Thori Border as it is seen

Thori Border as it is seen

The local people of Thori (Parsa District) asked the Chief District Officer (CDO) Kailash Kumar Bajimaya on 4 February 2014- “Where is our borer ? Please show us the border limit of our national boundary, we shall guard that border. Today you have come to visit this spot and you will go back tomorrow. But we are the people to fight and protect the border.” It was questioned as an expression while the CDO, Chief Survey Officer, Security Officer and other officials had visited Thori.
Thori is located 70 kilometer west of district headquarter Birganj. There have been confrontations time and again on this point of the border. Recently, 200 Indian Special Security Bureau (SSB) personnel infiltrated the Nepali territory with arms and weapons and obstructed the construction of Bit Office Building of Maiti Nepal (saviour and watch dog of trafficking girls and women). But Nepali local people protested the Indian SSB and there was nearly a situation of confrontation. Ultimately, Nepali people chased the Indian SSB beyond the border.
The local people says- five villages including Bhikhana Thori of India have been depending upon the water, flowing from Nepal, for their drinking water and irrigation purposes. Nepal had provided them the water regularly. But now the Indian SSB personnel have intruded Nepali frontier up to the Parewa Bhitta area to capture the territory up to the very source of the the water. This is mysterious and deplorable.
Some years ago, construction of a bridge on Thute Khola stream by Nepal government on the Nepali frontier was obstructed by Indian SSB claiming that land to them . Due to tolerance and kind heartened Nepal government, the construction work was stopped and still stranded. The local people including Ekraj Neupane says- India intends to amalgamate our Nepali territory of Thori into their Indian Bhikhana Thori frontier.
This incident shows that the local people have made an expression and they have shown their willingness as a symbol- ‘if the government is not able to protect the national boundary of Nepal, the local people will do it. The most important thing is to show them the national boundary line of Nepal.

ठोरी सीमामा जे देखियो

बुद्धिनारायण श्रेष्ठ

वीरगन्जबाट प्रमुख जिल्ला अधिकारीको टोली करिब तीन/चार महिनाअघि ७० किलोमिटर पश्चिममा रहेको ठोरी पुग्दा त्यहाँका स्थानीयवासीले ‘कृपया हाम्रो सीमा कहाँसम्म हो देखाइदिनोस्, हामी सीमाको पहरेदारी गर्छौं’ भनी प्रजिअसमक्ष भनेको कुरा यसै दैनिकमा प्रकाशित भएको थियो । समाचार पढेपछि पंक्तिकारलाई जिज्ञासा उत्पन्न भएको थियो- सीमा प्रशासन अधिकृत, प्रमुख नापी अधिकृत, सशस्त्र प्रहरी इन्चार्ज तथा सुरक्षा निकायका व्यक्तिसहित सर्जमिनमा आएका प्रमुख जिल्ला अधिकारीले नेपाल-भारतबीच रहेको ठोरीको सीमारेखा जनतालाई देखाउन किन सकेनन् ? समाचारमा अर्को सन्देश पनि थियो । सम्बन्धित पदाधिकारीले ठोरीको सीमा अंकित गर्न र सरकारी स्तरबाट त्यहाँको सीमा संरक्षण गर्न सक्दैनन् भने स्थानीय जनताले नै राष्ट्रको सीमा जगेर्ना गर्ने मनोकांक्षा बोकेका हुँदारहेछन् भन्ने खबर देखायो । खबर आएलगत्ते म ठोरीका स्थानीय स्वयम्सेवी चल्तापुर्जा एक व्यक्तिसँग सम्पर्क राखी विगत हप्ता म ठोरीतर्फ लागेंँ ।
रणभूमिमा जाने सिपाहीले खरखजाना बोकेजस्तै मैले पनि आफ्नो व्यक्तिगत संकलनमा रहेका सन् १९२२ तथा १९२८ मा तत्कालीन बि्रटिस इन्डियाले बनाएको टोफोग्राफिकल नक्सा, नेपालले फिनल्यान्ड सरकारको सहयोगमा बनाएको सन् १९९७ को स्थलरूप नक्सा, नापी विभागले सन् १९८५ मा प्रकाशित गरेको पर्सा जिल्ला नक्सासमेत सामग्रीका साथ ठोरी पुगें । त्यहाँ ठोरी उपभोक्ता समिति अध्यक्ष, राजनीतिक अगुवाहरू, पूर्वप्रहरी, स्थानीय वासिन्दाहरू, स्वयम्सेवी, ज्येष्ठ नागरिकहरू, स्थानीय सञ्चारकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी इन्चार्ज आदि जम्मा भएका रहेछन् । मैले त्यहाँ सन् १९२८ को नक्सामा कोरिएको सीमारेखालाई ‘म्याप टु ग्राउन्ड’ सत्यापन गर्दै जमिनमा देखाएँ ।

Thori Map

स्मरणीय छ, यो नक्साको पुछारमा ‘नेपालसँगको सिमाना र नम्बरसहितको सीमास्तम्भ सन् १८८२-८३ को नेपाल बाउन्ड्री सर्भे नक्साबाट लिइएको छ’ भनी उल्लेख गरिएको छ । अतः यसै नक्साको आधारमा मैले छेउछाउको ढिस्को, खोला, बलौटे भाग, जंगल आदि जमिनको भाग नक्सामा देखाउँदै स्थानीयवासीलाई बुझाउने प्रयत्न गरेँ । यसका लागि ठोरी सीमा विवादित क्षेत्रको एक कुनाबाट अर्कोतर्फ समूहसँगै नक्सा र जमिन भिडाउँदै घन्टौं पैदल हिँडियो । सीमा खम्बामा कुँदिएको नम्बरलाई नक्सामा अंकित गरेको त्यही नम्बरको संकेत नम्बरसँग भिडाइयो । भिडाउने क्रममा नक्सामा अंकित ८४ तथा ८५ नम्बरका जंगेखम्बा जमिनका फेला परेनन् । अनि जमिनमा रहेका जंगेखम्बा नं. ८२ तथा ८३ का सहायताले त्यसैको सिधा सरलरेखामा पर्ने तर जमिनमा नभेटिएका ८४ नम्बरको खम्बाको अवस्थिति जमिनमा चिन्ह लगाइयो ।

???????????????????????????????

???????????????????????????????

यस चिन्हबाट कोण र दूरीको आधारमा खम्बा नं. ८५ को जमिनमा हुनुपर्ने स्थिति पनि अनुमान गरियो । त्यसपछि यस खम्बाबाट पश्चिमतर्फको ठुटे खोला र चिताहा खोला पार गरी सवा किलोमिटर सिधा दूरीको जंगल र पहाडको घाँचमा रहेको सीमास्तभ नं. ३५ पुग्दा खम्बा सहिसलामत रहेको पाइयो । यसबाट जंगेखम्बा नं. ८४ तथा ८५ जमिनमा नहुनाको कारणले नेपालको भूमि मिचिनमा बल पुगेको सबैले महसुस गरे ।

???????????????????????????????

समस्याको कारक तत्त्व

जमिनमा नभेटिएका जंगेस्तम्भ नं. ८४ देखि करिब आधा किलोमिटर उत्तर नेपालको परेवा भित्ताबाट निस्केको पानीको मुहान नै सीमा विवादको मूल कारकतत्त्व रहेछ । त्यस मुहानबाट निस्केको पानी तीनवटा कुलोमा विभाजन गरिएको छ । एउटा कुलोको पानी नेपालतर्फ पठाइएको छ भने बाँकी दुई कुलोको पानी भारततर्फ लगिएको छ ।

4

भारतीय बस्तीमा खानेपानीको अभाव भएकोले सम्वत् २०४५ तिर स्थानीय तहमा सहमति गरी आधा मात्रामा पानीको उपयोग गर्न भारतलाई दिइएको थियो । भारतीयहरूले यो पानी सिंचाइ प्रयोजनका लागिसमेत उपयोग गर्न लागे । भारततर्फको सीमावर्ती बस्ती भटुझिला, भवानीपुरदेखि पहरिया, पुरनियासम्मका १४ गाउँमा जनसंख्या तथा घरधुरी वृद्धि हुँदै गएकोले पानीको आवश्यकता बढ्दै गयो । यसैले पानीको दुई तिहाइ भाग भारततर्फ लगियो । अहिले भारतीय सशस्त्र सेनाबलले पानीको मुहान भएको परेवा भित्तासम्मकै नेपालको भू-भाग भारततर्फ पर्छ भनी दाबा गर्दै आएका छन् । सुरुमा खानेपानीको माग गरेका सीमापारिका मित्रले अहिले पानीको मुहानै कब्जा गरी आफ्नो सीमातर्फ पार्ने क्रियाकलाप गर्दै आएका छन् । भारतीय बस्तीमा पानीको माग पूर्ति गर्न नेपाली भू-भागबाट निस्केको पानीको मुहान क्षेत्र नै भारततर्फ पार्ने उनीहरूको मनसाय रहेको बुझिन्छ ।

सीमारेखाको लगभग एक किलोमिटर उत्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चौकी रहेको छ । चौकी नजिक ठोरी बजार र छोटी भन्सार कार्यालय पनि पर्छ । नेपाली चेलीबेटी ठोरी नाकाबाट अवैध तरिकाले भारततर्फ लैजाने गरिएकोले यहाँ माइती नेपालको बिट राखिएको छ । सीमारेखाबाट २ सय मिटर नेपालतर्फको भूमिमा बस बिसौनी नजिकै माइती नेपालले चेकपोष्ट भवन निर्माण सुरु गर्दा करिब २ सय भारतीय सशस्त्र सेनाबल -एसएसबी) जवान २०७० माघ १७ गते हतियारसहित पसी निर्माण अवरोध गरेपछि त्यस क्षेत्र तनावग्रस्त बनेको थियो ।

Maiti Nepal

भारतीयहरूले बस बिसौनी हटाउन खोजेका थिए । स्थानीय नेपाली समुदायले प्रतिकार गरी एसएसबीलाई लखेटेका थिए । आखिर भारतीय जवानहरूले नेपालको भूमिमा आएर किन गडबड मच्चाए भनी बुझ्दा एसएसबीको भनाइ रहेछ- ‘यस क्षेत्र भारततर्फबाट दाबा गरिएकोले विवादग्रस्त इलाका भएको हुँदा विवाद समाधान नभई कुनै निर्माण गर्न पाइँदैन ।’

स्थानीय तहले मानेको सीमारेखाबाट २ सय मिटर नेपालतर्फको भूमिमा विवाद झिक्नुको पछाडि परेवा भित्ताको पानीको मुहान जोडिएको रहेछ । नेपालतर्फको बस बिसौनी र माइती नेपालको भवन बन्नलागेको भूमि भारततर्फ परेमा त्यस सीमारेखाले पानीको मुहान भएको क्षेत्र स्वतः भारतीय क्षेत्रभित्र पार्न सकिने रहेछ । यसरी नेपालको ठोरीको भू-भागलाई भारतको भिखना ठोरीमा गाभ्न सकिए भारतीय सीमावर्ती क्षेत्रमा पानीको अभाव सधैंका लागि पूर्ति गर्न सकिने योजना रहेको बुझिन्छ ।

अंग्रेजले भारतमा शासन गरेको समयदेखि नै भिखना ठोरी भारतका लागि एक महत्त्वपूर्ण सीमाविन्दु रहेको पाइन्छ । नेपालको वनजंगलबाट लकडी, टिम्बर, जडिबुटी र पशुको काँचो छाला भारततर्फ लैजान सीमाबाट आधा किलोमिटर दक्षिणसम्म रेलवे लाइन विस्तार गरी भिखना ठोरी स्टेसन निर्माण गरिएको थियो । यहाँबाट लगिएको टिम्बरले रेलवे लाइनको पटरीको खाँचो परिपूर्ति गरेको थियो । ठोरीको जंगल सखाप हुनथालेपछि अब यस रेलले नेपालको ढुंगा, रोडा, बालुवा ओसारिरहेको छ, जुनचाहिँ भारतीय सीमावर्ती क्षेत्रमा निर्माण हुँदै गरेको पूर्व-पश्चिम राजमार्गको निम्ति आवश्यकीय वस्तु हो । केही दशक अघिसम्म नेपालका लागि पनि भिखना ठोरी नाका उपयोगी थियो । गोरखा, धादिङ, तनहुँ, चितवनका वासिन्दालाई भारततर्फ जान र मालसामान ल्याउन सुविधा थियो । अझै पनि माडी उपत्यकाका नेपाली वासिन्दा ठोरी नाका भएर भारत जाने-आउने गरिरहेकै छन् ।

ठोरीको ठुटे खोलामा वर्षायाममा बाढी आउँदा आवत-जावतमा सुविधा पुगोस् भनी नेपालले आफ्नो इलाकामा पुल बनाउन खोज्दा भारतीय एसएसबी जवानहरू नेपाली भूमिमा पसेर रोक लगाएका थिए । पुल निर्माणका लागि नेपाली ठेकेदार कम्पनीले २०६७ माघमा कायम गरेको विन्दुहरू उखेलेर फालिदिएका थिए । यसैगरी विद्युत प्रसारण लाइनका निम्ति सिमेन्टको खम्बा गाड्दै ल्याउँदा पानीको मुहान भएको परेवाभित्ता दक्षिणमा गाड्न नदिई लडाइएको पोल अझै त्यहाँ देख्न सकिन्छ ।

3

समाधान

माथिका घटनाक्रम आफ्नै ठाउँमा छन् । तर नेपाल र भारतबीच बाँकी रहेको सीमारेखाको अस्पष्टता, जंगेखम्बा जमिनमा नभेटिएका ठोरीजस्ता सीमा क्षेत्रको समस्या आपसी सामञ्जस्यता, सौहार्दता र भाइचाराका नाताले समाधान गरिनुपर्छ ।

8

स्मरणीय छ, नेपाल-भारत सीमांकन पुराना नक्सा दस्तावेजका आधारमा गरिनेछ भनी नेपाल-भारत संयुक्त प्राविधिकस्तरीय सीमा समितिको कार्यप्रणालीमा उल्लेख गरिएको छ । त्यसैले ठोरी क्षेत्रको सीमा विवाद बि्रटिसकालीन सर्भे अफ इन्डियाले सन् १९२८ मा प्रकाशित गरेको नक्सामा देखाइएको जंगेखम्बा नं. ८४ तथा ८५ जमिनमा निर्माण गरी सधैंका लागि विवादको छिनोफानो गरिनुपर्छ ।

1

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: