Challenges of Nepal-India Border Management

Challenges of Nepal-India Border Management

 

Sunauli Pillar east of Belhiya Crossing Point

Buddhi Narayan Shrestha

 

 

Almost all the authorities and dignitaries have said time and often that India-Nepal open border has been misused by unwanted elements. Terrorists like Laskare Taibba related Abdul Karim Tunda, India’s most wanted terrorist Yashin Bhatkal, Bablu Dubey who did 36 crimes in India sneaked Nepal from India have misused the open border regime in a great extent. The criminals commit crimes in one frontier and they cross open border easily and hide in the other side of the border. Indian fake currency notes have been transported from third country via Nepal to India.

 

These authorities who are worried that open border has been misused are from the Indian Prime Minister Narendra Modi, External Minister Sushma Swaraj to Ambassador Ranjeet Rae etc. The Nepalese authorities consists from Vice-President of Nepal Parmananda Jha to Foreign Minister Mahendra Bahadur Pandey, They have expressed the same voice that open border has been misused. But nobody has said that how to use the open border properly. What are the ways and means not to let misuse the open border by these unwanted elements ? What measures should be adopted not to let the terrorists movement from the open border ?

 

In these context, newly appointed Nepali Ambassador to India Deep Kumar Upadhyaya has expressed, while leaving Kathmandu to New Delhi, he will give his attention to make finalization of the border business and he will search permanent solution that Nepalis are facing problems while crossing the border. It is important to note that if the newly appointed Ambassador Upadhyaya is successful not to let the open border misuse by the unwanted people through the diplomatic channel, Nepal-India relation will be reached into new height. If the Indian SSB para-military border security force would not take fifty to hundred Rupees each illegally, while the Nepalis cross the Indian border to their homeland, the credit of this work will go solely to Ambassador Upadhyaya.

(This is the gist of the below mentioned write-up). 

नेपाल-भारत सीमा व्यवस्थापनका चुनौती

अवाञ्छित तत्वले दुरुपयोग गर्दै

 

नेपाल-भारत सीमाका दुई पाटा छन् । सीमांकन र सीमा व्यवस्थापन । सीमांकनका सम्बन्धमा नेपाल-भारत प्राविधिकस्तरीय संयुक्त सीमा समितिले २६ वर्ष काम गरेर ९७ प्रतिशत सीमाको रेखांकन गरेका छन् । यसपछिका ७ वर्ष सीमाकार्य सुषुप्त अवस्थामा रह्यो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणपछि यसलाई जगाइयो । यस अन्तर्गत दुवै देशको परराष्ट्र सचिव स्तरमा, नापी महानिर्देशक तथा उपमहानिर्देशक तहमा र सीडीओ/डीएमको नेतृत्वमा क्षेत्रगत टोली गठन गरिएको छ । सीमा क्षेत्रमा नै संयुक्त रूपमा उपस्थित भएर काम गर्ने टोली चैत २१ गतेदेखि खटिएका छन् । यी टोलीका कार्यमध्ये गहनचाहिँ नासिएका सीमा खम्बा पत्ता लगाई यथास्थानमा पुनः निर्माण गर्नु हो । अर्को संवेदनशील कुरो अन्तरसीमा जोतकमोत दखल (क्रसहोल्डिङ अकुपेसन) मामिला समाधान गर्नु हो । सीमारेखा अस्पष्ट भएका पकेट क्षेत्रमा एकातिरको सीमाञ्चलको बलियो किसानले जानीनजानी अर्कोतर्फको कमजोर किसानको जमिन मिचान गरेको छ । यसलाई यथार्थमा परिणत गरेर रेखांकन गरिनुपर्छ । यो लगभग चुनौतीपूर्ण कार्य रहेको छ ।

 

नवनियुक्त राजदूत उपाध्याय सीमाञ्चल क्षेत्र कपिलवस्तु जिल्लाका वासिन्दा हुन् । क्रसहोल्डिङ अकुपेसनको ज्वलन्त उदाहरण उनले सीमान्त क्षेत्रमा देखेका छन् । निर्दोष किसानको कुरो सुन्नुभएको छ र मनन पनि गर्नुभएको छ । यसै कारणले दुवै सीमाञ्चलका जनतामाझ सुझबुझ हासिल गराई आदर्श सीमाको मानक कायम गर्नसके राजदूत उपाध्यायले जनस्तरबाटै नेपाल र भारत बीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुर्‍याएको ठहरिने थियो ।

 

कालापानी, सुस्ता सीमा मामिलाबारे दुवै देशका परराष्ट्र सचिवलाई काम सुम्पिइएको परिप्रेक्ष्यमा राजदूत उपाध्यायले कूटनीतिक माध्यमद्वारा सहजकर्ताको भूमिका खेल्नसके आधा शताव्दीदेखि अडकिएर रहेको समस्या समाधान भई नेपाल-भारत सम्बन्धमा एउटा अविस्मरणीय कोसेढुंगा स्थापना हुनसक्ने थियो ।

 

दोस्रो पाटो, सीमामा नेपालीले भोग्दै आएका समस्याको दिगो समाधानको कुरा हो । नेपाल र भारतका पदाधिकारीहरूले दुई देश बीचको खुला सीमा दुरुपयोग भएको कुरा धेरैपटक उठाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका अवसरमा व्यवस्थापिका संसदमा भनेका थिए, ‘भारत र नेपालको सीमा यस किसिमले ‘भाइब्रेन्ट’ होस् कि लेनदेन कायम भइरहोस् ताकि तपाईंको पनि विकास होस्, भारतको पनि ।’

 

भारतीय विदेशमन्त्री सुषमा स्वराजले काठमाडौं भ्रमणमा आउँदा भनेकी थिइन्, ‘दुवै देश बीचको खुला सीमा दुरुपयोग गर्दै आपराधिक क्रियाकलापद्वारा मानव तस्करी, भारतीय जालीनोट तस्करी, लागूपदार्थ निकासी/पैठारी गरिएको छ ।’

 

भारतीय राजदूत रन्जित रेले यसै दैनिकलाई अन्तर्वार्ता दिने क्रममा भनेका छन्, ‘नेपाल र भारत खुला सीमा भएका अति निकट मित्रवत् छिमेकी हुन् । खासगरी खुला सीमा भएका छिमेकीहरूबीच बेलाबखत झमेला आइपर्न सक्छन् । तर संवाद, सहमति र समझदारीबाट सल्टिन्छन् । खुला सीमा भएकै कारण कोही एउटा देशमा अपराध गरी अर्कोमा गएर लुक्छन्, यो दुवै देशको लागि समस्या हो ।’

 

यसैगरी उपराष्ट्रपति परमानन्द झाले मधेसी जर्नलिष्ट एसोसिएसन तथा मिडिया फर बोर्डर हार्मोनी संस्थाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भनेका छन्, ‘नेपाल र भारतबीच रहेको खुला सीमालाई दुवै देशका निम्ति वरदानका रूपमा मान्नुपर्छ । यद्यपि तस्कर, विध्वंसकारी तथा अपराधीलाई खुला सीमा दुरुपयोग गर्न नदिन दुवै देश दृढ रहनुपर्छ ।’ परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डले परराष्ट्र मामिला प्रतिष्ठानको एक गोष्ठीमा ‘हाम्रो साँध जोडिएको छिमेकीले उनीहरूको शत्रुत्वलाई हाम्रो सीमा दुरुपयोग गर्न नदिन नेपालको सशक्त सहयोगको चाहना गर्छन्’ भनेका छन् ।

 

Sketch

 

यसरी भारत र नेपालका पदाधिकारीहरूले पटक-पटक दोहोर्‍याउँदै दुवै देश बीचको खुला सीमा अवाञ्छित तत्त्वले दुरुपयोग गरेका छन् भन्दै आएका छन् । तर यस्तो दुरुपयोग गरिएको सीमालाई कसरी सदुपयोग गर्ने भन्ने कुरो कुनै कतैबाट सुनिएको छैन । राजदूत उपाध्यायको कार्यकालमा दुई देश बीचको दुरुपयोग गरिएको सीमालाई सदुपयोगमा परिणत गर्ने-गराउने संयन्त्रको विकास स्थायी रूपमा गर्नसके नेपाल र भारत बीचको आपसी मित्रता र सम्बन्ध अझ उँचो धरातलमा पुर्‍याउनसकेको श्रेय उनैलाई जाने थियो ।

 

खुला सीमा विभिन्न तत्त्वले दुरुपयोग गरेका सम्बन्धमा दृष्टिगत गर्दा तेस्रो देशबाट नेपाल भई भारत छिराएको ९० लाख रुपैयाँको भारतीय नक्कली नोटसहित शेख मुहम्मद ७ जून २०१३ मा पक्राउ परेका थिए । उग्रवादी समूह लस्करे तोएबा सम्बद्ध तथा सन् १९९३ को मुम्बई आक्रमणको संदिग्ध आतंकवादी अब्दुल करिम टुन्डाले खुला सीमाको दुरुपयोग गरी ६ अगस्ट २०१३ मा नेपाल पसी पोखरामा रहेका थिए । तिनलाई १६ अगस्टमा पक्राउ गरी महेन्द्रनगर वनवासाबाट भारततर्फ लगिएको थियो । यस्तै भारतमा प्रतिबन्धित मुजाहिद्दिन समूहका सहसंस्थापक तथा भारतका मोस्ट वान्टेड विध्वंसकारी यासिन भटकललाई काठमाडौं सीतापाइलामा पक्राउ गरिएको भए तापनि वीरगन्ज-रक्सौल खुला सीमामा पक्राउ परेको भनी भारतीय प्रहरीले लगेका थिए । भारतमा ३६ अपराध गरी खुला सीमाबाट नेपाल छिरेका अपराधी बब्लु दुवेलाई नेपाल प्रहरीले २९ मे २०१३ मा पक्राउ गरेको थियो ।

 

खुला सीमाबाट तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिणामको सुनसहित रक्सौलका अमित सर्राफ १० मे २०१४ मा परवानिपुरमा पक्राउ खाएका थिए । नेपाली उद्योगी गंगा विसन राठीलाई विराटनगरबाट अपहरण गरी खुला सीमा पार गराएर त्यसको २३ दिनपछि १० जनवरी २०१३ मा भारतको सिलिगुढीमा हत्या गरिएको थियो । नेपाल प्रहरीले २०१३ सेप्टेम्बर एक महिनाको अवधिमा झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाको खुला सीमाबाट दर्जनौं साना हतियारसहित सात जनालाई पक्राउ गरेको थियो । माइती नेपाल बेलही-सुनौली खुला सीमानाकाबाट सन् २०१३ मा १५ देखि २८ वर्ष उमेरका २ सय ६४ केटी तथा महिलालाई उद्धार गरिएको थियो ।

 

खुला सीमालाई सदुपयोग गरिएको खण्डमा दुवै सीमावर्ती क्षेत्रका जनतालाई लाभ नपुग्ने होइन । इलाम पशुपतिनगर बजारमा ६ जून २०११ का दिन भयंकर आगलागी हुँदा खुला सीमा भएको दार्जिलिङबाट केही घन्टाभित्रै दमकल ल्याएर आगो निभाइयो । जबकि इलाम सदरमुकामबाट भोलिपल्टमात्रै दमकल पुग्यो । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा भारततिरका आँखा रोगी आई खुला सीमाबाट बिना ढिलाइ सीमापार गरी अपरेसन गराएर त्यसै दिन भारत र्फकन सक्छन् । सीमाञ्चलको एकातर्फको किसानले उत्पादन गरेको सागसब्जी, दूधदही, मौसमी फलफूल आदि अर्कोतर्फको हाटबजारमा प्रतिस्पर्धी मूल्यमा बेचबिखन गरेर तुरुन्तै घर र्फकन सक्छन् । तर पनि अवाञ्छित तत्त्वले खुला सीमाको दुरुपयोग गर्ने गरेको पाइन्छ । भारतमा कमाइ गरी र्फकेका नेपालीहरूलाई सुनौलीजस्ता खुला सीमानाकामा भारतीय एसएसबीले सय/पचास नझारी सीमापार गर्न नदिने पनि सीमाको दुरुपयोगमै गणना गर्न सकिन्छ ।

 

यी प्रतिनिधिमूलक घटनाद्वारा नेपाल र भारत बीचको खुला सीमा हदैसम्म दुरुपयोग भएको बुझिन आउँछ । दुई देश बीचको हवाइमार्ग सन् १९९९ सम्म खुला सीमा व्यवस्थापन पद्धतिमा थियो । इन्डियन एयरलाइन्सको हवाइजहाज काठमाडौंबाट अपहरण गरिएको घटनापछि अक्टोबर २००० देखि दुवै देशको खुला हवाइमार्ग नियमनकारी व्यवस्थामा परिणत गरिएजस्तै अवाञ्छित तत्त्वले दुरुपयोग गर्दै आएको जमिन मार्गको खुला सीमालाई विस्तारै नजानिँदो तरिकाले नियमन गर्दै सदुपयोग गराउनेतर्फ दुवै देशलाई कूटनीतिक माध्यमद्वारा अग्रसर गराउनसके राजदूत उपाध्यायले नेपाल र भारतको जनस्तरको सम्बन्ध अझ प्रगाढ पारेको प्रमाणित हुने थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: