Necessity of Border Monitoring

Necessity of Border Monitoring

Namuna Sahitya

Buddhi Narayan Shrestha

Professor BC Upreti of Rajasthan University and an Eminent Person of India (recently nominated by the government of India) has said that the India-Nepal border environment today is not as of 18th/19th centuries. There have been differences as of sky and land. At that time thoudand of travellers would cross the border. But in these days, hundreds of thousands use to cross the international border.

It’s a porous border these days. In the byegone centuries, genuine travelers use to cross the border. But in the present days criminals, terrorists, and unwanted persons sneak the open border and there is no any interrogation.

Eminent person Prof. Upreti says, now the time has come to make regulate the ‘orphan like’ open border, unknowingly in a phase wise basis. He further says, second alternative is to keep and maintain a recond of the travelers who cross the international border. This system could be started either through a verbal or documented system.

Prof. Upreti has spelled out in a very right time. Now the open/porous border between Nepal and India must be regulated softly, slowly and congenially starting from some of the crossing points with the decision of each other side. The border should not let misuse by any of the travelers. Both the countries should not leave  the border as an orphanage, so that the most wanted red corner noticed terroists like Abdul Karim Tunda, Yashin Bhatkal and criminal Rajan Mukti could be arrested in the border, while they try to cross the border between Nepal and India. We do hope that Prof Upreti, as an eminent person of India and researcher on the relations between India and Nepal, will submit a paper/report to his government to rescue and reform the ‘orphan like’ vagabond border between Nepal and India. (Followings are the details as the heading of this article depicts):-

 

सीमा अनुगमन आवश्यक

बुद्धिनारायण श्रेष्ठ

भारत राजस्थान विश्वविद्यालयका प्राध्यापक बीसी उप्रेतीले कान्तिपुर दैनिकसँगको हालैको अन्तर्वार्तामा भनेका छन्, ‘नेपाल र भारतबीच रहेको खुला साँधसीमा आफैंमा अनुपम भए पनि यसरी अनाथ रूपमा सीमा र नाकालाई छाड्नु हुँदैन । यो विन्दुमा सही अभिलेखीकरण, रेकर्ड पद्धति वा अनुगमन भने दुवैतर्फबाट तत्काल चाहिएको छ ।’

उप्रेतीले समसामयिक र तथ्यपरक कुरा बोलेका छन् । वर्तमान नेपाल र भारत बीचको सीमाञ्चल वातावरण १८/१९ औं शताब्दीको जस्तो छैन । धेरै कुरामा आकाश–जमिनको फरक आइसकेको छ । त्यस समय दुई देश बीचका नाकाहरूबाट दैनिक हजारका संख्यामा यात्रु वारपार गर्थे भने अहिले लाखौं आउने–जाने गर्छन् । उस बखत नेपालको सीमावर्ती क्षेत्रमा चारकोसे झाडी पूर्व–पश्चिम फैलिएर रहेको थियो । अहिले नगण्य मात्रामा मात्र जंगल बाँकी रहेको छ । चारकोसे झाडीले एक प्रकारको छेकबारको काम गरेको थियो । हाल ती जंगल सखाप भएपछि सीमामा जताततै छिद्र (पोरस) परेको छ । बितेको शताब्दीमा सीमा वारपार गर्ने व्यक्ति निष्कपट ‘जेन्युइन’ थिए भने अहिले अपराधी, विध्वंसकारी र अवाञ्छित गतिविधिमा लागेका पनि बेलामौकामा सुटुक्क अन्तर्राष्ट्रिय सीमा वारपार गर्छन् । नेपाल र भारत बीचका यस्ता गतिविधि नियालेर अध्ययन गरिरहेका उप्रेतीको भनाइमा वास्तविकता र सत्यतथ्य रहेको छ । अनाथ रूपमा रहेको सीमानाकालाई अभिभावकत्व दिनुपर्ने समय आएको छ ।

यसै सन्दर्भमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका समय ‘वान टु वान’ कुराकानीमा भनेका छन्, ‘खुला सिमाना रहेकोले आतंककारी गतिविधि तथा अपराधीका लागि भूमि दुरुपयोग हुन नदिन नेपाल र भारतका सुरक्षा एजेन्सीबीच सहकार्य मजबुत पार्नुपर्छ ।’

जवाफमा प्रधानमन्त्री ओलीले पनि ‘हाम्रा दुई देशबीच खुला सिमाना छ, यसमा हुने अवाञ्छित गतिविधि रोक्न हामी दुवै देश सक्षम छौं’ भनेका छन् । यद्यपि खुला सीमालाई दुरुपयोग हुन नदिन कस्तो प्रकारको संयन्त्र विकास गर्ने भन्ने सम्बन्धमा दुवै सरकार प्रमुखले प्रकाश पारेका छैनन् । तर प्रा. उप्रेतीले नाकामा सही अभिलेख तथा रेकर्ड पद्धति अपनाउने अथवा अनुगमन गर्नुपर्ने कुरा औंल्याएका छन् ।

101010

भारतका ‘प्रबुद्ध व्यक्ति समूह’का सदस्यसमेत रहेका प्रा. उप्रेतीले व्यक्त गरेको धारणाअनुसार अब दुवै देशबीच रहेको अनाथ सीमालाई नजानिँदो तरिकाले चरणबद्ध रूपमा नियमन गर्दै लैजानुपर्ने समय आएको छ । नाका अनुगमन गर्ने कुरा दुवै देशले सुरु गरिसकेका पनि छन् । भारतले आफ्नो सीमाञ्चल क्षेत्रमा ४५ हजार सशस्त्र सेना बल (एसएसबी) तैनाथ गरेको छ । यस अनुसार एक किलोमिटरको दूरीमा २४ जना उभिएका छन् । नेपालतर्फ प्रतिकिलोमिटर सालाखाला ५ जवान रहनेगरी ६ हजार सशस्त्र प्रहरी खटाइएको छ । यस्ता बलले आ–आफ्नै तरिकाले स्वविवेकको प्रयोग गरी सीमा अनुगमन कार्य गरिरहेका छन् । यद्यपि सन् १९५० को नेपाल–भारत बीचको मैत्री सन्धिको धारा–७ मा ‘नेपाल र भारत दुवै देशका सरकारहरू समान आधारमा एकअर्को देशका नागरिकलाई घुमफिर गर्ने विशेषाधिकार प्रदान गर्छन्’ भन्ने उल्लेख भएकोले सीमाबलको पद्धतिमा एकरूपता अपनाइए दुवै देशको सुरक्षा चासोमा मद्दत पुग्न सक्ने थियो ।

जहाँसम्म अनुगमन गर्ने अर्को पद्धतिको कुरा छ, सिसिटिभी प्रविधि अपनाइए खुला सीमाको दुरुपयोग हुन कमसेकम ५० प्रतिशत रोकिने थियो । हाल सीमाको दुवैतर्फ रुखका हाँगामा बाँधेर सिसिटिभी राखिएको छ । यसबाट सीमाको दुरुपयोगमा नियमन हुनसकेको पाइँदैन । अब ती सिसिटिभीलाई लामो कोरिडरभित्र जडान गरेर यात्रुहरूलाई त्यसै कोरिडरबाट हिँंड्न लगाई उनको नाम, ठेगाना, कहाँ जानलागेको हो, कति दिनका लागि जानलागेको हो अथवा कहाँ पुगेर फर्केको हो, हिँंड्दा–हिंँड्दै भन्न लगाउनुपर्छ ।

भित्री कोठाबाट कम्प्युटरको माध्यमद्वारा ती यात्रुको हिँडाइको चाल, हाउभाउ, बोलाइको भावभंगी, अनुहारको आकृति/विकृति आदिको अनुगमन गरिनुपर्छ । यस्ता यात्रुमा विकृति देखिए कोरिडरको अन्त्यमा रहेको सानो कोठाको सुरक्षाकर्मी/अध्यागमन अधिकारीले भित्र बोलाएर केरकार गर्नुपर्छ । दोषी ठहरिए कारबाही अगाडि बढाउनुपर्छ । यस्तो पद्धति अपनाइएको भए खुला सीमा दुरुपयोग गरेर भारतमा भएको ४० बम विस्फोटकका योजनाकार आतंकवादी अब्दुल करिम टुन्डा तथा भारतको मोस्ट वान्टेड विध्वंसकारी यासिन भटकल नेपाल भित्रिएको बेला सीमामा पक्राउ पर्नसक्ने थिए ।

यस्तै नेपालका निकै सरकारी कर्मचारीलाई मारेर भारत छिरेका जनतान्त्रिक मुक्ति मोर्चाका राजन मुक्तिलाई सीमामै पक्रन सकिने थियो । तेस्रो देशबाट नेपाल भई भारत छिराइने गरेको नक्कली भारतीय रुपैयाँको नोट पनि सीमामै जफत गर्न सकिने थियो । युरोपको मुटु मानिने युरोपेली संघको समेत राजधानी रहेको बेल्जियमको ब्रसेल्समा यही ९ गते आतंककारीले ‘स्मार्ट बोर्डर’को दुरुपयोग गरी ३४ जना मारे, डेढ सयभन्दा बढी घाइते बनाए ।

यसै सन्दर्भमा पनि प्रा. उप्रेतीले सुझाएको सीमा विन्दुबाट वारपार गर्नेको रेकर्ड अभिलेख राख्ने पद्धति पनि सीमा दुरुपयोग गर्न नदिने अर्को वैकल्पिक उपाय हो । उनी भन्छन्, ‘कागजात या मौखिक आधारमा सीमावर्ती विन्दुमा भरपर्दो रेकर्ड सिस्टमको थालनी गरे भइहाल्यो नि !’ हुन पनि हो, हिजोआजको विज्ञान प्रविधिको जमानामा यात्रुले सीमा विन्दुमा प्रस्तुत गरेको परिचयपत्र डिजिटल स्क्यान गरेर आधा मिनेटभित्रै उनलाई गन्तव्यतिर जान दिन सकिन्छ । अमेरिका र क्यानाडाको खुला सीमा पद्धतिमा यस्तै प्रक्रिया अपनाइने गरेको छ ।

प्रा. उप्रेतीले एउटा जबर्जस्त विचार प्रकट गरेका छन्, ‘नेपाल वा भारत कतैतिरबाट हामी बीचको खुला सिमाना बन्द गर्ने प्रस्ताव आए म त्यसको विरोधमा उभिनेछु । बोर्डर बन्द गर्ने, खुला सीमामा प्रतिबन्ध लगाउने कुरालाई मैले सधैं आत्मघाती कदम मान्दै आएको छु ।’ उनको कुरा सत्य साँचो हो । यो व्यावहारिक पनि हो । दुई छिमेकी देशबीच बोर्डर प्रतिबन्ध अर्थात् ‘सिल’ गर्नु भनेको शत्रुता पैदा गर्नु हो ।

त्यसैले नेपाल र भारत बीचको सीमा कुनै हालतमा पनि बन्द गरिनु हुँदैन । उत्तर र दक्षिण कोरियाबीच शत्रुता, कटुता, मनोमालिन्यता र सम्बन्धविच्छेदका कुरा भएकोले सीमा बन्द गरिएको छ । तर नेपाल र भारतबीच धेरै काल अघिदेखि मित्रता, सद्भाव, आपसी सहयोग रहँदै आएकोले यस्तो अवस्था आउन दिनै हुँदैन । यद्यपि २०४५ सालमा १५ महिना सीमा नाकाबन्दी रहेको थियो भने २०७२ सालमा वीरगन्ज–रक्सौल नाकाबाट साढे चार महिना मालसामान ओसारपसार ठप्प गरिएको थियो ।

सीमा व्यवस्थालाई नजिकबाट हेरिरहेका र वर्षको ३–४ पटक नेपाल आइरहने प्रबुद्ध उप्रेती अगाडि भन्छन्, ‘नेपाल–भारत बीचको खुला सिमाना भनेको दुवैतर्फ सीमावर्ती विन्दुका लागि लाइफ लाइन हो । रोजीरोटीका लागि र सीमावर्ती निश्चित क्षेत्रमा बढी आवत—जावत हुने गरेको पाइन्छ । जनस्तरको कनेक्टिभिटीले सधैं हामीलाई जोडेर राखेको छ । हवाइमार्गबाट आवत—जावत गर्नेका हकमा पासपोर्ट अनिवार्यता भन्न सकिएला । तर तल खुला सीमाको विन्दुबाट नुनतेल किन्न आउने—जानेका लागि केको पारपोर्ट ?’

वास्तवमा कनेक्टिभिटीकै कारण नेपालको सीमाञ्चलमा उत्पादित सागपात, फलफूल, दही—दूध सीमापार लगेर बिक्री गरिन्छ भने पारिबाट मरमसला, नुन, चिनी ल्याइने गरिन्छ । भारतमा झन्डै १ करोड नेपालीले काम गरिरहेका छन् भने करिब ६० लाख भारतीयले नेपालको दुर्गम क्षेत्रमा समेत काम पाइरहेका छन् । कनेक्टिभिटीकै कारण यस्तो हुनसकेको हो । तर यसैलाई आधार बनाएर अवाञ्छित तत्त्वले सीमामा चलखेल गरिरहेको पनि पाइन्छ । भारतमा नृशंस हत्या गरी अपराधी नेपाल छिरेर बेपत्ता हुने गरेको छ भने नेपालका नामी व्यापारीलाई अपहरण गरेर फिरौतीका लागि भारतमा लुकाउने पनि गरिएको छ । यसबाट खुला सीमा विकृत हुनपुगेको छ ।

वास्तवमा नेपाल र भारत बीचको सीमा खुला रहनेछ भनी कुनै सन्धि, सम्झौता, लेखोट भएको पाइँदैन । सन् १९५० को सन्धिमा पनि ‘खुला सीमा’ भन्ने शब्दावली कतै रहेको पाइँदैन । यस पंक्तिकारले स्पेसटाइम दैनिकमा लेखेको प्रसङ्गमा भारतीय दूतावासका काउन्सिलर सञ्जय बर्माको २ जुलाई २००४ को पाठक पत्रमा ‘१९५० को नेपाल–भारत सन्धिमा दुई देश बीचको खुला सीमाबारे कुनै पनि दफामा उल्लेख छैन । तर खुला सिमाना प्राचीन कालदेखि आजसम्म दुवै देशबीच रहँंदै आएको घनिष्ठ मित्रतापूर्ण सम्बन्धको धरोहर हो’ भन्ने उल्लेख गरिएको छ ।

यिनै परिप्रेक्ष्यमा अध्येता उप्रेतीले भनेझैं नेपाल र भारत बीचको अनाथ सीमानाकालाई जताततै भौंतारिन दिनुभएन । अनाथ सीमालाई मोचन गर्न दुवै देशका सीमाञ्चलका जनताले पचाउन सक्नेगरी नियमनको प्रक्रिया अपनाउनु समसामयिक हुनजान्छ । आशा छ, प्रा. उप्रेतीले भारतको प्रबुद्ध वर्ग समूहको सदस्यको नाताले यी कुरा दुवै देशका प्रबुद्ध समूहमा राख्नेछन् र अनाथ खुला सीमालाई दुरुपयोग हुन नदिई यसलाई उद्धार गर्न आफ्नो सरकारसमक्ष प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

http://bit.ly/1PEz9Q6

 

 

 

%d bloggers like this: