Wiedner wept loudly in Nagarkot

Wiedner wept loudly in Nagarkot

Speaking

Buddhi Narayan Shrestha

Mr. ZM Wiedner was the Assistant Director of Geodetic Survey Branch, Survey Department, Nepal from 1970 to 1997. He was the Czech Republic national and working for Institute of Geodetic and Cartographic Enterprise in Czech. He had come to Nepal to work in the Survey Department of Nepal under the OPEC program of the United Nations. Wiedner also worked in the Survey Department as an Advisor from October 1987 to April 1988 for eighteen months assigned from the UNDP.

During the tenure of Assistant Directorship of Survey Department and chief of Geodetic Survey Branch, Wiedner enunciated and established the ‘Nagarkot Astronomical Observatory.’ He was keen to develop Nagarkot Station and connect it to Very Long Base Interferometry (VLBI) of Taskent of Russia and Tokyo of Japan. But the work was not completed as his tenure in Nepal was completed. However, Nagarkot was developed as Trigonometrical Fundamental Station, Gravity Point, Precise Leveling Station, Doppler Point, GPS/GNSS Point Tracking Station, Weather Recording Station, Circum Zenithal Observation Staion etc.

Nagarkot observatory expanded within the parameter of 42 hectare of land, located at 2150 meter from the mean sea level, twenty seven kilometer far from Kathmandu downtown. But it was misused after Wiedner’s return from Nepal. The top of Nagarkot hill area where there is observation tower and fundamental geodetic stations within the premises was misused by the picnic-goers from Kathmandu city and it was converted into merry making place, especially on Saturdays.

It is envisaged that if Wiedner would have come back to Nagarkot observatory area in these days; and if he had seen misuse of Nagarkot premises in such a fashion, he would weep very loudly in Nagarkot.
The detail article has been published in the Magazine ‘Bhumi Sandesh’ Year-6, Number-6, 2014 as following in Devanagari script:

विडनर नगरकोटमा डाको छोडेर रोए

 

बुद्धिनारायण श्रेष्ठ

 
नापी विभाग अर्न्तर्गत खगोल तथा भू-मापन महाशाखामा सात वर्षसहायक निर्देशकको पदमा काम गरेका र सल्लाहकारका रुपमा अर्को डेढ वर्षकार्य गरेका विडनर आप\mनो देश चेक रिपब्लिकको राजधानी प्राहाबाट २०७० साउन २५ गते काठमाडौं आएका थिए । काठमाडौं टेकेको भोलिपल्टै अर्थात् २६ गते शनिबार उनी नगरकोट खगोलीय वेधशाला गए । नगरकोटतर्फलाग्दा यिनको अनुहार फुरुङ्ग परेको देखिन्थ्यो, मानौ यिनले केही लाभ हासिल गर्दैछन् । नगरकोटको डाँडोमा रहेका क्लव हिमालय जस्ता होटेल पार गरेर जंगल तथा घुमाउरो पक्की सडकबाट उकालो गुड्डा यिनमा प्रशन्नता थपिदै थियो । नगरकोट वेधशालाको कार्यालय भवन नजिकबाट गाडी उँभो लाग्दा यिनको मुहार तेजिलो थियो । वेधशाला क्षेत्रको गाडी पुग्ने अन्तिम विन्दुमा गाडी रोकियो । गाडीबाट उत्रने बेलामा यिनको अनुहारमा अलि मलिनता देखियो । जमिनमा उत्रेर दायँा बायाँ रहेका चमेना र चाउचाउ विस्कुट विक्री गर्ने पसलहरु हेरेर यिनको मुहार अझ खस्कियो । त्यसपछि पैदल जानुपर्ने सिढि उक्लदै जाँदा यिनको अनुहार गम्भीर हुन पुग्यो । यसपछि यिनी थुम्कोमा रहेको अब्जरभेशन टावरमा पुगे । उकालो चढाइले यिनमा केही स्वाँस्वाँ आएको थियो । टावर नजिक टक्क अडेर एकाध मिनेट दायाँ-बायाँ नियाले । यिनलाई के लाग्यो कुन्नी, एकै छिनमा यिनी आफ्नो अनुहार निचोरिएको कागति जस्तो बनाई सुक्क-सुक्क गर्न लागे । त्यसको आधा मिनेटमै यिनी त डाको छाडेर रुन पो लागे । एउटा पाको उमेरको मानिस त्यस माथि पनि गोरो छालाको विदेशी ह्वँा ह्वँा रोएको देखेर अगल-बगलमा रहेका मानिस छक्क परे र चिन्तित पनि देखिए । विडनरसँगै रहेका नगरकोट वेधशालाका प्रमुख गोविन्दप्रसाद अधिकारी विडनर डाको छोडेर रोएको देखेर हक्क न बक्क भए । अब कसो गर्ने र के गर्ने भनेर अधिकारी एकै छिनसम्म त अत्तालिए ।
अलि धर्ैयवान भएर विडनरले टावरको चारैतिर हेरे । टावरको दक्षिणतर्फो खाली भागमा १०-१२ जनाको समुह ठूलो स्पिकरबाट निस्केको गीतको आवाज सुन्दै खानपिन गर्दै रमाइरहेका देखे । उत्तरतर्फअलिकति खुलाभागमा पिकनिक मनाउने अर्को जत्था बियर, वाइन, हृविस्कीको चुस्कीमा रम्दै तास खेलिरहेको पाए ।

DSC01558

पश्चिमपट्टकिो फलामे बारबाहिर एक जोडी -केटाकेटी) मुग्धकण्ठले गफिदैं गरेको र बेला-बेलामा थुतुनो जोड्ने-जोड्ने अवस्थामा पुग्न खोजेको दृश्य पनि देखे । अब्जरभेशन टावरको टुप्पोतिर आँखा लगाउँदा ५-७ केटाकेटी माथि प्लेटर्फममा उभिएर रमाइरहेको अनुभव गरिरहेको हेरे ।
टावरको फलामे पाइप डण्डिमा झुन्डेर विद्यार्थी जस्ता देखिने मसिना केटाहरु पिङ खेलेजस्तो मच्ची रहेका दृश्यले यिनको मनमा च्वास्स् घोच्यो । एकजना युवक टावरको फलामे पाइप समात्दै तलतिर ओर्लेर टावरको बीच भागमा अवस्थित पिलरको टाउकोमा टेकेर भर्ुइमा हाम फालेको देखेर विडनरले मर्माहित भएको अनुहार लगाए ।

Tower

विडनरले प्रमुख नापी अधिकृत गोविन्द प्रसाद अधिकारीलाई सोधे- यो Fundamental Pillar को टाउको टिनको ढकनीले छोपेर ताला लगाउने गरिएको थियो । यो कहिलेदेखि गायब गरियो – अधिकारीले जवाफ फर्काए- म यहाँ सरुवा भएर आउनुअगाडी नै ढकनी थिएन ।

DSC01571

विडनरले टावरको पर्ूवपट्टकिो भिरालो भागतर्फहर्ेदा वौद्धधर्मावलम्वीले टावरको पाइपमा बाँधेर ध्वजापताका तलको रुखसम्म टाँगेको देखे । अनि टावरको दक्षिणतर्फलाग्दा एकजना अधवैंशे महिलाले आगो बालेर हरियो मकै पोलेर बेचिरहेको पाए । त्यो आगोले बेला बेलामा धुँवाको मुस्लोलाई हावाले आकाशतिर उडाएको पनि हेरे ।
विडनर टावरबाट तलतिर रहेकेा वेधशालाको अफिसतिर ओर्लनै लागेको बेला त्यहाँ ३ जना नेपाली प्रहरीका जवान आइपुगे । प्रहरीले टावर वरिपरिको चक्कर लगाए । विडनरलाई अचम्म लाग्यो, यहाँ किन प्रहरी आएको होला – मन थाम्न नसकेर विडनरले प्रहरीलाई सोधे- तपाईंहरु किन यहाँ आउनु भएको हो – प्रहरीको जवाफ थियो- “यहाँ कहिलेकाहि झगडा पनि हुने गर्छ । दिन ढल्ने बेला कुने दिन मारमुङ्री पनि गछ्रन् । आज शनिवारको दिन भएकोले सुरक्षाको लागि हामी आएका हौं ।”

DSC01606

विडनरले ती प्रहरीको नाम सोधनी गर्दा एकजनाले जवाफ दिए- म प्रहरी हवल्दार कर्ण्र्ााहादुर भारती हुँ । यी २ जना कन्स्टेवल मेरा सहयोगी । यो थियो २०७० साउन २६ शनिवारको दिन । विडनर नगरकोटमा किन रोए भन्ने कुरा अलि पछि लेखौला । त्यसभन्दा पहिला विडन को हुन् भन्ने कुरा अलि विस्तृत उल्लेख गर्न लागेको छु ।
संयुक्त राष्ट्रसंघको ओपेक सहायता कार्यक्रम अर्न्तर्गत नेपालको नापी विभागमा काम गर्न जेड् एम् विडनर नेपाल आएका थिए । यिनी चेक गणराज्य -त्यसबखत चेकोस्लाभाकिया) का नागरिक थिए । यिनले २०२६ सालको सुरुदेखि २०३३ सालसम्म नापी विभाग अर्न्तर्गत खगोल तथा भू-मापन -जियोडेटिक) महाशाखा प्रमुखका रुपमा सहायक निर्देशक पदमा काम गरे । नेपालमा कार्यकाल समाप्त गरेर आप\mनो देश चेकोस्लाभाकियाको इन्सिच्युट अफ जियोडेटिक एण्ड कार्र्टोग्राफिक इन्टरप्राइज फर्केको १० वर्षछि संयुक्त राष्ट्र संघको प्राविधिक सहायता अर्न्तर्गत यिनी खगोल सल्लाहकारका रुपमा फेरि नेपालको नापी विभाग अर्न्तर्गत खगोल तथा भूमापन महाशाखामा आए । उत्पादनमूलक सल्लाहकारका रुपमा यिनले २०४३ कात्तिकदेखि २०४४ चैत्रसम्म १८ महिना काम गरे । डिल्लीबजार चारखाल अड्डामा कार्यालय अफिस भए तापनि यिनी हप्ताको २-३ पटक नगरकोट खगोल वेधशाला पुग्ने गर्थे ।

???????????????????????????????

खगोल तथा भूमापन महाशाखाको सुरुको समयमा विडनरले निकै महत्वपर्ूण्ा योगदान गरेको पाइन्छ । सुरुमा यिनले कित्तानापीको लागि चाहिने त्रिकोणमितिय नियन्त्रण विन्दुको आधारभूत संरचना बनाई त्यसलाई कार्यान्वयन गरी महाशाखाको जग बसाले । यिनले National Geodetic Frame work को योजना तयार पारे । Triangulation Instruction Book -नेपाली र अंग्रेजी भाषामा) तयार पारे ।  जस अनुसार कर्मचारीलाई फिल्डमा काम गर्न सुगम भयो । साथै आधुनिक प्राविधिक यन्त्रहरु Theodolite, Geodimeter, Distomat, Level, Mini-Computer आदि पनि आर्जन गर्ने प्रवन्ध मिलाए । महाशाखामा आफू मातहत अन्य केही विदेशी सह-विशेषज्ञ तथा स्वयंसेवकहरु संयुक्त राष्ट्रसंघकै सहायता अर्न्तर्गत ल्याएर काम गराए । यसले गर्दा कित्ता नापी कार्यको परिशुद्धताका लागि चाहिने चौथो दर्जाको नियन्त्रण विन्दुहरु समेत शुद्धतापर्ूण्ा तरिकाले स्थापना गर्न मद्दत पुग्न गयो । यिनकै पालादेखि कित्ता नापी नक्सा “आइल्याण्ड पद्धति” को बदला नियन्त्रण विन्दुका आधारमा तयार गर्ने क्रम सुरु भयो ।
देशको Triangulation Network परिशुद्ध गर्न २०३२ सालमा नगरकोट खगोलीय वेधशाला स्थापना भयो । नगरकोट-साँगा-भातेढिकुरोमा Fundamental Station हरु खडा गरी यसैका आधारमा देशभरको Triangulation Network जोडियो । नियन्त्रण विन्दुको जालोलाई समायोजन गरी परिशुद्ध पार्न राति तारा ग्रहको अवलोकन र्सर्भेक्षण गर्न विडनरले संयुक्त राष्ट्रसंघको सहायतामा र्सकम् जेनिथल यन्त्र आर्जन गरेर नगरकोटमा स्थापना गरे । यो यन्त्र राख्न एउटा छुट्टै सानो घर निर्माण गरी त्यस घरको पाखापरेको छाना स्लाइडिङ्ग हुन सक्ने बनाइयो । र्सकम जेनिथलका साथै क्रोनिमिटर, ओमेगा टाइम रिकर्डर, रेडियो रिसिभर, ब्यारोमिटर, अल्टिमिटर, कम्प्युटर आदि सामान पनि आर्जन गरिएको थियो । तथ्यांक स्थापना गर्ने काममा सुगमता ल्याउन र कुनै अवरोध आइपरे तुरुन्तै निर्देशन दिन र जानकारी आदान प्रदान गर्न Wireless transmission सेट जडान गरिएको थियो । यस अर्न्तर्गत नगरकोट, डिल्लीबजार, पोखरा, धनकुटा आदि स्थानमा Direct Wireless द्वारा प्राविधिक निर्देशन दिइने गरिन्थ्यो । यिनकै कार्यकालभित्र सम्वत् २०३३ मा Triangulation and Astronomical  किार्यको शुद्धताका लागि आवश्यक पर्ने Laplace Station नगरकोट समेत नेपालको ७ स्थानहरुमा चेकोस्लाभाकिया सरकारको सहयोगमा त्यस देशको र्सर्भेयरहरु र नेपाली नापी अधिकृतहरु समेत सामेल भई स्थापना गराए । यस अनुसार नगरकोटलाई गुरु विन्दुका रुपमा लिइयो । विदेशी Technology Transfer होस् भनी लाप्लास विन्दु स्थापना गर्ने कार्यमा नेपाली अधिकृतहरुलाई पनि संलग्न गराइएको थियो । नेपाली प्राविधिकलाई नयाँ प्रविधिको ज्ञान हासिल गराउन विडनरले पाँच अधिकृतलाई -बाबुराम आचार्य, नरनारायण श्रेष्ठ, महेश्वर भट्टर्राई समेतलाई) मध्यम अवधिको तालिमका लागि चेकोस्लाभाकिया पठाउने प्रबन्ध गरी तालिम हासिल गराए ।
विडनरले आप\mनो सहायक निर्देशकको कार्यकालमा नगरकोटमा ग्राभिटी विन्दु पनि स्थापना गरेका थिए । त्रिभुपन अन्तर्रर्ााट्रय विमानस्थल परिसरभित्र पनि ग्राभिटी विन्दु स्थापना गरेका थिए । यहाँ एउटा प्रसंग पनि जोडौं । थाइ इन्टरनेशनलले बैंककबाट काठकाडौंमा हवाई उडान सुरु गरेका समय त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थल पदाधिकारीले दिएको Airport Runway को उचाई थाई पाइलटको Instrumental Landing को उचाइसँग नमिलेको गुनासो गरेपछि विमानस्थल पदाधिकारीले नापी विभागमा लेखापढी गरे । नापी विभागले विडनरको नेतृत्वमा अध्ययन अवलोकन गर्न टोली खटायो । विडनरको अध्ययन र संगणना अनुसार पुरानो उचाई नमिलेको ठहर्राई नयाँ शुद्ध उचाईको तथ्यांक हवाई विभाग मार्फ थाई यएरलाइन पठाइयो । यसपछि थाईले केही नापनक्सा औजार नापी विभागलाई उपहार स्वरुप दियो ।
यिनै मित्रताका कारण र नगरकोट वेधशालालाई सुदृढ गर्नुपर्छ भन्ने धारणाले विडनरले त्रि.अ.वि.को ग्राभिटी विन्दुलाई बैंककको Absolute Gravity Station सँग जोडे । Bangkok Gravity Station मा र्सर्भेक्षणको काम सम्पन्न गर्ने वित्तिकै त्यसै दिन थाई यएरलाइन्सको सौहार्दतामा नेपाली प्राविधिज्ञहरुलाई लिएर तुरुन्तै जहाज त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा ल्याई २४ घन्टाभित्रै यहाँको विन्दुमा क्यल्रि्रेशन गरिएको थियो । विडनरको योजना थियो, अब नगरकोटलाई कोलोम्बो र दिल्लीको ग्राभिटी स्टेशनसँग जोडी Bangkok-Kathmandu-Delhi-Karachi-Colombo-Bangkok Network फिजाउने । यसपछि नगरकोट गुरु विन्दुलाई रुसको Taskent र जापानको टोकियो VLBI Network Gravity Station हरुसँग जोडेर Very Long Base Interferometry (VLBI) स्थापनाको काम पूरा गर्ने विडनरको चाहना थियो । तर यो कार्य पूरा हुन सकेन, उनको कार्यकाल बढ्न नसकेको कारण ।
एक पटक यिनी घर विदामा जाँदा नेपालको Relief Map फाइबरमा बनाएर ५० थान ल्याएछन् । नापी विभाग, खगोल तथा भूमापन महाशाखा, भूमि सुधार मन्त्रालय सचिव कोठाको भित्तामा टाँगियो । दरबारका सचिवले पनि यो नक्साबारे थाहा पाएछन् र माग गरे । विभागबाट आवश्यक थान पठाइयो । त्यसको एक वर्षछि फेरि अर्को खेपको माग आयो । विभिन्न मन्त्रालय, युएनडिपि तथा केही नियोगमा बाँडिसकिएकोले नापी महानिर्देशकको कार्यकक्षमा टाँगिएको एक प्रति पठाएर दरबारको चित्त बुझाइएको थियो । विडरनको सहायक निर्देशकको कार्यकालको केही काम माथि वर्ण्र्ाारियो । अब उनले सल्लाहकारका रुपमा गरेको केही कुरा छोटकरमिा लेख्दै छु ।
जेड एम विडनर सम्वत् २०४३-४४ का लागि सल्लाहकारका रुपमा आए तापनि उनले उत्पादनशील काम नै गरे । उनले खगोल तथा भू-मापन महाशाखाको विगत कार्य र क्रियाकलापको समिक्षा प्रतिवेन तयार पारे । यसका आधारमा Geodetic Network लाई सुदृढ गर्ने योजना बनाए । नगरकोट कार्य विस्तृतिकरण गर्ने भावी रणनीति र योजना तयार पारे । ग्राभिटी र्सर्भेक्षणको तथ्याड्ढलाई विश्लेषण तथा हरहिसाब गर्ने कार्य गरे । यसको प्रतिवेदन यिनले नेपालमा सल्लाहकारको अवधी पूरा गरेर बाँकी कार्य आफ्नो देशमा गरी प्राहाबाट पठाएका थिए । यो पंक्तिकार त्यसबेला नापी विभागको महानिर्देशक मइसकेकोले विडनरले प्राहाबाट पठाएको प्रतिवेधन मैले प्राप्त गरी उपयोग तथा प्रयोगका लागि खगोल तथा भू-मापन महाशाखामा पठाएको थिएँ ।
अहिले मलाई सम्झना आयो, २०४३ सालको अन्त्यतिर इटालीका प्रोफेसर देसियोले सगरमाथाको उचाई ८८४८ मिटरभन्दम तल रहेको कुरा -सगरमाथाको उचाई घटेको कुरा) विश्व सञ्चार माध्यमले प्रसारण गरेको सिलसिलामा नेपाल टेलिभिजनले विडनरलाई सिंहदरबार स्टुडियोमा बोलाई अन्तरवार्ता लिएको थियो । अन्तरवार्तामा यिनले भनेका थिए “Nepal Himalaya Young Fold Mountain” Tectonic Movement भइरहेको र Continental Drift का कारण सगरमाथाको उचाई घट्ने सम्भावना रहँदैन, बरु बढेको हुन सक्छ । नेपालमा रहेको सगरमाथाको उचाई नेपाले निर्धारण गर्नुपर्छ । यसलाई विश्वका सबै देशले मान्नर्ुपर्छ । यसका लागि पनि नेपालको नगरकोटमा रहेको वेधशालामा भू-मापन सम्बन्धी अध्ययन अनुसन्धान कार्यलाई त्रि्र बनाउनु पर्छ ।
यी सबै कुराको पर्रि्रेक्ष्यमा नगरकोट वेधशालालाई नेपालको सबै प्रकारको नापनक्सा तथा अध्ययन, अनुसन्धानका लागि ँगुरु विन्दु’ का रुपमा सुसज्जित पार्नुपर्छ भन्ने धारणा जेड एम विडनरको रहेको देखिन्छ । अािखर विडनरले नगरकोटका लागि यत्तिका मरिहत्ते किन गरेका होलान् भनी जिज्ञासा उत्पन्न हुनछ । यसको उत्तर हुन सक्छ- उनले भनेका थिए, नगरकोटको अवस्थिति हिमालय श्रृंखलाको दक्षिणी क्षेत्रमा अकल्पनीय छ । विश्वको खगोलीय, भू-आकर्षा, गुरुत्वाकर्षा, महादेशीय र्घष्ाण, पृथ्वी विचलन आदिको बारे अध्ययन अनुसन्धानका निम्ति नगरकोटलाई राम्ररी विकास गरियो भने यो विश्वकै महत्वपर्ूण्ा अनुसन्धान केन्द्र बन्न सक्छ । यसबाट विश्वको वैज्ञानिक लाभान्वित हुन सक्छन् । नेपालको नाम सगरमाथा जत्तिकै फैलन सक्छ ।
यही सपना देखेर विडनरले समुद्रको सतहदेखि २,१५० मिटर अग्लो नगरकोट डाँडाको ८३० रोपनी जमिनको सेरोफेरोभित्र नगरकोट वेधशाला स्थापना गरेका थिए । जग्गा प्राप्ति गर्ने बेला निकै झमेला परेको थियो । केही भाग तत्कालीन शाही नेपाली सेनाले दावा गरेको, केही जमिनमा स्थानीय व्यक्तिले कचकच झिकेका, वन विभागले पनि किचलो झिकेको थियो । तर अन्तिममा कार्वाही फाइल दरबारमा पुगेर निर्ण्र्ााभई सबै छिनोफानो भएको थियो । कैयौं पटक नगरकोट थुम्को नजिकै स्थानीय वासिन्दाले आगो बालेर आकाशमा धुँवाको मुस्लो आकाशतिर जाँदा आगो नबाल्न विडनरले अनुरोध गरेछन् । तर स्थानीय व्यक्तिले टेरेनन् । धुवाका कारण रातसाँझमा र्सकम जेनिथलद्वारा तारा ग्रह अवलोकन गर्न वाधा परेछ् । अनि टिप्पणी उर्ठाई मन्त्रालय मार्फ दरबारबाटै सदर गर्राई नगरकोट थुम्कोको टावरबाट २ किलोमिटरको रेडियसमा आगो बाल्ने र कुनै पनि धुँवा सिर्जना गर्ने काम नगर्नु नगराउनु, गरेमा हदैसम्म सजाय गरिनेछ भनी त्यस बेलाका गाउँ पंचायत, जिल्ला पंचायत तथा प्रजिअ कार्यालयमा परिपत्र गरेपछि धुवाँउने कार्य रोकिएको थियो । दरबारसम्म पठाउने टिप्पणी यो पंक्तिकारले नापी योजना शाखाका प्रमुखका हैसियतले उठाएको थियो ।

office bldgd
मैले विभागको महानिर्देशक पद समालेको केही महिनापछि विडनरको सल्लाहकारको अवधि पूरा भएर स्वदेश फर्केका थिए । र्फकने समयमा नगरकोट वेधशालालाई जति परिस्कृत गरियो, नेपालको नापनक्सा तथा यस सम्बन्धी कार्य त्यत्तिकै मात्रामा शुद्ध हुन्छ । त्यसैले नगरकोट वेधशालालाई विकास गर्नुपर्छ भन्ने कुरा मलाई भन्ने गर्थे । उनको गृह देशमा गइसके पछि पनि हामी दर्ुइबीच बराबर पत्राचार भइरहन्थ्यो । मुख्य कुरा नगरकोटकै बारेमा हुन्थ्यो । खगोल भू-मापन महाशाखाको प्रमुखले ५-६ महिना उनको पत्रको जवाफ नपठाउँदा कृपया गतिविधिबारे जवाफ पठाउन लगाइदिनुहोस् भनी लेख्थे । तत्कालिन राजा वीरेन्द्र प्राहा भ्रमण गएका बेला विडनरले राजालाई विमानस्थलमा स्वागत गरी कुराकानी गरेका थिए । यो दृश्य नेपाल टेलिभिजनले २०४६ भदौ २७ मा नेपालमा प्रसारित गरेको थियो ।
म महानिर्देशकको पदबाट अवकासित भइसकेपछि भूमिचित्र नापनक्सा कम्पनीको तर्फाट अस्टि्रयाको भिएनामा भएको १८ औं ISPRS Congress मा भाग लिन गएको थिए । सम्मेलनपछि उनीसँग सर्म्पर्क गरी म प्राहा पुगें । मेरो ३ दिनको बर्साईमा २०५३ साउन ९ गते मलाई उृनको घरमा खाना खान निम्ता गरे । उनको सानो बगैंचातर्फयस्सो डुल्दा त्यहाँ एउटा डेढ फिट जति अग्लो ढुंगा राखेको देखें । यस्सो हर्ेदा त्यस ढुंगामा इनामेलले लेखिएको थियो -Stone From Nepal Trigonometrical Simbhanjyang Station, Higest Point of Tribhuvan Highway ।

???????????????????????????????

बैठक कोठामा बुटलवलको Technical Training Institute बाट उत्पादन भएको छालाको सोफासेटमा नेपालबाट लगेको कार्पेटलाई टेकेर बसियो । यी कुरा मैले यहाँ किन जोडेको हुँ भने विडनरले नेपालको नगरकोटलाई मात्रै होइन नेपाली र नेपालको सामग्रीलाई पनि माया गर्दा रहेछन् ।
अब म यस लेखको सुरु प्यारातिर र्फकन्छु, विडनर नगरकोटमा किन रोए – यसको जवाफ वास्तवमा माथिका पानामा स्वतः आइसकेको छ । विडनरले सुरु गरेको नगरकोट वेधशालाको विकास उनले कोरेको योजना अनुसार नभएको र त्यसभन्दा पनि ठूलो कुरो नगरकोट वेधशाला परिसरमा अध्ययन अनुसन्धान क्रियाकलापको विपरित विकृत वातावरण पैदा भएकोले र यस्तो प्रतिकूल परिस्थिति रोकिन नसकिएको कारणले विडनर यसरी रोएका होलान् ।
यसभन्दा पनि यस लेखको अर्को मुख्य गुहृय कुरो यहाँ अब कोर्दैछु । वास्तवमा विडनर नगरकोट वेधशालामा २०७० साउन २६ गते गएका होइनन् । उनको मृत्यु २०५८ चैत्र १५ मा नै प्राहामा भइसकेको थियो । यस सम्बन्धी समवेदना Nepalese Journal on Geoinformatics, Jestha 2059 (May-June, 2002) अंकको पाना ३२ मा प्रकाशित भइसकेको छ । तर मैले अनुमान गर्दा, विडनर त्यस दिन नगरको पुगेका भए उनी निश्चय पनि डाको छोडेर रुने थिए होलान् भन्ने मलाई लागेको हुनाले यहाँ एउटा तस्वीर कोरेको हुँ । खास त यो पंक्तिकारले नगरकोट वेधशाल इन्चार्ज प्रमुख नापी अधिकृत गोविन्दप्रसाद अधिकारीसँग अग्रिम सर्म्पर्क गरी माथि उल्लेख गरिएको दिन नगरकोट पुगेको थियो । शनिवारका दिन भएकोले अधिकारी र्सार्वजनिक विदामा थिए । त्यस दिन विडनर नगरकोट वेधशाला पुगी उनको स्वयम् आँखाले देखेको भए उनले यस्तो महसुस गर्ने थिए होलान् भन्ने चित्रण मात्र गर्न खोजेको हुँ ।
अर्को कुरा पनि लेखौं कि – विडनर नेपालबाट आप\mनो देश गइसकेपछि तथा उनी यस संसारबाट विदा भइसकेपछि पनि नगरकोट वेधशालाभित्र यसको अस्तित्व जोगाइराखन केही पनि नभएको चाहि पटक्कै होइन । यहाँ नापी विभाग अर्न्तर्गत खगोल तथा भू-मापन कार्य प्रयोजनका लागि Trigonometrical Fundamental Station, Gravity Point, Precise Leveling Station, Doppler Point, GPS/GNSS Point tracking Station, Weather Recording Station, Circum Zenithal Equipment and Accessories आदि महत्वपर्ूण्ा तत्वहरु नगरकोटमा छन् । न्एक् म्बतब म्यधलयिबम गर्ने काम पनि भइरहेको छ । तर विडनरको भिजन अनुसार रफ्तारपर्ूवक काम नभएको हो कि भन्ने देखिन्छ । यो आलेखमा त्यसै कुरलाई उठाउन खोजिएको मात्र हो ।

DSC01615

गोविन्दप्रसाद अधिकारीको भनाइ अनुसार खगोलीय भू-मापन प्रविधिको क्षेत्रमा अनुसन्धान एवं विकास कार्य संचालन गर्न न्यूनतम आवश्यक संख्यामा तालिम उपलब्ध गर्राई नगरकोट वेधशालालाई पुनर्जीवन गराउनु जरुरी छ भन्ने बुझिन्छ -भूमि सन्देश, वर्ष४, अंक ४, २०६८) । उनी अझै थप्छन्- मौजुदा उपकरणहरु ऐतिहासिक सामग्री हुने हुँदा यिनको संरक्षण हुन जरुरी छ । यसलाई सम्बोधन गर्नसक्ने एउटै उपाय हो, यहाँ एक नापनक्सा संग्रहालय स्थापना गरी संचालन गर्नुपर्छ -भूमि सन्देश, वर्ष५, अ.क ५, २०७०) ।

DSC01607
यस पंक्तिकार पनि अधिकारीको विचारमा हातेमालो गर्दै भन्छ- खगोलीय नापीका सम्बन्धमा पुराना औजार सामग्री रहेको नगरकोट वेधशालामा अहिले भइरहेको काम चालू राख्दै संग्रहालयका रुपमा स्थापना गर्न सकिए वेधशालाको महत्व बढ्ने थियो । नगरकोट क्षेत्रमा पचासौं होटेल, लज, दृश्वावलोकन गराउने संस्था रहकोले त्यहाँ आउने स्वदेशी विदेशी पर्यटकहरुले पनि संग्रहालय अवलोकन गर्ने थिए । केही रकमको प्रवेश शुल्कको रुपमा त्यस्ता पर्यटक, आगन्तुक, पिकनिक मनाउने व्यक्तिहरुबाट अशुल गर्ने औपचारिक व्यवस्था भए संग्रहालयबाट केही राजस्व आम्दानी हुने थियो । यसबाट जथाभावी जोपायो त्यही व्यक्ति वेधशालाभित्र पदार्पण गर्नमा केही मात्रामा भए पनि वन्देज लाग्न सक्ने थियो । नगरकोट वेधशालाको पहिचान अलिकति भए पनि बढ्ने थियो । अनि नगरकोट वेधशालाका प्रवर्ध्दक जेड एम विडनरको मृतात्माले शान्ति पाउने थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: