Confusing Border Circumstances

सीमा अवस्थाको रुमलो

बुद्धिनारायण श्रेष्ठ

२०७० जेठको तेस्रो साता काठमाडौंमा गृह सचिवस्तरीय नेपाल-भारत सुरक्षा बैठक भएको थियो । बैठक तीन दिनसम्म चल्ने भन्ने अग्रीम एजेन्डा भए तापनि एकैदिनमा कुराकानी सकियो । बाँकी दर्ुइ दिन १३ सदस्यीय भारतीय वार्ताटोलीलाई पोखरा रिटि्रट भ्रमणमा लगिएको थियो । सुरुमा यो बैठक २०६९ चैत १ देखि गर्ने भनिएकोमा त्यस समय भारतमा विभिन्न व्यस्तताका कारण भारतीय अधिकारीहरू काठमाडौं आउन नसक्ने भएपछि अन्तिम घडीमा भारत सरकारको अनुरोधमा बैठक सरेको थियो ।

सम्पन्न सुरक्षा बैठक सामान्यतया अन्तर-सीमा अपराध नियन्त्रण तथा सीमा क्षेत्रका नागरिकका सुरक्षा व्यवस्थालाई सुदृढ गर्न र दुवै देशको सुरक्षाकर्मीलाई सक्रिय बनाउने सम्बन्धमा केन्द्रित रहेको थियोे । बैठकको क्रममा भारतीय पक्षले भारतबाट नेपालमा पसी लुकेका अभियुक्तको पक्राउ र सहज हस्तान्तरण, नक्कली भारतीय रूपैयाँका नोट भारतीय बजारमा ओसार-पसार नियन्त्रण, नेपालको दक्षिणी सीमामा रहेका बढ्दो संख्याको मदरसामा भारतविरोधी गतिविधि निगरानी, पाकिस्तानी खुफिया एजेन्सी -आइएसआइ) को सक्रियता नियन्त्रण, भारत-नेपालका सुरक्षाकर्मीले एक-अर्काको देशमा हतियारसहित बिनारोकटोक अनुसन्धान गर्न आउन पाउने, अदालती प्रक्रियाबिनै अभियुक्त हस्तान्तरण, लागुपदार्थ ओसार पसार नियन्त्रणलगायतका प्रस्ताव राखेका थिए ।

यसैगरी नेपाली पक्षले पनि भारत पुगेका गम्भीर अपराधका अभियुक्त पक्राउ, साना हतियार कारोबार नियन्त्रण, लागूऔषध कारोबार रोकथाम, भारतीय भूमिमा आश्रय लिएका तर्राईका सशस्त्र समूहको निगरानी, मानव तस्करीमा रोकथाम, सीमा क्षेत्रमा नेपाली कामदारहरूलाई भारतीय सुरक्षाकर्मीबाट दिइने सास्ती हटाउने, वनवासास्थित शारदा ब्यारेज खुला राख्ने समय वृद्धि गर्नुपर्ने, हराएका सीमास्तम्भ पत्तालगाउने र नियमित मर्मतसम्भार गर्ने, सीमा क्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बलको क्षमता वृद्धि गर्ने, अध्यागमन प्रशासनको क्षमता बढाउन प्रशिक्षण दिने, सीमा कार्यका लागि पुनः प्राविधिक टोली गठन गर्ने जस्ता प्रस्ताव प्रस्तुत गरेको प्रकाशमा आएको थियो ।

छलफलका दौरानमा भारतमा प्रतिवन्धित रक्तचन्दन नेपाल भई चीनको तिब्बत निकासी हुने गरेको, दुवै देशमा रहेको लगानी सुरक्षा, तथा ०६१ माघ ७ मा भएको सुपर्ुदगी सन्धि परिमार्जन गरी नयाँ सन्धि गर्ने, त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा सुरक्षा व्यवस्थापन विकास गर्ने जस्ता विषयमा भारतीय पक्षले नपाली पक्षको ध्यानाकृष्ट गराएको थियो ।

नेपाली पक्षले भारतविरुद्ध क्रियाकलाप नेपाली भूमिबाट हुन नदिने कुरा आश्वस्त पार्दै अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षा क्षमता वृद्धिमा सहयोग गर्नुपर्ने कुरा उठाएको थियो । यसैगरी सुपर्ुदगी सन्धिबारे राजनीतिक तहमा छलफलपछि मात्रै निर्ण्र्ााहुनसक्ने विवरण नेपाली पक्षले प्रकाश पारेका थिए । यस बाहेक नेपालमा निकट भविष्यमै संविधानसभा निर्वाचन हुने भएकोले भारतीय भूमिबाट सुरक्षा सहयोग हुन ध्यानाकृष्ट गराइएको थियो ।

समग्ररूपमा भन्नुपर्दा यस पटकको संयुक्त वार्ताको उपलब्धि नै भन्न मिल्ने गरी मूलतः तीन वटा सहमति भएको देखिन्छ । नेपालको आग्रहमा कन्चनपुरको पश्चिम सीमामा रहेको शारदा ब्यारेजको पुल दैनिक पाँच घण्टाबाट बर्ढाई सात घण्टा खुला राख्न सहमती भएको छ । यसैगरी सीमावर्ती जनताको समस्या निराकरणका लागि आपराधिक क्रियाकलाप रोक्न स्थानीय प्रशासन र सुरक्षा अधिकारीले सर्म्पर्क अधिकृत तोकेर सूचना आदान-प्रदान गर्ने प्रणालीको समन्वयकारी भूमिका विकास गर्ने, दर्ुइ देशबीच बाँकी सीमास्तम्भ नियमित अंकन गर्न गत छ वर्षघि भंग भएको संयुक्त प्राविधिक टोली फेरि गठन गर्न प्रयास गरिने भएको छ । यस बाहेक प्रत्येक तीन महिनामा जिल्लास्तरीय सीमा समन्वय समितिको बैठक गर्ने, नेपालका प्रजिअहरूलाई भारतमा अवलोकन भ्रमणको प्रवन्ध गर्ने तथा सीमावर्ती क्षेत्रमा मोबाइल फोन सिमकार्डको दुरुपयोग हुन नदिने सहमति भएको बुझिएको छ ।

नेपाल र भारतबीच दुवै देशको सुरक्षा चासोलाई लिएर पटक-पटक वार्ता बैठक हुने गर्दछ । सचिवस्तरीय यो बैठक एघारौं हो । यसअघि दुवै देशका सशस्त्र प्रहरी प्रमुख -आइजिपि) स्तरमा २०६९ मंसिर १८-१९ मा सीमा सुरक्षासम्बन्धी बैठक नयाँ दिल्लीमा भएको थियो भने चैत २७-२८ मा भारत-नेपाल सुरक्षा मामिला द्विपक्षीय परामर्श समूहको बैठक बैङलोरमा भएको थियो ।

यहाँँ जिज्ञासा उत्पन्न हुन्छ यस्ता बैठक तथा छलफलले दुवै देशको सुरक्षा चासोका के कति समस्या समाधान गर्‍यो – गत बैठकहरूमा भएका संयुक्त सहमतिको माइन्युट अध्ययन गर्दा निकै वर्षघिदेखि दर्ुइ-तीन मामिला लगातार उल्लेख गरिंदै आएको पाइन्छ । भारतीय जाली नोट तस्करी, अन्तरसीमा अपराध, आइएसआइको नेपालमा गतिविधि रोकथाम, सुपर्ुदगी सन्धि, अन्तरसीमा अपराध, साना हतियार तथा लागूपदार्थ ओसार-पसारबारे सबै बैठकको छलफलभित्र परेको देखिन्छ । तर खास तवरमा समाधान भएको देखिदैंन ।

दुवै देशसँग सम्बन्धित तथा दुवै देशलाई पिरोलिरहेका यस्ता समस्याको समाधानको मूल जरो के हो र त्यसलाई कसरी सुल्झाउने भन्ने सम्बन्धमा कहिल्यै पनि कार्यगत रूपको योजना बनेको पाइँदैन । यस पटकको बैठक पनि औपचारिकतामा नै सकियो ।

यहाँ भन्नपर्ने र दुवै देशले संयुक्त रूपमा गर्नुपर्ने कुरा के हो भने भइरहेको सीमा व्यवस्थापनले अन्तरसीमा आपराधिक क्रियाकलाकलाप र अवाञ्छित गतिविधि रोक्न नसकेकोले विद्यमान व्यवस्थापनमा सुधार ल्याउनु आवश्यक परेको छ । यस्ता सुधार नल्याउनाका कारणले नै बिहार पिपुल्स रिभोलुसन आर्मी नामक संगठनका प्रमुख तथा भारतमा ३६ हत्याकाण्डका मोस्ट वान्टेड भारतीय अपराधी बब्लु दुबे -मिथिलेश) विनारोकटोक अन्तर्रर्ााट्रय सीमापार गरी लुसुक्क नेपाल छिर्नसकेका हुन् । आठ महिनादेखि नेपालमा खुलेआम घुमफिर गरिरहेका दुबेलाई नेपाल प्रहरीको सक्रियतामा जेठ १४ मा पक्राउ गरियो र २१ गते रित पुर्‍याउँदै घटौरीमा छाडी सोही बेलुका सुटुक्क बिहार प्रहरीको जिम्मा लगाइयो ।

यसैगरी चौंतीस महिनाको अवधिमा २७ जना नेपाली उद्योगपति अपहरित भई भारत पुर्‍याइए । बिराटनगरका उद्यमी गंगाविसन राठीलाई २०६९ माघ १८ मा काँकभिट्टाबाट सजिलै सीमापार गर्राई सिलिगढी पुर्‍याएर हत्या गरियो । अर्कोतर्फ२०६८ कात्तिकदेखि २०७० वैशाखसम्म पटक-पटक गरी भारततर्फ लैजान लागेको ४ करोड ६४ लाख भारतीय नक्कली नोट नेपालमा समातियो ।

नेपाल-भारत खुला सीमाको वैकल्पिक व्यवस्था गरिएको भए मोस्ट वान्टेड अपराधी बब्लु दुबे अन्तर्रर्ााट्रय सीमामै पक्राउ पर्नसक्ने थियो । राठीलाई काँकडभिट्टामै रोकी उनको ज्यान बँच्न सक्थ्यो भने जाली नोट नेपालको सीमापार गराएर भारत पस्न सक्ने थिएन । तर यस्ता अवाञ्छित गतिविधि रोक्ने ठोस उपाय अवलम्बन गर्नेबारे दुबै देशका पदाधिकारीबीच छलफल हुने गरेको पाइँदैन । यद्यपि नेपालका लागि भारतीय पर्ूवराजदूत तथा आरआईएका अध्यक्ष श्याम शरणले २०६९ पुस २९ मा भनेका थिए- ‘भारतको नेपालसँग खुला सिमाना भएकोले केही संवेदनशीलता छ भन्ने कुरा नेपाल स्वयम् र अन्य मुलुक पनि प्रष्ट छन् ।’ अमेरिकाको कन्ट्री रिपोर्ट अन् टेरोरिज्म- २००९ मा ‘नेपाल-भारत सीमाको ठाउँठाउँमा सरकार विहीनताका कारणले आतंककारी भेद्य चर्कन पुगेको र लस्कर-ए-तोइबाका सदस्य मोहम्मद ओमार मदनी नेपालको बाटो भएर नयाँदिल्लीतर्फगएको’ कुरा उल्लेख भएको छ ।

यिनै कारणले खुला सीमाको वैकल्पिक व्यवस्था खोज्नुपर्ने अवस्था आएको छ । यसका लागि ठुलो तामझाम गरिरहन पर्दैन । सामान्य संयन्त्रको विकास गरेमात्र पनि पुग्छ । केही समयअघिदेखि भारत तथा नेपालतर्फपनि सीमा-नाकामा सिसिटिभी जडान गरिएको छ । अब यहाँ गर्नुपर्ने मुख्य कुरो चाहिँ त्यस्ता केही सिसिटिभी सुरक्षा जाँच गर्ने लामो कोठामा जडान गरिएको हुनर्ुपर्छ । त्यस्ता कोठामा इन्डिकेटरयुक्त सुरक्षा ढोका राखिनु पर्छ । अनि सीमातर्फ जानलागेका सवारी साधनभित्रका यात्रुलाई समेत ओराली सुरक्षा जाँच कोठाबाट पैदल हिंडाउनु पर्छ ।

Belhiya-Nautanuwa Border Crossing

 

पैदल हिंडाउँदा यात्रुको नाम, थर, वतन तथा यात्राको अभ्रि्राय बताउन लगाउनु पर्छ । उदाहरणार्थ- ‘मेरो नाम फूलमाया तामाङ् हो, मेरो घर सिन्धुपाल्चोक जिल्ला सुनखानी गाविस वडा नं. ७ स्याउले गाउँ हो । भिनाजुपर्नेले बम्बै घुम्न जाउँ भनेकोले जान लागेको हुँ ।’ यसरी सुरक्षा जाँच गर्ने कोठाभित्रबाट सिसिटिभीको माध्यमद्वारा यात्रुको हाउभाउ, मुखाकृति, मनोविज्ञान अवस्था मनिटर गरिनर्ुपर्छ । यात्रुमाथि शंकालागे अथवा विलक्षणता देखाउने यात्रुलाई निस्कने ढोका नजिकैको प्रहरीले सोधपुछका लागि अर्को कोठामा लगेर केरकार गर्नुपर्छ । अवाञ्छित यात्रु ठहरिए कार्वाही गरिनु पर्छ । तर आदर्श यात्रु भए तत्काल सीमापार गर्न दिनर्ुपर्छ । यस्तो व्यवस्था पहिल्यै गरिएको भए गंगाविसन राठीले ‘मलाई अपहरण गरेर लैजान लागेको छ, मलाई बचाउनोस्’ भन्न सक्ने थिए र उनको ज्यान अनर्थमा जाने थिएन । बब्लु दुबेको हाउभाउ र विलक्षणता देखेरै उनी अन्तर्रर्ााट्रय सीमा-नाकामै पक्राउ पर्न सक्ने थिए । यसैले भविष्यमा हुने नेपाल-भारत सीमा सुरक्षा पदाधिकारीको बैठकमा विगत घटनाक्रमलाई हृदयंगम गरी रुमलिएको सीमालाई व्यवस्थित गर्न संयन्त्र विकास गर्ने सहमति गरी दुवै देशका जनताको शान्ति, सुरक्षा सुदृढ गर्ने कार्यमा ध्यान पुर्‍याइने छ भन्ने आशा गरौं ।

3 Responses

  1. Now I am going to do my breakfast, once having my breakfast coming again to read
    other news.

  2. Thank you. If you have some comments and criticism, I always welcome.

  3. In general, when a critical eye is cast over the entire body of work the case is not strong enough to hold it.

    Foox NewsPaart cosmetic dentistry of your responsibility as
    a parent is to be used at home. Bone Grafting Treatment TypesHere’s some bone grafting methods that you can get access
    cosmetic dentistry to some of the tasks by a DA.
    If the itemized deductions total more than the standard deduction, they
    could be seeing the signs of gingivitis or periodontitis.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: