Travelogue writer in the eyes of people

           दुनियाँका आँखामा नियात्रा लेखक

                - बुद्धि नारायण श्रेष्ठ                                             
                  सीमा अन्वेषक
                  मदन पुरस्कार विजेता

स्तरीय लेख लेख्न सजिलो छैन । त्यसमाथि लेखक बन्न झन गार्‍हो छ । यसभन्दा पनि नियात्रा लेखक हुन अझ कठिन छ । नियात्राको सक्कली पुस्तक लेख्न निकै कठिनता व्यहोर्नु पर्छ । ओछ्यानमाथि दोलाइँभित्र गुडुल्को परेर घरिघरि कोठाको दलिनतिर टोलाएर उपन्यासभित्रको पात्रको सम्वाद कोरेजस्तो एकै थलोमा बसेर लेख्ने कुरो होइन नियात्रा लेखन । तर यसका लागि त बर्ुर्कुसि मार्नु पर्छ लेखकले, घरि दार्चुलाको कालापानी त घरि ताप्लेजुङको धारापानी । नियात्रा लेखकका कति जुत्ता फाट्छन् र कति पाइताला खिइन्छन् भनिसाध्य नै हुँदैन । यसैगरी नियात्राकारले हिमालको फेदिमा लगाएको लुगा धुन नपाएर जुम्रो जन्माउँछन् भने मैदानको गर्मीमा पसिनाको धारा बगाउँछन् । यसैगरी कुनै दिन दिनभरी खान नपाएर पेटमा सारङ्गी बजाइरहनु पर्ने हुन्छ भने कुनै दिन बाध्यतावस दिनको तीन छाक खाएर सुत्केरीको बिंडो थाम्नुपर्ने हुन्छ । यसै पंक्तिमा पर्छन् नियात्रा साहित्य -वाङमय) को फँाटमा विशिष्ट चिनारी बनाइसकेका नियात्राकार प्रतीक ढकाल ।

प्रतीक ढकालको नियात्रा सम्बन्धी बान्की परेका अंग्रेजी र नेपालीमा गरी गोटा सातेक पुस्तक पढेको छु । सुशासन र प्रशासन साथै राजनीतिक चिन्तन र विश्लेषण अनि शोककाव्य र अनुवादिक कृतिलाई चाहिँ गोलीमारेको छु । उनका नियात्राका कतिपय पुस्तक रिठ्ठो घोटे झै गरी पढेको छु भने केही पुस्तकमा मेरा रुचिकर विषयका कतिपय अध्यायको जुम्रोको लिखा र त्यसको पनि चम्काना लिखा हेरे झैं पढिएको छ । जति पढ्यो उति पढुँ पढुँ लाग्छ उनका नियात्राका पुस्तक । प्रतीकका नियात्रा लेखन सत्यतथ्य घटना, भलाकुसारी, संवाद, तिथिमिति र स्थान विशेषमा आधारित भएकोले कौतुहलपर्ूण्ा तथा रोचक भएको होला भन्ने ठान्दछु ।

उनको लेखनी सरल एवं बोलिचालिकै भाषामा भएकोले लोभलाग्दो भएको होला । जहाँ जे सम्बाद भएको छ, त्यही उतारिएको छ पुस्तकमा । जहाँ जस्तो प्रकारको उच्चारणले बोलिन्छ, त्यही शब्दको उच्चारण सापटी लिएका छन् उनले । अधिकांश पुस्तकका अध्यायहरूको प्रस्तुति प्रभावकारी छ, विषयवस्तुमा झ्याम्म हामफालि हालेका छन्, भूमिका सुमिका केही नबाँधी । लेखन शैली पनि मैले पढेजतिमा मिठास भएको पाएको छु । उनको नियात्रा पुस्तकद्वारा पाठकलाई रोमान्चक हिमाल यात्रा -एडभन्चर ट्राभल) गराइएको छ भने छिमेकी देशको सिमानाको कुरामा राष्ट्रियताको जनजागरण गराइएको छ । पाठकलाई हिमाल, पहाड र मैदानको यात्रा गराइँदा यात्रामा दर्ुघटना गराउनु भएको छैन । अथात् नकारात्मक सोंचको यात्रा कुनै पुस्तकमा पनि गराउनु भएको छै्रन ।

यसबाहेक पुस्तकमा प्रशस्त सार्न्दभिक फोटा पनि समावेस गरिएको छ । उनको पुस्तक पढ्दा मलाई कस्तो अनुभूति भयो भनो यात्रामा उनी सँधै क्यामरा बोकेर हिड्ने रहेछन् र मौका पाउने बित्तिक्कै ख्याच्च ख्याच्च फोटो खिचिहाल्ने स्वभावका करहेछन् । अनि जन्माउन लागेको नयाँ पुस्तकका प्रासांगिक पानामा टाँसिहाल्ने रहेछन् । अर्को कुरा अरुलाई हारगुहार गरेर भए पनि पुस्तकका ठाउँ ठाउँमा नक्सा पनि समावेस गर्ने गर्दा रहेछन् । उदाहरणका निम्ति द्यभथयलम त्जभ ज्imबबिथबक नियात्रा पुस्तकमा १६१ फोटोग्राफ र ४ थान नक्सा सम्लग्न गरिएका छन् । यसैले यो पुस्तक युरोपेली मुलुकका मानिसहरूले पनि धेरै रुचाएका होलान् । भनिन्छ एउटा फोटो अथवा नक्साले हजार शब्दले भन्दा पनि बढ्ता वर्ण्र्ाागर्दछ र पुस्तकलाई सजीव बनाउँछ ।

टनकपुर र महाकाली
अब म उनले लेखेका मेरो अध्ययनसँग सम्बन्धित दर्ुइ चार बुँदाबारे टापटिप पार्न चाहन्छु । पाँचौ संस्करण छापिसकिएको उनको ‘सेती पनि काली पनि’ पुस्तकमा उनले कन्चनपुरको पश्चिमी सिमानामा भारतले बनाएको टनकपुर ब्यारेजबारे लेखेका छन्- ‘भारततिर पानी हुल्नका लागि नेपालको ठुलो भू-भागमा जलाशय बनाइएको छ । नेपालले पाउने पानीका लागि नहर बनाउनै बाँकी छ । टनकपुर बाँधबाट नेपालले हालसम्म फुट्ठी कौडी केही पाएको छैन । कुनै शङ्कै छैन कि यसमा नेपाल ठगिएको छ । धिक्कार छ हामीलाई । धिक्कार छ हाम्रो बुद्धिलाई । हामी आफैप्रति त इमान्दार छैनांै भने अरुले किन नहेपून – भारतमा गएर तर्क गर्न सक्दैनौं, जेे भन्छ त्यही मानेर आउँछौं लुरुक्क । यता आएपछि चाहिँ जनताले गाली गर्लान् भनेर उल्टै संसदलाई नै ढाँट्छौं । यो भन्दा ठुलो गद्दारी अरु के हुनसक्छ आफ्नो मातृभूम्रि्रति -‘

यात्राकै क्रममा कन्चनपुरबाट प्रतीक ढकाल गड्डाचौकी र बनवासाको शारदा ब्यारेज पारगरी महाकाली नदीको भारत-नेपाल सिमैसीमा झुलाघाट, पिथौरागढ, ओगला, अस्कोट, जौलजीवी, र धारचुला भएर नेपालको दार्चुला पुगेछन् । महाकाली नदीले अलिकति ठाउँ छोड्नेबित्तिकै भारतले नदीलाई नेपालतिर धकेलेर तटबन्ध बनाइहाल्ने कुरा उनले देखेछन् र भारतले यसै गरी गरी महाकालीको किनारमै सैनिक ब्यारेक राख्ने ठाउँसमेत निकालिसकेको पत्यक्ष अनुभव गरे । तर नेपालले भने रोकथाम गरेको देख्न पाएन छन् ।

यात्राका क्रममा राष्ट्रियताका यी सब कुरा उनले आफ्नै आँखाले पत्यक्ष देखे । प्रतीक ढकालको मन रोयो, नियात्रा पुस्तकका हरफमा जस्ताको तस्तै उतारे । वास्तवमा उनले यथार्थ देखेर ‘आँखो देखे हाल’ पाठकसमक्ष पस्किए । यो पंक्तिकार पनि यिनै बाटोबाट सम्बत् २०३७ मा धारचुला र दार्चुला पुगेको थियो । यस्तै २०६८ पुसमा व्यवस्थापिका संसदको मानव अधिकार तथा अन्तर्रर्ााट्र सम्वन्ध समितिका माननीय सभासदका टोलीमा सीमाविज्ञका हैँशियतमा टनकपुर बाँध अवलोकन र वस्तुस्थिति बुझ्न पुगेको थिएँ । यी स्थानहरूको मैले देखेको र नियात्राकार प्रतीक ढकालले देखेको विवरणमा रत्तिभर पनि फरक छैन । टनकपुर बाँधले बनाएको अथाह समुद्र जस्तो देखिने पानीको भाग र त्यसबाट भारततर्फनहरद्वारा लगिएको ठुलो नदीजस्तै पानीको परिणाम नाङ्गो आँखाले देख्न सकिन्छ । तर नेपालतर्फएकथोपो पानी पठाइएको छैन । जलाशयको पर्ूवतर्फो तटबन्धमुनि एउटा सानो प्वाल बनाई थुनिएर राखिएको छ र सबैलाई देखाइन्छ यसै प्वालबाट नेपालतर्फटनकपुरको पानी पठाइने हो भनिदो रहेछ । यहाँ प्रतीक ढकालको बोलीमा लोली मिलाउँदै म पनि विवश भएर भन्छु- धिक्कार छ हामीलाई, धिक्कार छ हाम्रा देशका राजनीतिक नेताहरूलाई । ढकालले भनेजस्तै भारतमा गएर जायज तर्क गर्न नसक्ने, जे भन्छ त्यसैमा सहीछाप ठोकेर आउने हाम्रा नेताहरूको कहिले चेत फर्किने हो !

महाकाली नदीलाई नेपालतर्फधकेलिएका सम्बन्धमा भारतले ठाउँ-ठाउँमा बडेमान तटबन्ध बनाउँदै नदीलाई बलजफती नेपाली भूमितिर मोड्ने प्रयास गरिरहेको छ र नदीले छाडेको ठाउँको ढुंगा, रोडा, बालुवा झिकेर उपयोग गरिरहेको छ । नेपालको कालापानी लिम्पियाधुरामा भारतीय अर्ध सैनिक बल तैनाथ गरेर नेपाली भूमि अतिक्रमण गरेको कहानी त बेग्लै छ । प्रतीक ढकाल कालापानी पुग्न पाएको भए अर्को एउटा सजीव नियात्रा पुस्तक प्रकाशित हुने थियो होला । तर अपसोच, नेपालीलाई टिङ्कर माथिलो कावा नाध्नै दिंदैन भारतीय सेना बलले । यही नै बिडम्बना छ, नेपाली भूमि नेपालीले नै टेक्न नपाउने । यहाँ एउटा कुरा उल्लेख गरौं, नियात्राकार प्रतीक ढकालले बनावासाको शारदा ब्यारेज पार गर्दा बाँधको बीच भागमा नेपाल र भारतको झण्डा रहेको देख्न पाएनन् होला । ती झण्डा भिकिसकिएका थिए होलान् । झण्डा देखिएको भए उनले अवश्यै उल्लेख गर्ने थिए । तर यो पंक्तिकार २०३७ सालमा त्यतैबाट दार्चुलातर्फजाने क्रममा १७ ढोके बाँधको बीचखण्डमा नेपालको झण्डा पर्ूवतर्फफर्काएर र भारतको झण्डा पश्चिमतर्फपारी ब्यारेजको रेलिङ माथि फहरिरहेको यिनै आँखाले हरेको थियो । नेपालको त्यो झण्डा ३ किलोमिटर पर्ूवतर्फउडेर आइ अहिले गड्डाचैाकीमा गाडिएको छ । झण्डा जहाँ गाडिए पनि नेपालीले त मुकदर्शक भएर हर्ेर्ने मात्रै हो जस्तो भएको छ । यस सम्बन्धमा सबै नेपालीले एकै आवाज उठाउनृु पर्छ । देशको सिमानाको संक्षाण गर्नु पर्छ ।

सगरमाथा
अब अर्को बुँदातिर लाग्दैछु, सगरमाथातर्फ। प्रतीक ढकालको छोटो समयमा चौथो संस्करण छापिएको र साझा प्रकाशनले वर्षोनी गर्ने पुस्तक पर््रदर्शनी र विक्रीमा लगातार ४ वर्षप्रथम स्थान ओगटेको पुस्तक ‘सगरमाथाको आधारशिविरबाट’ को केही प्रसंग कोट्याउन खोज्दैछु । नियात्राकारले सगरमाथा चुचुरोको यात्रा नछिचोलेको भए तापनि उनी आधारशिविर पुगेका छन् । त्यहाँसम्म पुग्दाको हण्डर, सुखदुःखका अनुभवको रोमान्चक यात्रा त्यस पुस्तकमा जस्ताको तस्तै उतारिएका छन् । आधारशिविरदेखि शिखरसम्मको यात्रा सम्बन्धमा चाहिँ आजका मितिसम्ममा २१ औं पटक सगरमाथाको थाप्लोमा टेकिसकेका आपा शर्ेपाको मुखारविन्दबाट उजागर गराएका छन् । सगरमाथा अभियानका विभिन्न क्याम्ापका अवस्थितिको वर्ण्र्ाासहित ‘भी’ आकारको खरपस परैबाट देखेर जोगिनु पर्छ । तर ‘ए’ आकारको खरपस भित्रभित्रै खोक्रो हुने हुनाले झुक्किएर पनि यस्तोमा टेकिनु हुँदैन भन्ने सन्देश नयाँ चढारुलाई दिइएको छ । आधारशिविरबाट आइसफलको बाटो कसरी हिंडने, कहाँ कति खाना खाने, कसरी टेन्टमा सुत्ने, राती शौच गर्दा पनि यात्रामा टाँगिएको डोरीलाई छाड्न नहुने, कुन क्याम्पमा अक्सिजन बदल्नु पर्ने, ब्लेडजस्तो डाँडाको धारको बाटो कसरी हिंड्ने, अन्तिम चरणको हिलारी स्टेपबाट कसरी सगरमाथाको चुचुरोमा पदार्पण गर्ने भन्ने यात्रा अनुभव तथा यात्रा शिक्षा बारे पुस्तकमा सरल ढंगले कोरिएका छन् । यस पुस्तकले झन्डै झन्डै ‘माउन्टेन गाइड’ को काम गरेको छ । आफूले सगरमाथा नचाढे पनि चढेकै जस्तो अनुभव गरी आपा शर्ेपाको भनाइ चित्रण गर्नु पनि नियात्राकारको लेखनकला मान्नर्ुपर्छ ।

सगरमाथाको चुचुरो अलिकति दम्साइलो सम्म ठाउँ जस्तो छ । तर चीनतिर कोप्रो परेको छ । टुप्पोको मुख्य चुचुरोमा ५/६ जना मान्छे उभिन मिल्ने ठाउँ छ भनी उल्ल्ेख गरिएको छ ।  यस पंक्तिकारले लेखेको नेपालको सिमाना नामक पुस्तकको ‘सरगमाथा चीनले दावी गरेको थियो’ भन्ने अध्यायमा नेपाल-चीन सीमारेखादेखि दक्षिण सगरमाथाको शिखर करिब ६ फिट चौडा र ७ फिट लम्बाई भएको पाटो -स्लोपिङ टेरेस) नेपालतर्फपर्दछ । तर सीमारेखाको चीनतर्फो भाग भने ठाडै भिरालो परेको छ । यसैले सगरमाथाको उत्तरी मोहडा चीनतर्फाट आरोहण गर्नेले नेपालको भूमि नटेकी सगरमाथामाथि विजय प्राप्त गर्न सक्दैनन् भन्ने लेखेको थिएँ । यो विवरण आपा शर्ेपाको प्रत्यक्षतासँग ठयाक्कै मेल खायो । ‘नेपालको सिमाना’ पुस्तकले मदन पुरस्कार पाएको थियो ।

तेङबोचे
नियात्राकार ढकालको अर्को पुस्तक ‘पाइतालाका छापहरू’ नामक पुस्तकको ‘तेङबोचेको चिसो रातसँगै’ अध्यायबारे छोटकरीमा छयास्स छोऔं । नाम्चेबाट यात्रा गर्दै तेङबोचे पुगेका नियात्राकार तेङबोचे गुम्बाले सन्चालन ठेक्कामा दिएको नयाँ भवनको लज कोठामा बास बस्न पुगेछन् । लज कोठाको दररेट सोधिसकेपछि नियात्राकार लेख्छन्- ‘जे होस्, आज कात्तिक २१ गतेको एक रात रु. १,१००।- तिरेर यही गुम्बा लजको एउटा कोठामा सुतिँदै छ । प्रिय पाठकहरू तापाईहरूलाई शुभरात्री, अनि मलाई पनि शुभरात्री !’ उनी अगाडि लेख्छन्- यहाँ नेपालीका लागि छुट्टै दर नतोक्ने हो भने हामीले बास बस्न सोच्नै पर्ने हुन्छ । यहाँको जस्तो चर्को मूल्य यस क्षेत्रका कुनै पनि ठाउँमा छैन ।

मैले यहाँ यी कुरा कोट्याउनाको कारणचाहिँ म पनि यस क्षेत्रमा जाँदा यस्तै लजमा बसेको थिएँ भनी स्मरण गर्न खोजेको हुँ अमेरिकाको बोस्टन म्युजियम अफ साइन्सले सगरमाथाको नयँा उचाइ निर्धारण गर्ने सिलसिलामा नाम्चे, तेङबोचे, लुक्ला, अपर राउजे, लोअर राउजे, सोलुङ, सुनसेरा आदि स्थानको जिपिएस र्सर्भेक्षण गर्ने कामको कन्सल्टिङ टिम लिडरको जिम्मा मैले पाएको थिएँ । तेङबोचेमा २०५२ जेठमा चार दिन बस्दा लजले हामीलाई पनि यसरी नै ठटाएको थियो । ठटाउने काम अझै जारी रहेछ । मैले यहाँ स्मरण गरेको अर्को कुराचाहिँ तेङबोचेमा पानीको अभाव । विहान हामी मुख धुन पानी माग्ने गथ्योर्ैं । लजका मालिक्नीले अलुमुनियमको बिर्के टुटिवाल भाँडोसँगै अलुमुनियमकै एउटा बाटा दिँदै भन्थिन्- कृपया तपाईले मुख धोएको पानी यो बाटाभित्र पार्नोस् । त्यो बाटाको पानीले बाहिर रहेको अर्को पुरानो ठुलो बाटाभित्र पनी पर्ने गरी खुट्टा धुनोस् । हामी त्यसै गथ्र्यौं । मुखधुने क्रममा हाक्क हुक्क र सिईं सिईं थुक्थाक गर्दा बाहिर गथ्र्यौं र त्यही बाटामा मुख खोकल्ने गथ्यार्ंर्ैै अनि त्यो पुरानो बाटाको पानी नजिकै करेसामा रोपेको साग तर्कारीमा हाल्थिन ती लजवाल्नीले । मलाई लाग्थ्यो, अहो यहाँ पानीको यस्तो दुःख ! अहिले काठमाडौंमा खानेपानीको झन्डै त्यस्तै अभाव भइरहेछ ।

चोयु
प्रतीकको अर्को रचना दोस्रो संस्करणको पुस्तक ‘चिनको विचित्र चित्र’ को चुयुको आधार शिविरमा भन्ने अध्यायबारे नलेखौं भन्दा पनि कोट्याउन मनलाग्यो । चोयु नेपालको पनि हो पहिले नेपालतिरबाट पनि थढिन्थे । नेपाल सरकारले पनि सलामी दस्तुर कमाउँथ्यो । तर अहिले चीनतिरबाट बाटो छेकिएका कारण ठयाक्कै १५ वर्षेखि नेपालको चोयु सलामी सुख्खा लाग्यो भनेर सूचनामूलक सन्देश फिजाएका छन् नियात्राकारले । चोयु नेपलतर्फाट आरोहण गर्न चीनतिरबाट उक्लनुपर्ने बाटो छेकिएकोले यस कार्यलाई भारतसँग जोडिएको सुस्ता सीमा अतिक्रमण जस्तै भएको दृष्टान्त पस्कँदै नेपालको राजस्व मरेकोमा चिन्तित छ प्रतीकको मन । यो कुरा र्सार्वभौमसत्तासम्पन्न राष्ट्रको राष्ट्रियतासँग गासिएको छ, पैसा दस्तुरीसँग मात्र होइन । नेपालको हिमाली चुचुरो भावनागत तरिकाले अतिक्रमितै भएको हो भने सम्बन्धित निकायले कूटनीतिक तहबाट कुरो उठाउनु पर्‍यो नि ! यति सानो कुरोमा चीन नमान्ने कुरै छैन ।

यस्तै गरी सगरमाथाको शिखरमा एउटा प|mेन्च कम्पनीको हेलिकोप्टरले अवतरण गरेको कुरा सन् २००५ मा सिंगापुरको सम्मेलनमा नेपाल सरकारको ध्यानाकर्षा गराएको कुराले ढकालको मन खिन्न भएको बुझिन्छ । उनी लेख्छन्- कुनै शक्तिशाली नेपाली शासकले आँखा चिम्लेर आफूले थाहै नपाएझैं गरी सगरमाथा शिखरमा हेलिकप्टर उत्रन दिएर हाम्रो सम्पदा शिखर सुस्ता, महलीसागर, सरसियावाल खर्ुदलोटन बाँध जस्तै भएछ, युटोकोप्टरले शिखरको कुमारीत्वलाई समेत ‘कालापानी’ बनाएको रहेछ उहिल्यै । यस प्रसंगमा म त भन्छु- हाम्रो देश नेपाल, हामी नेपाली । यस्तै यस्तै भएर हामी विक्दैछौं, हाम्रो राष्ट्रियता विक्दैछ अन्तर्रर्ााट्रय बजारमा । त्यसमाथि पनि बढाबढ भएर होइन, थाहै नपाई सुटुक्क र लुसुक्क । ढकालका नियात्रा सम्बन्धी पुस्तकबारे केही लेखौं भनी वसेको त लेख्दा लेख्दै लामो भइसकेछ । अब छोट्याउँछु । अन्तिममा उनको ‘पाइतालाका छापहरू’ पुस्तकको ‘आँखाभरीको ओखलढंुगा’ अध्यायबारे केही लेखेर बिट मार्छर्ुु किनकि ओखलढंुगा मेरो जन्मथलो हो ।

ओखलढंगा
नियात्राकारले ओखलढुंगामा युगकवि सिद्धिचरण श्रेष्ठको प्रतिमाअगाडि टोलाउँदै कविको वाणी ‘क्रान्तिबिना शान्ति हुँदैन’ भन्ने कविता स्मरण गरी सिद्धिचरणले ओखलढुंगालाई मुलुकभरी चिनाए भन्ने वाक्य मनमा गडेको कुरा ओखलढुंगालाई आँखाभरी सम्झँदै पुस्तकको पानामा छापे । हो, युगकविले ‘मेरो प्यारो ओखलढुंगा’ नामक कविता लेखेर ओखलढुंगालाई जताततै चिनाए । यही चिनाएको कुरा नियात्राकारले आफ्नो पुस्तकमा लेखेर ओखलढुंगालाई अरु बढी प्रचारमा ल्याए । यसका लागि ओखलढुंगेलीका तर्फाट प्रतीक ढकाललाई धन्यवाद भन्ने शब्द यहाँ  लेख्न अनुमति मागेको छु  ।

युगकवि सिद्धिचरणको प्रतिमा उनले यो संसारमा पहिलो ‘चिहाँ’ गरेको स्थानमै प्रतिष्ठापन भएको छ । प्रतिमा निर्माण समितिको संयोजकमा भाग्यवस यो पंक्तिकार रहेको थियो । काठमाडौंमा प्रतिमा तयार गरी ओखलढुंगा जिल्ला विकास समितिको संयोजनमा स्थापना गरिएको थियो । प्रतिमाको अनावरण २०५५ माघ ८ गते बसन्त पञ्चमीका शुभ दिनमा नेपाल प्रज्ञा प्रतिष्ठानका उप-कुलपति मदनमणि दीक्षिले गरेका थिए । कार्यवाहक प्रधानमन्त्री बलबहादुर र्राई विशेष अतिथिकहा रुपमा उपस्थित थिए ।

अर्को कुरा नियात्राकार तीन दिन मात्रै ओखलढुंगा बसे तापनि ओखलढुंगोलीको बानिव्यहोराको गुहय बुझिहाले छन् । उनले लेखेका छन्- दुवैतिरका बजारियाले अर्कोतिरको बजारलाई ‘पल्लो बजार’ भन्दा रहेछन, यताका मान्छेका लागि उता ‘पल्लो बजार’ र उताका लागि यता ‘पल्लो बजार’ ।  साँच्चै त हो नि, कुनचाहिँ हो पल्लो बाजार – म त्यहीं जन्मी हर्ुर्के बढेको मान्छे, आप\mनो घरदेखिको अर्कोलाई पल्लो बजार अझै भन्दैछु । पल्लो बजारका मेरा मित्र क्याम्पस चिफ् नारायण बहादुर सैंजू मेरो घर भएको बजारलाई अझै पल्लो बजार भन्दै आइरहनु भएको छ । मैले यहाँ उल्लेख गर्न खोजेकोे कुराचाहिँ स्थानिय समाजमा जकडिएर रहेको बानी अझै नसुध्रिएको कुरा नियात्राकारले कसरी टप्प टिपेछन् । यसबाट नियात्राकारको सुक्ष्म दृष्टि रहेको बुझिन्छ । धन्य हो कलममा सरस्वतीले बास गरेको नियात्राकार । जे लेख्यो, त्यसैले प्रसिद्धि पाउने, राजा मिदासले जे छोयो त्यही सुन हुने भनेजस्तो ।

नियात्राकारले एउटा कुरोचाहिँ लुकाए जस्तो लाग्यो । सगरमाथाको आधारशिविर नामक पुस्तकको ‘नाम्चेमा एक चक्कर ‘ भन्ने अध्यायमा नाम्चे बजार क्षेत्रको यात्रा वर्ण्र्ाागरिएको छ । लेखनको क्रममा थामसर्ेर्कु ट्रेकिङ्गले काठमाडौंमा दिएको यती माउण्टेन होम कुपन नाम्चेको त्यही होममा प्रस्तुत गरिएको कुरा सम्बन्धमा नियात्राकार लेख्छन्- ‘जब त्यस होमको प्रवेशद्वारभित्र पसेर हामीले आफ्नो कुपन प्रस्तुत गर्‍यौं, हामीलाई त्यहाँका मानिसले यति अपमानित गरे कि सहन नसकेर दर्ुगाजी र म पुनः झोला बोकेर तल बजारमै झर्‍यौं ।’

त्यहाँ त्यस ऐनमौकामा के कस्तो अपमान गरिए भन्ने कुराको पनि ‘आँखो देखे हाल’ लेखिनु पथ्र्यो । त्यस होमका व्यक्तिको फोटो पनि खिचिनु पथ्र्यो । अनि यात्राका तीता कुरा पनि पाठकसमक्ष पुग्ने थियो । सायद आफू अपमानित भएको कुरा किन उजागर गर्नु भन्ने दृष्टिकोणले अथावा समाजमा नकारात्मक सन्देश जान सक्छ भन्ने ध्येयले विवरण नकोरिएको हो कि ! हुन त कुनै पनि रचनाकारको समाजप्रतिको सोचाइ सकारात्मक पक्षकै हुनर्ुपर्छ ।

बचेखुचेका कुरा
अब म यो लेखोटको बिटमार्ने पक्षमा छु । प्रतीक ढकालको नियात्रा सम्बन्धी पुस्तकहरू यति धेरै संख्यामा किन विक्री भए – ‘हिमालपारि पुगेपछि’ को सातौ संस्करण बजारमा सकिन लाग्यो । साझा प्रकाशनद्वारा आयोजित वृहत पुस्तक पर््रदर्शनीमा लगातार ५ वर्षम्म र्सवाधिक विक्री हुने प्रथम स्थानमा पर्‍यो । ‘सेती पनि काली पनि’ ले पाँचौ संस्करण गुजार्दै छ । २०६४ देखि ०६७ सम्म यो र्सवाधिक विक्रीको दोस्रो पुस्तकका रुपमा रहयो । ‘सगरमाथाको अधार शिविरबाट’ चौथो संस्करणमा दौडिरहेको छ । यस पुस्तकले २०६६ मा नवौ स्थान र ‘चिनको विविध चित्र’ ले अधिकि विक्री हुने तेस्रो स्थान प्राप्त गरेको रहेछ । अन्य कुनै किताबले दोस्रो तेस्रो संस्करण खेपिरहेको पाइन्छ भने केहीअघि २०६८ मा प्रकाशित ‘गण्डकीको मुहानतिर’ पहिलो संस्करण मै रहनु स्वभाविकै हो । यसले पनि कालान्तरमा अर्को संस्करण खोज्छ नै । प्रतीकका नियात्रा रचना लगातार ५ वर्षम्म र्सवाधिक विक्री हुने पुस्तक भएको तथ्यता साझा प्रकाशनले औपचारिक तवरले नै प्रकाशित गरेको रहेछ । यहाँ फेरि प्रश्न दोहोर्‍याउन मन लाग्यो किन यत्तिका र्सवाधिक विक्रिको पंत्तिमा पर्‍यो प्रतीक ढकालको नियात्रा पुस्तकहरू – यसको जवाफ हुनसक्छ- प्रतीक ढकाल वहुसंख्यकले मन पराएका नियात्रा लेखक हुन । उनले रोचक र समसामयिक नियात्रा पुस्तक लेख्छन् भन्ने आमधारण रहेको पाइन्छ । बहुचर्चित लेखकका आदर्श पुस्तक रोचक हुन्छन् भन्ने धारणाले यसै पनि पुसतक बढी विक्री हुने नै भयो । अर्को कुरा उनको नेपाली पुस्तक गर्‍हौं मूल्यका छैनन्, रु. १५० देखि २५० भित्रका छन् । यो बजेट र्सवसाधारणको खल्तीभित्रको पर्दछ ।

अर्को कुरा, यिनको यात्राको क्रममा कुनै व्यक्ति भेटिएर एकैछिन भलाकुसारी भए पनि हतार हतार आफ्नो नोटबुकमा उनको नाम, थर, वतन, तिथिमिति टिपोट गरिहाल्दा हुन् । अनि क्यामेराले ती व्यक्तिको फोटो ख्याच्च खिचि हाल्दा हुन । हिंड्दा हिंड्दै यस्सो मनमोहक ठाउँ देखिए अथवा हिमाल र हिमालको मलमूत्र हिमनदी देखे भने क्यामेरा खच्याक-खच्याक पारिहाल्दा हुन् । अनौठो दृष्य भेटिए त यिनले बाँकीराख्ने कुरै भएन । हुँदाहुँदै हिमालतिरको भारीबोक्ने ट्रकरुपी खच्चर, घोडा, गदाहा, च्याङ्रा आफ्नो क्यामेराभित्र कैद गर्न बाँकी राखेका छैनन् यिनले । र्फमल खानपिन पार्टर्ीी अफिसियल कामकाजी व्यक्तिको कुराकानी समयको फोटो खिच्न त कहिल्यै पनि विर्सने गरेका छैन होलान् । अनि यस्ता फोटो नियात्रा पुस्तकमा ‘कपी पेस्ट’ गरिहालेको पाइन्छ । एउटा पुस्तकमा सयौं जनाको नाम समेटिएको हुन्छ । फोटोका हकमा मैले माथिका पानामै उल्लेख गरेको छु, एउटा पुस्तकमा १६१ थानसम्म फोटो छापिएका छन् । अनि फोटो छापिएका र नाम उल्लेख भएका ती सबै व्यक्तिले पुस्तक किन्ने नै भए । मेरो नाम पनि ‘चीनको विचित्र चित्र’ नामक पुस्तकको पृष्ठ १४८ मा उल्लेख गरेका रहेछन् र मलाई प्रश्न गरेका छन्- तपार्इंसँग भएको नक्सामा जस्तो कहाँ छ र आजको नेपाल – मेले आज उत्तरतिरको ‘सुस्ता’ हेरिरहेछु, जसका बारेमा आजसम्म पनि अधिकांस नेपालीलाई थाहा छैन । मैले यो पुस्तक नियात्राकारलाई मनमनै सलाम ठोक्दै एक प्रति खरिद गरें । आफ्नो फोटो अथवा नाम छापिएको पुस्तक हिमाली भेकका मानिसले आफ्ना नातापाता, इस्टमित्र, भाइवन्धुसमक्ष धक्कु लगाउन आफूले २०/२० थना किनेर बाँडेको यस पंक्तिकारले थाहा पाएको छ । ३०० जनाले १७ थानका दरले पुस्तक किनिदिए ५ हजार थान त स्वतः विक्री हुने देखियो । ढकालले आफ्नो पुस्तकमा हजारौंको नाम उल्लेख गरिसकेका छन् । अनि र्सवाधिक विक्री हुने भएन त उनको पुस्तक ! यसबाहेक नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्ट ऐशोसियसन, सगरमाथा क्लाइर्म्बर्स एशोसियसन जस्ता संस्थाले दर्ुइ तीन सय प्रति डक्कै किनेका पनि होलान् ।

बधाईका साथै शुभकामना छ बहुचर्चित नियात्रा पुस्तकहरूका कृतिकार प्रतीक ढकाललाई । उनको कलममा सरस्वतीले बास गरेको होस् । जुन पुस्तक प्रकाशित भयो त्यो ‘हट केक’ सरह विक्री वितरण होस् । संस्करणमाथि संस्करण थपिदै जाउँन् । अन्तिममा के लेखेर यो कलमको बिर्को बन्द गर्न चाहन्छु भने- प्रतीक ढकालले नियात्रा लेखन खोजिरहेको छ । हिमाल, पहाड, मैदान, भंज्याङ, देउराली, पर्वत, डाँडाकाँडारुपी नियात्रा लेखनले उनलाई खोजिरहेको छ । मलाई लाग्छ, यो चक्र अविरल गतिले चलिरहेकै छ । दुवैतर्फो खोजीको यो क्रम कहिल्यै नरोकियोस् र नथामियोस् भन्ने कामना गर्दछु । हिमाल, पहाड र मैदान क्षेत्रको भ्रमण गरी प्रतीकले त्यहाँको संवेदनशीलताका तसवीरलाई शब्दद्वारा अंकन गरी नियात्राका नयाँ नयाँ रचना जन्माउँदै जाउन् । पाठकले उनको नियात्राको रसस्वादन गरिरहन पाउन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: