Pre-information of Great Earthquake

Pre-information of great earthquake

Susta Dagarma
Buddhi Narayan Shrestha

There is no science to predict the earthquake. But the national and international study makers, researchers, geologists, seismologists had said that a great earthquake is due in Nepal. It may occur even tomorrow or in a year or within five ten years period. However, it may not go beyond 2034. But it occurred on 25 April 2015 at 11.56 AM with 7.8 Richter Scale. The next day it happened 6.9 Richter earthquake. Following the great earthquake, more than 162 After Shocks released till the 17th day of the great tremor. After Shocks were still on. On the 18th day of the great earthquake, that is on the 12th of May, there was another middle scale tremor of 6.8 Richter. This created a panic to the people, who were about to reach in a peaceful mind.

Having known this type of earthquake that may occur any time any moment, more than 8,000 people lost their lives, more than 17,000 injured and more than 289,000 houses and buildings have been destroyed without being careful to be alert, careful and aware. The government, private organizations and agencies did not aware to the general people as much as it should have been. The caution and awareness was created only in paper, room seminar and symposiums. But the practical awareness was not created. So such a quantity of people were killed. It is not killed by the earthquake itself, but by their houses and buildings, which were constructed below standard without having allocated norms and specification.

Whatever it may be, it happened. Now we have to construct personal homes, buildings and temples, monuments and government buildings, apartments and condominiums up to the standard, which may resist up to 8.5 Richter Scale great earthquakes. Considering the classification of land use and with the capability of soil and physical feature , integrated settlement should be developed in the high mountain area, town development in the middle mountainous region and urban development in the plain area. It must follow strictly the set national standard, bye-laws, building code, norms and specification.

(This is the gist of the following article)

Untitled-1 copy

महाभूकम्पको पूर्व जानकारी
स्वदेश तथा विदेशका अध्येता, अनुसन्धानकर्ता, भूवेत्ता एवं भूगर्भविद्हरूले पच्चीसौं वर्षदेखि भन्दैआएका थिए – ‘नेपालमा महाभूकम्प आउँदैछ।’ तिनले भनेका थिए, ‘त्यो महाभूकम्प भोलिनै आउन पनि सक्छ। एक वर्षमा वा पाँचदस वर्षभित्र पनि हुनसक्छ।
तर संवत् २०९० सालभित्रै आउने सम्भावना बढी छ।’ नभन्दै २०७२ वैशाख १२ गते नै महाभूकम्प टुपलुक्क आइपुग्यो नेपाली जनताको घरदैलोमा। कडा शनिबार परेको सप्तमी तिथि दिनको ११ः ५६ बजे ७.८ रेक्टर स्केलको महाभूकम्प गोर्खाको बारपाकलाई केन्द्रविन्दु बनाएर छुट्यो। त्यस घडीको महाभूकम्प र त्यसको दुई घन्टापछिको ५.७ र तीन घन्टामा ५.९ रेक्टरको मझौला वर्गको भूकम्प भयो। भोलिपल्ट अपरान्ह १२.५४ बजेको ६.९ स्केलको ठूलो वर्गीकरणको भूकम्प एवं त्यसपछिका १७ दिनसम्म साना वर्गका १६२ वटा परिकम्प (आफ्टर सक) ले नेपालको २५ जिल्लालाई प्र्रभावित तुल्यायो। अठारौं दिन अर्थात् बैशाख २९ गते १.५२ बजे ६.८ रेक्टरको ठूलो वर्गको परिकम्पन गयो। शान्त मनःस्थितिमा पुग्न लागेका जनतालाई यसले फेरि त्रस्त र अन्योलग्रस्त बनाएको छ।
यस्तो विनाशकारी महाभूकम्प आउँछ भन्ने थाहा पाउँदापाउँदै पनि भुइ‘चालोबाट भएको विध्वंशमा परेर ८ हजारभन्दा बढी नेपालीको ज्यान गयो। तिनलाई महाभूकम्पले मारेको भने होइन। उनीहरू धेरै त आआफ्नै घर वासस्थानबाट किचिएर मरेका हुन्। घर र अन्य संरचना भत्केर त्यसको सामग्री अर्थात ईँटा, ढुंगा, दलिन, छाना उछिटिएर आउँदा १७ हजार जना घाइते भएका छन्। करिब ४ लाख जना घरविहीन हुनपुगेका छन््। आखिर यति धेरै क्षतिी किन भयो? यसको स्पष्ट र सहज जवाफ हो – हामी सजग र जागरुक नभएर। भौतिक संरचनाको निर्माणमा सजग नभएर २ लाख ८९ हजार बढी घर भत्के। एउटै परिवारका ४ जना सँगै बसेर खाना खाँदाखाँदै भूकम्प छुट्यो। तीन जना जुठो हातै अतालिँदै भ¥याङबाट तलतिर दौडिएर बाँचे। चौथो व्यक्ति अज्ञानवश भान्साको बेसिनमा हात धुन पुग्दा त्यहीँ किचिएर मरे। यसलाई भूकम्पप्रति जागरण आउन नसकेको र चेतना अभिवृद्धि गराउन नसकेकोबाहेक अरू के भन्ने? अग्ला भवन बनाउँदा त्यस मुनिको जमिन (माटो) को भारवहन क्षमता आकलन नगरिएको र प्रविधियुक्त प्राविधिक नजर नपु¥याएका कारण काठमाडौं कपनमा सात तले क्षेत्रको सात तलेभवन गर्लामगुर्लुम ढल्दा ३० जना ठाउँको ठाउँ मर्न पुगे भने चालीसौं जना घाइते भए।
करिब तीन दशक अघिदेखि विदेशी वैज्ञानिकले नेपालमा सम्भावित भूकम्पसम्बन्धी अध्ययन, अनुसन्धान तथा निगरानी (मनिटरिङ) गर्दैआएका थिए। खोज अध्ययनअनुसार साढे चार करोड वर्षदेखि भारतीय उपमहाद्वीपको प्लेट युरोसियन (तिब्बती) प्लेट मुनि घुस्न घस्रने क्रम जारी रहेको र त्यसको गति अभैm पनि प्रतिवर्ष डेढ दुई सेन्टिमिटर रहेको प्रकाश पारिएको थियो। यस्तै, पोखरा, दाङ, काठमाडौं उपत्यकाको उत्तर तथा दक्षिणमा पूर्व–पश्चिम तन्केको महाभारत सिवालिक शृङ्खला ३ मिलिमिटर उठ्दै गएको र हिमालय करिब २ देखि ७ मिलिमिटर प्रत्येक वर्ष अग्लिँदैरहेको आकलन गरिएको थियो ।
यस्तो अनुमानको अध्ययन अनुसन्धानका सिलसिलामा अमेरिकी भूगर्भविद्ले नापी विभागको संयोजकत्वमा सन् १९९१ मा नेपालका विभिन्न ४५ स्थानमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) स्याटेलाइट सर्भेक्षण तथा १० ठाउँको भूआकर्षण सर्भेक्षण गरेका थिए। सन् १९९२–९३ मा नेपाल, तिब्बत, भारतको एकै साथ क्रस्टल डिफर्मेसन सम्बन्धी सर्भेक्षण गरी तथ्याङ्क स्थापना गरिएको थियो। यस्तै, भारतको रक्सौलदेखि चीन (तिब्बत) सीमाको मितेरी साँघुसम्मको राजमार्गीय समतलन सर्भेक्षणको १२ वर्षको तथ्यांकसमेत संगणना गरिएको थियो। यस्ता तथ्यांक प्रशोधनबाट पत्ता लागेको निचोड सन् १९९४ मा अमेरिकाको जर्नल अफ जियोफिजिकल रिसर्च र सन् १९९५ मा जर्नल अफ नेपाल जियोलजिकल सोसाइटीमा प्रकाशित गरिएको थियो। सार्वजनिक जानकारीका लागि काठमाडौंको हिमाल हिमालयन म्यागेजिनको मे÷जुन १९९४ को अङ्कमा त्यसको सारसंक्षेप उल्लेख गरिएको थियो। त्यसको निचोड थियो – ‘भारतको उत्तरी मैदानभन्दा माथिल्लो क्षेत्र खतरापूर्ण प्रकृतिको रहेको विवादरहित छ र आउँदो केही दशकभित्र ८.५ म्याग्निच्युड बराबरको महाभूकम्प जाने निश्चित छ र यो इतिहासको सबभन्दा डरलाग्दो प्रकोप हुनेछ। नेपालमा पटकपटक सानाठूला भूकम्प जानुको कारण चाहिँ नेपाली भूमिको सिधै पृथ्वीको भित्री भागमा बढी तापक्रमका कारण पग्लिएर रहेको तरल पदार्थमाथि तैरिएर रहेको भारतीय ल्पेट, युरेसिएन ल्पेटतर्पm घुस्दैगई टेक्टोनिक हलचल मचाउनु नै हो । यसरी भारतीय ल्पेट नेपालको उत्तरमा अवस्थित तिब्बती ल्पेटतर्पm घुस्ने गति भएका कारणले बेलाबखतमा भौगर्भिक बनौटमा गडबडी उत्पन्न भई नेपालमा भूकम्प जान्छ ।’
यही क्रममा यस पंक्तिकारले आगमन मासिकको २०५३ वैशाख अङ्कमा ‘अर्को भूकम्प कहिले?’ शीर्षकमा लेख छपाएको थियो। त्यस लेखको निचोड थियो –‘नियमित आकस्मिकता अन्तर्गतको विध्वंशकारी महाभूकम्प ढिलो चाँडो अवश्यंभावि भएकाले त्यस्तो प्रकोपबाट बढीभन्दा बढी मात्रामा जोगिन र सुरक्षा गर्न मौकैमा आवश्यक प्रवन्ध र पूर्वाधारको संरचना तयार गर्दै जानुपर्छ। भूकम्पबाट हुने क्षति न्युनीकरण तथा प्रतिरोध योजना समय छँदै तर्जुमा तथा कार्यान्वयन गर्नु मानव कल्याणका लागि लाभदायी हुन्छ। भुँइचालोका कम्पन सहन सक्ने क्षमताका भवन सक्षम इन्जिनियरको सुपरिवेक्षणमा मात्र निर्माण गर्न पाउने भवन निर्माण आचार संहिता (बिल्डिङ कोड)को विकास गर्नुपर्छ। सुरक्षित सहरहरू निर्माण गरी यथेष्ट मात्रामा खुला स्थानको प्रबन्ध गर्नुपर्छ। देशको कुनाकाप्चामा स्वास्थ्य केन्द्रको सञ्चाल विकास गरिनुपर्छ। आकस्मिक सुरक्षाका उपायबारे शिक्षा प्रदान गर्दै जानुपर्छ। नियमित आकस्मिकताका रूपमा महाभूकम्प आइलागेमा यसबाट जनधनको कमभन्दा कम क्षति हुने सुरक्षा उपायको प्रबन्ध गर्दै जानुपर्छ।’
यसैगरी सम्भावित महाभूम्पबाट हुने क्षति न्युनीकरण तथा प्रतिरोध योजना समय छँदै तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ। उच्च जनघनत्व भएका क्षेत्रमा भवन निर्माण आचारसंहिताको पूर्ण पालना गर्नुगराउनु पर्छ। सुरक्षित सहर निर्माण गर्दा यथेष्ट मात्रामा खुला स्थानको प्रबन्ध गर्नुपर्छ भन्ने निचोड भएको पंक्तिकारको अर्को लेख २०६८ असोज १० को दैनिक पत्रिकामा प्रकाशित भएको थियो।
भूगर्भविद्हरूले पनि भूपरतका क्रस्टल डिफर्मेसन, भूस्खलन र दरार शृंखलाको पहिचान गर्न पश्चिम नेपालको ३० स्थानमा जीपीपएस सर्भेक्षण गरी महाभूकम्प आउँदैछ है भनेर सचेत गराएका थिए। फ्रान्सेलीहरूले सन् १९८५ देखि नै नेपालमा भूकम्पको गतिविधि ‘मनिटर’ गर्दैआइरहेका थिए। यसै सिलसिलामा खानी तथा भूगर्भ विभागअन्तर्गत सुर्खेत र काठमाडौं केन्द्र बनाई नेपालको १७ स्थानमा भूकम्प मापन केन्द्र स्थापना गरिएको थियो। यसैअन्तर्गत यही वैशाख १२ गतेदेखि छुटेको महाभूकम्प र यसका परिकम्पनको विवरण राष्ट्रिय भूकम्पमापन केन्द्र लैनचौरले जनमानसलाई दिँदै आएको छ।
देश विदेशका निकै अनुसन्धानकर्ताले नेपाल भूकम्पीय जोखिममा रहेको क्षेत्र हो भनी सतर्क गराउँदै आएका थिए। कहाँ, कत्रो र कतिखेर भूकम्प जान्छ भनेर भन्न सकिन्न। तर निकट भविष्यमै भूकम्प छुट्न सक्छ चाहिँ भनेकै हुन्। यसरी कुनै पनि बेला भूकम्प आउँछ भन्ने थाहा पाउँदापाउँदै समेत भूकम्पबाट बढीभन्दा बढी मात्रामा बच्न बचाउनसक्ने प्रबन्ध प्रभावकारी रूपमा हुन सकेन। भूकम्पबाट जोगिने चेतना जागरण सम्बन्धमा सरकारी तथा अन्य संघसंस्थाले गरेको तयारी अधिकांश कागजी र कोठे छलफलमै सीमित रहेको प्रमाणित भयो। प्रत्येक वर्ष माघ २ गते आयोजना गरिँदै आएको चेतनामूलक भूकम्प दिवस कार्यक्रममा ‘झटपट झोला’ तरिकाअन्तर्गत प्रत्येक घरमा एउटा झोलामा केही बिस्कुट, चाउचाउ पुरिया, चकलेट, पानीको बोतल, औषधि, सिठ्ठी, टर्चलाइट, हाते रेडियो राखी भ¥याङ नजिकै झुन्डाई राख्नु र भुइँचालो जाँदा त्यो झोला टिपेर झटपट बाहिर निस्कनु भनिएको थियो। ‘डक कभर एन्ड होल्ड’ तरिकाअन्तर्गत भूकम्प आउँदा आफ्नो टाउको दुई घुँडाका बीचमा निहुराई हातको चाममुठीले थिची हाँसजस्तै गुडुल्किएर टेबल मुनि तथा ढोकाको सङ्घारमा ओत लाग्नु भनी सिकाइएको थियो। तर वैशाख १२ को भूकम्पमा कतिले झटपट झोला लिएर दौडिए? कति जना हाँस जस्तो गुडुल्किएर बसे? भक्तपुर जेला टोलकी चण्डेश्वरी गाइजुले पुरिएको तीन दिनपछि मात्र भाग्यवश उध्दार पाउन सकिन्। उनले झटपट झोला उपयोग गरेकी भए किचिएर रहेकै अवस्थामा बेस्सरी बजाएको सिठ्ठीको आवाज बाहिर सुनिएर समयमै उद्धार पाउन सक्थिन्। बजाइएको रेडियोको आवाज भत्केको थुप्रो बाहिर सुनिएर र भग्नावशेषको प्वालबाट राति बाहिर देखिएको टर्च लाइटको प्रकाश देखेर चाँडै उद्धार पाउनसक्ने थिइन्।
जेहोस्, जे नहुनुपर्ने थियो त्यो भई नै सक्यो। महाभूकम्पको एउटा युगको अन्त्य भएको छ। अबको दिन भनेको विपद् व्यवस्थापनको हो। पुरिएर रहेका जिउँदो अवस्थामा भेटिने समय पनि लगभग गुज्रिसक्यो। मरेकाको काजक्रिया गर्ने तिथिसमेत नाघिसक्यो। अब घाइतेको प्रभावकारी औषधिमुलो गर्ने हो। नगद सम्पत्ति पुरिएर झिक्न नसकिएकाको खानपिनको प्रबन्ध गर्नु हो। घर भत्किएर बस्नै नहुनेलाई अस्थायी बासको चाँजोपाँजो मिलाउनु अब मुख्य कुरो हो। सरकारले मरेकाको काजक्रिया गर्न र बाँचेका पीडितलाई आँसुपुछाउनै स्वरूप थोरै भए पनि नगद सहयोगको घोषणा गरेको छ। घर बनाउनलाई थोरै ब्याज दरमा ऋण प्रवाह गर्ने प्रबन्ध मिलाइएको घोषण भएको छ। भूकम्पपीडितका लागि यो ठूलै त्राण हो। सहायता वितरण गर्दा छट्टुले रकम कलम नउछिट्ट्याउन्। दाताले दिएको मनकारी सहयोग पाउनुपर्नेले मात्रै पाउन्। यसका लागि नियन्त्रण र सन्तुलनको सशक्त संयन्त्र स्थापना गर्नुपर्छ।
प्राकृतिक प्रकोपले क्षतविक्षत संरचनाको पुनर्निर्माणमात्र होइन नव निर्माण पनि गर्नेगरी योजना बन्नुपर्छ। सन् २००८ को १२ मेमा दक्षिणी चीनको सिचुआँ प्रान्तमा ७.९ रेक्टर बराबरको भूकम्प आउँदा ७० हजार जना मरेका थिए। भूकम्पपछि क्षतिग्रस्त क्षेत्रबाट २४ किलोमिटर टाढा याङचाङ नामक नयाँ सहर निमार्ण गरी ४० हजार जना भूकम्प पीडितलाई ८ रेक्टर स्केलको भूकम्प धान्ने आवासको प्रबन्ध गरिएको थियो। साथै निर्माणकै क्रममा २२ करोड ८० लाख डलर गैरकानुनी तरिकाले अपचलन गरी दुरूपयोग गरिएको प्रकाशमा आएको थियो। नव निर्माणमा अग्रसर नेपालले यस्ता घटनाबाट पाठ सिकेर धनराशि नचुहुने व्यवस्था गर्न पनि उत्तिकै ख्याल राख्नुपर्छ।
विध्वंश भएको संरचना पुनर्निर्माण गर्दा निजी निवास निर्माणलाई प्राथमिकता दिनुपर्ने प्रचलित मान्यता हो। त्यसपछि सार्वजनिक विद्यालय भवन, सरकारी संरचना र सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको पालो आउँछ। भूकम्प प्रतिरोधक घर, भवन, अपार्टमेन्ट, हाउजिङ कमप्लेक्स, सपिङ मलको मापदण्ड राष्ट्रियस्तरमा तोकेर नमुना तयार गरी मुलुकभर लागु गर्न सक्नुपर्छ। नवनिर्माणअन्तर्गत भूउपयोग वर्गीकरणलाई दृष्टिगत गर्दै जमिनको क्षमताअनुसार माथिल्लो पहाडी क्षेत्रमा एकीकृत वस्ती विकास, मध्यपहाडी क्षेत्रमा नगर विकास र मैदानी भागमा सहरी विकासको अवधारणालाई चरितार्थ गर्ने योजना तर्जुमा तथा कार्यान्वयन गरिनुपर्छ।

– See more at: http://www.nagariknews.com/opinion/story/38203.html#sthash.YahPRTHy.dpuf

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: