Terror created by Great Earthquake

Terror created by great earthquake

Sun Cap

Buddhi Narayan Shrestha

It occurred a great earthquake of 7.8 Richter Scale on 25 April 2015. Next day, it released 6.9 Scale tremor. After that, next tremor of 6.8 Richter Scale happened on 12 May. Besides, more than 68 after shocks happened from 25 April to 15 May.

According to the Geologists and Seismologists, most of the earthquakes occur due to tectonic movement as the Indian sub-continent (plate) is moving at the rate of near about 1.5 centimetre per year underneath the Tibetan Plateau (Fixed). Nepal faced great earthquakes in 1834 and 1934; and now 2015. Interval of the last earthquake was one century. But this time earthquake occurred after 81 years. One could say that this phenomena is more or less a regular eventuality for the case of Nepal and Himalayan countries. After the main 7.8 Scale tremor of 25 April 2015, some rumour-mongers spread uproar that greater than the 25th April earthquake having more than 8.5 Richter Scale will occur in a few days. Due to this uproar, people are panic and feeling distress.

According to the national and international researchers, geologists and seismologists, the energy pressure that was accumulated for 80 years has been recently released and did burst on 25 April. Now there is no such large density of pressure underneath the Nepal earth crust. It needs decades and decades to be accumulated such quantity of energy. So it may not occur another great earthquake so soon, larger than the recently released 7.8 Scale tremor of 25 April. However, after shocks may prevail for some days or weeks or may be months. So there may not be a possibility of another great earthquake in a very near future. It may take decades and decades even a century for the next havoc.

(This is the gist of the following article)

महाभूकम्पले उब्जाएको सन्त्रास

वैशाख २९ गते मंगलबार १.५२ बजे ६ दशमलब ८ रेक्टरको ठूलो आफ्टर शक जानुपूर्व वैशाख १२ गते, शनिबार ११.५६ बजे ७ दशमलब ८ रेक्टर स्केलको मुख्य महाभूकम्प पृथ्वीको सतहदेखि १५ किलोमिटर तलबाट गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाई ५० सेकेन्डसम्म छुटेको थियो । त्यसको दुई घन्टापछि ५ दशमलब ७ र तीन घन्टामा ५ दशमलब ९ रेक्टरको र भोलिपल्ट दिउँसो १२.५४ बजे ६ दशमलब ९ ठूलो वर्गीकरणको भूकम्प गएको थियो । यसबाहेक यो हरफ कोर्दासम्म मझौला स्तरको लगभग ४ रेक्टरको एक सय ६८ पटक र त्यसभन्दा कम वर्गको दुई हजारभन्दा बढी साना कम्पन (आफ्टर शक) भएको छ । यसबाट जनमानसमा सन्त्रास रहेको छ । अब अझै डर त्रास लिनुपर्ने हो, होइन । १२ तथा २९ गतेको भन्दा फेरि तत्काल ठूलो भूकम्प छुट्छ छुट्दैन होला भन्ने सम्बन्धमा केही प्राविधिक तथ्यता र विगतमा गएका भूकम्पलाई आधार बनाएर यो आलेख तयार पार्न लागिएको छ ।

भूकम्पको ज्ञान
अध्ययनकर्ता र अनुसन्धानदाताका अनुसार हाम्रो जस्तो भूकम्पीय जोखिम क्षेत्रमा लगभग सय वर्षको चक्रमा एउटा महाभूकम्प छुट्ने गर्छ र दुई महाभूकम्पको अन्तरालमा विभिन्न स्तरका भूकम्प हुन्छन् । भूगर्भवेत्ताका अनुसार ४ रेक्टरभन्दा सानो स्केलको भूकम्पलाई सानो (सामान्य) भनिन्छ । ४ देखि ५ दशमलब ९ सम्मकालाई मझौला, ६ देखि ७ सम्मको ठूलो र ७ भन्दा माथिकालाई महाभूकम्प मानिन्छ । वैशाख १२ गते गएको महाभूकम्प भएकाले अब अर्को यस्तै स्केलको महाभूकम्प करिब ८० देखि सय वर्षको दौरानमा हुने गर्छ भन्ने विश्वास गरिएको छ ।
भूकम्प नाप्ने स्केललाई ‘रेक्टर म्याग्निच्युड’ भनिन्छ । दुईवटा भूकम्पको नापमा एक रेक्टर स्केलको अन्तर भयो भने ती दुईबीचको शक्ति ३२ गुणाले फरक हुन्छ । जस्तै– ५ रेक्टर स्केलको भूकम्पले फ्याँक्ने शक्तिभन्दा ६ रेक्टरको भूकम्पले फ्याँक्ने शक्ति ३२ गुणा ठूलो हुन्छ । त्यसैले ५ रेक्टर स्केलको ३२ वटा भूकम्प जानु र ६ रेक्टरको एउटा भूकम्प जानु शक्तिका हिसाबले बराबर हुन्छ । यसैगरी ७ रेक्टरको एउटा भूकम्प जानु भनेको ५ रेक्टरको १ हजारवटा भूकम्प जानुजतिकै हुन्छ ।

भूकम्प हुनुको कारण
पृथ्वीको भित्री भागमा अत्यधिक तापक्रमका कारणले तरल रूपमा रहेका पदार्थ एकातर्पmबाट अर्कोतिर बहावट भए टेक्टोनिक हलचल पैदा हुन्छ । यसले गर्दा दरारको मात्रा धेरै सिर्जना भई भित्र रहेको भूखन्डमा केही हलचल तथा गडबडी पैदा हुन थाल्छ । यस्तो गडबडीबाट उत्पन्न भएको ऊर्जाद्वारा सिर्जित कम्पन पृथ्वीको सतहसम्म आइपुगेमा भूकम्प हुने गर्छ । नेपालमा पटक–पटक साना–ठूला भूकम्प जानुको कारणचाहिँ नेपाली भूमिको सिधै पृथ्वीको भित्री भागमा बढी तापक्रमका कारण पग्लिएर रहेको तरल पदार्थमाथि तैरिएर रहेको भारतीय प्लेट, स्थिर तिब्बती प्लेटतर्पm घुस्दै गई टेक्टोनिक हलचल मच्चाउनु नै हो । यसरी भारतीय प्लेट नेपालको उत्तरमा अवस्थित तिब्बती प्लेटतर्पm घुस्दै गएका कारणले सिर्जित ऊर्जाद्वारा बेलाबखतमा भौगर्भिक बनौटमा गडबडी उत्पन्न भई नेपालमा भूकम्प जाने भूगर्भविद्हरूको धारणा रहेको पाइन्छ । भूकम्पसम्बन्धी अध्ययन अनुसन्धान तथा मनिटरिङ गरिरहेका स्वदेशी विदेशी वैज्ञानिकहरूका अनुसार साढे चार करोड वर्षदेखि भारतीय प्लेट तिब्बती प्लेटमा घुस्दै आएको छ । घुस्ने क्रम अद्यापि वर्षको करिब डेढ सेन्टिमिटरको दरमा जारी रहेको छ ।

नेपालमा भूकम्पको इतिहास
नेपालमा भएको भूकम्पको करिब तीन सय वर्षको इतिहास अध्ययन गर्दा करिब ८० देखि सय वर्षको समयावधिमा महाभूकम्प छुटेको पाइन्छ । संवत् १७३८ जेठ सप्तमी तिथि रातमा गएको महाभूकम्पपछि २१ परिकम्पन (आफ्टर शक) भएको थियो । १८९० भदौ १२, सोमबार ७ दशमलब ८ रेक्टरको महाभूकम्प ४० सेकेन्ड रहेको थियो । महाभूकम्पलगत्तै दिनमा ४५ आफ्टर शक कम्पन भएको थियो । १९९० माघ २, सोमबार औंसी तिथिमा दिउँसो २.२४ बजे संखुवासभाको चैनपुरमा केन्द्रबिन्दु भएको ८ दशमलब ४ रेक्टर स्केलको महाभूकम्प करिब १ मिनेटसम्म भएको थियो । त्यससँग सम्बन्धित पचासौँ साना कम्पन भएका थिए । यसपछिको महाभूकम्प भनेको ८२ वर्षपछि २०७२ वैशाख १२ गतेको हो । यद्यपि संवत् १९९० र २०७२ को समयावधिभित्र २०२३ असार १३, २०३७ साउन १४, २०४५ भदौ ५, २०५३ माघ १७ तथा २०६८ असोज १ मा ठूला स्केलका भूकम्प छुटेका थिए । यी तथ्यांकबाट नेपालमा ८० देखि सय वर्षभित्र महाभूकम्प भएको बुझ्न सकिन्छ । यसबाट अब तत्काल ध्वंशात्मक वर्गको महाभूकम्पको कम्पन आउँदैन भन्ने कुरा मनन् गर्न सकिन्छ ।

हल्लाको सन्त्रास
हाम्रो समाजमा हल्लाखोरहरूको कमी छैन । सानातिना भूम्पको झट्का छुटिरहेको समय वैशाख १३ तथा १४ एवं २९ गते हल्लाको आतंक मच्चाइयो । ‘साँझ ६ देखि ८ बजेभित्र ९ रेक्टरभन्दा ठूलो भूकम्प हुँदैछ, बिबिसी सीएनएनले प्रसार गरेका छन्, तपस्वी गुरुमहाराज बाबाले पनि यस्तै भनेका छन्’ भन्ने अफवाह फैलाइयो । यस कुरालाई पत्याएर एक रोपनीको खुला जमिनमा एक तले पक्की घर भएका व्यक्ति पनि त्रिपाल र कम्मल च्यापेर टँुडिखेलको बास गर्न पुगे । घट्टेकुलोमा तरकारी बेचेर जीविका चलाउँदै आएकी एक महिलालाई पनि यस आतंकले गाँजेछ । अनि सिंहदरबारको भूकम्पले भत्काएको पर्खालभित्र शरणार्थीको रूपमा पुगिछन् । भोलिपल्ट बिहान आफ्नो घरमा आफैँ चिहाउन आउँदा ढोकाको ताला काटेर बाकस फोरिएको अवस्थामा एक तोला सुनको चुरी र तीस हाजर नगद चोरिएको चाल पाइन् । उनले हल्लाकै भरमा भूकम्पले भत्काएको पर्खालछेउमा रात बिताउँदा त्यस्तो ठूलो कम्पनको भुइँचालो गएन । तर, खाइनखाई जोहो गरेको आफ्नो सुनको गहना र नगद गुमाउँदा भूकम्पको भन्दा बढ्ता झट्का महसुस गरिन् ।

महाभूकम्पले डाँडा काटेर आफ्टर शक धक्का पनि शिथिल भई फेरि ठूलो परिकम्पन वैशाख २९ गते आएकाले तथाकथित अध्येताहरूले भनेको सुनियो ‘संवत् १९९० मा ८ दशमलब ४ रेक्टरको भूकम्प आएको थियो । अहिले अधिकतम ७ दशमलब ८ स्केलको मात्र गएकाले १९९० को जत्तिकै ठूलो भूकम्प आउन अझै बाँकी छ । सय वर्षको चक्र पूरा हुन अझै केही वर्ष बाँकी भएकाले आगामी दिनमा ९० सालको हाराहारीकै महाभूकम्प आउँछ ।’
यस्ता अर्धअध्येताको भनाइलाई ऐतिहासिक तथ्यका आधारमा जवाफ दिन सकिन्छ । संवत् १८९० मा ७ दशमलब ८ स्केलको महाभूकम्प छुटेको थियो । तर, त्यत्रै अथवा त्यसभन्दा बढी पैमानाको महाभूकम्प सय वर्षपछि मात्र भएको थियो । अनि यसको ८२ वर्षपछि हालै ७ दशमलब ८ रेक्टरको भूकम्प भएको छ । त्यसैले अब वैशाख १२ को जत्रै अथवा यसभन्दा ठूलो रेक्टरको महाभूकम्प छुट्न नब्बे÷सय वर्ष लाग्छ भन्न सकिन्छ । नयाँ महाभूकम्प छुट्न पृथ्वीको भित्री भागमा ऊर्जा सञ्चित हुनुपर्छ । ऊर्जाको सञ्चिति प्रचुर मात्रामा भइसकेपछि मात्र त्यो ऊर्जा ‘रिलिज’ हुन विस्फोट हुने गर्छ र त्यसैको परिणाम अर्को भूकम्प जान सक्छ । अहिले नेपाल रहेको पृथ्वीभित्रको ऊर्जा विनाश भइसकेको अवस्था छ । यस्तो प्रचुर ऊर्जा सञ्चित हुन लामो समय लाग्छ । यद्यपि महिनाँैसम्म पनि आफ्टर शक आउन सक्छ ।

विगतका भूकम्प प्रकोपहरूको मात्रा तथा अन्तराल लेखाजोखा गर्दा अब हामीले आत्तिनुपर्ने अवस्था देखिँदैन । वैशाख १२ तथा २९ गतेपछि अब अरू ठूलो परिकम्पन आउन सक्दैन होला भन्ने भय र त्रासको मनस्थिति हट्दै गएको छ । अब त पुरिएर मरिसकेको लासलाई पत्ता लगाएर कसरी निकाल्ने, सडेगलेका लासबाट उत्पत्ति भएको र हुनसक्ने रोगव्याधी महामारीको कसरी सामना गर्ने, बाँचेकालाई त्यस्ता रोग लाग्न नसक्ने प्रबन्ध कसरी गर्ने भन्नेतर्फ नै ध्यान केन्द्रित गर्नुपर्छ । घरविहीन भूकम्पपीडितलाई कसरी बासको प्रबन्ध गर्ने भन्ने योजनातर्फ लाग्नुपर्छ ।

हाइटीबाट शिक्षा महाभूकम्पपछि पुनर्निर्माणको कुरा हामीले क्यारिबियन मुलुक हाइटीबाट शिक्षा लिनुपर्छ । १२ जनवरी २०१० मा ७ रेक्टरको महाभूकम्पबाट त्यहाँ दुई लाखभन्दा बढी मानिस मरेका, तीन लाख घाइते भएका, १० लाख घरविहीन भएका थिए । त्यहाँ विदेशी सहायता ओइरिएको थियो । तर, राजनीतिक अस्थिरताले र सुनियोजित योजना सरकारले दिन नसकेकाले पुनर्निर्माणको कामले गति लिन सकेको पाइँदैन । दुई लाखजना अझै पालमै गुजारा गरिरहेछन् । महाभूकम्पको दश महिनापछि सात लाख २० हजारजना हैजाबाट प्रभावित भएका थिए ।

संकट र अवसर हालैको महाभूकम्पले संकट मात्रै होइन अवसर पनि ल्याएको छ भन्ने कुरामा ध्यान पु¥याउनुपर्छ । १९९० सालको महाभूकम्पपश्चात् काठमाडौँको मुटुमा नयाँ सडक (जुद्ध सडक) निर्माण भएको कुरालाई उपमाको रूपमा हृदयंगम गरी नयाँ निर्माणको योजना हामी आफैँले कोर्न सक्नुपर्छ । ध्वस्त भएको गाउँवस्ती कसरी पुनर्निर्माण गर्ने र घरविहीन भूकम्पपीडितलाई बासको कसरी प्रबन्ध गर्ने भन्नेतर्फ दिमाग खियाउनुपर्ने समय आएको छ । यसका लागि दीर्घकालीन तथा अल्पकालीन योजना कागजमा मात्रै होइन क्रियाशील कार्यान्वयनमा पनि आउन सक्ने गरी कोर्ने क्षमता हामीमा रहनुपर्छ ।

वैशाख १२ गते महाभूकम्प छुटेको पाँच घन्टाभित्रै भारतीय र अर्को दिन चिनियाँ उद्धार सामग्री ल्याइँदै तीसौँ मुलुकले उद्धारसहित राहतका सरसामान उदारतापूर्वक ल्याए र वितरण गरे । यद्यपि राहत पाउनुपर्ने कतिपय पीडितले पाउन नसकेका होलान् । अब नगद सहायताको ओइरो लाग्न थालेको छ । लन्डनको गोर्खाली चेली जोआना लुम्लेले वैशाख २१ सम्ममा पाँच अर्ब रुपैयाँबराबरको नगद एक्लैले संकलन गरिसकेकी छन् । एनसेल कम्पनीले एक अर्ब कबोलेको छ । धेरै संस्था तथा व्यक्तिले करोडौँ करोड कबुलेका छन् । यी तथ्यांक प्रतिनिधिमूलक उदाहरण हुन् । यसबाट पुनर्निर्माणका लागि रकम कलमको खाँचो नहुने देखिएको छ । तर, अब खाँचो छ यथार्थवादी योजना र व्यवस्थापनको । योजनामा हामी पछि प¥यौँ भने ‘आफूले बनाएको आफ्नै घरले आफैलाई किचेर उठ्न नसकेको’ जस्तै नेपाल कहिल्यै माथि उठ्न सक्दैन । निर्णय गर्ने त राजनीतिकस्तरबाट हो । नेताहरूको ऋषिमन हुनुप¥यो । हाम्रो जनमानसका कोही व्यक्ति लोभीपापी पनि छन् । तर, स्वदेशी तथा विदेशी सहायता पटक्कै दुरूपयोग हुनु हुँदैन । अधिकारवाला पदाधिकारीहरूले पुनर्निर्माणको काममा आएको अर्बौं रुपैयाँमा दस प्रतिशतको ¥याल चुहाउने प्रवृत्ति देखाउनु हुँदैन ।
अब कसरी पुनर्निर्माण गर्ने ?

१० अर्ब रुपैयाँको थैली बोकेर जोआना लुम्ले नेपाल आइन् भने नेपाल सरकारले उनलाई स्वागत गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै एउटा मेनु उनको हातमा थमाउन सक्नुपर्छ । उदाहरणार्थः ‘कृपया तपाईं गोर्खा जिल्लाको बारपाक क्षेत्रमा जानोस् । भूकम्पबाट घरविहीन हुन पुगेका त्यहाँका तीन सय ५० परिवारलाई यसैसाथ तोकिएको डिजाइन र निर्धारित मापदण्डअनुसार एकीकृत आवास निर्माण गरिदिनोस् जुनचाहिँ वातावरण मैत्री, स्वस्थकर, भूकम्पप्रतिरोधक, नेपाली संस्कृतिमूलक होस् । तपाईं अर्कोपटक नेपाल आउँदा त्यहीँको होम स्टेमा बिदा मनाउन सक्ने खालको निर्माण हुन जावोस् । तपाईंको टोलीको साथमा हाम्रा नेपाली प्राविधिज्ञ पनि त्यत्तिकै संख्यामा संलग्न हुनेछन् । सरकारीस्तरबाट तपाईंको कामको मनिटर गरिनेछ । निर्धारित समयमा काम सम्पन्न भएपछि त्यसको विवरण र त्यसमा भएको खर्चको प्रतिवेदन प्रस्तुत गर्नुहोस् । नेपाल सरकारले तपाईंलाई धन्यवादको स्वर्णपत्रद्वारा सम्मान गर्दै फूलमालाले मैत्रीपूर्ण बिदाइ गर्नेछ ।

यस्तै प्रकारको निश्चित मेनु हाम्रा मित्रराष्ट्र, अन्तर्राष्ट्रिय दातृ संघसंस्था, स्वदेशी घराना, एनआरएन, औद्योगिक कम्पनी, उदारमना व्यक्ति विशेषलाई दिनुपर्छ । जसमा कि एकै क्षेत्रमा धेरै संस्था÷टोली गएर औलत दौलत पार्ने अवस्था नआओस् र अन्य क्षेत्रमा अभाव र निर्माणमा कमी हुन नपाओस् ।

Mahabhukampa

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: