State Restructuring (2)- Naming of Federal States

                                         संघीय प्रदेशको नामाङ्कन

                                                बुद्धिनारायण श्रेष्ठ

हाम्रो देशको पुनःसंरचनाबारे अन्तरक्रिया, बहस,  विचारविमर्श, छलफल गर्दा हालसम्म कायम रहेको एकात्मक राज्यको शासन प्रणालीलाई कसरी उत्तम प्रकारको संघीयतामा रुपान्तरण गर्न सकिन्छ भन्ने कुरालाई ध्यान दिनु पर्छ । यस प्रसंगमा संघीय प्रदेशको नामांकन गर्दा सकेसम्म छिमेकी मुलुक र विश्वमा समेत सिङ्गो राष्ट्रको पहिचान हुनसक्ने विधि अपनाउनु पर्छ । यस्तो नाम सबै प्रकारका जनसंख्यालाई सामुहिक दृष्टिकोणले मान्य हुनसक्ने प्रकारको भए उत्तम हुन्छ । नामांकनमा राष्ट्रिय गौरव झल्किने आधार लिइएमा अधिकांशलाई मान्य हुन जान्छ । सकेसम्म एक समूहका लागि पेवाका रुपमा रहेका शब्द नछानिनु बेस हुन्छ ।

संविधानसभाको राज्य पुनःसंरचना समितिले प्रस्ताव गरेको प्रदेशको नामांकन लिम्बूवान, किराँत, शर्ेपा, तामाङ -ताम्सालिङ), नेवा, तमु, मगर, थारु, कोचेको नाममा आधारित छ । यिनै जातको नामबाट प्रदेशको नामांकन गरिने निर्क्याैल गरियो भने २९ प्रतिशतको संख्यामा रहेका क्षेत्री, ब्राम्हन, ठकुरी र अन्य पिछडिएको समुदाय अर्थात कामी, सार्की, लोहार, चमार, तेली, कोइरी, सुढी आदिका नामबाट पनि प्रदेशको नामांकन गरिनुपर्ने माग आउन सक्छ । धेरै जातजातिका नामबाट धेरै संख्यामा नेपालको प्रदेश विभाजन गर्न राष्ट्रको सामर्थ्यले थेग्न सक्दैन । १०३ जनजाति र ९३ भाषा रहेका हाम्रो देशमा कुनै धर्म, जात, भाषा, सीमित समुदायका नामबाट प्रदेशको नामांकन गर्दा भविष्यमा यसले समूह-समूहबीच अथवा प्रदेश-प्रदेशबीच खिचातानी बर्ढाई द्वन्द्व उत्पन्न गर्ने सम्भावना रहन सक्छ । त्यसैले अनेकतामा राष्ट्रिय एकता झल्कने साझा पहिचान बोकेको नाम चुन्नु उचित हुन्छ । जातिको मात्र अस्तित्व देखिने गरि नामाकरण गरिनुको बदला राष्ट्रिय गौरव बोकेका वस्तुका आधारमा नामाकरण गरिए यो र्सवप्रिय नभए पनि बहुप्रिय हुनसक्छ । तर एक समुहको पेवारुपि शव्दावली छानिएमा त्यसै क्षेत्रको अर्को समूहले अर्को पेवारुपी शब्दावली प्रस्ताव गरी वादविवाद चर्किन गई टुंगोमा पुग्न नसकिने हुन्छ ।

संघिय प्रदेशको नाम छनौटका आधार अर्न्तराष्ट्रिय पहिचान बोकेको प्राकृतिक सम्पदा, हिमाली चुचुरो, मुख्य नदी, ताल, गल्छी, छहरा, ऐतिहासिक स्थल, साँस्कृतिक पहिचान, विशिष्ट स्थान, साझा राष्ट्रिय विभूतिको नाम हुन सक्छन् । नाम छनौट गर्ने सिसिलामा एकै प्रदेशभित्र पनि राष्ट्रिय तथा साझा पहिचान झल्काउने विभिन्न नाम हुनसक्छन् । उदाहरणार्थ, हाल प्रस्तावित तमुवान प्रदेशभित्र अन्नपर्ूण्ा, माछापुच्छ्रे, फेवा, मनकामना, मुक्तिनाथ जस्ता स्थान छन् । यिनीहरुमध्ये कुनै एकलाई प्रतिनिधिमूलक नामका रुपमा छान्न सकिन्थ्यो । यस प्रसंगमा कञ्चनजंघा, कुम्भकर्ण्र्ाासगरमाथा, अन्नपर्ूण्ा, माछापुछ्रे, विद्यापति, भानुभक्त, शंखधर, कान्तिपुर, गौतमबुद्ध, सिर्द्धार्थ, दुधकुण्ड, फेवा, फोकसुन्दो, रारा, खप्तड मध्येबाट प्रदेशअनुसार आवश्यक संख्यामा नाम चयन गर्नु युक्तिसंगत हुन जान्छ ।

प्रदेशको संख्या
संविधानसभा राज्यको पुनसंरचना र राज्यशक्ति बाँडफाँड समितिले पहिचानको भूमिकामा जातजाति, भाषा, संस्कृतिको आधार लिएर १४ प्रदेश छुट्याएको छ । यसमध्ये केही विकृत आकारका रहेका छन् । शर्ेपा प्रदेश गंगटाको खुट्टाजस्तै आकारकोे छ भने जडान प्रदेश प्राकृतिक श्रोत साधन, व्यापार, मोटर बाटो, राजस्व आम्दानीको हँैसियत नभएको अवस्थामा पारिएको छ । यहाँ प्रश्न उठ्न सक्छ, जडान प्रदेश कसरी आर्थिक रुपमा टिक्नसक्ला – के यसले सँधै केन्द्र र अन्य राज्यकै मुख ताकी बस्ने – यस्तै, प्रस्तावित १४ प्रदेशमध्ये केही प्रदेश अन्य प्रदेशबाट परिवेष्टित रहेका छन् । उदहारणार्थ, प्रस्तावित सुनकोशी प्रदेशलाई किराँत, शर्ेपा, ताम्सलिङ तथा मिथिला भोजपुरा, कोच र मधेश प्रदेशले घेरेर प्रदेश-परिवेष्टित पारिएकेा छ । यस्ता परिवेष्टित प्रदेशले अन्य प्रदेशसँग मनोमालिन्यको अवस्थामा आफ्नो अधिकार प्रयोग गर्न नसक्ने स्थितिमा पुग्न पनि सक्छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले यही पुस १४ गते जनकपुरमा चारबुँदे सहमति पूरा नभए नाकाबन्दी गरी काठमाडौंको दानापानी रोकिदिने छौं भनेको सर्न्दर्भमा परिवेष्टित प्रदेशको अवस्था कस्तो होला – यसैले प्रस्तावित प्रदेशको विभाजन गर्दा यस्ता कुरामा ध्यान पुर्‍याउनु पर्छ ।

वास्तवमा हाम्रो राजनीतिक, आर्थिक र सामाजिक अवस्थाका आधारमा प्रदेशको संख्या कति हुनुपर्ने हो भन्ने कुरा अत्यन्तै महत्वपर्ूण्ा रहेको छ । मूल कुरो देशमा जति प्रदेश हुन्छन्, त्यसभित्र दिगो विकास गर्न सकिने प्राकृतिक श्रोत साधन समाविष्ट गरिएको हुनर्ुपर्छ । जसमा नदीनाला, बनजंगल, चरिचरन, खेतिपातिको उपयोग गर्न सहज हुन सकोस् । जलस्रोत तथा पर्यटन विकास र भौगोलिक विविधतालाई समेटी भावी संघीय प्रदेशलाई समृद्ध तुल्याई आगाडि बढाउन सकियोस्् । यस प्रसंगमा वैज्ञानिक र अर्थ-भौगोलिक आधारमा प्रदेशको विभाजन गरी यसको संख्या निर्धारण गर्ने हो भने ती प्रान्तीय प्रदेशले सीमान्तकृत समुदाय तथा गरीब जनतालाई समेत समृद्धितर्फडोर्‍याउन सक्छ । यसले पहिचानलाई पनि टेवा पुर्‍याउनेछ । हाम्रो जस्तो देशमा अर्थ-भौगोलिक आधार लिइएन भने संघीयताद्धारा प्रान्त र देश कमजोर बनी गरीब अझ गरीब हुँदै जाने सम्भावना रहन्छ । तर्सथ आर्थिक सामर्थ्य सम्भाव्यताको ख्याल नगरी जातजातिको संख्याकेा आधारमा मात्र प्रदेशको संख्या तोकिनु घातक हुनसक्छ ।

प्रदेशको संख्या धेरै बनाइएमा यसले प्रशासनिक खर्च बर्ढाई राजस्व घाटातर्फउन्मुख हुन्छ । यसबाट राज्यको खर्च बढ्ने र बाहृय चलखेल गर्ने शक्तिलाई सजिलो पार्छ । संघीय प्रदेशको संख्या धेरै भए प्रादेशिक गभर्नर मुख्यमन्त्री, मन्त्री, पदाधिकारी तथा उनका सहयोगी कर्मचारीहरुको दरबन्दी बढ्न जान्छ । यस्तो भएमा व्यक्तिले काम त पाउलान्, तर त्यो अनुत्पादक रोजगारी हुन पुग्छ । यसले गार्हस्थ्य उत्पादनमा बृद्धि पुर्‍याउँदैन । राजनीतिक दलका धेरै नेताहरुमा प्रभावशाली प्रान्तको गर्भनर तथा मुख्यमन्त्री बन्ने आकांक्षा रहयो भने प्रदेशको संख्या धेरै बढ्न जाने हुन्छ, जुनचाहिँ देशका लागि हितकारी हँुदैन ।

छिमेकी देश भारतजस्तो जनसंख्या र क्षेत्रफलमा नेपालभन्दा २२ दोब्बर ठूलो देशमा २८ राज्य र ७ केन्द्रीय प्रदेश रहेका छन् भने पाकिस्तानलाई ४ प्रदेशमा मात्र विभाजन गरिएको छ । नेपालसँग जोडिएको भारतको एउटै प्रदेश -उत्तर प्रदेश) मा २० करोड जनसंख्या र २ लाख ४३ हजार वर्ग किलोमिटर क्षेत्रफल रहेको छ । अर्को राज्य बिहारको क्षेत्रफल ९९ हजार वर्गकिलोमिटर र जनसंख्या १० करोड रहेको छ । सानो देश नेपालमा भने किन चौधौं प्रान्तीय प्रदेश चाहियो –

उपरोक्त कुराकेा पृष्ठभूमिमा राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँडमा राज्य, प्रदेश र स्थानिय निकाय गरी तीन तहको संघीय संरचना हुनु नेपालको वस्तुस्थिति, माटो र हावापनी सुहाउँदो हुन्छ । यसअनुसार राज्य -केन्द्र) अन्तरगत संघीय प्रदेशको संख्या ७ तथा स्थानिय निकाय करिब २ हजारको संख्यामा -नगरपालिका करिब २ सय र गाउँपालिका १८ सय) हुनर्ुपर्छ । संघीय प्रदेश गठन गरिने सिलसिलामा हाल भईरहेको ७५ प्रशासनिक जिल्ला एकाई खारेज गरी गाउँपालिका र नगरपालिकालाई पर्ूण्ा स्वायत्तताका साथ स्थानिय निकायको एकाई तोकिनु पर्छ ।

प्रदेशको आकार
हाम्रो देश नेपाल पश्चिम-पर्ूव आयताकारमा फैलिएको छ । उत्तर अग्लो र दक्षिण होचोे छ । उत्तरमा हिमालय श्रृंखला, दक्षिणमा मैदानी भाग र बीचमा पहाडी क्षेत्र रहेको छ । उत्तरीभाग विकट छ भने दक्षिण सुगम र बीचभाग दर्ुगम-सुगमको सम्मिश्रण छ । श्रृंखलाहरु पश्चिम-पर्ूव तन्किए तापनि हिमालय श्रृंखलामा भित्री-हिमाल -ट्रान्स-हिमालय), भञ्ज्याङ्ग, देउराली, घाँटी, उपत्यका रहेका छन् । पहाडी खण्डमा कागमारा लेक जस्ता कतिपय डाडाँकाँडा उत्तर-दक्षिण तर्ेर्सिएका छन् भने बीच-बीचमा थुम्का-थुम्कि, भञ्ज्याङ, द्यौराली रहेका छन् । दक्षिणको तर्राई-मधेसको समथर भू-भागलाई तिब्बत तथा हिमालयबाट उद्गम भएका उत्तरी नदीहरुले काटी विभिन्न नदी इलाकामा विभक्त गरेका छन् । महाभारत र चुरे श्रृंखलाबाटै उत्पति भएका नदीहरुले पनि तर्राईलाई आफ्नै जलाधार क्षेत्रमा विभक्त गरेको छ । हाम्रो देशमा भएका करिब ६ हजार नदीनाला, खोला खहरे सबै उत्तरबाट दक्षिणतर्फबगेका छन् ।

उत्तरको हिमाली भेगबाट उद्गमस्थल भएका हाम्रा नदीहरु अनिवार्य रुपले दक्षिणी मैदान भएर बग्छन् । उत्तरबाट आएका यिनै नदीको पानीले दक्षिणको तर्राई सिंचित भएकेा छ । नाम्चे बजारका दाजु-बहिनीले एक गाग्रो पानी खन्याए भने त्यो पानी भन्टाबारीमा बस्ने दिदी-भाइको घरपिंढीमा पुग्छ । नेपालका लागि यो प्राकृतिक तथ्यता हो । यसबाट प्रकृतिले नै नेपालका उत्तर र दक्षिणका वासिन्दाले आपसी सहयोग र सद्भाव राख्नर्ुपर्छ भन्ने संकेत गरेको छ ।

यिनै प्राकृतिक र अर्थ-भौगालिक कारणले गर्दा हाम्रो देशको सात संघीय प्रदेशको आकार पनि लगभग उत्तर-दक्षिण हुनर्ुपर्छ । यसबाट नेपालको संघीय प्रदेश आत्मनिर्भर तथा सामर्थ्यवान हुन्छ । यसैले होला, संविधानसभाको पुनःसंरचना समितिको प्रतिवेदनमा फरक मत व्यक्त गर्ने अधिकांश सभासदहरुले प्रदेशको सीमाले भारत-चीन जोड्नुपर्ने प्रस्ताव गरेका छन् । यसबाट भारत र चीनबीच रहेको नेपाल ट्रान्जिट मुलुकका रुपमा रहन सजिलो पर्छ र आर्थिक समृद्धितर्फलम्कन सक्छ ।
bordernepal@gmaii.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: