Occurrence of Great Earthquake was Known

Occurrence of great earthquake was known

Sunauli Pillar east of Belhiya Crossing PointBuddhi Narayan Shrestha

According to research and analyses of the GPS data on crustal deformation and tectonic movement, geologists, seismologists and researchers of the world had cautioned and alerted to Nepal that a great earthquake is due in this region.  The next earthquake will be released even tomorrow or within a year or five-ten-fifteen years period. But it will not go later than 2034. Because the last great earthquake in Nepal had occurred in 1934.

Really, a great earthquake of 7.8 Richter Scale was released on 25 April 2015 at 11.56 AM. More than 8,000 people lost their lives. More than 19,000 people have been injured. 400,000 people have been homeless. Nearly 290,000 houses have been either damaged or collapsed. This type of wreckage have been made due to carelessness of the government and general people. It was also due to lack of awareness to the village people. Whatever and however it should have been, it is already done. Now we have to reconstruct the damaged structures and built new structures for those who lost their homes and residents.

महाभूकम्प आउँछ भन्ने थाहा थियो

बुद्धिनारायण श्रेष्ठ

 

स्वेदेश तथा विदेशका अध्येता तथा अनुसन्धानकर्ता, भूवेत्ता तथा भर्ूगर्भविदहरुले पच्चीसौं वर्षेखि भन्दै आएका थिए ‘नेपालमा महाभूकम्प आउँदैछ ।’ उनीहरुले भनेका थिए, ‘त्यो महाभूकम्प भोलिनै आउन सक्छ । एक वर्षा अथवा पाँच-दश-पन्ध्र वर्षभत्र हुनसक्छ । अर्थात् संवत् २०९० साल कट्दैन ।’ नभन्दै २०७२ वैशाख १२ गते नै महाभूकम्प टुपलुक्क आइपुग्यो नेपाली जनताको घरदैलोमा । कडा शनिबार परेको सप्तमी तिथि दिनको ११.५६ बजे ७ दशमलव ८ रेक्टर स्केल क्षमता भएको गोर्खाको बारपाकलाई केन्द्रविन्दु बनाएर महाभूकम्प छुट्यो । त्यस घडीको महाभूकम्प र त्यसको दर्ुइ घन्टापछिको ५.७ र तीन घन्टामा ५.९ रेक्टरको मझौला वर्गको भूकम्प भयो । भोलिपल्ट अपरान्ह १२.५४ बजेको ६.९ स्केलको ठूलो वर्गीकरणको भूकम्प एवं् त्यसपछिका १७ दिनसम्म साना वर्गका १६२ वटा परिकम्प -आफ्टर शक) ले नेपालको २५ जिल्लालाई प्र्रभावित तुल्यायो । अठारौं दिन अर्थात् बैशाख २९ गते १.५२ बजे ६.८ रेक्टरको ठुलो वर्गको परिकम्पन गयो । शान्त मनस्थितिमा पुग्न लागेका जनतालाई यसले फेरि त्रास र सन्देह उत्पन्न गराएको छ ।

 
यस्तो प्रकारको महाभूकम्प आउँछ भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि भूइँचालोमा परेर ८ हजारभन्दा बढी नेपालीको ज्यान गयो । उनीहरुलाई महाभूकम्पले मारेको होइन । तर उनीहरु आफ्नो घरले आफैलाई किचेर मरेका हुन् । घर र अन्य संरचना भत्केर त्यसको सामग्री अर्थातर् इटा, ढुंगा, दलिन, छाना उछिटिएर आउँदा १७ हजार जना र्घाईते भएका छन् । करिव ४ लाख जना घरविहीन हुन पुगेका छन्् । आखिर यतिका क्षती किन हुन पुग्यो – यसको जवाफ हुन सक्छ, हामी सजग र जागरुक नभएर । भौतिक संरचनाको निर्माणमा सजग नभएर २ लाख ८९ हजार संख्यामा घर पाताल हुन पुग्यो । एउटै परिवारको ४ जना संगै बसी खाना खाँदाखाँदै भूकम्प छुट्यो । तिन जना जुठो हातै अतालिदै भर्‍याङबाट तलतिर दौडिएर बाँचे । चौथो जना अज्ञानतावस भान्साको बेसिनमा हात धुन पुग्दा त्यहीँ किचिएर मरे । यसलाई भूकम्पप्रति जागरण आउन नसकेको र चेतना अभिवृद्धि गराउन नसकेको भन्दा अरु केही भन्न सकिँदैन । अग्ला भवन बनाउँदा त्यस मुनिको जमिन -माटो) को भारवहन क्षमता आँकलन नगरिएको र प्रविधियुक्त प्राविधिक नजर नपुर्‍याएका कारण काठमाडौं कपनमा सात तले क्षेत्रको सात तलेभवन गर्लाम् गर्ुलम् ढलेर ३० जना ठाउँको ठाउँ मर्न पुगे र चालिसौं जना घाइते भए ।

Saat tale

 

Ghaite
करिब तीन दशक अघिदेखी विदेशी वैज्ञानिकहरुले नेपालमा सम्भावित भूकम्प सम्बन्धी अध्ययन, अनुसन्धान तथा मनिटरिङ गर्दै आएका थिए । खोज अध्ययन अनुसार साढे चार करोड वर्षेखि भारतीय उपमहाद्वीपको प्लेट युरोसियन -तिब्बती) प्लेट मुनी घुस्ने घस्रने क्रम जारी रहेको र त्यसको गति अद्यापी प्रति वर्षडेढ दर्ुइ सेन्टिमिटर रहेको कुरा प्रकाश पारेका थिए । यस्तै, पोखरा, दाङ, काठमाडौं उपत्यकाको उत्तर तथा दक्षिणमा पर्ूव-पश्चिम तन्केको महाभारत सिवालिक श्रृंखला ३ मिलिमिटर उठ्दै गएको र हिमालय करिब २ देखि ७ मिलिमिटर प्रत्येक वर्षअग्लिदै रहेको आँकलन गरिएको थियो ।

 
यस्तो अनुमानको अध्ययन अनुसन्धानको सिलसिलामा अमेरिकी भर्ूगर्भविदहरुले नापी विभागको संयोजकत्वमा सन् १९९१ मा नेपालको विभिन्न ४५ स्थानमा ग्लोबल पोजिसनिङ सिस्टम -जिपिएस्) स्याटेलाइट र्सर्भेक्षण तथा १० ठाउँको भू-आकर्षा र्सर्भेक्षण गरेका थिए । सन् १९९२-९३ मा नेपाल, तिब्बत, भारतको एकै साथ व|mस्टल डिफर्मेशन सम्बन्धी र्सर्भेक्षण गरी तथ्यांक स्थापना गरिएको थियो । यस्तै, भारतको रक्सौलदेखि चीन -तिब्बत) सीमाको मितेरी साँघुसम्मको राजमार्गीय समतलन र्सर्भेक्षणको १२ वर्षो तथ्यांकसमेत संगणना गरिएको थियो । यस्ता तथ्यांक प्रशोधनबाट पत्ता लागेको निचोड सन् १९९४ मा अमेरिकाको जर्नल अफ जियोफिजिकल रिर्सच र सन् १९९५ मा जर्नल अफ नेपाल जियोलजिकल सोसाइटिमा प्रकाशित गरिएको थियो । र्सार्वजनिक जानकारीका लागि काठमाडौंको हिमाल हिमालयन म्यागेजिनको मे/जुन १९९४ को अङ्कमा सारसंक्षेप उल्लेख गरिएको थियो । त्यसको निचोड थियो ‘भारतको उत्तरी मैदान भन्दा माथिल्लो क्षेत्र खतरापर्ूण्ा प्रकृतिको रहेको कुरो विवादरहित छ र यो निश्चित छ कि आउँदो केही दशाव्दिभित्र ८ दशमलव ५ म्याग्निच्युड बराबरको महाभूकम्प जानेछ, जुनचाहिँ इतिहासको सबभन्दा डरलाग्दो प्रकोप हुनेछ । नेपालमा पटक-पटक साना-ठुला भूकम्प जानुको कारणचाहिँ नेपाली भूमिको सिधै पृथ्वीको भित्री भागमा बढी तापक्रमका कारण पग्लिएर रहेको तरल पदार्थमाथि तैरिएर रहेको भारतीय ल्पेट, युरेसिएन ल्पेर्टतर्फ घुस्दर्ैगई टेक्टोनिक हलचल मचाउनु नै हो । यसरी भारतीय ल्पेट नेपालको उत्तरमा अवस्थित तिब्बती ल्पेर्टतर्फ घुस्ने गति भएका कारणले बेलाबखतमा भौगर्भिक बनौटमा गडबडी उत्पन्नभई नेपालमा भूकम्प जान्छ ।’

 
यिनै तथ्यताको सर्न्दर्भमा यस पंक्तिकारले आगमन मासिकको २०५३ वैशाख अङ्कमा ‘अर्को भूकम्प कहिले -‘ शिर्षमा लेख प्रकाशित गरेको थियो । त्यस लेखको निचोड थियो ‘नियमित आकस्मिकता अर्न्तर्गतको विध्वंसकारी महाभूकम्प ढिलो चाँडो अवश्यम्भावि भएकोले त्यस्तो प्रकोपबाट बढी भन्दा बढी मात्रामा जोगावट तथा सुरक्षा कसरी गर्न सकिन्छ भनी बेलामौकामा नै आवश्यक प्रवन्ध र पर्ूवाधारको संरचना तयार गर्दै जानर्ुपर्छ । भूकम्पबाट हुने क्षति न्युनिकरण तथा प्रतिरोध योजनाहरु समय छँदै तर्जुमा तथा कार्यान्वयन गर्नु मानव कल्याणका लागि लाभदायी हुन्छ । भुँइचालोका कम्पन सहन सक्ने क्षमताका भवनहरु सक्षम इन्जिनियरको सुपरिवेक्षणमा मात्र निर्माण गर्न पाउने आचार संहिता तथा बिल्डिङ कोडको विकास गर्नुपर्छ । सुरक्षित सहरहरु निमार्ण्र्ाारी यथेष्ट मात्रामा खुला स्थानको प्रवन्ध गर्नुपर्छ । देशको कुनाकाप्चामा स्वास्थ्य केन्द्रको नेटओर्क विकास गरिनर्ुपर्छ । आकस्मिक सुरक्षाका उपायबारे शिक्षा प्रदान गर्दै जानर्ुपर्छ । नियमित आकस्मिकताको रुपमा महाभूकम्प आइलागेमा यसबाट कमभन्दा कम धनजनको क्षति हुने सुरक्षा उपायको प्रवन्ध गर्दै जानर्ुपर्छ ।’

 
यसैगरी सम्भावित महाभूम्पबाट हुने क्षति न्युनीकरण तथा प्रतिरोध योजना समय छँदै तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ । उच्च जनघनत्व भएका क्षेत्रमा भवन निर्माण आचारसंहिताको पर्ूण्ा पालना गर्नु गराउनु पर्छ । सुरक्षित सहर निर्माण गर्दा यथेष्ट मात्रामा खुला स्थानको प्रवन्ध गर्नुपर्छ भनी यसै पंक्तिकारले २०६८ असोज १० को दैनिक पत्रिकामा पनि प्रकाशित गरेको थियो ।

 
भर्ूगर्भविद्हरुले पनि भूपरतका व|mस्टल डिफर्मेशन, भूस्खलन र दरार श्रंृखलाको पहिचान गर्न पश्चिम नेपालको ३० स्थानमा जिपिएस् र्सर्भेक्षण कार्य गरी महाभूकम्प आउँदैछ भनी सचेत गराएका थिए । प|mेन्चहरुले सन् १९८५ देखि नै नेपालमा भूकम्पको गतिविधि मनिटर गर्दै आइरहेका थिए । यसै सिलसिलामा खानी तथा भर्ूगर्भ विभाग अर्न्तर्गत सर्ुर्खेत र काठमाडौं केन्द्र बनाई नेपालको १७ स्थानमा भूकम्पमापन स्टेशनहरु स्थापना गरिएको थियो । यसै अर्न्तर्गत यही वैशाख १२ गतेदेखि छुटेको महाभूकम्प र यसका आफ्टर शकको विवरण राष्ट्रिय भूकम्पमापन केन्द्र लैनचोरले जनमानसलाई दिंदै आएको छ ।

 
देश विदेशका निकै अनुसन्धानकर्ताहरुले नेपाल भूकम्पीय जोखिममा रहेको क्षेत्र हो भनी र्सतर्क गराउँदै आएका थिए । कहाँ, कत्रो र कतिखेर भूकम्प जान्छ भनेर भन्न सकिन्न । तर निकट भविष्यमै भूकम्प छुट्न सक्छ भनेका थिए । यसरी कुनै पनि बेला भूकम्प आउँछ भन्ने थाहा पाउँदा पाउँदै पनि भूकम्पबाट वढी भन्दा बढी मात्रामा बच्न बचाउनसक्ने प्रवन्ध प्रभावकारी रुपमा हुन सकेन । भूकम्पबाट जोगिने चेतना जागरण सम्बन्धमा सरकारी तथा अन्य संघ संस्थाले गरेको तयारी अधिकांश कागजी र कोठे छलफल मै सीमित भएको प्रमाणित भएको छ । प्रत्येक वर्षमाघ २ गते आयोजना गरिदैं आएको चेतनामूलक भूकम्प दिवस कार्यक्रममा ‘झटपट झोला’ तरिका अर्न्तर्गत प्रत्येक घरमा एउटा झोलामा केही विस्कुट, चाउचाउ पुरिया, चकलेट, पानीको बोतल, औषधी, सिठ्ठी, र्टचलाईट, हाते रेडियो राखी भरेङ नजिकै झुन्डाइ राख्नु र भुइँचालो हुँदा त्यो झोला टिपेर झटपट बाहिर निस्कनु भनिएको थियो । ‘डक कभर एन्ड होल्ड’ तरिका अर्न्तर्गत भूकम्प आउँदा आफ्नो टाउको दर्ुइ घुँडाको बीचमा निहुर्राई हातको चाममुठीले थिचि हाँसजस्तै गुडुल्किएर टेबल मुनि तथा ढोकाको सङ्घारमा ओत लाग्नु भनी सिकाइएको थियो । तर वैशाख १२ को भूकम्पमा कतिले झटपट झोला लिएर दौडिए – कति जना हाँस जस्तो गुडुल्किएर बसे – भक्तपुर जेला टोलकी चण्डेश्वरी गाइजुले पुरिएको तीन दिनपछि मात्र भाग्यवस उध्दार पाउन सकिन् । उनले झटपट झोला उपयोग गरेकी भए किचिएर रहेकै अवस्थामा बेस्सरी बजाएको सिठ्ठीको आवाज बाहिर सुनिएर समयमै उध्दार पाउन सक्थिन् । बजाइएको रेडियोको आवाज भत्केको थुप्रो बाहिर सुनिएर र भग्नावशेषको प्वालबाट राति बाहिर देखिएको र्टच लाइटको प्रकाश देखेर चाँडै उध्दार पाउन सक्ने थिइन् ।

 
यी कुरा जेजस्तो भए तापनि जे हुनुपर्ने या नहुनुपर्ने भइसक्यो । महाभूकम्पको एउटा युगको अन्त्य भएको छ । अबको दिन भनेको विपद् व्यवस्थापनको हो । पुरिएर रहेका जिउँदो अवस्थामा भेटिने समय गुज्रिसक्यो । मरेकाको काजक्रिया गर्ने तिथि नाघिसक्यो । अब भनेको घाइतेको औषधीमुलोमा प्रभावकारी कार्य गर्नु हो । नगद सम्पत्ति पुरिएर झिक्न नसकिएकालाई खानपिनको प्रवन्ध गर्नु हो । घर भत्किएर बस्नै नहुनेलाई अस्थायी बासको चाँजोपाँजो मिलाउनु मुख्य कुरो हो । सरकारले मरेकाको काजक्रिया गर्न र बाँचेका पीडितहरुलाई राहतस्वरुप थोरै भए पनि नगद सहयोगको घोषणा गरेको छ । घर बनाउनलाई थोरै व्याज दरमा ऋण प्रवाह गर्ने प्रवन्ध मिलाइएको छ । भूकम्पपीडितका लागि यो एउटा त्राण हो । राहत वितरण गर्दा छट्टुले रकम कलम नउछिट्याउन् । दाताले दिएको मनकारी सहयोग पाउनुपर्नेले मात्रै पाउन् । यसका लागि चेक एन्ड ब्यालेन्सको सशक्त संयन्त्र स्थापना गर्नुपर्छ ।

 
प्राकृतिक प्रकोपले क्षत विक्षत पारेको संरचनाको पुनर्निर्माण मात्र होइन नव निमार्ण्र्ाानि गर्ने योजना बन्नर्ुपर्छ । १२ मे २००८ मा दक्षिणी चीनको सिचुआन प्रान्तमा ७.९ रेक्टर बराबरको भूकम्प आउँदा ७० हजार जना मरेका थिए । भूकम्पपछि क्षत्रि्रस्त क्षेत्रबाट २४ किलोमिटर टाढा याङचाङ नामक नयाँ शहर निमार्ण्र्ाारी ४० हजार जना भूकम्पपीडितलाई ८ रेक्टर स्केलको भूकम्प धान्ने आवासको प्रवन्ध गरिएको थियो । यद्यपि निमार्ण्र्ााे क्रममा २२ करोड ८० लाख डलर गैरकानुनी तरिकाले ट्रान्सफर गरी दुरुपयोग गरिएको थियो । नव निर्माणमा नेपालले यस्ता घटनाबाट पाठ सिकेर धनराशी नचुहुने व्यवस्था गर्नुपर्छ ।

 
विध्वंस भएको संरचना पुनर्निर्माण गर्दा निजी निवास निर्माणलाई प्राथमिकता दिनुपर्ने र्सवव्यापि कुरो हो । यसपछि र्सार्वजनिक विद्यालय भवन, सरकारी संरचना र सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको पालो आउँछ । भूकम्प प्रतिरोधक घर, भवन, अपार्टमेन्ट, हाउजिङ कमप्लेक्स, सपिङ मलको मापदण्ड राष्ट्रियस्तरमा तोकेर मोडेल -नमूना) तयार गरी मुलुकभर लागु गर्न सक्नर्ुपर्छ ।  नवनिर्माण अर्न्तर्गत भूउपयोग वर्गीकरणलाई दृष्टिगत गर्दै जमिनको क्षमताअनुसार माथिल्लो पहाडी क्षेत्रमा एकीकृत वस्ती विकास, मध्यपहाडी क्षेत्रमा नगर विकास र मैदानी भागमा सहरी विकासको अवधारणालाई साक्षात्कार गर्ने योजना तर्जुमा तथा कार्यान्वयन गरिनर्ुपर्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: