Oh Bhimsen, Give me Strength !

बल देउ भीमसेनः भीमसेन भगवानलाई नमस्कार !

 

 

 

 

 

Buddhi Narayan Shrestha

– बुद्धिनारायण श्रेष्ठ
सीमा अन्वेषक तथा
मदन पुरस्कार विजेता

भीमसेन भगवान् बल र बहादुरीका निम्ति प्रख्यात छन् । पौराणिक कहावतअनुसार भीमसेनको एउटै पाखुरामा दशौं हात्ती बराबरको ताकत् रहेको हुन्थ्यो । भीमसेन देवताको तस्बीरमा उनलाई रिसालु गोला-गोला आँखा र कालो बाक्लो जंुगाका साथ हर्ेर्दैमा जङ्गी र डरलाग्दो रातो अनुहार भएको बलवानको रुपमा चित्रांकन गरेको पाइन्छ । उनले घोंडालाई हावामा उठाइरहेको, खुट्टाको घुँडा मुनि हात्तीलाई थिचिरहेको र गोमन र्सप र सिंह डराएर हेरिरहेको उनको तस्बीरमा समावेस गरिएको पनि देखिन्छ । उनको यस्तो रिसालु प्रवृत्तिको मुहारले उनको पत्नी द्रौपदीको चीरहरण गर्न खोज्ने दुशाशनलाई मार्ने प्रतिबद्धताको लाक्षणिकता जाहेर गरेको छ । अर्कोतर्फकमजोर, निसहाय र निर्बललाई उनी जहिल्यै पनि रक्षा गर्थे भन्ने भनाइ रहेको छ । त्यसैले कमजोर व्यक्तिले कुनै गर्‍हौं वस्तु उचाल्नु परेमा अथवा दुःखी व्यक्तिले दुःखबाट पार पाउन ‘मलाई बल देउ भीमसेन’ भन्ने प्रचलन अद्यावधि चलेर आइरहेको छ । त्यस्ताले पार पाउने विश्वास पनि जनमानसमा रहेको छ । महाभारतको आख्यानमा भीमसेनले असत्ती, अधर्मी र बदमाशलाई परास्त गरेको र निर्वललाई रक्षा गरेको वर्ण्र्ाागरिएको छ । यसैले हिन्दु आख्यानमा उनलाई बीर भीमसेन  -हर्कुलस) को संज्ञा दिइएको छ । महाभारतको वर्ण्र्ााा भीमसेनलाई बल पौरखका नायकका रुपमा लिइएको छ ।

बाबु पाण्डु र आमा कुन्तीका माहिला छोराका रुपमा भीमसेनलाई मानिएको छ । अन्याय, अत्याचार सहन नसक्ने उनको जन्मसिद्ध बानी थियो । कसैले अत्याचार गरे भने उनी तत्काल कड्की हाल्थे र आफ्ना गोलो आँखा डरलाग्दो पार्दै अधर्मीमाथि जाइलाग्ने गर्थे । आफ्ना पत्नी द्रौपदीको चीरहरण हुनलाग्दा कुनै दाजुभाइले बोल्न आँट गरेनन् । तर भीमसेनले प्रतिक्रिया अभिव्यक्त गर्दै भनेका थिए- “जसले द्रौपदीको चीरहरण गर्‍यो, म उसको हात भाँच्छु ।” त्यस अवसरमा घमासनको वातावरण उत्पन्न हुने देखेर कृष्णले द्रौपदीको चीरहरणको रक्षा गरेको कुरा पौराणिक महाभारतमा पढ्न पाइन्छ ।

नेपाली व्यापारीको भीमसेनप्रति श्रद्धा
नेपाली व्यापारी व्यवसायी खासगरी नेवार वैस्य समुदाय भीमसेनलाई अपार श्रद्धा र भक्ति गर्छन् । उनीहरुले भीमसेनलाई व्यापार वाणिज्यका देवताको स्वरुपमा पुजा अर्चना गर्छन् । जव व्यापारी विहान आफ्नो पसल खोल्छन्, बढार-कुढार, सफा-सुग्घर गरेपछि भीमसेनको फोटोमा सुगन्धित धुप-दीप गर्छन् । अनि पसलको चारै कुनातर्फधुपको धुँवालाई दौडाउँदै पर््रार्थना गुनगुनाउँछन् र कसैले पेंडा तथा केरा पनि अर्पण गर्छन्- ‘हे भीमसेन भगवान मेरो पसलको मालसामान विक्री गराइदेउ, मेरो व्यापारमा मलाई नाफा गर्राई देउ, विक्री बढाउनमा बल देउ भीमसेन ।’ उनीहरुको अवधारणा रहेको छ- भीमसेनको फोटो पसलमा राखिएन भने व्यापार चल्दैन । यसैले ठुला घराना प्रतिष्ठानका होलसेल व्यापारीदेखि खुद्रा व्यापारीको पसलमा हेर्नोस्, कुनै कुनामा भीमसेनका फोटो राखिएकै हुन्छ । औकातअनुसार दिनहुँ सुगन्धित धुप दिइएकै हुन्छ । कथंकदाचित व्यापार व्यवसायमा मन्दि आयो भने भीमसेन रिसायो कि क्या हो – भन्ने चलन पनि छ र यस्ताले भीमसेनको विशेष पुजा तथा अर्चना पनि गर्छन् ।

रक्षकको रुपमा भीमसेन
महानगर तथा शहर बजारको कुरै छोडौं । पहाडको डाँडा-काँडामा एउटा सानो पसल कवल थाप्ने नेवारले पनि भीमसेनको पुजा गरेकै हुन्छ । उनीहरुको पसलमा भीमसेनको फोटो हुँदैन होला तर पसल नजिकैको दोबाटोमा एउटा ढुंगालाई भुइँमा गाडेर त्यसलाई भीमसेन देवताका रुपमा प्रतिस्थापन गरी दिनहुँ पुजा गरी बाटेको धुपको धंुवा अर्पण गरेकै हुन्छन् । यसैले नेवारको किराना पसलमा अनिवार्यरुपले चामल, अबीर, सिन्दूर र बाटुवा धुप बिक्रीका लागि राखिएकै हुन्छ । दर्ुइ बाटोको संगममा नेवारले पसल थाप्ने भएकोले पहाडतिर नेवारलाई ‘दोबाटे’ भन्ने चलन पनि छ । यसैले नेवार वस्ती आयो कि दोबाटोमा भीमसेनको मर्ूर्ति रहेको देखिन्छ । अर्कोतर्फभीमसेनको मर्ूर्ति देखियो कि नेवार वस्ती आयो भनेर जान्नु पर्छ । कतिपय नेवार समुदायको कुलदेवता भीमसेनलाई नै मान्ने गरेको पाईन्छ ।

पहाडतर्फा बजार वस्तीमा रहेका नेवार समुदायले खासगरी र्सर्ूय, नारायण र भीमसेनलाई पुजा अर्चना गर्छन् । मनलाई उज्यालो देउ र जान्न नसकिएको विषयवस्तुलाई प्रकाशमा ल्याइदेउ भन्नको निमित्त अग्लो तथा उच्च स्थान अथवा घरको कौशीमा गई र्सर्ूयको पुजा गर्छन् । यसैगरी गाँऊ वस्तीको पालकका रुपमा रहिदेउ भनी नारायणको पुजा गर्ने चलन छ । यस्तै बल व्यापार बृद्धिका लागि र आपत-विपतमा रक्षा गरी शत्रु नाश गरिदेउ भनी भीमसेनलाई पुजा गर्ने गर्छन् । पुरानो जमानादेखि पसले व्यापारीहरु वाणिज्य र व्यापारका देवताका रुपमा कहलिएका भीमसेनलाई श्रद्धा तथा पुजा अर्चना गर्दै आइरहेका छन् । पाँच-सात दशक अघिसम्म नेपालबाट चीनको भोट तिब्बततर्फजाने व्यापारीहरु नेपालको उत्तरी सिमाना अर्थात हिमालयको भञ्ज्याङ् काट्दा नकाट्दै आफू अनाकन्टार ठाँउमा लडाइँमा जान लागेको जस्तो अनुभव महसुस गर्दथे । साँगुरो गोरेटो मार्गमा मुस्किलका साथ हप्तौं पैदल हिंड्नु पथ्र्यो । यसैले घर छोड्नु अघि उनीहरुले आफूलाई सन्तोष लाग्ने गरी भीमसेनको पजापाठ गरी यात्रा गर्ने गर्दथे ।

भीमसेनलाई खुशी पार्ने कोशिस गरिन्छ
भीमसेनलाई खुशी पारी आफ्नो व्यापार व्यवसाय फस्टाउन दिनहँु पुजा-आजा गरिन्छ । यसका अतिरिक्त आफ्नो व्यवसायिक मनोकामना पर्ूण्ा भएपछि पशुबलि पनि दिइन्छ । पशुबलिमा हाँस, कुखुरा, बोकादेखि राँगासम्म पनि पर्छन् । केही दशक अघिसम्म पहाडी क्षेत्रमा मासु पसल नहुनाका कारण बजार वस्तीका वासिन्दा मिलि, बोका तथा राँगो भीमसेनको मन्दिरअगाडि काटी भीमसेनलाई भोग दिई देवतालई खुशी पार्ने र प्रसादका रुपमा मासु भाग लगाई खाने गरिन्थ्यो ।

भीमसेनको बोका
कसै-कसैले आफूले मनमा चिताएको भाकल मनोरथ पूरा गर्न बोकालाई पुजा-आजा गरी भीमसेनको बोकाको रुपमा ‘साँढे बोका’ छाड्ने चलन आजभन्दा केही वर्षअघिसम्म निकै प्रचलनमा थियो । यस्तो बोका काटिदैन थियो र यसलाई आघात पुर्‍याइँदैन थियो । अक्सर कालो रङ्गको बोकालाई भीमसेन देवता भनेर पसलेले अन्न तथा केरा ख्वाउने पनि गर्थे । वास्तवमा यस्तो साँढे बोका किन छाडिने गथ्र्यो होला भनेर विचार गर्दा बोका बाख्राको सन्तति कायम राख्न पनि हो कि भन्ने भान हुन्छ । सबै बोकालाई खसी पार्दा नश्ल उत्पादनमा मदत नपुग्ने हुनाले केही मात्रामा भए पनि बोका बोकाकै ज्यानमा रहनु पर्‍यो । सबै बोकालाई खसी पारियो भने बोका-बाख्राको संसारै रहँदैन ।

भीमसेनसम्बन्धी कहावत
भीमसेनको बीरता तथा बहादुरीका सम्बन्धमा अनेकौं कहावत तथा वर्ण्र्ााछन् । त्यसमध्ये निकै घतलाग्दो कहावत यस्तो रहेको छ । एकपटक एउटा किसान आफ्नो बारी खन्दै थियो । धेरै दिन खनिसके तापनि खन्ने काम पूर््ण्ा हुन सकेन । मौसमअनुसार बिउ र्छर्ने समय भिड्किन लागिसकेको थियो । उसको परिवारमा खन्ने जवान उ एक्लै मात्र थियो । समयभित्रै बिउ र्छर्ने काम सकिएन भने अन्नबाली उव्जनी नभई उ र उसको परिवार भोकै बस्नुपर्ने हुन आँउथ्यो । यद्यपि त्यो किसान आफूलाई असहाय जस्तै सम्झी बारीको पाटो खनिरहेकै हुन्थ्यो । मनमनै उ पुकारा गर्दै रहन्थ्यो- हे बीर भीमसेन भगवान ! मलाई बल देउ भीमसेन, छिटै यो बारी खन्ने काम खतम गर्न सकँू ।

यस्तैमा एकजना झुत्रेझाम्रे गरिब किसानको भेषमा भीमसेन बारी खनिरहेको किसानको अगाडि देखा परे । झुत्रेझाम्रे मगन्तेरुपी भीमसेनले बारी खनिरहेको किसानलाई नाटकीय ढङ्गगले भने- भाइ, मैले निकै दिनदेखि केही खान पाएको छैन, मलाई असाध्यै भोक लागेको छ, दया गरेर केही खानेकुरा खान दिनोस् न ! किसानले आफूलाई दिउँसो खानका लागि ल्याएको सबै खाना त्यहाँ आएका झुत्रे मगन्तेलाई दिए । मगन्तेले त्यो खाना एकैछिनमा कपाकप खाए । त्यसपछि अरु खानेकुरा केही छ भने दिनोस् न भन्दै फेरि मागे । केही बेर पर्खनु सक्नुहुन्छ भने  म अरु खाना दिन सक्छु भन्ने कुरा किसानले  मगन्तेलाई भने । मगन्तेले हुन्छ भन्ने कुरा जनाए । यसपछि त्यो किसान अरु खाना लिन घरतिर लागे  । जसै त्यो किसान घरतिर लागेको थियो, झुत्रेझाम्रे मगन्ते आफ्नो सक्कली रुप भीमसेनमा परिणत भए । त्यसपछि भीमसेनले दशजना बलियो मान्छेले खन्ने बारी एकै छिनमा खनि दिएर बाँकी रहेको बारी खन्ने काम पूरा गरिदिए । जब किसानल बाँकी खाना लिएर खन्न बाँकी बारीमा आए, त्यहाँ झुत्रेझाम्रे मगन्तेका भेषमा आएका भीमसेन कुलेलाम ठोकिसकेका थिए । तर उसको बारी पूरै खनिसकिएको देखेर उ छक्क परे ! किसानले मनमनै भन्यो- यो के भएको हो – केही क्षण आफू घरतिर जाँदा सबै काम सकिएको – उ अत्यन्तै खुशी भयो र भन्यो- ‘कतै भीमसेन भगवान मगन्तेको भेषमा आएर मेरो दुःख हरण गरेको त होइनन् – म भीमसेन देवतालाई कोटी-कोटी नमस्कार गर्छर्ुु’

भीमसेनको ब्रत
नेपाली व्यापारी समुदायमा भीमसेनको पुजा गर्ने चलन भएजस्तै केही मानिस भीमसेनको ब्रत पनि बस्ने गर्छन् । मानिस आफूले जे जसमा आस्था राख्दछ, त्यसप्रति श्रद्धाभाव जनाउन ब्रत बस्नु स्वभाविकै हो । उदाहरणका निम्ति महादेवप्रति भक्तिभाव र आस्था राख्ने श्रद्धालुहरु सोमबारका दिन महादेवको मन्दिरमा गई शिवलिङ्गमा जल अर्पण तथा पुजापाठ गर्दछन् । उनीहरुमध्ये केही त्यस दिन ब्रत बस्ने पनि गर्छन् । कसैले सोमबार मासुमंश, जाँडरक्सी नखाने ब्रत लिन्छन् । भनिन्छ, पेटको बिकार समन गर्न बेलाबेलामा ब्रत -भोको पेट) बस्नर्ुपर्छ अर्थात गरिष्ठ भोजन गर्नु हुँदैन , यसले शरीरलाई स्वस्थ राख्छ ।

त्यसैगरी नेवार व्यापारी समुदायका केही व्यक्तिले भीमसेनको ब्रत लिने गरेका छन् । उनीहरुले महिना दर्ुइ महिनामा नभए तापनि बर्षो कमसेकम एक दिन सामान्य ब्रत लिन्छन् । यस्ता श्रद्धालुले भीमा एकादशीका दिनलाई ब्रतका दिन मान्छन् । भीमा एकादशी तिथि सामान्यतया माघ महिनामा पर्दछ । यो तिथि वसन्त पञ्चमीपछिको एकादशी हो । यस वर्ष२०६८ सालको माघ २० गते शुक्रवारका दिन भीमा एकादशी तिथि परेको छ । यस तिथि भीमसेन स्वयम्ले ब्रत लिएको दिन हो पनि भनिन्छ । भीमसेनले दुष्ट बदमाशलाई नाश गर्न र दुःखमा परेकालाई रक्षकका रुपमा रहन सकूँ भनी ब्रत लिएका हुन् भन्ने पनि किम्बदन्ति रहेको छ । भीमा एकादशीको तिथिमा पहाडतिर खोपामा राखिएको भीमसेनको ढुङ्गाको मर्ूर्तिमा पूजाआजा गर्ने चलन रहेको पाइन्छ । एकादशी तिथि परे तापनि यस दिनमा पशुबलि बैध रहेको छ, मासुमंश चलाउने गरेको छ ।

चार भीमसेन
भीमसेन देवताको सानातिना मर्ूर्ति तथा मन्दिर नेपाल राज्यको जताततै पहाड पर्वत कुनाकाप्चामा पनि रहेको पाइन्छ । तर ठूलो आकारको मर्ूर्ति र सिङ्गो मन्दिरका सम्बन्धमा चार भीमसेनको नाम नेपालभरि प्रख्यात रहेको छ । यिनीहरुमध्ये दोलखाभीमसेन, पाटनभीमसेन, काठमाडौंभीमसेन र भादगाउँको भीमसेन रहेका छन् ।

दोलखा जिल्लाको दोलखा बजारमा रहेको भीमसेन निकै प्रशिद्ध रहेको छ । राजधानी काठमाडौँलगायतका श्रद्धालुहरु दर्शनका निम्ति त्यहाँ जाने गर्छन् । हँैशियतअनुसार दिल फुकाएर पुजाआजा पशुबलि समेत दिने गर्छन् । भीमसेन -भीमेश्वर) मर्ूर्तिलाई शिव महादेवका रुपमा मानिन्छ र रुद्री पूजा गरिन्छ । दोलखा भीमसेनलाई भैरवका रुपमा बलि चढाउने गरिएको छ । भैरवरुपी भीमसेनले मात्र बलि ग्रहण गर्नु हुन्छ भन्ने जनधारण रहेको छ । दोलखा भीमसेनलाई सृष्टि, संहार र रक्षकको रुपमा लिने गरिएको छ ।

दोलखाभीमसेन व्यापारीको रक्षा गर्ने मात्र देवता होइनन् । तर राष्ट्रिय घटनाको संकेत दिने अग्रणी भूमिका निर्वाह गर्ने पौराणिक भगवानका रुपमा पनि रहेको मानिन्छ । देशमा कुनै ठूलो परिवर्तन अथवा घटना घट्न लाग्यो भने दोलखा भीमसेनको मर्ूर्तिमा पसिना आउँछ भनिन्छ । यसरी पसिना आयो भने अशुभ कुरा हुनसक्छ भन्ने ठानिन्छ । २०५८ जेठ १९ शुक्रवारका रात राजा बीरेन्द्रको वंश नाश हुनेगरी हत्या हुनुअगाडि दोलखा भीमसेनको मर्ूर्तिबाट पसिना निस्केको थियो । यसैगरी राजा ज्ञानेन्द्रका पालामा शाहवंसीय शासन पद्धतिको अन्त्य हुनुअघि पनि दोलखा भीमसेनलाई पसिना आएको कुराको स्मरण ताजै रहेको छ । जति पसिना पुछिदिए पनि तुरुन्तै फेरि पसिना थपिएको कुरा प्रकाशमा आएको थियो । यस्तो पसिना आएको समयमा अशुभ हुन नदिन विधि पुर्‍याएर क्षमापूजा गर्न काठमाडौंबाट सामाग्री पठाइएको थियो । तर पौराणिक विधिका जानकारहरु भन्छन्- राजा आफर्ैगई क्षमापूजा नगरिएको हुनाले अथवा दरबारबाट पठाइएका सामग्रीहरु पर्ूण्ारुपको आहुति नभई अधुरो र अपुरो भएको हुनाले शाहवंसीय शासन प्रणालीको अन्त्य भएको हो । यदि यस्तो कुरा सत्य हो भने र दोलखा भीमसेनको मर्ूर्तिमा यसै गरी अब फेरि पसिना आए, देशमा अनिष्ट हुनसक्ने र नेपाल राष्ट्रको अस्तित्वमा नै तलबितल पर्नसक्ने त होइन – यसमा सरकारको बागडोर समालेका पदाधिकारी चनाखोभई बेलैमा क्षमापुजा र देश बचाउन स्वस्तिशान्ति गर्न सक्नर्ुपर्छ । नेपाल जामुना गुभाजू बसेको देश भएको र घडीपला ऐनमौकामा विष्णुमती नदी बाट ल्याएको बालुवा सुनमा परिणत भएको देश हुनाले दोलखाभीमसेनको मर्ूर्तिमा घटेका यस्ता घटनाको पौराणिक मान्यता हुन सक्दैन भनी ठोकुवा गर्न सकिंदैन ।

बाँकी तीन भीमसेनमध्ये पाटन दरबार परिसरमा रहेको पाटनभीमसेनको मर्ूर्ति पनि जीवन्तरुपको छ । यो भव्य मन्दिर अठारौं शताव्दिको सुरुमा राजा श्रीनिवास मल्लले बनाएका थिए । तेस्रो भीमसेनको मर्ूर्ति काठमाडौंको भीमसेनस्थान टोलमा रहेको छ । यो मर्ूर्ति झन्डै-झन्डै पाटन भीमसेनकै जस्तो रहेको छ । तर यो त्यत्तिको सुन्दर र चित्ताकर्ष छैन । तर पनि काठमाडौं नेवार समुदायका व्यापारीले अत्यन्तै श्रद्धा गर्छन् । नाम चलेको भिमसेनमध्ये चौथो भीमसेनको मन्दिर भक्तपुरमा दत्तात्रय मन्दिर अगाडि तचुपाल टोलमा रहेको छ । भीमसेन आराध्यदेवका रुपमा मनुस्य भएकोले उनको मर्ूर्ति काठमाडौ र भक्तपुरमा मन्दिरको एकतला माथि राखिएको छ ।

रक्षक र पालक भीमसेन देवताको मर्ूर्तिमा खासगरी नेवार वैश्य समुदायका साहु, महाजन, व्यापारीले पुजाआजा धुपदीप गर्छन् भन्ने धारणा रहे तापनि व्यापार व्यवसायमा लागेका अन्य जातजातिले पनि भीमसेनको फोटो पेन्टिङ चित्रमा भक्तिभावपर्ूवक गोकुलधुप तथा शालधुपको धुँवा अर्पण गर्दै भीमसेनलाई खुशी पार्ने गरेको पाइन्छ । मेलम्ची खानेपानी योजना अर्न्तर्गत टनेल -सुरुङ) खन्ने कार्य शुभारम्भ गर्नुअगाडि सुरुङको मुखमा भीमसेनको फोटोमा पूजाआजा गरी उत्खनन् गर्ने काम थालिएको थियो भन्ने कुरा सुन्नमा आएको छ । वास्तवमा सुरुङ खन्न बल र ताकत चाहिने भएको हुनाले मनोवैज्ञानिक हिसावले शक्ति खिच्न भीमसेनको फोटोलाई श्रद्धा गरिएको हुनर्ुपर्छ । त्यस्तै गरी यी हरफहरु पढ्ने र सुन्ने महानुभावहरुको आफ्नो काम सफलताका साथ सम्पन्न गर्न भीमसेनले ताकत प्रदान गरुन् भनी यो पंक्तिकार भीमसेन भगवानलाई नमस्कार गर्दै भन्दैछ- ‘बल देउ भीमसेन !’

सर्न्दर्भ सामग्रीः
१.    ध्रुवकृष्ण दीप, भीमसेनबेगर व्यापार हुँदैन, दोलखा डट् कम्, २०६७ फाल्गुन २७ ।
२.    लुज महाजू, पाटनको भीमसेन जात्रा, २०६५ कार्तिक ।
३.    चन्द्रबहादुर नेमकुल सँगको कुराकानी, कुपण्डोल, ललितपुर २०६८ साउन् २५ ।

%d bloggers like this: