While Everest was Burnt

While Sagarmatha was burnt

Buddhi Narayan shrestha

The Electronic Distance Measuring (EDM) equiplent was set at the Global Positioning System (GPS) point at Sagarmatha National Park at Namche Bazar area. While the EDM was on with the Cathod Ray sighting at the Prism set on the top of Everest, there was a kind of light like the fire. Seeing this fire like multiferous light, the inhabitants of Namche Bazar were frightened that how there was a fire like light at the top of the Everest! They were very much astonished. And they had a curiosity, whether the Sagarmatha, goddess of the earth got angry and retched the fire. If it is so, there will have some kind of harmful to the society.

When the inhabitants knew that Dr. Bradford Washburn, Director of Boston Museum of Science, Boston, USA and his team were operating the EDM equipment in connection to find out the new height of the Mount Everest, they were pacified. GPS receivers also were installed in various place of the Everest region, in addition to the top of the Everest, South Col and Base Camp as well to measure the actual height of the Mount Everest.

 जब लाग्यो “सगरमाथामा आगो”

buddhi-607x330
कुनै जमानामा पारम्परिक मापन प्रक्रियाबाट सगरमाथाको उचाइ नापिन्थ्यो । ट्रयांगुलेसन विधि अपनाइन्थ्यो । हिमालको प्रत्येक भागलाई त्रिकोण बनाएर सगरमाथाको टुप्पोसमेत नापिन्थ्यो । सन् १९५४ मा ‘सर्भे अफ इन्डिया’ले ट्रयांगुलेसन विधिबाट सगरमाथा नापेको थियो । उसले इन्डो ग्यान्जेटिङ क्षेत्रबाट नेपालको तराई हुँदै सगरमाथाको टुप्पोसम्म नाप गरेको थियो । १० वर्ष लगाएर गरेको यो मापनले पुष्टि गरेको थियो– सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटर अग्लो छ । यही मापनको नतिजालाई नै आजसम्म सगरमाथाको खास उचाइ मानिएको छ । तर, सन् १९८९–९० मा अमेरिकी एक टोलीले सगरमाथाको उचाइबारे अर्को अध्ययन गर्‍यो । त्यतिखेर अध्ययन टोलीमा थिए, सीमाविद् बुद्धिनारायण श्रेष्ठ पनि । श्रेष्ठले नयाँ पत्रिकाका योगेश ढकालसँग सगरमाथा नाप्दा भोगेका केही रोचक कहानी सुनाएका छन् :
sagarmatha

 

सगरमाथामा आगो
सन् १९८९–९० मा अमेरिकको ‘बोस्टन म्युजियम अफ साइन्स’का निर्देशक डा. वार्सवनको सक्रियतामा सगरमाथा नाप्ने काम भयो । म पनि संलग्न थिएँ । शेर्पालाई ‘ग्लोबल पोजिसननिङ सिस्टम’ (जिपिएस) रिसिभर बोकाएर लगिएको थियो । जिपिएस रेडियो यन्त्रजस्तो हो । ब्रह्माण्डमा अमेरिकाले २१ वटा नवस्टार छरेको छ । तर, तीनवटाले अहिले काम गरेका छैनन् । १८ वटा नवस्टारले पृथ्वीको परिक्रममा गरिरहेका छन् । ती स्याटेलाइटले सूचनाहरू ट्रान्समिट गर्छन् । त्यस्ता सूचना जिपिएस रिसिभरमा प्रयोगकर्ताले रेकर्ड गर्ने हो । ब्रह्माण्डमा छोडिएको तथ्यांक र आवाज जिपिएस रिसिभरमा रेकर्ड भएपछि प्रशोधन गरिन्छ । प्रशोधनपछि मोटामोटी उचाइ निस्किन्छ । पृथ्वीको गुरुत्वाकर्षण, मौसमलगायतको प्रभावलाई समेत मध्यनजर गरी मोटामोटी उचाइमा जोड–घटाउ गरिन्छ र सही तथ्यांक निकालिन्छ ।
डा. वार्सवनले त्यतिवेला मलाई चारवटा जिपिएस रिसिभर पठाएका थिए । त्यसको केही महिनापछि पिटर आथेन्सको नेतृत्वमा अमेरिकी आरोही आएका थिए । मैले नै आथेन्सलाई तीनवटा रिसिभर दिएर शेर्पामार्फत पठाएको हो, सगरमाथाको टुप्पोमा । एउटा रिसिभर सगरमाथाको आधारशिविरमा, दोस्रो सगरमाथाको साउथकोल र तेस्रो रिसिभर सगरमाथाको टुप्पोमा राखेर एकैचोटि तथ्यांक ‘क्याप्चर’ गरेका थियौँ । त्यतिवेला करिब तीन हप्ता समय लागेको थियो । ती रिसिभर पिटरले मलाई दिए, तथ्यांक केलाउनका लागि । काम सकिएपछि अमेरिकाकै कोलोराडो विश्वविद्यालयका रजर्ड विलह्यामलाई मैले रिसिभर हस्तान्तरण गरेको हुँ । विलह्याम नेपालमा भूकम्पसम्बन्धी अध्ययन गर्न आएका थिए ।
डा. वार्सवनको नेतृत्वमा हामी नाम्चेबजार गएका थियौँ । शेर्पाहरू सगरमाथाको टुप्पोमा पुग्नुभन्दा दुई दिनअघि हामी नाम्चे पुगेका थियौँ । समय अड्कल गरेर नै हामी गएका हौँ । हामीे नाम्चेको सगरमाथा राष्ट्रिय निकुञ्जभित्र एउटा स्टेसन प्वाइन्ट खडा गरेर बसेका थियौँ । इलेक्ट्रोनिक डिस्टेन्स मेजरिङ इक्युप्मेन्ट सेट (इडिएम) मिलाएर बसिरहेका थियौँ । शेर्पाले लिएर गएको ‘प्रिजम’ सगरमाथाको टुप्पोमा केही छिनपछि गाड्यो । यसपछि वार्सवनले अध्ययन थाल्नुपर्‍यो भने, हामीले सुरु गर्‍यौँ । हामीले राखेको इडिएमलाई सगरमाथाको टुप्पोमा शेर्पाले गाडेको प्रिजमतिर तेस्र्यायौँ । इडिएम अन गरेपछि त्यसबाट ‘क्याथोड रे’ निस्किन्छ । त्यो किरण सगरमाथाको टुप्पोमा गाडिएको प्रिजममा ठोक्कियो । यसो हुँदा प्रिजम टल्किन्छ, ठूलो आगलागीबाट निस्किएको उज्यालोजस्तै । प्रिजम टल्किन थालेपछि हामी रेकर्ड टिप्दै थियौँ । ५० मिनेटजति भएको थियो, अध्ययन सुरु भएको । हामीले दोहोर्‍याउँदै तथ्यांक संकलन गरिरहेका थियौँ । नाम्चेबजारमा हल्ला सुरु भइसकेको रहेछ, सगरमाथामा आगो लाग्यो भनेर । एकजना शेर्पा नाम्चेबजारबाट हामी भएतिर आए, कराउँदै । सगरमाथामा आगो लाग्यो भन्दै थिए उनी । हाम्रो उच्च देउता रिसाएर सगरमाथाको टुप्पोमा आगो बलेको भन्दै सबै नाम्चेबासी अत्तालिए । वार्सवनले सगरमाथा मापन भइरहेकोबारे बताए, अंग्रेजीमै । शेर्पाले इडिएमबाट प्रिजममा गएको किरण हेरे, अनि मात्रै पत्याए । सगरमाथाको देउता रिसाएर आगो नलागेको पुष्टि भयो, उनीहरूलाई । यथार्थ बुझेपछि ती शेर्पा तल झरेर नाम्चेबासीलाई सम्झाए, हल्ला कम भयो । नाम्चेमा त सगरमाथा नै ध्वस्त हुने भयो भनेर पूजाआजा गरिसकेका रहेछन्, हामीले भोलिपल्ट थाहा पायौँ ।

झन्डै लाग्यो चोरी दोष
मेटामोटी उचाइ मापन हुँदै थियो । हामी पालमा बसिरहेका थियौँ, सगरमाथा निकुञ्ज क्षेत्रभित्र । ग्रह, तारा र सप्तऋषि अवलोकन गर्दै थियौँ, रातभरि । यन्त्रले अवलोकन गर्ने र सप्तऋषिबाट हामीले उल्लेख गरेको ग्रह, तारा कति टाढा रहेछ भनेर जाँचिरहेका थियौँ । एकले हेर्ने, अर्कोले रेकर्ड गर्ने गरिरहेका थियौँ, हामी चारजना । आकाशमा बादल लाग्दा भने सुत्थ्यौँ, आकाश खुल्दा उठेर फेरि काम गथ्र्यौँ । राति १२ बजेतिर पुलिस आए । भित्र–बाहिर किन गरेको भन्दै गाली गरे । हामीले सगरमाथा नापिरहेकोबारे जानकारी गरायौँ । तर, पुलिसले हकारे– नापोसापोको काम नगरी सुत्नु । हामीले यन्त्र नै देखाइदियौँ । यन्त्रबाट सप्तऋषि पनि देखायौँ । तब मात्रै पत्याए पुलिसले । हामीलाई पनि पछि थाहा भयो, पुलिसले गाली गर्नुको कुरो । टेन्टमा बस्ने पर्यटकको चोरी हुने बिगबिगी भएकाले गस्ती गर्ने रहेछन् । पुलिसले हामीलाई आफ्नो पालको एरियाभन्दा बाहिर नजान भने, चोरी हुन सक्ला भनेर ।

म्यानेजरले होटेलबाट निकाले
अर्को रोचक कुरा पनि सम्झिएँ मैले । स्यांबोचेको एभरेस्ट होटेलबाट सगरमाथा अवलोकन गर्नुपर्ने भयो । होटेलको एउटा स्थान यस्तो रहेछ, जहाँबाट सगरमाथा, कञ्चनजंघा, गौरीशंकर हिमाल देखिने रहेछ । हामी त्यही बिन्दुबाट अवलोकन गर्ने भन्दै होटेलका सुरक्षागार्डसँग अनुमति लियौँ । प्रविधि पनि जोडिसकेका थियौँ । तर, होटेलको म्यानेजरजस्तो देखिने मान्छेले हामीलाई बस्न दिएनन् । विदेशी आएर के–के गर्छन् भन्दै बाहिर पठायो । हामी बाहिरै थियौँ, आधा घन्टापछि जिरेल भन्ने एकजना भाइ आए । उनले के गरिरहेको भनेर जिज्ञासा राखे । हामीले सगरमाथा मापन गरिरहेको जानकारी गरायौँ । होटेलबाट नपाएपछि चउरबाट गरेको भन्यौँ । जिरेल भाइ ती म्यानेजरभन्दा माथिल्लो तहका रहेछन् । यथार्थ बुझेपछि उनले होटेलभित्रै लगेर काम गर्न अनुमति दिए । खाजा–खाना पनि नि:शुल्क खुवाए । पैसा लिन मानेनन् ।

पानीको कथामा लुकेको शिक्षा
सगरमाथा नाप्ने कामकै सिलसिलामा फेरिचेको होटेलमा बसिरहेका थियौँ । बिहान उठेपछि मुख धुन पानी माग्यौँ । आल्मुनियमको जगमा पानी दिए, बाटा पनि दिए । ‘बाटाचाहिँ किन ?’ हामीले सोध्यौँ । होटेलवालाले भन्यो– मुख बाटामा धुनुस्, बाहिर पानी नफाल्नुस् । मुख धोइसकेपछि फेरि पानी माग्यौँ । उसले,
‘किन ?’ भनेर सोध्यो । मैले गोडा धुन भनेँ । उसले बाटाको पानीले धुनु भन्यो । हामीले त्यसै गर्‍यौँ । गोडा धोइसकेको पानी होटेलवालाले सागबारीमा लगेर हाल्यो । पानीको अभावले त्यो उपाय सिकाएको रहेछ त्यहाँ । हामीले खानका लागि चकलेट लगेका थियौँ । तर, खाएर खोल कहाँ फाल्ने बित्याँस पर्‍यो । हामीलाई सोच्न बाध्य बनायो, होटेलको नियमले । यो एउटा नयाँ अनुभव थियो र मेरो जीवनकै ठूलो शिक्षा पनि ।

होटेलमा खान नपाउँदा
सगरमाथा मापनको काम सकेर वार्सवन हामीभन्दा दुई दिनपहिला काठमाडौं फर्किए । लुक्लामा बस्ने योजना थियो, दुई दिनसम्म । तर, मौसम खराब भएका कारण तीन दिनसम्म प्लेन आएन । हामी होटेलमा बसिरहेका थियौँ । तेस्रो दिन भएपछि होटेलवालाले ‘हामी तपाईंहरूलाई खान दिन सक्दैनौँ’ भन्यो । काठमाडौंबाट जहाज नआएकाले पाउरोटी र चामल केही पनि छैन, खान दिन सक्दैनौँ भन्यो । तर, हामीले होटेलमा सामान देखेका थियौँ । देखाउँदै भन्यौँ, सामान त छ नि † तर, होटेलवालाले विदेशीका लागि मात्रै हो भन्यो । हामी चिन्तित भयौँ । भोलि पनि प्लेन आएन भने के गर्ने भन्ने तनाव भयो । लुक्ला बजारबाट गाउँतिर उक्लिने निर्णय गर्‍यौँ । हामी तीनजना थियौँ । एकजना स्थानीयले गाउँतिर लिएर गए । एउटा घरमा आलु उसिन्न लगाएर चौँरीको घिउ र नुनखुर्सानी दलेर खायौँ । एक रात यसरी नै बिताइयो । संयोगवश भोलिपल्ट ८ बजे प्लेन आयो र काठमाडौंका लागि उड्न पायौँ । अध्ययनको नतिजा सन् १९९९ मा सार्वजनिक गरियो । यो अध्ययनले सगरमाथाको उचाइ आठ हजार आठ सय ५० मिटर भएको निष्कर्ष निकालेको छ ।

– See more at: http://www.enayapatrika.com/2016/02/55111#sthash.uA9Qpf2C.dpuf

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: