Examination of Boundary in Laboratory

Examination of Boundary in Laboratory

         Sudheer Sharma’s book Prayogshala (Laboratory)

                          in the eyes of a Border Researcher

Book Reading                                                             Buddhi N Shrestha

                                       प्रयोगशालामा सीमाको परीक्षण

                                                                                        बुद्धिनारायण श्रेष्ठ

सुधीर शर्माद्वारा लिखित पुस्तक ‘प्रयोगशाला’ प्रतिको समीक्षा, टिप्पणी, मन्तव्य आउने क्रममा विमोचनको केही पछि पढिसकेको यस पुस्तकबारे छोटोमोटो तरिकाले केही कोर्न यहाँ तम्सिएको छु । ‘कसलाई के धन्दा, तर घरज्वाइँलाई खानैको धन्दा’ भनेजस्तै पुस्तक हातपर्ने वित्तिकै यसमा नेपाल र भारतबीच रहेको सीमाको कुरा लेखिएको छ छैन भन्नेतर्फनै ध्यान केन्द्रित गरी पढ्न थालेको थिएँ । पुस्तकमा आफूलाई घतपरेको बुँदा तथा सीमासँग सम्बन्धित हरफलाई पहेंलो ‘हाइलाइटर’ ले चिन्हमार्दै छोटो समयमै पुस्तकको पाना रित्याइएको थियो । त्यहि चिन्हमारेको हरफहरु कहाँ-कहाँ छन् भनी अहिले हर्ेदा त पुस्तकको पानाहरु पहेंलपुर तरिकाले रङ्गीन भएका रहेछन् । त्यही बुँदामा रहेर अहिले लेख्न सजिलो भएको छ । पुस्तक पढ्दै गरेको क्रममा नेपाल बैंक लिमिटेड वीरगंजका म्यानेजर मेरा मित्र रामअधिन यादवले फोन गरेका थिए- ओहो, प्रयोगशाला पढ्दा त छोड्दै नछोडौंजस्तो लागेको थियो । कार्यालयको काम भ्याएर रात-साँझ-विहान गरी पाँच दिनमा पढिसिध्याएँ । पढ्ने क्रममा घटनाको विवरण थाहा पाउँदा कहिले मन रोमाञ्चित हुन्थ्यो भने कहिलेचाहिं गहिरो सोचाइमा पाथ्र्यो । यस्तो पनि सम्वाद-परिसम्वाद भएको रहेछ, साँच्चै हो र – भन्ने लाग्थ्यो । अनि त्यस विवरणकोे ‘सर्न्दर्भ समग्री’ देख्दा नपत्याइ सुखै भएन ।

अब म पुस्तकमा उल्लिखित सीमा विषयतर्फलाग्छु । पुस्तकको मुख्य गुदी ३९० पृष्ठभित्र निकै ठाउँमा मेरो चाखको विषय र पुस्तक हातपर्ने बित्तिकै मलाई जिज्ञासा रहेको नेपाल र भारतबीचको सीमा व्यवस्थापन र केही स्थानमा सीमा अंकनबारे पनि लेखिएको पाएँ । यसबाट पुस्तकको वजन अझ बढेको महशुस गरें । किन कि दर्ुइ छिमेकी देशबीच राजनीतिक र आर्थिक सम्बन्धी विश्लेषण महत्वपर्ूण्ा हुन्छ भने दर्ुइ देशको माटोलाई छुट्याउने सीमा सम्बन्धी विवरण पनि राष्ट्रियताका हैसियतमा कम महत्वको हुँदैन ।

    पुस्तकको ‘भारतीय छहारी’ अर्न्तर्गत उपशिर्षमा लेखिएको रहेछ- नेपाल प्रायः ठूला सशस्त्र सङ्र्घष्ामा भारत र भारतीय सिमाना जोडिने गर्छ, चाहे २००७ साल र २०१७ सालमा गरिएको सशस्त्र सङ्र्घष्ा होस् अथवा २०४२ मा रामराजाप्रसाद सिंहले गरेको बमकाण्ड तथा २०५२-६२ मा माओवादीले गरेको जनयुद्ध किन नहोस् । यस्तै नेपालमा गृहयुद्ध चर्कंदै गएपछि त्यसको सबभन्दा धेरै असर खुला सिमाना जोडिएको भारतमै पर्छ भनेर दरबारले दिल्लीलाई विश्वासमा लिन खोजेको विवरण पुस्तकको ‘झनै व्रि्रँदो सम्बन्ध’ का पानामा उल्लेख गरिएको छ । नेपाल र भारतबीचको खुला सिमाना कुनै पनि व्रि्रोही गतिविधिका निम्ति ‘र्स्वर्ग सरह’ बन्ने गरेको छ, माओवादीसँग सीमापार सञ्जाल फिँजाउन लाखौं प्रवासी नेपालीको आधार पनि थियो, खुला सीमाबाट विशाल भारतीय भूभागमा छिरेपछि जोकोही अलप हुन सक्छ, यद्यपि नेपाल र भारतको खुला सीमाबाट बेला-कुबेला माओवादीलाई सीमापार गर्न गार्‍हो परेको कुरा पनि पुस्तकमा वर्ण्र्ाागरिएका छन् । यिनै विवरणको पर्रि्रेक्षमा लेखकले ‘हिन्दुस्तानको बास’ उपशिर्षमा नेपाल-भारत खुला सिमानालाई नियन्त्रित र व्यवस्थित गरिनर्ुपर्छ भन्ने सुझाव अगाडि सारेका छन् ।

लेखकले यस सम्बन्धमा व्यवहारिक, तथ्यपरक र युक्तिसँगत सुझाव पस्केका छन् । वास्तवमा खुला सीमा व्यवस्थाले दुवै देशमा अनेक समस्या पैदा गरेको छ । एक देशमा अपराध गर्छन्, लुसुक्क अन्तर्रर्ााट्रय सीमापार गरेर अर्को देशमा लुकिछिपि बस्छन् । बीरगंज व्यापारीको स्कुलेबच्चा अपहरण गरेर भारतको बेतिया पुर्‍याइन्छ । सौदाबाजी मोलमोलाई गरिन्छ, फिरौति पाएपछि बच्चा मुक्त हुन्छ । भारतबाट रक्तचन्दन खुला सीमापार गराउँदै तिब्बत पुर्‍याइन्छ । मुर्म्बई रेलवे स्टेशनमा बम पड्काइन्छ, बम पड्काउने अभियुक्त काठमाडौंमा पक्डाउ खान्छ । तेस्रो देशबाट ल्याइएको नक्कली भारतीय रुपैयाँको नोट खुला सीमापार गराएर बिहार पुग्छ । यी सबै करामत त खुला सीमाबाट उब्जिएको तन्तु नै हो । बिहारका मुख्यमन्त्री नितीश कुमारले नयाँ दिल्लीमा भएको मुख्यमन्त्रीहरुको सुरक्षा सम्मेलनमा २०११ फेब्रुअरी १ मा भनेका थिए- तेस्रो देशबाट नेपालको बाटो भएर छिराइएका नक्कली भारतीय नोटले बिहारको अर्थतन्त्र नै डामाडोल बनाएको छ । यसबाट पनि खुला सीमाले दुवै देशलाई समस्यामा पारेको छ भन्ने बुझिन्छ ।

पुस्तकमा खुला सिमानाले उब्जाएको समस्याको दृष्टान्तमा नागरिकता प्रमाणपत्र वितरणलाई पनि समावेस गरिएको छ । पुस्तकका लेखक सुधीर शर्मा मधेश विस्फोट शिर्ष अर्न्तर्गतको मधेशी मुद्दामा लेख्छन्- तर्राईका २० जिल्लामा टोली खर्टाई नागरिकता बाँड्न थालेकोमा सर्वोच्चले रोक्यो र त्यतिन्जेल बाँडिएका करिब ३० हजार नागरिकता रद्द गरियो । काठमाडौंको त्रुटिपर्ूण्ा दृष्टिकोण के रहृयो भने, उसले तर्राईको समस्यालाई जहिले पनि भारतसँग जोडेरमात्र हेर्‍यो र त्यो खुला सीमाबाट घुसेकाहरुको मुद्दा हो भन्ने गर्‍यो  । यदि खुला सिमाना नै समस्या थियो भने त्यसलाई व्यवस्थापन गर्नेतिर लाग्नुपथ्र्यो ।

हुन पनि हो, नेपाली नागरिकता प्रमाणपत्र वितरण टोली गाउँ-ठाउँ पुगेको बेला गैरनेपालीले पनि प्रमाणपत्र हत्याए भनी छापामा आएकै कुरा हो । तीन जना नेपाली नागरिकले सिफारिस गरेकै प्रावधानमा पनि प्रमाणपत्र दिन सकिने व्यवस्था भएकोले कतिपयले जाली कागजातका आधारमा नागरिकता पाएका दृष्टान्तहरु छन् । उजुरी परी अवैध व्यक्तिले लिएको प्रमाणपत्र रद्द गरिएको पनि सुनिएकै हो । पुस्तकमा यस्ता ज्वलन्त उदाहरणहरु उल्लेख गरिएकोले पुस्तकका पानाहरु सत्य-तथ्यमा आधारित छन् भन्ने प्रमाणित हुन्छ ।

Prayogshala

पुस्तकका लेखक सुरक्षा मामिलासँग गाँसिएको खुला सीमाबारे लेख्न पनि चुकेका छैनन् । नबदलिएको छिमेकी शिर्षको ‘अभीष्ट’ उपशिर्षमा भारतीय मनोवैज्ञानिकताबारे उल्लेख गर्दै भारतको प्रमुख स्वार्थ सुरक्षा मामिलासँग सम्बन्धित छ, आतङ्ककारीले नेपाली भूमि प्रयोग गरे, नेपाली भूमि भएर नक्कली भारतीय मुद्रा प्रवाह भयो, यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने भारतीय सुरक्षाकर्मीको चिन्ता रहेको कुरा उल्लेख गरिएका छन् । त्यस्ता गतिविधि मूलतः नेपाल-भारत खुला सीमाका कारण फस्टाएको हुनाले त्यहाँ परिचयपत्रका आधारमा आवतजावत गर्नेजस्ता व्यवस्थापनका उपाय अपनाउन सकिन्छ भन्ने पनि सुझाव लेखिएको छ ।

बिल्कुलै हा,े भारतीय सुरक्षाकर्मीको चिन्ता हरण गर्ने हो भने, सीमालाई नियमन -रेगुलेटेड) गर्नुपर्छ । लेखकले र्सजमिनमा देखेर नै यस्तो ‘प्रेस्त्रिmप्सन्’ लेख्नुभएको बुझिन्छ । भारतको अन्दाज छ, सीमास्थित मदरसा विद्यालयका शिक्षक दिउँसो उर्दूभाषा पढाउछन् अनि रातपरेपछि सीमापार गरेर आतंकको सञ्जाल फैलाउँछन् । सीमा नियमन भइदिएको भए यस्ता आतङ्कारी परिचयपत्रका आधारमा सीमामै पक्राउ पर्थे ।

यहाँ प्रश्न आउँछ, पुस्तक लेखकको भनाइअनुसार आखिर के कारणले सीमा नियमन गर्ने अथवा सीमा वारपार गर्ने यात्रुले परिचयपत्र देखाउने व्यवस्था नगरिएको हो – यसबारे पनि ‘अभिष्ट’ उपशिर्षकै पानामा कोरिएको छ । दुवै देशबीच जनस्तरमा विशेष सम्बन्ध रहेको छ, लाखौं नेपालीले भारतमा रोजगारी पाएका छन्, आर्थिक रुपमा पनि भारतप्रति नेपाल निकै निर्भर रहेको छ, नेपाली नेताहरुले राजनीतिक संरक्षकत्व खोज्ने कारणले गर्दा नेपाल-भारतबीच खुला सीमा रहेको हो भन्ने प्रवृत्ति भारतीय कूटनीतिज्ञहरुमा विकसित भएको कारणले नै सीमालाई नियमन गर्नेतर्फध्यान दिइएको छैन र त्यही प्रवृत्तिले भारतलाई नेपालमा एकपछि अर्को राजनीतिक प्रयोग गर्न प्रेरित गर्छ भनी स्पष्ट रुपमा पुस्तकको पाना भरिएको छ । यसै कारणले पनि सुधीर शर्माको प्रस्तुत ग्रन्थमा ‘प्रयोगशालामा सीमाको परीक्षण’ सविस्तार उल्लेख भएको रहेछ भन्न सकिन्छ ।

सीमा व्यवस्थापनका यी कुरासँगै सीमा अंकनका विषय पनि पुस्तकको निकै ठाउँमा उल्लेख गरिएका रहेछन् । ‘खरिपाटीको उग्र प्रस्थान’ उपशिर्षमा माओवादी खरिपाटी भेलाले भारतसँगको विशेष सम्बन्ध अन्त्य गर्नुपर्ने, असमान सन्धिहरु खारेज गर्नुपर्ने, मिचिएको भूभाग फर्काउनुपर्ने ठहर गरेकोले दिल्लीलाई तर्सर्ााे भन्ने विवरण सटिक तरिकाले प्रस्तुत गर्नु लेखकको कला हो । यसै प्रसङ्गमा प्रचण्डले २०६६ मंसिर २ मा भारतीय गुप्तचर अधिकारी एबी माथुरलाई सिङ्गापुरमा भेटगर्दा सन् १९५० को मृतप्रायः सन्धि प्रतिस्थापन गर्न, विवादित सुस्ता सीमाक्षेत्रमा भारतले ओगटेको नेपाली जमिन छाड्न, कालापानीमा राखेको फौजलाई कालीपारि लगेर राख्न भारतले उदारता देखाउनुपर्ने र त्यसो भए नेपाल-भारत सम्बन्ध सहजढङ्ले अगाडि बढ्ने कुरा बताएको, तर माथुरले ठोस जवाफ नदिएको विवरण जस्ताको तस्तै पुस्तकको पानामा उतारिएका छन् । तर यसको परिणाम के आयो भन्ने कुराचाहिँ लेखकले विश्लेषण गर्न भ्याएको देखिंदैन ।

यसैगरी प्रचण्डका सीमासम्बन्धी अभिव्यक्तिहरुमध्ये अङ्ग्रेज गए पनि हिन्दुस्तानको अङ्ग्रेजी मानसिकता गएन भन्दै एमाओवादीले सीमा मिचिएको क्षेत्रहरुमा पर््रदर्शन गरेको विवरण पनि पुस्तकमा चाखलाग्दो तरिकाले प्रस्तुत गरिएको छ । यसै क्रममा वाईसिएलले विवादित सीमास्थल खासगरी सुस्तामा गएर नेपालको राष्ट्रिय झन्डा गाडेको, सीमा जनजागरण अभियान चलाएको र एमाओवादी नेताहरु विभिन्न सीमावर्ती क्षेत्रमा गई सीमा मिचिएकोबारे भाषण गरेको दृष्टान्त पनि पुस्तकमा समावेश गरिएका छन् । यसैगरी प्रचण्ड आफै दार्चुलाको कालापानी क्षेत्र जाने भनिएको थियो, जुन योजना अन्तिम क्षणमा रद्द गरियो, यद्यपि प्रचण्डले दाङमा सुगौली सन्धिको औचित्य समाप्त भइसकेको, सन्धि भारतसँग होइन अङ्ग्रेजसँग गरिएको थियो, यसैले नेपालको पर्ूवमा टिस्टादेखि पश्चिममा काँगडासम्मको भूभाग दाबी गर्नुपर्ने ‘ग्रेटर नेपाल’ को प्रसङ्ग झिकेको विवरण पनि पुस्तकमा सविस्तार उल्लेख गरिएका छन् । तर प्रचण्ड के कारणले कालापानी जान सकेनन् र सुगौली सन्धि वर्तमान भारतसँग गरिएको होइन भनी प्रचण्डले किन भने भन्ने कुराको व्याख्याको अभाव पुस्तक पाठकमा खड्किएको छ । यसको पनि छोटोमोटो पुस्ट्याइँ गरिएको भए सुधीर शर्माको पुस्तक अझ बढी तेजस्वी हुने थियो । मलाई लाग्छ बहालवाला परराष्ट्रमन्त्री डा. रामशरण महत र जलस्रोतमन्त्री गोविन्दराज जोशी २०५६ माघ २५ गते कालापानी जलाधार क्षेत्रको अवलोकन गर्न हेलिकोप्टर चढ्ने बेला लैनचौरबाट फोनआई उनीहरुले भ्रमण पर सारेका थिए र त्यसपछि कहिल्यै कालापानी गएनन् । कतै प्रचण्डलाई पनि यस्तै परेको हो की – भन्ने अन्दाज नेपाली जनताले गर्न नसकेको हुनाले सुधीर शर्माले पनि विश्लेषण नगरेका होलान् ।

यति हुँदाहुँदै पनि पुस्तकमा नेपाली नेताहरुको नेपाल-भारत अन्तरसीमा आवागमनको मात्रा र त्यसको कारण गजबसँग उतारिएको छ । खुला सीमाको कारण नेताहरुको सीमावारपार हुने उर्लदो रफ्तारका बारे पनि मजैसँग समेटिएको छ । १२ बुँदे सम्झौताको सहकार्य गर्ने समय सिटौला, ठाकुर, गिरी, खनाल, गौतम, त्रिपाठी, महतो, जोशी, कोइराला -शेखर) जस्ता नेताहरुको अन्तरसीमा भ्रमणको उपादेयता उल्लेख गर्दै एउटै यात्रु एउटै सीमारेखाबाट हप्ताको चार पटक ओहोर-दोहोर किन भएको हो भन्ने सामान्य जनताले बुझेका थिएनन् भनिएको छ । तर अर्कोतर्फरोल्पाबाट दाङ हुँदै एघारौं दिनमा प्रचण्ड, बाबुराम र कृष्णबहादुर महरा दिल्ली पुग्ने क्रममा उनीहरुलाई जुक्तिपर्ूवक माओवादी कमान्डर किमबहादुर थापा ‘सुनील’ को टोलीले सीमापार गराउन सफल भएको विवरण घतलाग्दो तरिकाले पुस्तकमा उल्लेख गरिएको छ । लेखकले यसमाचाहिँ कारण पनि विश्लेषण गरको छन् कि सीमा नपुग्दै नेपाली सेनाको तारोमा परिने खतरा थियो । नभन्दै प्रचण्डहरुलाई सीमा कटाएर र्फकनासाथ सुनील शाही सेनाको हवाई हमलामा मारिए । यस्तै प्रकारले नेपाल-भारतबीचको अनेक घटनापर्ूवको भूमिका तथा घटनाको परिणामका बारे तिथिमितिसहित उल्लेख गरिएको कारणले पुस्तकलाई ज्यूँदो-जाग्दो बनाएको कुरा पाठकलाई अनुभव गराउँछ ।

पुस्तकमा सीमाबाहेकका अन्य ज्वलन्त विवरण उल्लेख भएका केही बुँदा भन्न लागको छु । यसमा पहिलो कुरा त हाम्रा नेताहरुको ढलपले नीति धेरै पानामा उल्लेख गरिएका छन् । माओवादी पार्टर्ीीथा प्रचण्डको अभिव्यक्तिमध्ये राष्ट्रिय स्वाधीनताका लागि ‘विदेशी प्रभु’ दिल्लीलाई खुला चुनौती दिन्छु, चीनसँगको सम्बन्ध भारतको विरुद्ध होइन, भारतको खास स्वार्थमा असर पार्ने कुनै काम नगर्नेमा भारतीय नेताहरुलाई आश्वस्त पार्छर्ुुभारतले आश्वासन एउटा दिने, तर व्यवहारमा चाहिँ आफूलाई भुत्ते बनाउदारहेछन्, जरुरत पर्‍यो भने चिनियाँ सेना भारतको सिमानासम्म आउँछ, आफ्नो सुरुको भ्रमण चीन भए तापनि पहिलो राजनीतिक भ्रमण त भारतकै हुन्छ भन्ने जस्ता द्विविधापर्ूण्ा भनाइ रहेकोले चिनियाँ प्रधानमन्त्रीको काठमाडौं भ्रमण ४ घन्टामात्रको भएको कुरा समेत पुस्तकका विभिन्न पानामा अङ्कित गरिएका छन् ।

यसैगरी गिरिजाप्रसाद कोइरालाको ‘भारतले कतै मलाई लेन्डुप दोर्जी बनाउन खोजेको त होइन -, राजालाई त तह लगाएँ भने भारत के हो र -, तर्राईको समस्या समाधान गर्न भारत र नेपालले जोइन्ट प्रयास गरे एक मिनेटमा समाधान हुन्छ’ भन्ने जस्ता प्रसङ्ग पनि पुस्तकमा जोडिएका छन् । हाम्रा नेता उपेन्द्र यादवलाई तह लगाउन भारतीय राजदूत मुखर्जीले फोनबाटै चेतावनी दिंदै ‘के तपाईंहरुलाई भारत नचाहिएको हो -‘ भन्ने जस्ता सम्वाद पनि पुस्तकमा सम्लग्न गरिएका छन् । हो, सबै पार्टर्ीीत्ताको चाहना गर्छन्, हाम्रा नेताले दिल्लीको मुख ताकेरै भारतको आँट र हैसियत बढाइदिएका हुन् भन्ने लेखकको जिकिर रहेको छ ।

पुस्तक लेखक कान्तिपुर दैनिकको प्रधान सम्पादक भएको हुनाले कान्तिपुर पब्लिकेसन्सले क्यानडाबाट ल्याउने गरेको न्युजप्रिन्ट, कूटनीतिक वृत्तमा झगडालु राजदूतले, कोलकत्ता बन्दरगाहमा एक महिनाजति रोकेको, तर राजनीति दलहरुदेखि नागरिक समाज र अन्तर्रर्ााट्रय समुदायसम्मको दबाब परेपछि छोडिएको वृतान्त पनि उल्लेख गरिएको पाइन्छ । यसै प्रसङ्गमा ‘कान्तिपुरलाई गलाउन खोजियो’ भनी २०६७ असार १० को पाठक मञ्चमा यस पंक्तिकारको भनाइ पनि प्रकाशित भएको थियो ।
पुस्तकबारे समग्र रुपमा भन्नुपर्दा लखेकले ‘प्रयोगशाला’ को माध्यमद्वारा नेपाल र भारतबीचको वर्तमान कालको सम्बन्ध निकै मात्रामा चिरफार गरेको पाइन्छ । पुस्तकमा उल्लिखित घटना र वर्ण्र्ाापढेपछि नेपाललाई भारत आफ्नो इसारामा चलाउन सक्दो प्रयत्न गर्दो रहेछ भन्ने भेद खुलेको छ । यसैले राष्ट्र, राष्ट्रियता, र्सार्वभौमिकता, भौगोलिक अखण्डता सम्बन्धी ज्ञान यस पुस्तकले प्रचुर मात्रामा प्रदान गरेको छ । नेपाल र भारत विषयक अन्य लेखोट तयार पार्न ‘रिफरेन्स’ का रुपमा यो पुस्तक उपयोग गर्न सकिने देखिन्छ । गैरनेपालीभाषीले यो पुस्तक अंग्रेजीमा अनुवाद भए हुन्थ्यो भन्ने चाहना राखेको मैल पाएको छु । अझ अगाडि भनौं भने, जेएनयु तथा अन्य विश्वविद्यालयका नेपाल-भारत सम्बन्धमा विद्यावारिधी गर्ने नेपाली शोधकर्ताले यो पुस्तक नपढी सुखै छैन । यस पुस्तकको विवरण उल्लेख नगरे उनीहरुको ‘थेसिस रिजेक्ट’ हुनसक्छ । अझ के पनि भन्न सकिन्छ भने, अहिलेसम्म पनि धेरै लेखक तथा शोधकर्ताले गृष्मबहादुर देवकोटाको ‘नेपालको राजनीतिक दर्पण’ र भीमबहादुर पाण्डेको ‘त्यस बखतको नेपाल’ प्रत्येक ३ खण्डको उल्लेख गरिरहेजस्तै ‘प्रयोगशाला’ को पनि उल्लेख गर्नेछन् । आउँदो समयमा थप घटनासहित प्रयोगशालाको अन्य खण्ड लेखिदै जानुपर्ने आवश्यकता महसुस भएको छ र भविष्यका लागि यो आधिकारिक डकुमेन्टको रुपमा रहने छ । पुस्तक दिल्ली, दरबार र माओवादीसँग सम्बन्धित भनिए तापनि दरबारजत्तिकै मात्रामा बेइजिङसँग सम्बन्धित भएको विवरण पनि पाइन्छ ।

पुस्तकको नकारात्मक पक्ष खोतल्दा सत्य-तथ्य विवरण र घटनाक्रम उल्लेख गरिएको सिलसिलामा त्यसको विश्लेषण केही मात्रामा कमी भएको महसुस हुन्छ । सायद पाठकले आ-आफ्नै धारणा बनाउन लेखकले जानि-नजानी छाडेका हुन कि ! यस पुस्तकको पृष्ठ १५१ देखि १८२ सम्म पढ्नबाट म वञ्चित भएँ । ती पाना नै छैनन् । त्यसको बदला ११९ देखि १५० पाना दोहोर्‍याएर हालिएको रहेछ । यसमा लेखको दोष छैन, प्रकाशकको पनि दोष छैन । कमजोरी त प्रेस बाइन्डिङको हो । तर प्रकाशकले त जाँच गर्नुपर्ने हो, यस्ता पाना दोहोरिएका र पाना लोप भएका प्रति ‘रिजेक्ट’ गर्नेपर्ने हो । म त ती लोप भएका पाना पढ्न नपाएर ड्याकमा परें । कतै तिनै पानामा प्रचण्डले हेटौंडा महाअधिवेशनमा कालापानी, सुस्ता सीमा समस्याबारे जनमत संग्रह गरिनर्ुपर्छ भन्ने प्रतिवेदन प्रस्तुत गरेको विवरण र सीमाको अन्य घनघोर परीक्षणका वृतान्त सुधीरको प्रयोगशालामा उल्लेख भएका थिए कि !

अर्को कुरा, पुस्तक विमोचनका दिन लाइनमा बसेर पुस्तक किन्दा प्रकाशकले रु. ७०० लिए । तर हिजोआज मोटोगाताका तिनै पुस्तक बजारबाट लिंदा रु. ६३० मै पाईंदो रहेछ । समान्यतया लेकार्पणका दिन पुस्तक केही सहुलियत दरमा पाइन्छ भन्ने कुरा जनमानसको दिमागमा अड्डा जमिसकेकोले यहाँ छ्यास्स जोडेकोछु । तर पनि विमोचनका बेला अन्नपर्ूण्ा होटेलको नास्तापानीचाहिँ सन्तोषले खाइएको थियो । यी कुरा जेसुकै होस् रु. ७०० तिर्दा यस पंक्तिकारलाई कुनै चित्त दुखेको छैन । त्यसको चार दोब्बर भन्दा बढीको ज्ञान, सन्देश र जानकारी हासिल भएको छ ।

फेरि अर्को कुरा, पुस्तकमा मूल्य अङ्कित गरिएको छैन । क्रेताको विश्वसनियताका लागि मूल्य लेखिनु पर्ने हो । यस्त,ै अन्तर्रर्ााट्रय बुक नम्बरको आइएसबिएन ‘बार कोड’ भित्री पृष्ठमा नभई पछाडिको आवरणमा राखिनुपर्ने अभ्यास प्रचलनमा छ । यस्तो भए ‘मेसिन रिडेबल काउन्टर’ का लागि उपयोगी हुन्छ । जाँदाजाँदै लेख्न मन लाग्यो, नेपालरुपी प्रयोगशालामा विभिन्न सिद्धान्त, अभ्यास र प्रयोग  परीक्षण गरिंदै रहेछ भन्ने सन्देश पुस्तकबाट प्राप्त भएको छ । त्यो परीक्षण प्रयोगलाई साकार बनाएर नोबेल पुरस्कार नदिलाउनचाहिँ हामी नेपाली र हाम्रा राजनीतिक नेताको क्रियाकलापमा भर पर्नेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: