Measuring the height of Sagarmatha
Buddhi Narayan Shrestha
Filed under: Uncategorized | 1 Comment »
नेपालको भौगोलिक सीमा एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको आजभन्दा २ सय ४० वर्षघिको विचार र उनको उद्गार आजका समयमा पनि सान्दर्भिक रहेको पाइन्छ । मर्नुभन्दा पहिले उनले नेपालको आन्तरिक सुरक्षा, कूटनीति, परराष्ट्र नीति, आर्थिक, सामाजिक तथा सीमा सम्बन्धी राजनीतिका विषयमा उद्गार व्यक्त गरेका थिए । उनको यस्तो उद्गार केही मात्रामा अवलम्बन गरिएको पाइन्छ भने अन्य कतिपय बुँदा नेपालको वर्तमान राजनीतिक बखेडा समाधान गर्न पनि उपयोगी रहेको देखिन्छ ।
अहिले नेपालको राजनीति भकभकी उम्लिरहेको छ । उम्लिएको दूधलाई डाडुले चलाएर समन नगरे अथवा आगोको राप कम गर्न नसके त्यो दूध भाँडो बाहिर पोखिएर सित्तैमा खेर जान्छ । नेपालको राजनीति उम्लिएर भाँडो बाहिर -नेपाल बाहिर) गयो भने नेपाल र नेपालीले दर्ुदशा भोग्नर्ुपर्ने हुन्छ ।
उम्लिएको राजनीतिमा नेताहरु जुहारी खेल्दैछन्, पौंठाजोरी मार्दैछन्, डङ्कार ओकल्दैछन् । ‘उभन्दा म के कम्’ भन्ने बक्दैछन् । तर देशको र्सवाङ्गनि विकास कसरी गर्ने भन्ने सम्बन्धमा खास ध्यान पुग्न सकेको छैन । एक महिनाभन्दा बढी समयदेखि संविधान संशोधन चाहने र नचाहनेबीच द्वन्द्वको राजनीति भकभकी उम्लियो । संविधान संशोधन पहिले कि निर्वाचन पहिले भन्ने सम्बन्धमा ‘मेरो गोरुको बार्है रूपियाँ’ भनेजस्तै गरी दुवर्ैतर्फबाट अड्डी लिइयो ।
एकथरी नेताले कर्ुलदै भने- संघीय प्रदेशको सीमांकन परिवर्तन गर्ने प्रस्ताव आवश्यक छैन । संविधान संशोधन प्रस्ताव नेपाल र नेपालीको हितमा छैन । ५ नं. प्रदेश टुक्राउने कुरा गर्नै हुन्न । निर्वाचन हुन किन संविधान संशोधन गर्नु पर्यो – अर्काथरी नेताले भट्याए- मधेस र पहाडबीच मनोवैज्ञानिक प्रभाव बढाउन संविधान संशोधन आवश्यक छ । संशोधन नभए चुनाव हुनै सक्दैन । स्थानीय, प्रान्तीय र संसदीय चुनाव नभए संविधान निस्फल हुन्छ । अझ अर्का पंक्तिका नेताले फलाके- ‘संविधान संशोधन भए पनि मधेसको समस्या समाधान नभए विरोध कार्यक्रम जारी रहने छ ।’ नेताहरुको यस्तो वाक्युद्धले जनतालाई अन्यौलमा पारेको छ ।
नेताहरुको वाक्युद्ध, राजनीतिक लुछाचुँडी र भागवण्डाको अवस्थामा पृथ्वीनारायणको कथन/विचार अवलम्बन गरिए यसले समस्या समाधानको एउटा बाटो समात्न सक्ने थियो । यस्ता विचारहरुमध्ये यहाँ केही उल्लेख गर्न लागिएको छ ।
नेपालको कूटनीतिका पर्रि्रेक्षमा पृथ्वीनारायणले भनेका थिए- ‘यो मेरो साना दुःखले आर्जेको मुलुक होइन । यस मुलुकको आर्जनमा देशका विभिन्न जात तथा जातिका धेरै नागरिकहरुको परिश्रम परिरहेको छ । यसैले यो मुलुक सवै जात तथा जातिको साझा फूलवारी हो । यस फूलवारीलाई साना-ठूला चार वर्ण्र्ाात्तीसै जातका जनताले समानरुपले सम्भार गर्नर्ुपर्छ ।’ यस विचारले हाम्रो यो देश मेरो पार्टर्ीीे हितको लागि मात्र होइन अन्य दलहरुको पनि हो, सवै मिल्यौं भने नेपाल र नेपालीको हित हुन्छ भन्ने कुरो अधिकारवाला नेताले मनन गर्नर्ुपर्छ भन्ने सन्देश दिएको छ । देश सबैको साझा भएको हुनाले राष्ट्रबाट पाइने फाइदा समानुपातिक तवरले हिमाल, पहाड र तर्राई -मधेस) सवै क्षेत्रमा पुर्याउनु पर्छ भन्ने पृथ्वी विचारको धारणा रहेको बुझिन्छ । उपल्लो वर्गका नेता तथा उनीहरुका आसेपासेलाई मात्र सुख सुविधा पुर्याउने गरी कुनै पनि नेताले कामकारवाही गर्नु हुन्न भन्ने कुरा पनि पृथ्वीनारायणको उक्तिभित्र लुकेर रहेको छ भन्ने मनन गर्नर्ुपर्छ । यस्ता कुरा मनन तथा कार्यान्वयन समान रुपले गरिए अहिलेका नेताहरुबीचको लुछाचुँडी घम्साघम्सी अन्त्य भई फूलवारी रुपी नेपालमा रहेका सामान्य जनताले पनि सामाजिक तथा आर्थिक वृद्धिको फल चाख्न पाउने थिए ।
कूटनीति सम्बन्धमा पृथ्वीको अर्काे विचार मननीय रहेको पाइन्छ । उनी आफ्नो राज्य संञ्चालनको अनुभवको आधारमा उद्गार पोख्छन्- ‘नेपाल राज्य भनेको दर्ुइ ढुंगाबीचको तरुलजस्तो रहेछ । उत्तर्रतर्फको चीनको बादशाहसित सँधै मित्रता राख्नु । दक्षिणतर्फका समुद्रका वादशाहसित मित्रता त राख्नु तर त्यो अत्यन्त चतुरो छ । त्यसले हिन्दुस्तानलाई बलपर्ूवक कजाइराखेको छ । एक न एक दिन त्यो बल यहाँसम्म आउने कोशिस गर्नेछ ।’ नभन्दै अंग्रेजको विरासत लिएको वर्तमान स्वतन्त्र भारतले यस्तै गर्दै आएको भेटिन्छ ।
हाम्रा प्रधानमन्त्रीले चीन भ्रमण गरेर ल्हासाको रेल रसुवागढी ल्याउने कुराकानी के गरेका थिए सरसामान बोकेको चिनियाँ रेल नेपाल भित्रियो, नेपालमा चिनियाँ प्रभाव व्हात्तै बढ्यो, नेपालले भारतसँगको सम्झौता मानेन भनी भारतीय सञ्चार माध्यमले आलाप विलाप गरे । ५४ वर्षघि नेपाल र चीन जोड्ने कोदरी राजमार्ग निर्माण गर्ने सम्झौता हुँदा नेपालमा कम्युनिष्ट भित्रियो भनी भारतले नेपाललाई ठूलै धक्का दिएको थियो । यसको प्रतिवादमा तत्कालीन राजा महेन्द्रले ‘कम्युनिस्ट मोटर चढेर आउँदैन’ भन्नेसम्मको प्रतिवाद गरेका थिए । यसै कारणले २०१९ वैशाख अन्तिम देखि असोज तेस्रो हप्तासम्म भारतद्वारा गरिएको ५ महिने नाकाबन्दी नेपालले खेप्नुपरेको थियो ।
पृथ्वी विचार अनुसार भारत एक न एक दिन नेपाल आउने चेष्टा गर्नेछ भन्ने उनको शंका सम्वन्धमा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले २७ नोभेम्बर १९५९ मा भारतीय संसदमा भनेका थिए- ‘परापर्ूवकालदेखि हिमालयले हामीलाई मजबूत सिमाना प्रदान गरेको छ । हामी त्यस्ता छेकबार नाघेर आउन कसैलाई दिदैनौं ।’ यस भनाइबारे नेपालमा धेरै हल्ला खल्ला भए । भारत विरोधी सभा जुलुश भए । यस प्रसंगमा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले प्रतिवाद गर्दै भनेका थिए- ‘नेपाल एउटा र्सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो । यो आफ्नो घरेलु तथा वैदेशिक नीति समन्वय गरी बाहिरी कुनै शक्तिसँगको सल्लाहविना अघि बढ्ने छ ।’ कोइरालाको प्रतिवादपछि नेहरुले भारतीय राज्यसभामा ८ डिसेम्बर १९५९ मा ‘नेपाल वास्तवमा स्वतन्त्र राष्ट्र हो र हामी त्यसको अन्दरुनी मामिलामा दख्खल दिन सक्दैनौं ।’ यस्ता सवाल जवाफबाट पृथ्वी विचार साँच्चै तथ्य परक रहेछ भन्ने बुझन सक्छौं ।
यसैगरी पृथ्वीनारायणले ‘यो नेपालको तखत इश्वर -प्रकृतिले) रचना गरेको किल्ला रहेछ’ भन्ने अनुभव व्यक्त गरेका सर्न्दर्भमा नेपाल साँच्चै प्राकृतिक रमणीयताले भरिएको देश हो भन्ने सिद्ध हुँदै आइरहेको छ । विश्वका पर्यटकहरु नेपालको मनमोहक प्राकृतिक सुन्दरता हर्ेन नेपाल आउने गरेका छन् । उनीहरु यहाँ हिमाल आरोहण गर्न, टे्रकिङ गर्न, प्याराग्लाइडिङमा उड्न, र्याफ्टिङमा बग्न, बन्जी जम्पिङ्मा हामफाल्न, माउन्टेन बाइकिङ गर्न, झारल घोरल शिकार गर्न र केही दिन भए पनि आनन्द मनाउन आउँछन् । यसबाट राज्यलाई निकै मात्रामा राजस्व आम्दानी हुने गरेको छ भने नेपालको पहिचान विश्वमा दिनदिनै बढेर गइरहेको पाइन्छ । राजनीतिक नेताहरुका एकआपसमा कचपच नहुने हो र स्तरीय पर्यटन विकासका नयाँ नयाँ योजनाहरु राष्ट्रिय स्तरमा एकमतले कार्यान्वयन गर्ने हो भने नेपालीको आर्थिक स्थिति सुदृढ हुँदै जाने थियो ।
नेपालको आन्तरिक सुरक्षा सम्बन्धमा पनि पृथ्वी विचार व्यावहारिक रहेको पाइन्छ । पृथ्वीनारायणको उक्ति छ- ‘सन्धी र्सपन हेरी गढी तुल्याइ राख्नू । मुख्य सीमा नाकामा किल्ला बनाई निगरानी राख्नू ।’ तर निगरानी राख्न अथवा सीमा नियमन गर्न नसक्नुका कारण आतङ्कवादी, अपराधी, लागुपदार्थ ओसारपोसारकर्ता, अपहरणकर्ता तथा अवाञ्छित तत्व नेपालमा घुसपैठ गर्छन् । अव्दुल करिम टुन्डा तथा याशिन भटकलजस्ता अन्तर्रर्ााट्रय कुख्यात विध्वंशकारी छिमेकी देशबाट सजिलै नेपाल पस्न सकेको पाइन्छ । नेपाली उद्योगपति गंगाविशन राठीलाई नेपालबाट अपहरण गरी सजिलै अन्तर्रर्ााट्रय सिमाना कर्टाई फिरौति मोलमोलाई नमिल्नाको कारण भारतको सिलिगुडीमा लगेर मारियो । पृथ्वी विचारलाई पर्ूण्ा रुपले पालना गरी कार्यान्वित गरिएको भए राठीजस्ता नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने थिएन ।
आर्थिक पक्षमा पनि पृथ्वी विचार निकै ज्वलन्त रहेको देखिन्छ । पृथ्वीनारायण भन्छन्- ‘आफ्नो देशको कपडा बुन्न जान्नेलाई नमुना देखाएर सिकाउनू र बुन्न लगाउनू । खानी भएको ठाउँमा गाउँ भए त्यसलाई अरु ठाउँमा सारेर भए पनि त्यहाँ खानी चलाउनू ।’ यस विचारलाई प्राधान्यता दिई हामीले उद्योग नीति अवलम्बन गरेको भए देश धनी हुँदै जाने थियो र नेपालीले नेपालमै रोजगारी पाउने थिए । अहिले दिनको सालाखाला १५ सय युवायुवती विदेशमा श्रम बेच्न गइरहेका छन् । उनीहरुले त्यहाँको कलकारखानाको उत्पादन बर्ढाई त्यसै देशको विकास गरिरहेका छन् । पसिना बेचेर प्रतिदिन करिब डेढ अर्ब रुपैयाँ रेमिट्यान्सको रुपमा नेपाल पठाउँछन् । साथसाथै दिनको ३ जना नेपालीको लाश कफिन बाकसमा बन्द भएर त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा उत्रन्छ ।
अर्कोतर्फनेपालमा भएका कतिपय कलकारखाना उद्योगधन्दा नेता तथा अधिकारवालाको अकर्मण्यताका कारण धरासायी बनेर बन्द भए । उदाहरणका रुपमा हेटौंडा कपडा कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, हिमाल सिमेन्ट, हरिसिद्धि इँटाटायल कारखाना प्रतिनिधिमूलक रहेका छन् । कौडीको मूल्यमा लिलाम गरिएको जुत्ता कारखानाको मेशिनले अहिल्यै पनि कानपुरको एउटा उद्योगमा राम्रो उत्पादन दिइरहेको छ । पृथ्वीनारायणको अर्ति उपदेश कार्यान्वयन गरिएको भए आज नेपाल निकै समुन्नत हुने थियो । अर्काको भर पर्नुपर्ने थिएन ।
‘प्रजा मोटा भए दरबार बलियो रहन्छ । उनीहरु राजाका भण्डार हुन्’ भन्ने पनि धारणा पृथ्वीनारायणको रहेको थियो । यस सम्बन्धमा जनता सामर्थ्यवान् भए सरकार बलियो हुन्छ भन्ने अर्थ लाग्न सक्छ । यसैले जनतालाई आर्थिक रुपले समृद्ध बनाइए उनीहरुले तिर्ने राजस्वले सरकार राम्ररी सञ्चालन गरी देशको उन्नतिका लागि पर्ूवाधार निर्माण विकास गर्न सकिन्छ भन्ने धारणा लुकेको पाइन्छ ।
पृथ्वी विचार सदा बहार भए तापनि गत दशकमा केही राजनीतिक पार्टर्ीी नेताहरुले पृथ्वीनारायणलाई सत्तोसराप गर्थे । कतिपय स्थानमा उनको सालिक फोरिए । नुवाकोट, गोरखाजस्ता स्थानमा सालिक पुनःस्थापना भए । पृथ्वीनारायणको तथ्यपर्ूण्ा भनाइका कारणले होला अहिले पृथ्वी विचारको गुणगान गर्न शुरु भएको छ । अव उनीहरुमा चेत फर्केको छ ।
पृथ्वीनारायण शाहबारे एमाओवादी अध्यक्ष -हाल प्रधानमन्त्री) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय एकीकरण नामक त्रैमासिक पत्रिका विमोचन गर्दै दर्ुइ वर्षघि भनेका थिए- ‘पृथ्वीनारायण शाहको मुलुक एकीकरण अभियान प्रक्रिया समाज विकासको ऐतिहासिक भौतिकवादी दृष्टिकोणले सही थियो । तत्कालीन अवस्थामा शाहको एकीकरण उचित थियो । अब नयाँ आधारमा राष्ट्रिय एकता हुनर्ुपर्छ । मैले जनयुद्ध सुरु गर्ने बेला पृथ्वीनारायण शाहको फौजी र राजनीतिक दस्तावेज अध्ययन गरेको थिएँ । पृथ्वीनारायणले विकासको अवरोधका रुपमा रहेको २२-२४ राज्यलाई एकीकरण गरी ठीक काम गरेका हुन् ।’
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले २०६९ माघ २४ मा भनेका थिए- ‘शाहको दिव्योपदेश पढ्दा उनको दूरदर्शिता र नेतृत्व कौशल प्रमाणित हुन्छ । यो आज पनि उत्तिकै महत्वपर्ूण्ा छ । विदेशी प्रभावबाट देशलाई मुक्त गर्न र परिपक्व कूटनीति चलाउन शाहको मार्ग निर्देशन आधारभूत रुपमा आज पनि सही छ । अहिलेसम्म बुद्ध, पृथ्वीनारायण शाह र केही हदसम्म बीपीमा नेतृत्व क्षमता देखिएको छ ।’
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गत वर्षपुस ९ गते पृथ्वीनारायण शाहलाई महान राष्ट्र निर्माता र आफूलाई राष्ट्र सम्मान, अखण्डता र एकताका ‘सिपाही’ बताउँदै सिपाहीका नाताले म राष्ट्र विखण्डन हुन दिन्न भनेका थिए । यसैगरी पर्ूवप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले गत हप्ता एउटा कार्यक्रममा ‘ऐतिहासिक काम गरेको हुनाले पृथ्वीनारायणलाई सदैव सम्झनुपर्ने’ बताए । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले केही दिनअघि भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा ‘त्यो कालखण्डमा पृथ्वीनारायणले देशको भौगोलिक एकीकरण सुरुवात गरेकै कारण आज नेपाल बनेको हो’ भन्ने धारणा व्यक्त गरे । कांग्रेस नेता डा. रामशरण महतले ‘नेपाली हुनुको गौरवबाटै हाम्रो अस्मिताको रक्षा हुने र त्यसको सुरुवात पृथ्वीनारायण शाहले गरेको’ भन्ने कुरा बताए । अर्का नेता खुमबहादुर खड्काले ‘हामी जुन विचारधाराका रहे/भए पनि पृथ्वीनारायणको अभियान नै प्रारम्भ विन्दु हो’ भने । माले नेता सीपी मैनालीले ‘तत्कालीन दक्षिणको अंग्रेज साम्राज्यसँग पृथ्वीनारायणले लडेर यो राष्ट्र निर्माण भएको हुँदा हामी आज नेपाल र नेपाली हुन पायौं’ भन्ने कुरामा प्रकाश पारे । भूमिसुधार मन्त्री विक्रम पाण्डेले ‘पृथ्वीनारायणकै कारण हाम्रो गौरव संसारभरि बढेको हो’ भने ।
पृथ्वीनारायणले सानातिना राज्य रजौटालाई एकसुत्रमा बाँध्दै सीमा एकीकरणका शिर्षअभियन्ताको भूमिका खेलेजस्तै अहिले नेताहरुको पनि शिर्षनेता आवश्यक परेको छ भन्ने आम जनताको धारणा रहेको पाइन्छ । र्सवमान्य नेता नभएका कारण छिमेकी देशहरुले फितलो सरकारलाई अनेक दबाबमा पार्ने गरेको कुरा बेलाबखत सुनिने गर्छ । यस्ता कुराको समाधानका लागि अधिकारवाला पदाधिकारीले पृथ्वी विचार मनन गरी अगाडि बढ्नु पर्छ ।
त्यसैले यस घडीमा समेत पृथ्वीनारायण शाहको सदावहार भनाइ र्सार्थक रहेको आभाष हुन्छ । नेपाल राष्ट्र, नेपालको राष्ट्रियता, र्सार्वभौमिकता बचाउन, राष्ट्रिय सीमा संरक्षण गर्न र नेपालीलाई नेपाली भएर बाँच्न दिएको उनको सन्देश आज पनि त्यतिकै सान्दर्भिक रहेको छ भन्न सकिन्छ । हामीले उनलाई राजाहरुको पितापर्ुखाका हैसियतमा होइन तर नेपाल राष्ट्रको निर्माता, हिमाली राज्य एकीकरणका अभियन्ताका प्रतीकका रुपमा पहिचान गर्नुपर्छ । नेपाललाई कसरी अखण्ड राख्नर्ुपर्छ र हाम्रो स्वाधीनता एव्ं स्वतन्त्रतालाई कसरी बचाइ राख्नर्ुपर्छ भन्ने कुरामा पृथ्वीनारायण शाहको दिव्यविचार प्रयोग र उपयोग गरी सरकारी नीति निर्माताले कार्यान्वयनमा ल्याउनर्ुपर्छ र देशलाई सुरक्षित राख्नर्ुपर्छ ।
♣
Filed under: Uncategorized | Leave a comment »
समाजमा आफ्नो अस्तित्व राखेर अगाडि बढ्ने यात्राको नाम हो जिन्दगी । त्यसो त समाजमा सबैको छुट्टाछुट्टै पहिचान हुन्छ । व्यक्ति मात्र होइन, परिवार, गाउँ, समाजको पनि अलग–अलग पहिचान हुन्छ । तर, हामीले आफ्नो व्यक्तित्व समाजमा पहिचान हुने गरी बिताउनुपर्छ भन्ने लाग्छ मलाई । कतिपय मानिसले कुकर्मतिर लागेर जीवन बिताएका पनि छन् । कति कुकर्ममा लागेपछि ठक्कर खाएर सत्कर्मतिर पनि लागेका छन् । मेरो मान्यता छ, समाजमा शिर ठाडो हुने गरी बाँच्न सक्ने जीवन बिताउनुपर्छ । म समाजमा आफ्नो पहिचान बनाएर बाँचेका मानिसलाई मन पराउँछु ।
मैले जहिले पनि समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यता राखेँ मेरो जीवनमा । आफूले जानेबुझेको विषयलाई समाजमा उजागर गर्नुपर्छ भन्ने लाग्छ मलाई । देश र समाजकै लागि केही गरेकाले आफूलाई सबैसामु चिनाउने मौका पाएको छु जस्तो लाग्छ ।
कतिपय मानिस निराश भएर बाँचेका हुन्छन् । जीवनमा केही गर्न सकिएन भन्ने ठानिरहेका हुन्छन् । आर्थिक, सामाजिक र राजनीतिक दृष्टिकोणले कमजोर भएँ भन्ने भावना लिएर बाँचेका धेरै मान्छे देखेको छु मैले । तर, मैले भन्ने गरेको छु, ‘मानिस कहिले पनि निराश हुनु हुँदैन, दिनपछि रात आएजस्तै रात पनि जानेछ र ‘दिन’ आउनेछ ।’ मलाई लाग्छ, हामीले सदैव सकारात्मक दृष्टिकोणले सोच्ने गर्नुपर्छ ।
आफ्नो योग्यता र क्षमताले भ्याएको मात्र गर्नुपर्छ । आफूलाई बोझ हुने, मन नलाग्ने पेसातिर लाग्नु हुँदैन । आफूलाई रुचि भएको क्षेत्रमा गएर सामाजिक पहिचान बनाउनुपर्छ । एउटा सामान्य किराना पसलेले पनि समाजमा आघात नगर्ने गरी काम गर्न सक्छ । त्यो पसलेले कालोबजारी नगरी सही तरिकाले सेवा दिइरहेको हुन सक्छ । अझ अगाडि बढेर त्यो किराना पसलेले कम नाफा खाएर बेच्न सक्छ । यस्ता खालका मानिसले पनि समाजका लागि योगदान नै गरेका हुन्छन् ।
भूगोलमा एमए पूरा गरेपछि मैले जागिरे जीवन सुरु गरेको थिएँ । परिवारमा पनि पढाइ पूरा गरेपछि जागिर खानुपर्छ भन्ने मान्यता थियो । त्यति वेला जागिर खाने भनेपछि सरकारी जागिर मात्र हुन्थ्यो । निजीस्तरमा कम्पनी वा अफिसहरू केही पनि थिएनन् । नापी विभागबाट नापी अधिकृतको रूपमा प्रवेश गरे । धेरै प्रतिस्पर्धीबीच अन्तर्वार्ताबाट प्रवेश गरेको हुँ मैले । तर, नापी अधिकृत भए पनि अस्थायी नै थियो । पछि लोकसेवा आयोगले लिएको परीक्षा पास गरेर स्थायी भए ।
मैले जागिर खाने वेलामा युएनडिपीबाट आएका मिस्टर जेआर जी हप नापी विभागमा माथिल्लो निकायका निर्देशक थिए । उनलाई कर्मचारी तथा निजामती नियमावलीलाई आफूअनुकूल प्रयोग गर्ने अधिकार थियो । मलाई लाग्छ, त्यसवेला नापी विभागमा राम्रो काम गर्ने मान्छे नभएर त्यस्तो अधिकार दिइएको होला जस्तो लाग्छ । यो ०२२ सालको कुरा हो ।
नियुक्त भएको तीन महिनासम्म मलाई उक्त अंग्रेजबाट ब्रिफिङ गराएको थियो । ती कर्मचारीले सर्भेयर यस्तो हुनुपर्छ, यस्तो नैतिकता हुनुपर्छ, आचारसंहिता यस्तो हुनुपर्छ भनेर तालिम दिएका थिए । कर्मचारीका रूपमा फिल्डमा गइसकेपछि एकदमै शुद्धताका साथ काम गर्नुपर्छ भन्ने जस्ता कुरा पनि सिकाएको थियो ।
तीन महिनाको ब्रिफिङ पूरा गरेपछि म झापा गएँ । पछि मोरङ, सुनसरी, कास्की जिल्लामा पनि काम गरेँ । काठमाडौंको नापी विभागको योजना शाखामा १२ वर्ष व्यतित गरेँ । एउटै कार्यालयमा सबैभन्दा बढी त्यहीँ बिताएको हुँ । बढुवा हुँदै जाने क्रममा नापी विभागको महानिर्देशक पनि भएँ ।
मेरो अवकाशको कथा फरक छ । म अवकाश भएको उमेर हद पुगेर पनि होइन, सेवा अवधि पुगेर पनि होइन । निजामती सेवामा सरकारले चाहेमा अवकाश दिन सक्छ । अनिवार्य अवकाश नपुगेर २० वर्ष सेवा पुगेपछि अवकाश पाएको हुँ । उमेर र सेवा अवधि दुवै हुँदै हटाइयो । त्यस वेला मेरो उमेर ५१ थियो । यो ०४९ सालतिरको हो । यसको एउटा पृष्ठभूमि छ । मेरै अनुरोधमा जाइकाबाट उपलब्ध गराएको गाडीमा तत्कालीन मन्त्री जगन्नाथ आचार्य चढ्नुहुन्थ्यो । जाइकाले ६ महिनाका लागि मात्र गाडि उपलब्ध गराएको थियो । तर, मन्त्रीले ६ महिनापछि पनि गाडी फिर्ता गर्नुभएन । त्यसवेला जाइकाले गाडी नहँुदा लुम्बिनी क्षेत्रमा काम गर्न सकिएन, गाडी चाहियो भन्दै दबाब दिइरहेको थियो ।
जाइकाले बेइज्जत गर्ने अवस्था आउन लागेपछि मैले मन्त्रीलाई एक किसिमले दबाबै दिएर फिर्ता गराएको थिएँ । गाडी फिर्ता गराएपछि तत्कालीन भूमिसुधार व्यवस्था विभागका महानिर्देशक भेषराज शर्माले मसँग मन्त्री रिसाएको कुरा सुनाएका थिए । नभन्दै पछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका वेला दुई हजार सात सय कर्मचारी छटनी गर्ने वेलामा मेरो पनि नाम परेको रहेछ । मैले त्यति वेला अरू केही ‘बिराम’ गरेको थिइनँ । नापी विभागको महानिर्देशक हुँदा अमिनको सरुवा ६-६ महिनामा मात्र गर्न पाउने थिति बसालेको थिएँ । त्यो वेला अमिनको एकदमै छिटोछिटो सरुवा हुन्थ्यो । राम्रै काम गर्दा पनि मलाई हटाइयो ।
मेरो उमेर र सेवा अवधि हुँदाहुँदै अवकाश दिए पनि पेन्सन भने दिइयो । त्यसैले मेरो जीवन दर्शन जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने छ । मेरो जीवनमा पनि जे भयो राम्रैका लागि भयो किनभने मैले नापी विभागको महानिर्देशकबाट अवकाश नपाएको भए नेपालको सिमाना भन्ने किताबबाट मदन पुरस्कार पाउने थिइनँ । यति धेरै जनासँग चिन्ने मौका पाउने थिइनँ । नापी विभागको जागिर खाएर सचिव भएर रिटायर्ड हुन्थेँ होला । अवकाशपछि यति वर्षको भइयो, के गर्नु अब भन्ने हुन्थ्यो होला । खालि घरको दलिन गनेर बस्ने मात्र काम हुन सक्थ्यो । उमेरमै अवकाश पाएको हुनाले यति धेरै काम गर्ने अवसर पाएँ । यसमा म खुसी छु ।
वास्तवमा यति धेरै मान्छेले चिन्लान्, सम्मान गर्लान् भन्ने मैले कहिल्यै सोचेको थिइनँ । किताब लेखेको हुनाले यति धेरै चर्चा–परिचर्चा भएको हो ।
अवकाश भएको सात–आठ महिनापछि झापाको भद्रपुरमा जंगे पिलरको अध्ययन गर्ने मौका मिल्यो । त्यस वेला त्यो पिलरलाई मूल पिलर नभनेर साँची पिलर भनियो । मैले जाने–बुझेसम्म त्यो मूल पिलर नै थियो । तर, भारतीय पक्षबाट मूल खम्बा नभएर साँची पिलर भनियो । हुँदाहुँदा साँची पिलर सारेर भद्रपुरको विद्यालयको आधा गाउँ भारततिर पारिएको रहेछ । यस्तो व्यवहार गरेपछि मैले कैयौँ पुराना दस्ताबेज खोतल्न थालेँ । आफैँ अध्ययन गर्न थालेँ । यथाशक्य खोज गरेपछि ‘जंगे खम्बाको दर्जा’ शीर्षकमा लेखेँ पत्रिकामा । त्यो जंगे पिलर मूल पिलर हो, साँची पिलर होइन, त्यसकारण सीमा मिचिएको भन्ने लेखको सारांश थियो । लेख लेखेपछि धेरै प्रतिक्रिया आए । त्यसपछि मलाई धेरै हौसला मिल्यो । आफूले गरेको अनुभव र थप खोज अनुसन्धान गरेर पुस्तक लेख्ने सोच बनाएँ । अन्ततः ‘नेपालको सिमाना’ तयार भयो । पुस्तक बजारमा आएको ६–७ महिनापछि मदन पुरस्कार पाएँ । यो पुस्तक र पुरस्कारले धेरैजनासँग चिन्ने मौका दियो ।
मदन पुरस्कार पाएपछि त्यसै चुप लागेर बसिनँ । अहिलेसम्म मैले आठवटा पुस्तक प्रकाशित गरिसकेको छु । मेरा नेपालको सिमाना, सीमा संग्राम, भारत–नेपाल सीमावर्ती बाँध, जंगे बुद्धे, राष्ट्रिय सुरक्षाको सन्दर्भमा सीमा व्यवस्थापन, बोर्डर म्यानेजम्यान्ट अफ नेपाल, सिमानाको ज्ञान पुस्तक प्रकाशित छन् । जंगे बुद्धे नामक पुस्तक भर्खर बजारमा आएको हो । त्यो पुस्तकको सार ‘नेपालको सिमाना जंगबहादुरले गाडेको हो, त्यो मेटिनुहुँदैन, त्यो सिमाना मेटिए नेपालको अस्तित्व नै तलमाथि हुन्छ’ भन्ने छ ।
म पूर्वी पहाडी जिल्ला ओखलढुंगामा जन्मेको हुँ । ६–७ वर्षको उमेरसम्म जुत्ताचप्पल लगाउने चलन नै थिएन । घरमा पढाउने कोही थिएन, स्कुलमा नै बाह्रखरी सिकेको हुँ । मेरा गुरु प्रमुख निर्वाचन आयुक्त रहिसक्नुभएका भोजराज पोखरेलका बुबा हुनुहुन्थ्यो । गुरुलाई टपरीमा एक माना चामलमाथि ५ पैसा तामाको ढ्याक राखेर गुरुदक्षिणा गरी अक्षर सिक्न सुरु गरेको थिएँ । ओखलढुंगाको सगरमाथा स्कुलमा आठसम्म पढेँ । त्यसपछि कक्षा ९ पढ्न काठमाडाैँ आएँ ।
एसएलसी पास गरेपछि जीवनमा धेरै शिक्षा आर्जन गर्नुपर्छ भन्ने लाग्यो । त्यस वेलाको समाजमा पढाइभन्दा जग्गा–जमिन, गाईभैँसी, पैसा हुनेलाई मान्ने गरिन्थ्यो । त्रिचन्द्र क्याम्पसबाट भूगोलमा बिए गरेँ । एमएचाहिँ त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट गरेँ ।
युवा अवस्थाको ऊर्जावान् समय भरपूर सदुपयोग नै गरेँ । युवा अवस्थामा गर्नुपर्ने सबै काम गरे जस्तो लाग्छ । त्यसो त अहिले पनि काम गरिरहेको छु । विद्यार्थी जीवनमा पनि निकै घोटिएर पढेँ । जीवनमा जागिरे हुँदा पनि राष्ट्रलाई हानि हुने काम गरिनँ । अवकाश भएपछि नेपालको सिमानासम्बन्धी पुस्तक लेख्ने काम गरेँ । सिमानाबारे मात्र नभई नापी–नक्सासम्बन्धी पुस्तक पनि लेखेको छु ।
७५ वर्ष पुगिसक्दा पनि समय खेर फालेको छैन । धेरैजसो समय लेखपढमै बिताएको छु । एउटा विश्व प्रख्यात भनाइ छ, ‘एक पाना लेख्नका लागि १० पाना पढ्नुपर्छ ।’ त्यसकारण लेख्नकै लागि पनि नियमित पढ्ने गर्छु । बोलाएका वेला पुस्तक विमोचनमा पनि पुग्ने गर्छु । अझै लेखपढ गर्ने योजना छ । केही दिनभित्रै भूकम्पसम्बन्धी पुस्तक प्रकाशित गर्ने योजना बनाएको छु । यसमा भूकम्पका विविध विषय समेटिनेछन् ।
प्रस्तुति : वीरेन्द्र ओली
तस्बिर : अमुल थापा
– See more at: http://www.enayapatrika.com/2017/01/118206#sthash.hqeIkc9i.dpuf
Filed under: Uncategorized | 2 Comments »
Published in Naya Patrika Daily, 7 January 2017
Filed under: Uncategorized | Leave a comment »