Civil campaign against foreign intervention
Buddhi Narayan Shrestha
विदेशी हस्तक्षेप विरुद्ध नागरिक अभियान
२५+ को समूहले शान्ति वाटिका रत्नपार्कमा नेपालमा विदेशी हस्तक्षेप विरुद्ध नागरिक अभियान सम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका वक्ताहरु थिए- डा. उपेन्द्र देवकोटा -न्यूरो विशेषज्ञ), आदित्यमान श्रेष्ठ -समसामयिक अध्येता तथा वरिष्ठ पत्रकार), इश्वरीचन्द्र शर्मा -कानुन व्यवसायी), नविन रेग्मी -कृषि औद्योगिक वाणिज्यविज्ञ) तथा म आफै पनि सरिक थिएँ ।
कार्यक्रमको भूमिका अत्यन्तै सटिक तरिकाले व्याख्या गर्दै कार्यक्रम सन्चालन अनिल योगी -वरिष्ठ सञ्चारकर्मी) ले गरेका थिए । वक्ताहरुले भारतद्वारा भूपरिवेष्टित देश नेपालमाथि गरेको नाकाबन्दी अन्तराष्ट्रिय कानुन, सन्धि सम्झौताको प्रतिकूल रहेकोले नुरुन्त नाका खोलिनु पर्छ । विश्वको ठुलो प्रजातान्त्रिक मुलुक भनिने भारतले केही नेपाली मधेसी नेतालाई उचाली नेपाल राष्ट्रलाई पछार्ने हस्तक्षेपकारी नीति अवलम्वन गरेको कुरा प्रकाश पारेका थिए ।
अपराधी उभिने दशगजामा मधेसी केही उत्तेजित समूहलाई भाजपा रक्सौलका महेशकुमार अग्रवालले खिलाई पिलाई नेपालतर्फढुंगा हिर्काउन उक्साएको कुरा प्रकाश पारिएको थियो ।
नयाँ संविधानमा चित्त नबुझे मधेसी नेपाली नेताहरुलाई घरभित्रै सुल्टाउन दिनु पर्नेमा भारतीय दूतावासले दालभात खुवाएर दिल्लीमा लन्च र डिनर गर्न बोलाइएको थियो । यस्तो हस्तक्षेपकारी भारतीय नीति भारतले अन्त्य गर्दै भारतले आप\mनो अनुहार बचाउँदै नाकाबन्दी अविलम्ब खोल्न आह्वान पनि गरिएको थियो ।
वक्ताहरुले बोल्ने क्रमको बीच बीचमा राष्ट्रवादी गाएक जे पापी नेपालीले हाम्रा राजनीतिक नेताहरुले देशको काट्टो खाए भन्ने अत्यन्तै मार्मिक गीत घन्काएका थिए भने अर्का गाएक शिसिर योगीले यो देशले एउटा मान्छे खोजिरहेछ भन्ने भावपर्ूण्ा रसिलो गीत गुन्जाएमान गरेका थिए ।
Filed under: Blogroll | Leave a comment »