Ghost of Earthquake

Ghost of Earthquake

Reviewed by :

Padma Singh Karki

on the book ‘Knowledge on Earthquake’ authored by :

Buddhi Narayan Shrestha

 

BhukampaKo Bhut

Advertisements

Capital of Federal States

Capital of Federal States

Everest-1

Buddhi Narayan Shrestha

प्रदेशको राजधानी कहाँ?

बुद्धिनारायण श्रेष्ठ

भौगोलिक र जनसांख्यिक भार सन्तुलित हुन सक्ने स्थल प्रादेशिक राजधानीका रूपमा

छनोट गर्न सकिए प्रदेशको भूमिका सफल हुनसक्छ । 

 निर्वाचन मतदान सम्पन्न भएपछि प्रतिनिधिसभा तथा समानुपातिक उम्मेदवारको मतगणना केही अघि सकिए पनि प्रदेशसभाको समानुपातिकतर्फको परिणाम हालै प्रकाशित भएको छ । प्रदेशसभामा प्रतिस्पर्धा गरेका ५३ वटा राजनीतिक दलमध्ये कुन दलले कति सिट पाउन योग्य मानिन्छन् भनी तोक्ने कार्य भइरहेको छ ।

समानुपातिक सिट बाँडफाँड सम्पन्न भएको केही समयभित्रै प्रदेशसभाको बैठक बस्नुपर्ने हुन्छ । तर प्रदेशसभाको राजधानी कहाँ राख्ने र प्रदेशको नामावली के राख्ने भन्ने टुंगो अहिलेसम्म लाग्नसकेको छैन । यद्यपि यी कार्य प्रदेशसभाले नै गर्नुपर्छ ।

 

प्रदेशसभाको राजधानी कुन सहर (स्थान) लाई तोक्ने भन्ने सम्बन्धमा निर्वाचन प्रचार–प्रसार समयदेखि अहिलेसम्म पनि पराजित तथा विजेता उम्मेदवारहरूले आ–आफ्नै तरिकाले लबिङ गरिरहेका छन् । उदाहरणार्थ, प्रदेश नं. १ को राजधानी विराटनगर या इटहरी या धनकुटा भनी आपसमा लुछाचुँडी भइरहेको छ । वास्तवमा के कस्तो आधारभूत तत्त्व मौजुदा रहेको स्थानलाई राजधानी तोक्न उपयुक्त हुन्छ भन्ने सम्बन्धमा यहाँ विवेचना गर्न लागिएको छ ।

 

छनोटको आधारभूत तत्त्व

प्रदेशको राजधानी स्थल छनोट गर्ने आवश्यकीय तत्त्वमध्ये भूगोल, जनघनत्व, पूर्वाधार, सेवासुविधा महत्त्वपूर्ण हुन्छन् । अन्य तत्त्व पनि सकारात्मक रहे प्रदेशको भौगोलिक सीमारेखाको करिब मध्यभागको सहरलाई तोकिए निकै सकारात्मक छनोट मानिन सक्छ । प्रदेश भित्रका चारै दिशाका जनता आफ्नो कामकाजका लागि समदूरीका हैसियतमा राजधानी आउन–जान सक्ने हुनाले समान दृष्टिकोणका आधारमा यो न्यायोचित पनि हुन जान्छ । दोस्रो, जनसांख्यिक घनत्वको बिचौला क्षेत्रलाई राजधानी तोकिए बहुसंख्यक जनतालाई सुविधा पुग्ने हुन्छ । तेस्रो, पूर्वाधार विकास भएको सहर/बस्तीलाई राजधानी बनाइए प्रदेशभित्रका जनता राजधानीमा आएकै दिन आफ्नो कार्य/व्यवसाय सम्पन्न गरी घर फर्कन सक्ने हुन्छन् । यस्ता राजधानी राजमार्ग, सहायक मार्ग, हवाइमार्ग, केबलकार मार्गले जोडिएको हुनसक्छ । सार्वजनिक यातायातका साधन प्रशस्त मात्रामा बिहान–बेलुकीसम्म पनि आवागमन हुने स्थल राजधानीका लागि अत्युत्तम कोटीमा पर्न सक्छन् । तर यसमा पनि समदूरीलाई केही मात्रामा आधार मान्न सक्नुपर्छ । चौथो, सेवा–सुविधा उपलव्धताका आधारमा पनि राजधानी स्थल छनोट गर्न सकिन्छ । प्रदेश भित्रका राजनीतिकर्मीदेखि समाजसेवी र सामान्य नागरिक विभिन्न प्रयोजनका लागि राजधानी पस्दा त्यहाँ खान–बस्न होटल–रेष्टुराँको सुविधा, भौतिक सामग्रीको उपलव्धता भएको हुनुपर्छ । यस्तै स्वास्थ्य, शिक्षा, परामर्श सेवा उपलव्ध हुनु पनि उल्लेखनीय हुनसक्छ ।

 

माथि उल्लिखित आधारभूत तत्त्वहरू विद्यमान रहेको सहर छान्नसके अथवा बनाउनसके त्यस प्रदेशले चाँडै उन्नति गर्न सक्छ । प्रदेशले जनतालाई दिने सुविधा प्रचुर मात्रामा पुग्न सक्ने हुन्छ । यद्यपि उल्लिखित चारै आधारभूत तत्त्वमध्ये भौगोलिक र जनसांख्यिक भार सन्तुलित हुनसक्ने स्थल प्रादेशिक राजधानीका रूपमा छनोट गर्न सकिए नेपालको संघीय प्रणालीमा प्रदेशको भूमिका सफल हुनसक्छ ।

 

अस्थायी/स्थायी राजधानी

अहिले विभिन्न राजनीतिक दलले प्रदेशको राजधानी तोक्न प्रस्ताव गरेका कतिपय स्थलमा पूर्वाधार नै नभएको पनि पाइएको छ । कतिपय स्थानमा प्रदेशसभाको बैठक भवन नै नभएको, मुख्यमन्त्रीको कार्यालय र आवास हुनसक्ने भवन अभाव छ भने सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्य सचिव, सचिवको कार्यालय हुनसक्ने भवन पाउन सकिएकोछैन, उनीहरूको आवास त परै जाओस् । प्रदेश नं. ४ को राजधानी पर्यटकीय महानगर पोखरा तोकिने छलफल भइरहेको छ । त्यस प्रदेशको प्रसंगमा पनि त्यहाँ पदाधिकारीहरूको कार्यालय र निवास कहाँ गर्ने भनी ठम्याउन अप्ठेरो परिरहेको छ । बल्लतल्ल नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको भवनमा प्रदेश सभास्थल तोक्न सकिन्छ भन्न लागिएको छ । यस्तो अवस्थामा प्रदेशको राजधानी छान्न तामझाम भएको सहर–बजार पाइएन भन्नुभन्दा प्रदेशसभा सुगमताका साथ सञ्चालन हुनसक्ने सहरलाई लिनुपर्छ ।

 

हाललाई जेनतेन

काम चल्न सक्ने माथि उल्लिखित तत्त्वमध्ये अधिकांशसुविधा भएको स्थललाई राजधानी तोक्दै कार्य सुरु गर्नु बुद्धिमत्तापूर्ण ठहरिन्छ । हाल अस्थायी राजधानीमा रहँदै प्रदेशले भविष्यमा स्थायी राजधानी निर्माण गर्नेतर्फ सकेसम्म चाँडो पाइला चाल्न सक्नुपर्छ ।

 

२१ हजार ५ सय ४ वर्ग किलोमिटर क्षेत्रफल र २४ लाख १३ हजार ९ सय ७ जनसंख्या भएको प्रदेश नं. ४ को राजधानी भूगोल, जनसंख्या, पूर्वाधार विकास र सेवा–सुविधा उपलव्धिका आधारमा पोखरा छनोट गर्नु उपयुक्त हुनसक्छ । १४ जिल्ला रहेको प्रदेश नं. १ को राजधानी अस्थायी रूपमा विराटनगर छनोट गरी स्थायी राजधानीको रूपमा धनकुटा सदरमुकामभन्दा उत्तरको वसन्तपुर क्षेत्रलाई विकास गर्नु उत्तम ठहरिन सक्छ । प्रदेश नं. ३ का लागि मुलुकको राजधानी काठमाडौं महानगर अतितृप्तिमा पुगेकाले भक्तपुरको सानोठिमी क्षेत्रलाई प्रादेशिक राजधानीका रूपमा विकास गर्नु व्यावहारिक हुनसक्छ ।

 

प्रदेशको राजधानी हुन ठूलो सहर नै हुनुपर्छ भन्ने केही छैन । तर सानो सहरमा माथि उल्लिखित आधारभूत तत्त्व हुनुपर्छ । उपमाका निम्ति पाकिस्तानको ठूला सहर कराँची, लाहोर हुन् । तर राजधानी सानो सहर इस्लामावादमा छ । अमेरिकाको सबभन्दा ठूलो महानगर न्युयोर्क मानिन्छ । तर न्युयोर्कभन्दा क्षेत्रफल र जनसंख्या कम रहेको वासिङटन डिसीमा राजधानी छ ।

 

नेपालमा केही अवधिका लागि अस्थायी प्रादेशिक राजधानीबाट कामकुरो तीव्र पार्दै पाँच–दस वर्षको दौरानमा अर्काे सहरलाई स्थायी राजधानीमा परिणत गर्न पनि सकिन्छ । उदाहरणार्थ, अफ्रिकी मुलुक तान्जानियाले आफ्नो राजधानी दारेस्सलामबाट डोदोमामा सारेको छ । भारतको राजधानी पहिले कोलकाता थियो । नयाँदिल्लीका रूपमा विकास गरेपछि राजधानी दिल्ली सारिएको हो ।

 

नामांकन

प्रदेशको नामांकन गर्दा सकेसम्म छिमेकी मुलुक र विश्वमा समेत राष्ट्रको पहिचान हुनसक्ने प्रकारको नाम चयन गर्नु अत्युत्तम हुन्छ । यसमा राष्ट्रिय गौरव झल्कने ताल, हिमचुली, ऐतिहासिक स्थल, सांस्कृतिक पहिचान, राष्ट्रिय विभूति, मूर्धन्य व्यक्तित्व, विशिष्ठ स्थान आदिलाई आधार लिन सकिन्छ । जस्तो, प्रदेश नं. ४ लाई फेवा प्रदेश, ६ लाई रारा, १ लाई सगरमाथा, २ लाई विद्यापति, ५ लाई गौतमबुद्ध, ३ लाई कान्तिपुर अनि ७ लाई खप्तड प्रदेशका रूपमा अपनाउन सकिन्छ ।

 

विगतको पाठ

नेपालमा विगतमा विकास क्षेत्र, अञ्चल, जिल्ला सदरमुकाम तोकिँदा र त्यस्ता सदरमुकाम कामयाव हुनसकेको–नसकेकोभन्ने अनुभवबाट पनि हाल प्रदेशको राजधानी कहाँहुनसक्छ या सक्दैन भन्ने ज्ञान लिन सकिन्छ । त्यस समय मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम सुर्खेत र पूर्वाञ्चलको धनकुटा तोकिएको थियो । केही समय ती स्थान सदरमुकामका रूपमा रहे । तर व्यावहारिक रूपमा सुर्खेतको बदला नेपालगन्ज र धनकुटाको बदला विराटनगरबाट नै प्रशासनिक कार्य गरियो । त्यसबखत दसवर्षे अवधिमासुर्खेत र धनकुटाको नगर विकास भौतिक रूपले पर्याप्त मात्रामा गरिएको भए ती सहरलाई अहिले प्रदेशको राजधानी तोक्न आनाकानी गर्नुपर्ने थिएन ।

 

तत्कालीन सगरमाथा अञ्चलको सदरमुकाम सप्तरी जिल्लाको राजविराज तोकिएको थियो । तर सोलुखुम्बु जिल्लाका नागरिकलाई अञ्चलको उत्तर छेउबाट दक्षिण छेउसम्म जान–आउन कठिनाइ भएकोले सदरमुकाम राम्ररी सञ्चालन हुन सकेन । रामेछाप जिल्ला सदरमुकाम पहिले रामेछाप बजार तोकिएकोमा पछि मन्थली सारिएको थियो । नेपालको साविक ३२ जिल्लालाई ७५ जिल्लामा विभाजन गर्ने क्रममा बाटोघाटोको विकास भइनसकेकाले पूर्वाधार र सेवा–सुविधालाई ध्यानमा राखी सदरमुकाम तोकिएको थियो । अहिले ७४ जिल्ला सदरमुकाममा सडक सञ्जाल जोडिइसकेकाले प्रदेशको राजधानी तोक्न पूर्वाधारलाई प्राथमिकता दिनु खासै आवश्यक पर्दैन ।

 

अन्त्यमा,

माथिको प्रसंगलाई उपमाको रूपमा उल्लेख गर्नुपर्दा अहिल्यै पनि ९ जिल्ला भएको प्रदेश नं. ७ को अस्थायी राजधानी धनगढीमा राखी भौगालिक तत्त्वको मध्यभागमा पर्ने सिलगडी डोटीलाई स्थायी राजधानीका रूपमा विकास गर्न थालिहाल्नुपर्छ । यसरी भूगोल र जनसंख्याको आधार तत्त्वबीच सन्तुलन भएको र पूर्वाधार तथा सेवा–सुविधाले टेवा पुर्‍याएको सहर/बजारलाई राजधानीको रूपमा स्थापित गरी प्रदेशसभाको कार्य सञ्चालन गर्नुपर्छ । यस्ता आधारभूत तत्त्व नभए तत्काल अस्थायी राजधानी तोकी नयाँ राजधानी निर्माण गर्ने कार्य आरम्भ गर्नु बुद्धिमानी ठहरिन्छ ।

bordernepal@gmail.com

 

Kalapani Border Indian Camp

Kalapani Border Indian Camp

Buddhi Narayan Shrestha

Buddhinarayan Shrestha. Photo: Bijay Gajmer/Republica/Nagarik

Picture2

 

Picture3

Nepal-China Postponed Tension

Nepal-China Postponed Tension

Buddhi Narayan Shrestha

Kantipur Bharat-Chin Sthagit Tanaw

Regarding Koshi Barrage

Regarding Koshi Barrage

Interviewed by: Parsuram Kafle,

Senior Journalist, Naya Patrika Daily

to:

Buddhi Narayan Shrestha

Naya Patrika

Book: Knowledge on Earthquake

Book:

Knowledge on Earthquake

By

Buddhi Narayan Shrestha

Bhukampa Frontcover (1)

 

Bhukampa Back Cover

            Table of Contents

                  विषय सूची

 

अध्याय- १ : सैद्धान्तिक

१. भूकम्प भनेको के हो –

२. पृथ्वीको बनावट र भूकम्प

३. भूकम्प छुट्ने कारण

  • भुइँचालो कसरी छुट्छ ?
  • नेपालमा भूकम्प कसरी गयो ?
  • किन जान्छ नेपालमा भुइँचालो ?

४. भूकम्पको रिक्टर/म्याग्निच्युद् भनेको के हो ?

५. भूकम्पमापक यन्त्र सिस्मोमिटर

६ .भूकम्पको वर्गीकरण र यसको शक्ति

७. भूकम्पको तरंग

८. पृथ्वी कम्पन (मुख्यकम्पन, पराकम्पन, पूर्वकम्पन)

९. भूकम्पको केन्द्रविन्दु (इपिसेन्टर र हाइपोसेन्टर)

१०. टेक्टोनिक ल्पेट र यसको वर्गीकरण

११. टेक्टोनिक प्लेटमा चिरा/धाँजा

१२. भूकम्पको भविष्यवाणी र पूर्वानुमान

१३. भूकम्प आउनुअघि पशुपक्षीले अस्वाभाविक व्यवहार देखाउँछन्

१४. २०७२ को भूकम्पले कतै होचो कतै अग्लो

१५. भूकम्पबाट कसरी बँच्ने ?

 

अध्याय-२ : सम्वत् २०७२ सालको भूकम्प

१६. २०७२ सालको महाभूकम्पको विवरण

१७. महाभूकम्प र त्यसको पराकम्पन झट्का (आफ्टर शक) संख्या

१८. पराकम्पन (झट्का) हरुको महिनावारी संख्या

१९. पराकम्पन (झट्का)हरुको रेक्टर स्केलअनुसारको संख्या

२०. भूकम्प र पराकम्पनको केन्द्रविन्दुको संख्या

१५  वैशाख १२ मा कसरी हल्लियो काठमाडौं ?

२१. महाभूकम्पले उब्जाएको सन्त्रास

२२. अर्को महाभूकम्प कहिले ?

२३. महाभूकम्पको पूर्वजानकारी

२४. भूकम्पबारे नेपालीले जान्नैपर्ने तथ्य

२५. २०७२ सालको भूकम्पले पुर्‍याएको क्षति तथा अन्य विवरण

 

अध्याय-३ : २०७२ सालको भूकम्पको अनुभव

२६. यस पुस्तकका लेखकको आफ्नै भोगाइ

२७. झर्रर्ााचन्तक तथा लेखक खगेन्द्र संग्रौला (भूकम्पः एक सचेतक, एक दण्डकर्ता)

२८. भर्ूगर्भवेत्ता डा. दीपक चम्लागाँइ (फेरि आउला भूकम्प ?)

२९. सञ्चारकर्मी ध्रुव दङ्गाल (मृत्युद्वारबाट उम्कँदा)

३०. हिमाल पथपर््रदर्शक कुलवहादुर थापामगर (हिमपहिरोले मलाई पनि बगायो)

 

अध्याय-४ : सम्वत् १९९० सालको महाभूकम्पको बयान

३१. इतिहास शिरोमणि बाबुराम आचार्य (९० सालको भूकम्पको बयान)

३२. राष्ट्रकवि माधवप्रसाद घिमिरे (९० सालको भूकम्पको भोलिपल्ट कविता लेखें)

३३. वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी (नब्बे सालको रुख नाच)

३४. युगकवि सिद्धिचरण श्रेष्ठ -कलममा ९० सालको भुइँचालो)

३५. इतिहास विश्लेषक ज्ञानमणि नेपाल (भूकम्पले सिकाएको पाठ)

३६. मेजर जनरल ब्रम्हशमशेर जबरा (९० सालको महाभूकम्प)

३७. सरदार भीमबहादुर पाँडे (महा-भूकम्प)

 

अध्याय-५ : टिपन-टापन

३८. सम्वत् २०७२ र १९९० सालको महाभूकम्पको तुलनात्मक विवरण

३९. ऐतिहासिक कालमा नेपालमा गएको भूकम्प

४०. जंग बहादुरले भूकम्पजस्ता दैवीप्रकोपका लागि कोष खडा गरेका थिए

४१. ९० सालको भूकम्पको केहीपछि जुद्धशमशेरले यसो भनेका थिए

४२. ७२ सालको भूकम्पका सम्बन्धमा प्रधानमन्त्री सुशील कोइरालाको सन्देश

४३. विश्व हल्लाएको महाप्रलयकारी मुख्य भूकम्पहरु

४४. २०७२ सालको महाभूकम्पपछि विश्वका अन्य स्थानमा गएका मुख्य भूकम्पहरु

४५. भूकम्प सम्बन्धी शव्दावलीको परिभाषा

४६. सर्न्दर्भ सामग्री

४७. फोटो ग्यालरी (भूकम्पले पुर्‍याएको प्रतिनिधिमूलक क्षति भएको फोटोहरु)

४८. सामान्य नाम सूची

Book published by: Ratna Pustak Bhandar,

Baag Bazar, Kathmandu, Nepal.

Consequence of Election Security

 

Consequence of Election Security

boston

Buddhi Narayan Shrestha

निर्वाचन सुरक्षा परिणाम

बुद्धिनारायण श्रेष्ठ

 

मंसिर २५, २०७४-मंसिर २१ र १० गते मतदानको दिनभन्दा निकै समयअघि नेपाल निर्वाचनमय भएदेखि सुरक्षा निकाय परिचालन गरिएको थियो । तीन घेरा भएको सुरक्षा संयन्त्रको मध्यभागमा ७२ हजार नेपाल प्रहरी र ९८ हजार म्यादी प्रहरी परिचालित थिए भने त्यसको बाहिरी घेरामा ४० हजार सशस्त्र प्रहरीबल र त्यसभन्दा पनि बाहिरको अन्तिम घेरामा ६० हजार नेपाली सेनाले परिक्रमण गस्ती गर्ने व्यवस्था गरिएको थियो । राष्ट्रिय अनुसन्धानका २ हजार ६ सय गुप्तचर खटाइएका थिए ।

यस्तो संयन्त्रको सुरक्षा अङ्ग परिचालन गर्दागर्दै पनि मंसिर १० को मतदानका दिनभन्दा २ हप्ता अघिदेखि नै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रचार–प्रसारमा हिँडेका उम्मेदवारमाथि ठाउँ–ठाउँमा शृङखलाबद्ध बम आक्रमणका घटना भए । मंसिर २१ गते मतदानको दिनसम्म विभिन्न जिल्लाका ४० भन्दा बढी स्थानमा विस्फोटनका घटना भई एक व्यक्तिले ज्यान गुमाउनुपरेको र धेरै घाइते हुनपुगेका थिए । यस बाहेक अन्य सानातिना छिटपुट घटना पनि भएका थिए । यस्ता ठूला र मझौला विस्फोटनको विवरण यसैसाथ उल्लिखित तालिकाबाट जान्न सकिन्छ ।

 

विस्फोटनको कारण

नेपाल निर्वाचनमय भएका बेला विभिन्न स्थानमा सकेट बम, प्रेसर कुकर बम, माइन बम, सुतली बम, रिमोट कन्ट्रोल विस्फोटन तथा गोली प्रहार हुनाका कारण के हो ? भन्ने कुरा गृह मन्त्रालयले बेला–बेला सुरक्षा निकायको बैठकमा गरेको छलफलबाट जान्न सकिन्छ । प्रथमत: माओवादी नेत्रविक्रम चन्द ‘विप्लव’ आफ्नो मूल पार्टीबाट असन्तोष भई फुटेर अलग्गै समूह गठन गरी निर्वाचनको विपक्षमा क्रियाकलाप गर्नाले नै हो । माओवादी केन्द्रले उनलाई समेट्न नसक्नु र उनको विचारधारालाई समन्वयात्मक धारमा ल्याउने भूमिका खेल्न नसक्नु पनि हो । दसवर्षे जनयुद्धपश्चात् शान्ति सम्झौता भएपछि पार्टीले हामीलाई वास्ता गरेनन्, जनयुद्धको मूल उद्देश्य अझै प्राप्त भएको छैन भनी असन्तोष र रोष प्रकट गर्ने व्यक्ति तथा झुन्ड भँmागिँदै गएको गृहको विश्लेषणभित्र परेको छ । यसै कारणले प्रहरीले मंसिर १० सम्ममा विप्लव समूहका ५ सय ९७ जनालाई पक्राउ गरेको थियो । तीमध्ये कतिपयलाई मुद्दा चलाइएको छ ।

दोस्रो, तराईलाई छुट्टै पहिचान भएको राज्य बनाउने भनी लागेका सीके राउतका कार्यकर्ताले पनि बेलाबखत सानातिना बम विस्फोट गराउने गरेको चर्चा रहेको छ । अहिलेसम्म तिनका १३ कार्यकर्ता पक्राउमा परेका छन् । राउतको गृहजिल्ला सप्तरीको महादेवा गाउँमा कुनै मत खसेन । तेस्रो, नयाँ संविधान नरुचाउने र आफ्नो छुट्टै पहिचान जनाउन खोज्ने भूमिगत समूहका कारण पनि छिटपुट विस्फोटका घटना भएका छन् । यस्ता जत्थाका करिब ४४ जनालाई काबुमा लिइएको छ । चौथो, जताबाट पनि पैसा बटुल, खानपिन गर, मोजमज्जा गर भन्ने घैंटे, चरी, मानङेजस्ता झुन्डका गुन्डागर्दी र भगौडा सेना/प्रहरीका कारण पनि लहडैमा केही विस्फोटनका घटना भएको छ । करिब ३ सय यस्ता गुन्डालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुरक्षा निकायका चारै अङ्गको आवश्यक मात्रामा समन्वय नहुनु र एक निकायले प्राप्त गरेको सूचना जानकारी अर्का निकायमा तुरुन्त प्रवाह गर्न नसक्नु पनि विस्फोटनका कारण हुन् । सुरक्षा संयन्त्र चाहेजति मात्रामा संवेदनशील हुन नसक्नुका कारणले नै यतिका विस्फोटनका घटना भएका हुन् ।

विस्फोटक पदार्थ कहाँबाट आउँछ ?

निर्वाचन सुरक्षालाई लिएर मंसिर ३ गते बसेको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई प्वाक्क सोधे– ‘दैनिक विस्फोट गराउने बम कहाँबाट आइरहेको छ ?’ अर्यालले सहजै जवाफ प्रस्तुत गरे– ‘खुला सिमाना छ हजुर, उतै (भारत) बाट आएका हुन् ।’ अर्यालको जवाफपछि गृह मन्त्रालयसमेत कार्यभार सम्हालेका देउवाले तुरुन्तै अर्काे प्रश्न गरे– ‘सीमामा तैनाथ सुरक्षाकर्मी के हेरेर बसेका छन् ?’ सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले झटपट रिपोर्टिङ गरे– ‘सीमा सुरक्षा पोस्टभन्दा अलग बाटो भएर विस्फोटक पदार्थ भित्रिने गरेको छ ।’

सरकार प्रमुखको उपस्थिति भएको सुरक्षा निकायको यस्तो बैठकमा सीमा सुरक्षा चौकीलाई छलेर नेपाल चुनावमय हुनुभन्दा निकै अघिदेखि विस्फोटक पदार्थ तराईबाट पहाडतर्फ लगी त्यहाँ भण्डारण गरी ठाउँ–ठाउँमा विस्फोटन गराएको निक्र्योल निकालिएको थियो । खुला सीमाका कारण यस्ता विस्फोटक सामग्री लुकाइ–छिपाइ ल्याइने गरेको कुरा पनि प्रकाश पारिएको थियो । बैठकको सिलसिलामा प्रहरी प्रमुख अर्यालले सशस्त्र प्रहरी बलसँग समन्वय गरी सीमा केन्द्रित सुरक्षामा जोड दिन मातहतका निकायलाई निर्देशन दिइएको कुरा प्रकाश पारेका थिए । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले मतदाता र उम्मेदवारको सुरक्षाको स्थिति काबुमा आएन भने अत्याधुनिक हतियारसहित अन्तिम शक्तिका रूपमा नियमसम्मत तरिकाले सेना परिचालन हुनेछ भनेका थिए ।

खुला सीमा र विस्फोटक पदार्थ आयात

विस्फोटक पदार्थ खुला सीमाबाट ल्याइने कुरा सत्य हो । यस्ता उदाहरण प्रशस्त छन् । काँकडभिट्टाबाट मंसिर १५ गते काठमाडौं जाँदै गरेको ना ७ ख ४८७६ नम्बरको बस जाँच गर्ने क्रममा दुई भारतीय नागरिक राजु विश्वास र महमद फरमान अलीलाई कुकर बम, सकेट बम तथा बम बनाउन प्रयोग हुने सामग्री र उपकरणसहित धादिङको खानीखोलामा प्रहरीले पक्राउ गरेको थियो । सुर्खेत पञ्चपुरी ढुंगे बजारमा प्रहरीले कात्तिक २४ गते यात्रुबस जाँच गर्दा भारतबाट ल्याइएको ६० थान डेटोनेटर, ५ सय ५५ थान जिलेटिन, २२ मिटर फ्युज वायर बेवारिसे बरामद गरेको थियो । यस्तै कात्तिक २४ देखि २९ सम्म बाँकेको विभिन्न स्थानमा भारतका शेरअली, रमजान खान तथा नेपालको गोपाल रोकाया, जयबहादुर बुढाथोकी कटुवा पेस्तोल, बन्दुक र गोलीसाथ पक्राउ परेका थिए । मकवानपुर सिद्धकालीको एक घरबाट डेटोनेटर, बारुद, बिजुलीको फ्युज तार, कटुवा बन्दुक गोली लगायत १८ किसिमका अवैध सामान बरामद गरिएको थियो । नेपाल प्रहरीका अनुसार मंसिर २० सम्म ६१ थान हातहतियार, २ सय ८३ राउन्ड गोली, २ हजार ३ साय डेटोनेटर, १३ केजी बारुद, ५ सय ८० पटाका तथा केही विस्फोटक पदार्थ बरामद भएको छ । विस्फोटक पदार्थदेखि साना हतियारको तस्करी धन्दाको रुट नै खुला सीमा–नाका बनेको सुरक्षा निकायको बुझाइ रहेको छ ।

सीमानाकामा सतर्कता

निर्वाचन उम्मेदवारलाई लक्षित गरी दिनहुँजस्तै विस्फोटन हुने गरेपछि सुरक्षा निकायले सीमामा कडाइ गरेको थियो । केही जिल्लामा सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती गरिएको थियो । तर सीमा–नाका विन्दुमा मात्रै सतर्क भएर निर्वाचन सुरक्षा परिणाम सकारात्मक भएको पाइएन । खुला सीमा–नाकामा पहरा गरिए बाहेक सीमारेखाका अन्य छिद्रबाट यस्ता विस्फोटक पदार्थ ओसारपसार भएको र अवाञ्छित गतिविधिमा लागेका भाडाका अपराधी भारतबाट आयातित भएका थिए । उदाहरणार्थ, भारतको जोगवनी रेल स्टेसनबाट भित्री मार्ग भएर विराटनगर रानीदेखि ३ सय मिटर उत्तर–पश्चिमको दरैया चोर–नाकाबाट निर्वाचनको ७२ घन्टे मौन समयमा समेत भारतीय नागरिक आउने क्रम जारी रहेको थियो । अन्य छिद्रबाट पनि प्रशस्तै मात्रामा यस्ता व्यक्तिहरू आउने गरेको सञ्चार माध्यमले उल्लखे गरेको थियो ।

अन्त्यमा,

निर्वाचन समयमा सुरक्षाको सकारात्मक परिणाम निकाल्न निर्वाचन प्रचार–प्रसार सुरु हुनुभन्दा निकै महिना अघिदेखि नै सीमालाई नियमन गर्नुपर्ने थियो । अन्तर्राष्ट्रिय सीमा वारपार गर्ने यात्रुलाई सीमा–नाकामा रहेको अध्यागमन चौकीमा परिचयपत्र देखाउने/स्क्यान गर्नुपर्ने व्यवस्था गरिनुका साथै सिसिटिभीले सशक्त मनिटर गरिने प्रबन्ध गर्नुपर्ने थियो । यस्तो व्यवस्था गरिएको भए विस्फोटनको जगजगी आधा घट्ने थियो । अर्काे कुरा, निर्वाचनका निम्ति खटिएका ४० हजार सशस्त्र प्रहरी बलमध्ये कमसेकम २० हजार जवानलाई खुला सीमाको छिद्र विन्दुमा तैनाथ गरिएको भए अर्काे २५ प्रतिशत जगजगी कम हुने थियो । अनि निर्वाचन सुरक्षा परिणाम सकारात्मक निक्लने थियो ।

%d bloggers like this: