जमिनमा गाडिएको एउटा काठको खम्बा सरक्क माथि उचाली छोडिदिएमा लगभग यसको आफ्नै ठाउँमा बस्छ । तर त्यस खम्बालाई दाहिने-देब्रे गतितर्फ हल्लाएर छाडिंदा खम्बा ढल्किएको हुन सक्छ, ढल्न पनि सक्छ । त्यसैले दायाँ-बायाँको टेडो तरङ्गले जताततै हल्लाई घरलगायत भौतिक संरचना भत्कने गरेको विशेषज्ञ बताउँछन् । हालैको भूकम्प तलमाथि तरङ्गको भएकोले कम क्षति पुर्‍याएको हुन सक्छ ।

ठुलो भूकम्प गएपछि सामान्यतया साना-साना भूकम्प -आफ्टरशक) जाने गर्छ । यसै अनुरूप आइतबार साँझमा गएको भूकम्पको ३० मिनेटभित्र ४.६ देखि ५.७ स्केलसम्मका १४ कम्पन भए । यसैगरी चौबिस घन्टाभित्र १ सय ३० आफ्टरशक आयो । यसमध्ये १५ वटा ५ स्केल बराबरका थिए । अर्कोतर्फ स-साना भूकम्प निकैमात्रामा गएपछि ठूला भूकम्प निम्तिन सक्छन् भन्ने पनि भनाइ रहेको छ ।

नेपाल, भारत र चीन -तिब्बत) को त्रिदेशीय सीमाक्षेत्र नजिक गएको हालैको भूकम्पले यी तीन देशबाहेक भूटान र बंगलादेशलाई पनि कम्पन गरायो । परिणामतः यो पंक्ति लेख्दासम्म भारतमा ६३, नेपालमा १०, चीन -तिब्बत) मा ७ तथा अन्य देशमा ३ गरी ८३ जना भूकम्पमा परी मृत्यु भएका छन् । हजारौं घाइते भएका छन् । पाँचौ हजार घर क्षति भएको छ ।

गृह मन्त्रालयअनुसार नेपालमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ भने २४ गम्भीर घाइते अवस्थामा छन् । यस्तै करिब ८२ जना सामान्य घाइते भएका छन् । १२२ परिवार विस्थापित भएका छन् । भौतिक क्षतिका सम्बन्धमा १८८ घर पर्ूण्ारुपमा क्षति भएको छ भने २१६ घर आंशिक भत्केको अवस्थामा छ । मृत्यु हुनाको कारणमध्ये भूकम्प भएको थाहा नपाई घरभित्रै पुरिएर थिचिएर र केही मानिस कम्पनको अनुभव गर्नेबित्तिकै आत्तिएर भाग्दा मर्न पुगेका छन् । अन्य केही व्यक्ति उचाइबाट हामफल्दा र दौडँदा लडेर चिप्लिएर मरेका छन् ।

भूकम्प हुने कारण
पृथ्वीको भित्रीभागमा अत्यधिक तापक्रमका कारणले तरल रूपमा रहेका पदार्थहरू एकातर्फबाट अर्कोतिर बहावट भए टेक्टोनिक हलच पैदा हुन्छ । यसले गर्दा दरारको मात्रा धेरै सिर्जनाभई भित्र रहेको भूखण्डमा केही हलचल तथा गडबडि पैदा हुनथाल्छ । यस्तो गडवडिबाट उत्पन्न भएको कम्पन पृवीको सतहसम्म आइपुगेमा भूकम्प हुने गर्दछ । हाम्रो नेपालमा पटक-पटक साना-ठुला भूकम्प जानुको कारणचाहिँ नेपाली भूमिको सिधै पृथ्वीको भित्री भागमा बढी तापक्रमका कारण पग्लिएर रहेको तरल पदार्थमाथि तैरिएर रहेको भारतीय ल्पेट, युरेसिएन ल्पेर्टतर्फ घुस्दर्ैगई टेक्टोनिक हलचल मचाउनु नै हो । यसरी भारतीय ल्पेट नेपालको उत्तरमा अवस्थित तिब्बती ल्पेर्टतर्फ घुस्ने गति भएका कारणले बेलाबखतमा भौगर्भिक बनौटमा गडबडी उत्पन्नभई नेपालमा भूकम्प जाने भर्ूगर्भविदहरूको धारणा रहेको पाइन्छ । भूकम्पसम्बन्धी अध्ययन अनुसन्धान तथा मनिटरिङ गरिरहेका विदेशी वैज्ञानिकहरू अनुसार १६ करोड वर्षेखि भारतीय ल्पेट तिब्बती ल्पेटमा घुस्दै आएको छ । यो क्रम अद्यापि जारी रहेको छ ।

यस पंक्तिकार नापी विभागमा कार्यरत रहँदा अमेरिका कालोरेडो विश्वविद्यालयका भर्ूगर्भशास्त्री रजर बिलहामको नेतृत्वमा आएको एउटा टोलीलाई नेपालमा अध्ययन अनुसन्धान गर्न अनुमति प्रदान गरिएको थियो । त्यस टोलीमा नेपाली प्राविधिज्ञसमेत सम्लग्न गरी सम्वत २०४८ देखि नेपालमा विधिवत ग्लोबल पोजिसनिङ सिस्टम -जिपिएस) स्याटेलाइट र्सर्भेक्षण सुरु गरिएको थियो । यस र्सर्भेक्षणको मुख्य उद्देश्य नेपालको जियोडेटिक नेटओर्क सुदृढिकरण गर्ने र भारतीय ल्पेट तिब्बततर्फ घुस्ने गति अध्ययन गर्नु रहेको थियो । यसै अध्ययनको क्रममा करिब १५ करोड वर्षेखि भारतीय ल्पेट तिब्बती ल्पेटमा घुस्ने क्रम जारी छ र हालमा पनि प्रतिवर्ष२ सेन्टिमिटरका दरले पस्दैछ भन्ने कुरा बिलहामको संगतबाट धेरै नेपाली प्राविधिकसमक्ष उजागर भएको थियो । यसैगरी महाभारत श्रृंखला प्रतिवर्ष३ मिलिमिटरका दरले उठ्दै गएको र हिमाल करिब २ देखि ७ मिलिमिटर प्रत्येक वर्षअग्लिदै रहेको उनको अनुमान थियो ।

भारतीय ल्पेट उत्तर्रतर्फ घुस्ने क्रम रोकिएमा अथवा गति बढ्दै गए या एकाएक धेरै अनुपातमा वृद्धि भए ठूलो भूकम्प हुने सम्भावना रहन्छ । बेलाबेला सानातिना भूकम्पको झड्का नगए शक्ति संचितभई लामो अवधिपश्चात विनाशकारी रूपमा ठूलो भूकम्प आउनसक्ने हुन्छ । तर पनि दर्जनौं सानातिना भूकम्पको समयचक्रलाई टार्ने संभावनाचाहिँ निकै कम रहेको भूकम्पवेत्ताहरूको विचार रहेको पाइन्छ । यस मानेमा नियमित आकस्मिकताका रूपमा नेपालमा संवत् १९९० पछिको अर्को महाभूकम्प आउन बाँकी नै रहेको विश्वास भर्ूगर्भ अनुसन्धानकर्ताको रहेको छ । उनीहरूका अनुसार प्रत्येक १ सय वर्षो समयचक्रमा एउटा महाभूकम्प हुन सक्छ, जुनचाहिँ नेपालले पनि सहनुपर्ने हुन्छ । तर पनि हामीले बिर्सनु हुन्न कि भूकम्पको ठोकुवा भविष्यवाणी गर्ने विज्ञानको जन्म संसारमा हालसम्म भइसकेको छैन ।

अर्को महाभूकम्प
नेपालमा गएका भूकम्पको संख्या अध्ययन गर्दा संवत् १७९० देखि २०६८ असोजसम्म मझैालाभन्दा माथिल्लो दर्जाको भूकम्प १४ पटक गइसकेको छ । यसमध्ये १८९० भदौ १२ को ७.८ रेक्टर तथा १९९० माघ २ को ८.४ रेक्टर स्केलको महाभूकम्पले धेरै क्षति पुर्‍याएको थियो । हाल असोज १ को भूकम्प ७८ वर्षछिको सबभन्दा ठूलो भूकम्प मानिन्छ । यद्यपि यसको श्रेणी महाभूकम्पको होइन । यो भूकम्पको केन्द्रविन्दु नेपालको दक्षिणी सीमा नजिकै गंगाको उर्बरा मैदानी भागमा परेको भए कमलो भू-बनौटका कारण धेरै मात्रामा विनाश गर्ने थियो । तर भाग्यवस ताप्लेजुङको उच्चहिमाली क्षेत्रको चट्टानी भागमा परेको हुँदा भूकम्पको क्षमताअनुसार जति विनाश गर्नसक्ने हो त्यति मात्रामा भएन । काठमाडौंनजिक केन्द्रविन्दु परेको भए कहालीलाग्दो अवस्था सिर्जना हुने थियो ।

नेपालमा अर्को महाभूकम्प आएमा नेपाल अथवा खासगरी काठमाडौंको घना शहरी वस्तीको अवस्था कस्तो होला भन्ने दृश्यबारे केहीक्षण सोचौं । काठमाडौं उपत्यकाको जनसंख्या अहिले करिब ३५ लाख पुगेको छ । एक अध्ययनअनुुसार घरको संख्या २ लाखभन्दा बढि पुगिसकेा छ । डेढ दशक अघिसम्म असन, इन्द्रचोक, नयाँ सडक क्षेत्रमा घनावस्ती रहेको थियो । अहिले आएर उपत्यकाभित्र पचासौं असन-इन्द्रचोक सिर्जना भएका छन् । यस्तो अवस्थामा काठमाडौं छेउछाउ केन्द्रविन्दु रहेको ८ रेक्टर स्केलको भूकम्प पैदा भएमा ५ प्रतिशत वासिन्दाको ज्यान जानसक्ने, १२ प्रतिशत गम्भीर घाइते हुनसक्ने र २० प्रतिशत सामान्य घाइते हुनजाने अनुमान गर्न सकिन्छ । जाइकाले सन् २००२ मा गरेको संयुक्त अध्ययन प्रतिवेदनमा काठमाडौंको ६० प्रतिशतभन्दा बढी संरचना ध्वस्त हुने देखाएको छ ।

भूकम्पले सिमेन्टीका लठ्ठाधारी सलाईका डिब्बा आकारका अग्ला भवन रुख ढलेजस्तो गरी चाँडै ढाल्ने र यसका भुइँतलाका सटरयुक्त र फराकिला झयाल भएको भाग पहिले खसाउने छ । यसपछि लम्बाइ-चौडाइ समानभई चारै कुनामा ‘लोड बेरिङ’ गरिएका पिलर सिस्टमका अग्लो भवन ढल्ने छन् । ‘वाल सिस्टम’ का कम उचाइका घरहरूमा कममात्र क्षति पुग्छ । एक कुनाको गारो ढलेर व्हाङ्ग भए पनि बाँकी भाग जोगिन सक्छ । पुराना प्रविधिबाट दलिनमा चुकुल ठोकी गारो लगाई बनाइएका भुइँघरहरू निकै मात्रामा सुरक्षित रहन सक्छन् ।

अव्यवस्थित शहरी क्षेत्र तथा शहरको साँगुरो गल्ली भएका बस्तीमा बिजुलीका तार एकआपसमा जुधेर भयंकर आगलागी हुनसक्ने छ । पानीको पाइपलाइन भाँचिएर र टयुबवेलको पाइप दोब्रिएर पानीको हाहाकार्रभई चाँडै आगो निभाउन मुस्किल पर्नसक्छ । टेलिफोनको केबुलतार चुँडिएर, मोबाइल टावर ढलेर सञ्चार सर्म्पर्क आंशिक विच्छेद हुन पुग्छ । ढलेको भवनले बाटो छेकेर उद्धार गर्न पुग्नुपर्ने स्थानसम्म तत्काल पुग्न नसकिने अवस्था आर्इपर्नसक्छ ।

यसैगरी राजमार्ग धाँजापरी पुलहरू टुक्रिएर आवागमनमा बाधा पर्न सक्छ । जलविद्युत पोखरीका बाँध फुटी तल्लो भागमा बाढीप्रकोप हुनसक्छ । पहिरोले नदीको बहावट थुनिएर डुबान हुनसक्ने र कालान्तरमा फुटी होचो मैदानी क्षेत्रमा बाढीले विनास गर्नसक्ने सम्भावना पनि रहन सक्छ । त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थल धावनमार्ग बच्नसक्ने अनुमान भर्ूगर्भशास्त्री रजर विलहामले गरेको कुरा यस पंक्तिकारको कानमा अहिले पनि गुन्जिरहेको छ ।

यसबाहेक मृत व्यक्तिको लास दहन समयमा हुन नसकी हैजाजस्ता रोगव्याधी र महामारी बचेका मानिसमा फैलन सक्ने संभावना पनि रहन सक्छ । खाद्यान्न आपर्ूर्तिमा कमर्ीभई खान नपाउने हुनसक्छ ।

अन्तिम
नियमित आकस्मिकताअर्न्तर्गतको अर्को विध्वंसकारी महाभूकम्प नेपालमा आयो भने के गर्ने – प्राकृतिक आपद् विपद् र्टार्न सकिँदैन । तर यसबाट हुन आउने जोखिम कम गर्न सकिन्छ । यस्ता दैवीप्रकोप परेमा जनधनको बढी मात्रामा जोगावट तथा सुरक्षा कसरी गर्न सकिन्छ भनी बेलामौकामै आवश्यक प्रवन्ध र पर्ूवाधारको संरचना गर्दै जानर्ुपर्छ । यस सम्बन्धमा भूकम्पको क्षति न्युनिकरण तथा प्रतिरोध योजना समय छँदै तर्जुमा र कार्यान्वयन गर्नुपर्छ । उच्च जनघनत्व भएका क्षेत्रमा भवन निर्माण आचार संहिता तथा बिल्डिङ कोड पर्ूण्ा पालना गर्नु गराउनु पर्छ । सुरक्षित सहर निर्माण गरी यथेष्ट मात्रामा खुलास्थानको प्रवन्ध गर्नुपर्छ ।

यसका साथै देशको कुनाकाप्चासम्मका स्थानमा स्वास्थ्य केन्द्रको संजाल विकास गर्नुपर्छ । स्वयमसेवकको नेटओर्क फैलाउनु पर्छ । आकस्मिक सुरक्षाका उपायबारे विद्यालय तथा सामाजिक संस्थामा शिक्षा प्रदान गर्ने प्रवन्ध हुनर्ुपर्छ । जे होस् अर्को महाभूकम्पको प्रकोप आइलागेमा यसबाट सकेसम्म कम धनजनको क्षति हुने सुरक्षाका उपायहरू प्रवन्ध गर्दै लैजान सक्नर्ुपर्छ । भूकम्पीय प्रकोप तत्काल आइपरे आफू तुरुन्तै खुला स्थानतर्फजाने गरौं । घरभित्रै रहेको अवस्थामा भए टेबल, पलङ तथा ढोकाको सँघार जस्ता सुरक्षित स्थानमा टाउको दर्ूइ घुँडाको बीचमा पारी लुकेर बसौं । सकिन्छ भने एक तुम्लेट पानी र दर्ुइ-चार पुरिया विस्कुट चाउचाउ जोहो गरी तत्काल बोक्न सकिने ठाउँमा तयारी अवस्थामा राख्ने बानी बसालौं ।


लेखक नापी बिभागको पर्ूवमहानिर्देशक हुन्

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: