Resigned from Prime Ministerial post Removing Indian Army Check-posts

Resigned from Prime Ministerial post

Removing Indian Army Check-posts

1197582

भारतीय सेना हटाएर प्रधानमन्त्री पद त्याग

Karobar Daily, November 12, 2017     २६ कार्तिक, २०७४ ३:१६ दिउँसो     मातृका दाहाल

प्रधानमन्त्री  : सरकार ! म राष्ट्र र जनताको पक्षमा एउटा निर्णय लिने निष्कर्षमा पुगेको छु, महाराजबाट साथ र सहयोगको खाँचो छ ।
राजा : त्यस्तो निर्णय के हो ? भन न ।
प्रधानमन्त्री : भारतीय सेना नेपालको उत्तरी सीमानामा बसेर छिमेकीविरुद्ध जासुसी गरिरहेका छन्, यसलाई अन्त्य गर्न सीमाको चेकपोस्ट हटाउने मेरो योजना छ महाराज ।
राजा :  (एकछिन घोरिँदै) ठीक छ, तिम्रो सोच नेपालको सार्वभौम राष्ट्रको पक्षमा छ, निर्णय गर । मेरो पूर्ण समर्थन छ, तर एउटा सर्त मान्नुपर्छ तिमीले ।
प्रधानमन्त्री : (केही झस्किँदै), के सर्त हो सरकार ?
राजा :  भारतीय चेकपोस्ट हटाउने निर्णय गरेर तिमीले राजीनामा दिनुपर्छ, केहीपछि फेरि तिमीलाई नै म प्रधानमन्त्री बनाउँछु । यो निर्णय कूटनीतिक क्षमता र हाम्रो सार्वभौम राष्ट्रको पक्षमा हुनेछ ।

२०२७ साल जेठमा तत्कालीन राजा महेन्द्र र प्रधानमन्त्री कीर्तिनिधि विष्टबीच नेपालको उत्तरी सीमानामा स्थापना गरिएका भारतीय सैनिक चेकपोस्ट हटाउने विषयमा भएको संवाद हो यो ।
भारतीय चेकपोस्ट हटाउने निर्णय लिएर राजदरबार जाँदा भएको संवादबारे तत्कालिन प्रधानमन्त्री विस्टले सार्वजनिक समारोह र आफूसँगको भेटमा खुलस्त रुपमा भनेको नेपाल भारत मामिलाका जानकार तथा सीमाविद् वुद्धिनारायण श्रेष्ठको भनाइ छ । राजा महेन्द्रसँग भएको कुराकानीअनुसार नै विष्टले १९ वर्षपछि २०२७ असार ४ गते उत्तरी सीमानाका सबै भारतीय चेकपोस्ट हटाइदिए । चेकपोस्ट हटाएपछि उत्पन्न परिस्थिति सामना गर्नेगरी भएको आन्तरिक सहमतिअनुसार राजा महेन्द्रले प्रधानमन्त्री विष्टलाई पनि हटाए ।

Photo Kirti Nidhi
“नेपालबाट भारतीय सेना फिर्ता पठाउन तत्कालिन राजा महेन्द्र र प्रधानमन्त्री विष्टबीचको कूटनीतिक दूरदर्शिता र क्षमता नभइदिएको भए आजपनि भारतीय सेना नेपालमा रहने खतरा थियो,” विष्टसँग सामिप्यता रहेका सीमाविद् श्रेष्ठ भन्छन्, “नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वभिमान जोगाउन विष्टले लिएको कदम सबै नेपालीका लागि गर्व गर्ने विषय हो ।” राजा महेन्द्र चेकपोस्ट हटाउने मौका कुरेर बसेको तर भारतले २०१९ सालको जस्तै पुनः नाकावन्दी लगाउन सक्ने र त्यसबाट जनताले दुःख पाउने भयले यसबारे निर्णय लिन नसकेको कुरा विष्टले आफूलाई बताएको सीमाविद् श्रेष्ठ सम्झन्छन् ।

नेपालको सार्वभौम राष्ट्र र राष्ट्रिय सुरक्षामा समेत प्रश्न उठ्नेगरी राखिएको चेकपोस्ट हटाइएपछि विष्टको राष्ट्रवादी छवि उच्च भएको थियो । उनै विष्टको शनिबार ९१ वर्षको उमेरमा निधन भएको छ । २००८ साल माघ २२ गते तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले तिब्बतमाथि जासुसी गर्ने योजनासहित भारतीय सेनाको चेकपोस्ट राख्न स्वीकृति दिएका थिए ।
२०१७ सालको राजनीतिक कू पछि महेन्द्रले ती चेकपोस्ट हटाउन प्रयत्न पनि गरे । अन्य प्रधानमन्त्रीहरूले पनि पहल गरे पनि नसकेको सीमाविद् श्रेष्ठको तर्क छ ।

उत्तरतर्फ चीनसँग जोडिएको ८ सय ८५ किमि लम्बाइमा भारतले वि.सं. २००८ देखि २०२७ असार २२ गतेसम्म अत्याधुनिक हातहतियार र सञ्चार सेटसहितका सैनिक दस्ता राखेको थियो । सीमाविद् श्रेष्ठका अनुसार उत्तरतर्फका १८ पोस्टमध्ये प्रत्येकमा १५ देखि २० जना भारतीय सेना र सहयोगीका रुपमा थप ५ देखि ७ जना नेपाली सेनाका जवान खटिने गरेका थिए । काठमाडौंस्थित भारतीय दूतावासमा समेत चेकपोस्टका लागि करिब डेढ सय सैनिक रिजर्भ फौजका रुपमा तैनाथ गराइएको थियो । चेकपोस्टका लागिमात्रै ५ सयको हाराहारीमा भारतीय सैनिक नेपालमा हतियारसहित आएका थिए । चेकपोस्ट हटाइएपछि विष्टमाथि भारतीयले चीनको पक्षपाती भन्दै अफवाह समेत फैलाएको थियो । विष्ट नेपाल र नेपालको सार्वभौमिकता विरुद्ध कहिल्यै सम्झौता नगर्ने र विगतमा गरिएका गलत सम्झौताको ठाडै परास्त गर्ने स्वभावका देशभक्त राजनेता भएको सीमाविद् श्रेष्ठको तर्क छ । २०३० सालमा सिंहदरबारमा आगलागी हुँदा पदबाट राजीनामा दिएका विष्ट नैतिकवान राजनीतिज्ञका रुपमा पनि परिचित थिए ।

सीमविद् श्रेष्ठ भन्छन्, “सरकार प्रमुख र राष्ट्रप्रमुख मिले भने देशविरुद्ध भएका कुनै पनि सन्धीसम्झौता र निर्णय खारेज गर्न कसैले पनि रोक्न सक्तैन भन्ने वलियो प्रमाण राजा महेन्द्र र प्रधानमन्त्री विष्टबीचको कूटनीतिक चातुर्यताले देखाउँछ ।”

 

 

Advertisements

4 Responses

  1. Thank you, SirVery impressive article. Regards,

    Like

  2. Chinese source quote 1414 km as the length of Nepal-China border. Mr. BN Shrestha is Nepal’s border hand. It will be really great if he also gives us story relating to “shifting” of Nepal’s western border towards the east.

    Like

  3. According to the last Nepal-China Boundary Protocol, it is 1439.18 Km.

    Like

  4. Thank you. I am encouraged.

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: