Presentation in the Cabinet Secretariat

Presentation on

Border Issues of Nepal and its Solution

Reading Book-PP

Buddhi Narayan Shrestha

I had had a chance to present on the topic ‘Border Issues of Nepal and its Solution’ in the Cabinet Secretariat Meeting Hall on 16 February 2014. The presentation program was chaired by the Chief (Cabinet) Secretary Leela Mani Paudel. There were altogether 35 Secretaries present including 26 Secretaries from various Ministries and other Secretaries from different Commissions and Organizations. I had made power point presentation for 40 minutes followed by 20 minutes questions – answers. At the end of the program, the Chief Secretary Leela Mani Paudel thanked me and said-  the presentation was interesting, informative and fruitful. At the same time the Chief Secretary presented me an idol of Lord Buddha as a ‘Token of Appreciation.’

Token of Appreciation

I had included the following sub-topics with related maps and diagrams and on the spot photographs in my presentation :-

                                                                          नेपालको सीमा समस्या र समाधान

२०७० फागुन ४ गते, आइतबार मैले मन्त्रिपरिषद सचिवालयको सचिव वैठक सभाकक्षमा वैठक हुनुअघि नेपालको सीमा समस्या र समाधान विषयमा ४० मिनेट प्रस्तुत गरेको थिएँ । मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा मैले गरेको प्रस्तुतिका अवसरमा २६ मन्त्रालयका सचिव, आयोग तथा अन्य निकायका सचिवसमेत ३५ जनाको उपस्थिति थियो । प्रस्तुतिपछि २० मिनेट प्रश्न-उत्तर भएको थियो । प्रस्तुति र प्रश्न-उत्तरपछि मुख्य सचिवले प्रस्तुति रोचक, जानकारीमूलक र लाभदायक भएको कुरा राख्दै धन्यवादका साथै शान्तिको प्रतीक गौतम बुद्धको प्रतिमा ‘प्रशंसाको चिनो’ स्वरुप मलाई उपहार दिनुभएको थियो ।

मेरो प्रस्तुतिमा सम्बन्धित पुराना नक्साहरु, फोटोहरु र डायग्रमहरुका साथ मैले निम्न बुँदाहरु विश्लेषण गरेको थिएँ ः-

सिमाना भनेको के हो -, सीमा स्तम्भको प्रकार, नेपालको अन्तर्रर्ााट्रय सिमानाको ऐतिहासिक पृष्ठभूमि, नेपाल-चीन र नेपाल-भारत सीमा अंकन, सन् १९६१-६२ मा नेपाल र चीनबीच सीमांकन गर्दा ३२ ठाउँमा वादविवाद परेको थियो, सगरमाथा पनि चीनले दाबा गरेको थियो, तर डेढ वर्षो अवधिमा सम्पर्ूण्ा समस्या समाधान भएको थियो । सगरमाथा विवाद प्रधानमन्त्री स्तरबाट समाधान भएको थियो । यसपछि सीमा प्रोटोकलमा २० जनवरी १९६३ मा हस्ताक्षर भयो । २० नोभम्बर १९७९ मा दोस्रो प्रोटोकल नविकरण भयो । ६ डिसेम्बर १९८८ मा तेस्रो प्रोटोकल नविकरण भयो । चौथो प्रोटोकल तयार गर्नका लागि सन् २००६ देखि काम सुरु भएको थियो । तर प्रोटोकल तयार हुन सकेको छैन । सगरमाथाको उचाइ ८८४४.५३ मिटर नक्सामा लेख्नु पर्छ भन्ने चीनको भनाइ रहेकोमा नेपालले मन्जुर नगरेकोले र दोलखाको लामाबगर उत्तर सीमा चिन्ह नं ५७ साविकदेखि नै कुठाउँमा गाडिएकोमा ६ हेक्टर नेपालको जमिन विवादबारे छलफल भईरहेको छ । चीनको जियानमा २०१२ फेब्रुरी १-५ मा हुने संयुक्त सीमा समितिमा नेपालले भाग लिएन । हालसम्म समस्या काँचै  बाँकी रहिरहेको छ ।

नेपाल-भारत सीमांकनबारे जंगे खम्बाहरु लामो-लामो दूरीमा गाडिएका कारण घुमाउरो परेको सीमारेखाको भू-भाग स्पष्ट हुन सकेको छैन । फलतः सीमारेखा कहाँ हो भनी दुवै सीमावर्ती क्षेत्रका जनताबीच किचोला सुरु भयो । बलियो सीमावर्ती स्थानिय व्यक्तिले अर्कोतर्फो जमिन मिच्ने र हडप्ने क्रम पनि सुरु भयो । कतिपय दशगजा क्षेत्र स्पष्ट नभएकोले सीमावर्ती आवादी जग्गामा वादविवाद, तेरो मेरो चल्यो । एउटै गाउँवस्ती दर्ुइ देशतिर बाँडिन गएकोले सीमारेखा स्पष्ट अंकन हुन सकेन । नदी तथा खेालाहरुले बहाव-बाटो-धार परिवर्तन गरेकोले पनि जमिन तेरो-मेरो किचोला भयो । कतिपय संवेदनशील, रणनीतिक, सामरिक र पर्यटकीय स्थानमा अतिक्रमण पनि भएका छन् । यस्ता उठेका विवाद समाधान गरी थप सीमास्तम्भ निर्माण गर्न, दशगजा क्षेत्र सफा राख्न र नयाँ सीमा नक्सा बनाउन सन् १९८१ मा नेपाल-भारत प्राविधिक स्तरीय संयुक्त समिति बन्यो । यस संयुक्त समितिले सन् २००७ सम्म २६ वर्षकाम गर्‍यो । १,८०८ किमि लामो सीमारेखाको ९७ प्रतिशत रेखांकन गर्‍यो -३ प्रतिशत बाँकी रहयो) ।

सीमारेखाको पर्ूण्ा संख्यामा स्तम्भ निर्माण नभएकोले, निर्माण भएकामध्ये सीमा स्तम्भ लोप हुनु तथा नासिनु, भाँचिनुले, नदी खोलाले धार तथा बहाव परिवर्तन गरी सीमा स्तम्भ बगाउनाले, अन्तर-सीमा जोतकमोत दखल हुनाको कारणले,
सीमा अतिक्रमण हुनाले, सीमाको संयुक्त रुपमा सुपरिवेक्षण नहुनाले र संयुक्त प्राविधिक सीमा समिति भंग गरिनु र उच्चस्तरीय नयाँ समिति बन्न नसक्नाको कारणले ३ प्रतिशत रेखांकन बाँकी रहेको बीच-बीचको पकेट क्षेत्रको स्थानमा विवाद रहेको छ । भारतसँग जोडिएको नेपालको २६ मध्ये २३ जिल्लाको ७१ ठाउँमा ६०,६६२ हेक्टर भूमिमा अन्तर-सीमा जोतकमोत विवाद, मिचान, अतिक्रमण भएको छ । कालापानी-लिम्पियाधुरा -३७,८४० हेक्टर), मेचीनदी तटीया क्षेत्र -१,६३० हे), सुस्ता -१४,८६० हे.) ठोरी -५०० मिटर चौडा), टनकपुर -२२२ हे.), पशुपतिनगर -२४० वर्ग मिटर), सन्दकपुर -२ हे.) आदि विवादित रहेको पाइन्छ ।

कालापानी-लिम्पियाधुरा सीमा समस्या के हो – भन्ने सम्बन्धमा सुगौली सन्धिमा नेपालको पश्चिमी सीमा काली नदी उल्लेख छ । तर काली नदीको उद्गम कुन हो भन्ने कुरा नै कालापानी विवाद हो ।

काली नदीको उद्गम सम्बन्धमा ३ विचारधारा रहेका छन्ः
१. लिम्पियाधुराबाट उद्गम भएको नदी काली हो, या
२. लिपुलेक नजिकबाट उद्गम भएको नदी पो हो, या
३. कृत्रिम पोखरीबाट निकालिएको खेाला काली हो – स्मरणीय छ, पुराना नक्सा दस्तावेजमा कालीको मुहान लिम्पियाधुरा अंकन भएको पाइन्छ ।

सुस्ता समस्या के हो – भन्ने सम्बन्धमा प्रत्येक ठूलो बाढी आउँदा नारायणी नदीले बहाव परिवर्तनगरी नेपालतर्फर्सदा नदीले छाडेको जमिन भारतीयले अतिक्रमण गर्ने गरेकोले विवाद तथा समस्या सिर्जना भएको छ । नवलपरासीको नारायणी नदीले नेपालको भू-भाग कटान गर्दै जाने र नदीले छाडेको नेपाली जमिन भारतीयले मिच्दै, च्याप्दै, गर्दै गएकोले नेपाली भू-भाग मिचिन पुगेको छ ।

सीमा समस्या समाधान
नेपाल-चीनबीच सीमा समस्या समाधानका सम्बन्धमा लाप्चे सीमाचिन्ह नं. ५७ बारे सन् १९६१ को सीमा सन्धिमा उल्लेखन भएको चट्टानमा सौहार्दताका साथ सीमाचिन्ह अंकन हुनर्ुपर्छ । सगरमाथाको उचाइ नेपाल आफैले निर्धारण नगरेसम्म पारम्पारिक उचाइ अंकन गर्न चीनलाई मनाउनर्ुपर्छ ।

नेपाल-भारतबीच कालापानी सीमा अतिक्रमण सम्बन्धमा पुराना नक्सा, ऐतिहासिक दस्तावेज, जल  विज्ञानका  तथ्यताका आधारमा क्षेत्रगत अध्ययन गरी महाकाली नदीको उद्गम निर्धारण गरी कालापानी सीमा समस्या समाधान गरिनुु पर्छ । सुस्ता समस्याबारेे सुगौली सन्धि समयको नारायणी नदीको वहाव -धार) जियोफिजिकल र जियोमर्फोलजिकल र्सर्भेद्वारा पहिचान गरी समस्या समाधान गर्नुपर्छ । साबिक नदी बगेको घोला -ड्रि्रेसन) हिजोआज पनि जमिनमा पहिचान गर्न सकिन्छ । नदीको साबिक वहाव पत्ता लगाई दुवै देशको संयुक्त टोलीद्वारा नदीको दायाँ-बायाँ जंगे सीमा खम्बा ठोक्नर्ुपर्छ । मेची नदीको किनारमा जंगे खम्बा अंग्रेजकै पालामा स्थापना गरिए जस्तै यहाँ पनि सीमांकन गर्नु जरुरी छ ।

समाधानका वैकल्पिक उपाय
सीमा समाधानका वैकल्पिक उपायका सम्बन्धमा मूलतः आपसी सामन्जस्यता मित्रतापर्ूण्ा तरिकाले समाधान खोज्नर्ुपर्छ । नसकेमा तेस्रो देशलाई मध्यस्थकर्ताका रुपमा गुहार्ने -संयुक्त अधिराज्य -), संयुक्त राष्ट्रसंघ -सुरक्षा परिषद) समक्ष जाने र अन्तिम, अन्तर्रर्ााट्रय अदालतलाई गुहार्नु हो । यसका लागि राष्ट्र नै जानर्ुपर्छ । तर अन्तर्रर्ााट्रय सिद्धान्त जेसुकै भए तापनि नेपाल-भारत तथा नेपाल-चनि सीमा समस्या आपसी सौहार्दता र मित्रतालाई हृदयंगम गरी एउटै टेबलमा बसी नक्सा दस्तावेजका आधारमा  समाधान गरिनु पर्छ । यसका लागि नेपालले अन्तर्रर्ााट्रय सीमा कूटनीति अवलम्वन गर्नुपर्छ । नेपाल तथा भारत अन्तर्रर्ााट्रय रङ्गमञ्चमा समान हक अधिकार भएका देश हुन् भन्ने पुस्र्टाई छिमेकी देश समक्ष प्रस्तुत हुन सक्नर्ुपर्छ । भारतीय र चिनियाँ पदाधिकारीलाई आश्वस्त पार्न सक्नर्ुपर्छ, विश्वास दिलाउनु पर्छ । उच्च पदाधिकारीले एकआपसमा समस्या बुझने बुझाउने प्रयत्न गर्नुपर्छ । भारतलाई विश्व रङ्गमन्चमा सजिलो हुने वातावरण तयार पार्न सक्नर्ुपर्छ । यसका लागि पाको तथा अनुभवि कूटनीतिक माध्यम परिचालन गर्नुपर्छ ।

सीमा रणनीति
नेपालले सीमा रणनीति अवलम्वन गर्नुपर्छ । यस सर्न्दर्भमा कालापानी जस्ता जटील समस्यामा भारतले आफ्नै भूमि हो भन्यो भने के रणनीति लिने –
राजा महेन्द्रले दिएको भन्यो भने कसरी काउन्टर जवाफ फर्काउने –
चीनले कालापानी नेपालको हो भनेको छैन भनेमा कस्तो उत्तर दिने –
नो-म्यान्स ल्यान्ड बफर जोन बनाऔं भनेमा के जवाफ दिने –
दुवै देशको सेना संयुक्त तरिकाले तैनाथ गरौं भन्ने प्रस्ताव राख्यो भने केगर्ने-
सय वर्षा लागि ीभबकभ मा देउ भनेमा के गर्ने –
तेस्रो देशको मध्यस्थता खोजौं भन्ने धारणा आए के भन्ने –
कालापानीको कुरा विश्व रङ्गमन्चमा बढाइएमा नेपाललाई नै हानी हुन्छ भनेमा के गर्ने – यस्ता बुँदाको जवाफ तयार पारिनु पर्छ ।

उपसंहार
यी कुरा जेसुकै भए तापनि सकेसम्म आपसी कुराकानी, सौहार्दता तथा मित्रताका आधारमा दुवै छिमेकीसँगको नेपालको अन्तर्रर्ााट्रय सीमा विवाद कूटनीतिक र राजनीतिक तहबाट समाधान गर्नुपर्छ । यसका लागि ट्राक-टू डिप्लोम्याटको माध्यमद्वारा सरकार प्रमुख, राष्ट्र प्रमुखले अहम् भूमिका खेल्नर्ुपर्छ । सीमा समस्या समाधान सम्बन्धी कुरा उठाउँदा भारतीय समकक्षी रिसाउलान् भन्ने मनोभावना रहनु हँदैन । किनकि भारतले बराबर भन्दै आएको छ, १९५० को सन्धिबारे समेत नेपाल के चाहन्छ, भारत छलफल गर्न तयार छ । हामीले आफ्नो देशको सीमा जगर्ेना गर्न नसक्नु आफ्नै कमजोरी पनि हो, छिमेकीलाई मात्र दोष दिनु हुँदैन । आफैले पहल गर्नुपर्छ । ♣

Identification of Prithvi Narayan

            पृथ्वीनारायणको पहिचान

Labeda Survey PP Size

                                                                                                               Buddhi N Shrestha

समाजमा रहेका नागरिक र देशका प्रशासकको पनि बहुपहिचान हुन्छ। उनीहरुले समाज तथा राष्ट्रका लागि गरेको योगदान अलग–अलग पहिचानका रूपमा हेर्ने गरिन्छ। यस मानेमा पृथ्वीनारायण शाहको पनि बहुपहिचान रहेको पाइन्छ। विभिन्न राज्य–रजौटा, भुरे–टाकुरे, स–साना आकारमा छरिएर रहेका हिमाली राज्यहरूलाई एकीकरणको सूत्रमा बाँधी एउटा बलियो हिमाली राष्ट्र खडा गर्ने अभियन्ताका रूपमा पृथ्वीनारायण शाहको पहिचान छ।
नेपालको सिमाना व्यापक र सुदृढ बनाउने चाहना राख्ने चिन्तकका रूपमा उनको अर्काे प्रकारको पहिचान पाइन्छ। कतिपयले उनलाई राजाका रूपमा हेर्ने गरेका छन् तर उनको क्रियाकलाप अध्ययन गर्दा नेपाल राष्ट्र निर्माता, राष्ट्राध्यक्ष, राष्ट्रप्रेमीको पहिचानसमेत छ भन्नुपर्ने हुन्छ। अन्य कुनैले उनी एकीकरणवादी होइनन् तर राज्य विस्तारवादीका रूपमा रहेको पनि पहिचान गर्छन्। कसैकसैले उनलाई क्रूर शासक र कीर्तिपुरेको धार्नीका धार्नी नाक काट्ने व्यक्ति पनि भन्छन्। यसबाट समाजमा रहेका विभिन्न व्यक्तिको आ–आफ्नै कोणद्वारा उनको पहिचान गरिएको छ भन्न सकिन्छ। यी कुरा आफ्नै ठाउँमा छन् तापनि आफ्नो देहावसान हुनुअगाडि पृथ्वीनारायणले दिएको सन्देश र अभिव्यक्त गरेका दिव्यदृष्टिलाई मनन् गर्दा उनलाई उपदेशकर्ताका रूपमा पनि लिन सकिन्छ। त्यस्ता समयसापेक्ष उक्ति उपदेशमध्ये खासगरी आर्थिक र कूटनीतिक रणनीतिका केही प्रसङ्ग यहाँ उल्लेख गर्न खोजिएको छ।
आर्थिक रणनीति

‘देस (विदेश) का कपरा लगाउन मन्हाई गरिदिनु, आफ्ना देसका कपरा बन्न ज्यान्नालाई नमना देखाई बन्न लाउनु’ भन्ने पृथ्वीनारायणको विचारोक्तिलाई बिर्सेर सरकारले हेटौंडा कपडा कारखाना तथा ज्योति स्पिनिङ मिलजस्ता कलकारखाना बन्द हुन बाध्य तुल्यायो। यो उक्तिको मनसाय देशभित्रै कलकारखानाको विकास गर्नु हो भन्ने बु‰न सकिन्छ। तर सरकारले भएका कलकारखाना बन्द गर्दै त्यहाँका मेसिनरी पार्टपुर्जा कौडीको मोलमा लिलाम गर्‍यो। उदहरणार्थ, बाँसबारी छालाजुत्ता कारखानाको लिलामी मिसिनले अहिल्यै पनि भारतको गोरखपुरमा जुत्ता उत्पादन गरिरहेकै छ।
Picture

‘देशको जिनिस्, जरिबुटी विदेश पठाउनु र नगद खैंचनु’ भन्ने उक्ति भए तापनि नेपालमा भएको १० हजार १ सय ६७ प्रकारको वनस्पति, सुगन्धित बिरुवापात र जडीबुटी परदेशी आएर संकलन गरी नाममात्रको निर्यात शुल्क तिरी असीमित परिमाणमा लैजान्छन्। नेपालीले नै संकलन गरी प्रतिस्पर्धात्मक मूल्यमा विभिन्न देशमा निकासी गरिने व्यवस्था भए नेपालको आर्थिक हैंसियत केही भए पनि बढ्ने थियो।
‘खानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जगामा सारिकन पनि खानी चलाउनु’ भन्ने उक्ति सम्बन्धमा यसको उल्टो रितले कार्यान्वयन गर्ने गरेको पाइन्छ। उदहारणार्थ, गत वर्ष नेपाल सरकारबाट अनुमति लिएर चिनियाँ कम्पनीले प्युठान र रोल्पाको सिमानामा पर्ने माडीखोलाको किमिचौर बगरमा सुनखानी खोजी कार्य सुरु गर्दा नगर्दै त्यहाँ अस्थायी टहरा बनाई बस्ती बस्न सुरु भइहाल्यो।

‘पानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जगामा सारिकन पानी चलाउनु, गर्‍हो बन्या जगामा घर भया पनि घर अरु जगामा सारी कुलो काटी खेत बनाई अवाद् गर्नु’ भन्ने पृथ्वीनारायणको विचारोक्ति हँुदाहुँदै पनि काठमाडौं महानगरभित्रका साबिक राजकुलोको नाम–निशान मेटिएको छ। धोबीखोला, टुकुचा जस्ता खोलाको अस्तित्व लोप हुनेगरी बस्तीले ढाकिसकिएको छ। उनको उक्तिलाई मार्गदर्शनका रूपमा लिइएको भए आज ट्राफिक जाम हटाउन सडक चौडा गर्ने क्रममा सर्वसाधारणको अर्बौ रुपियाँ बेकार खर्च हुने थिएन। नदीका डोलक्षेत्र हराभरा भएर सागसब्जी र खाद्यान्न प्रशस्त उत्पादन भई प्राकृतिक वातावरण पनि सन्तुलनमा रहने थियो। तथापि पृथ्वीनारायणकै उक्तिलाई सम्झना गरेर होला हाल सरकारले भू–उपयोग योजना लागु गर्न लागेको छ, जसमा कि कृषियोग्य वर्गीकरणमा परेका जमिनमा आवास तथा अन्य प्रयोजनका लागि उपयोग गर्न बन्देज लगाइने भएको छ।
जनता आर्थिकरूपमा सम्पन्न भए उनीहरूले सरकारलाई प्रशस्त राजस्व बुझाउँछन् र सरकार बलियो हुनसक्छ भन्ने हो। जनता समृद्ध भए सरकार सुदृढ हुन्छ, विदेशीको भर पर्नुपर्दैन तर सरकारले देशभित्रै कलकारखानाको प्रबन्ध गरी श्रम तथा रोजगारी सिर्जना गर्न नसकेकाले जनता आर्थिक मामिलामा पिल्सिएका छन्। सरकारको आर्थिक तथा उद्योगधन्दा नीति कमजोर रहेका कारण २०७० मंसिर महिनामा मात्रै ३९ हजार नेपाली श्रम बेच्न विदेश हान्निए। नेपाली युवायुवतीले विदेशमा श्रम गरेर रेमिटेन्स नपठाएको भए अहिलेसम्ममा नेपाली बजारमा नगद चल्तीफिर्तीमा हाहाकार भइसक्ने थियो होला।

कूटनीति

भारतमा शासन गरिरहेका अंग्रेजको पञ्जाबाट नेपाललाई जोगाउन पृथ्वीनारायणले अनेक रणनीति र कूटनीति अवलम्वन गर्ने सिलसिलामा भनेका थिए– ‘यो राजे दुई ढंुगाको तरुल जस्तो रहेछ, चीन वादशाहसित ठूलो घाहा (मित्रता) राषनु, दषिनको समुद्रका बादशाहसित घाहा ता राषनु, तर त्यो महाचतुर छ’ भन्ने उक्तिलाई देशको बागडोर सञ्चालनका लागि मार्मिक दृष्टान्तका रूपमा लिन सकिन्छ। हुन पनि हो, भारत या चीनमध्ये कुनै एकलाई नेपालले चिढाउने काम गर्‍यो भने नेपाल चिरिप्प नभए पनि हानि भने पुग्न सक्ने सम्भावना छ। त्यसैले नेपाल छुरीको धारमाथि हिँड्नुपरेको छ। चतुरोको फन्दामा परेर नेपाल छुरीको बीच धारबाट दक्षिणतर्फ चिप्लियो भने दक्षिणको चतुरोले नेपाललाई खेलाई–खेलाई आफ्नो बसमा पार्नसक्छ।
दक्षिणतर्फको मित्र चतुर छ भन्ने दृष्टान्त अन्य कुराबाट पनि अनुभव गर्न सकिन्छ। नेपालमा प्रत्येक नयाँ प्रधान मन्त्री हुनेबित्तिकै ‘रेड कार्पेट’ ओछ्याएर स्वागत गर्न तातो निमन्त्रणा पठाइहाल्छ। हाम्रा सरकार प्रमुख पनि लुरुलुरु गइहाल्छन्। आफू भने १६ वर्षदेखि नेपाल आएका छैनन्। मित्रता भनेको त लगभग ‘रिसिप्रोसिटी’ का आधारमा सुदृढ हुने होइन र! उनीहरूको ध्येय होला, हामी बोलाउँछांै उनीहरू आइहाल्छन्। यहीँ हामी उनीहरूको कुरा सुनिहाल्छौं, जे सूत्र भन्नुपर्ने हो, उनीहरूलाई भनिहाल्छौं। अनि बेकारमा धाइधाइ नेपाल जान किन आवश्यक पर्‍यो र! सायद हाम्रा नेताहरुले पृथ्वी विचार बिर्सेर हो कि आफूमात्रै धाइरहेछन्।

उत्तरको मित्र पनि कम छैन। चीन–नेपाल सीमा–नाकाबाट रात–बेरात नेपाल छिरेका तिब्बतीलाई हिरासतमा लिएर चिनियाँ राजदूतावासलाई बुझाऊ, होइन भने उनीहरू जताबाट आएका हुन्, उतै फिर्ता पठाऊ भनेर दबाब दिने गरेको छ, चीनले। चीन भन्छ– ‘यस्ता तिब्बती शरणार्थी होइनन्।’ यसबाट नेपाल फसादमा परेको छ।
वास्तवमा अनियमित तरिकाले नेपालतर्फ घुस्ने तिब्बतीबारे चीनको आफ्नै कमजोरी छ, जुन उसले आजसम्म महसुस गरेको छैन तर नेपाललाई बोझ पारेको छ। तिब्बतीहरू नेपालतर्फ पस्न खोज्ने त चिनियाँ सीमा–नाकाबाटै हो। चीनले नेपाल छिर्ने नाकामा गतिलो ध्यान पुर्‍याएर तिब्बतीलाई त्यतै रोक्न किन सकेको छैन? चीनबाट उम्केपछि मात्रै उनीहरू नेपाल पस्ने हुन्। अर्कोतर्फ मौन चालमा नेपालको दक्षिणी भेगको आर्थिक विकास परियोजनामा चिनियाँ परामर्शदाता तथा कामदार संलग्न गराई भारतको कमजोरी बुझ्ने कार्यमा चीन विस्तारै अघि बढ्दै गरेको कुरालाई भारतले सुक्ष्म दृष्टिले हेर्ने गरेको छ। त्यसैले पृथ्वीनारायण शाहलाई नेपालले दुई ढुंगामध्ये एक ढुंगाले नकिचिने र दुईमध्ये एकमा नलहसिने रणनीति बनाउने व्यक्तिका रूपमा पनि पहिचान गर्न सकिन्छ।

यिनै परिप्रेक्षमा पृथ्वीनारायण शाहको दिव्यविचारलाई राष्ट्रवादको जगका रूपमा लिनु सान्दर्भिक हुन्छ। उनको चिन्तनका अवधारणा राष्ट्रिय नीतिको आत्मास्वरूप रहेको मान्नुपर्छ। उनले कतिपय नराम्रा कार्य पनि गरेका होलान्। उनको केही नकारात्मक पक्ष पनि होलान्। आखिर उनी पनि मानिस थिए। बत्तीसै लक्षणले युक्त सर्वगुण सम्पन्न प्राणी यस संसारमा हुँदैनन् तर अधिकांश क्रियाकलाप राम्रो गर्ने व्यक्तिलाई राम्रै दर्जाको मान्नुपर्छ। यसैले पृथ्वीनारायण शाहमा उनले प्रतिपादन गरेको कूटनीति र आर्थिक रणनीतिको प्रसङ्गमा नेपालको अस्तित्व, पहिचान र सामर्थ्यलाई एक सूत्रमा बाँध्न योगदान पुर्‍याएको व्यक्तिको पहिचान रहेको मान्न सकिन्छ।
हामीले उनलाई शाहवंशीय राजाहरुको पितापुर्खाका हैसियतमा होइन, नेपाल राष्ट्रको निर्माता, हिमाली राज्य एकीकरणका अभियन्ताका प्रतीकका रूपमा पहिचान गर्नुपर्छ। नेपाललाई कसरी अखण्ड राख्नुपर्छ र हाम्रो स्वाधीनता एवं स्वतन्त्रता कसरी बचाइराख्नुपर्छ भन्नेबारे सरकारी नीति निर्माताले पृथ्वीनारायण शाहको दिव्यविचार कार्यान्वयनमा ल्याउनुपर्छ।

Identification of Prithvi Narayan

 

Nagarik

Prithvi Narayan’s Saying is still pertinent

­­­­­­­­­­­­­­­­­­
                          पृथ्वीनारायणको विचारोक्ति अझै पनि सान्दर्भिक

बुद्धिनारायण श्रेष्ठ

Image
Buddhi Narayan Shrestha

विभिन्न राज्य-रजौटा, भुरे-टाकुरे, स-साना आकारमा छरिएर रहेका हिमाली राज्यहरूको सीमालाई एकीकरणको सूत्रमा बाँधी एउटा बलियो हिमाली राष्ट्र खडा गर्ने अभियन्ताका रूपमा पृथ्वीनारायण शाह चिनिन्छन् । एकीकरण अभियानको क्रममा गोरखाबाट नुवाकोट हुँदै कान्तिपुर, ललितपुर, कर्ीर्तिपुर र भक्तपुरसम्म सीमारेखा तन्काएपछि उनले १८२६ मंसिर १ गते ‘नेपाल’ राज्यको जन्म गराए । उनी र उनका पितापर्ुखा गोरखाका मूली भए तापनि विस्तारित राज्यको नामचाहिँ नेपाल राखेका थिए । यसबाट उनको कुटिलता र उदारता बुझन सकिन्छ । उनका सन्ततिले नेपालको सिमाना पर्ूवमा टिष्टा, पश्चिममा किल्ला-काँगडा, उत्तरमा बेलाबखत सिगात्से -ल्हासा नजिक) र दक्षिणमा गण्डक र गंगाको संगमस्थलसम्म विस्तार गरेका थिए । यद्यपि उनकै शाखा सन्तानका पालामा वर्तमान सिमानामा आइपुग्यो ।

नेपालको सिमाना व्यापक र सुदृढ बनाउने चाहना राख्ने अभियन्ता पृथ्वीनारायण शाहको अन्य पहिचान पनि छन् । कतिपयले उनलाई राजाका रूपमा हर्ेर्ने गरेका छन्, तर उनको क्रियाकलाप अध्ययन गर्दा नेपाल राष्ट्र निर्माता, पर्ूवराष्ट्राध्यक्ष, राष्ट्रप्रेमीको पहिचानसमेत रहेको छ भन्नुपर्ने हुन्छ । भारतमा शासन गरिरहेका अंग्रेजको पञ्जाबाट नेपाललाई जोगाउन उनले अनेक रणनीति र कूटनीति अवलम्वन गरेका थिए । ५२ वर्षो जीवनकालमा नेपालको राष्ट्रियता बचाउन र राष्ट्रको संरक्षण गर्न अनेक उक्ति, उपदेश, भनाइ र दिव्य विचार उनले उजागर गरेका थिए । उनको समयकालदेखि हालसम्म नेपालमा कतिपय उथल-पुथल भएका छन् । जस्तो, तत्कालीन जनताले थापा तथा पाँडेकाल भोगेका थिए भने त्यसपछि एक सय चारवर्षो जहानियाँ राणाशासन, प्रजातान्त्रिक काल, पंचायती कालखण्ड, पुनः प्रजातन्त्रप्राप्ति, लोकतन्त्र, शाहवंसको अन्त्य र हालको संघीय गणतन्त्रात्मक व्यवस्था पनि जनताले अनुभव गरिरहेका छन् । यतिका परिर्वनपछि पनि पृथ्वीनारायण शाहको दिव्य विचार र उक्ति राष्ट्रियताका हैँशियतमा अहिलेसमेत सान्दर्भिक रहेकेा पाइन्छ । त्यस्ता समयसापेक्ष उक्तिहरूमध्ये केही यहाँ उतार्न खोजिएको छ ।

Image

राष्ट्रको सिमाना
देशको सिमाना सम्बन्धमा पृथ्वीनारायण शाहको उक्ति रहेकेा थियो- ‘सन्धिर्सपन हेरी गढी तुल्याई राख्नु र रस्ता-रस्तामा भाँजा हाली राख्नु । जाइ कटक नगर्ुनु, झिकी कटक गर्नु र श्रीगंगाजीको साँध पनि लाग्नेछ ।’ यस अनुसार सिन्धुलीगढी, रसुवागढी, जीतपुरगढी, मकवानपुर गढी जस्ता प्रवेश गर्ने मुख्य-मुख्य नाकामा गढी वा किल्ला बनाइएकोले अंग्रेज-नेपाल सीमायुद्धका समय सिन्धुलीगढीबाट क्याप्टेन किनलकको फौज धेरै मरी हारखाएर अंग्रेजी फौज उत्तर घुस्नसकेको थिएन । यसैगरी नेपाल-तिब्बत युद्धताका रसुवागढीबाट तिब्बती फौज नेपालतर्फबढ्नसकेको थिएन । उनको उक्ति वर्तमान पर्रि्रेक्ष्यमा राष्ट्रको सिमानामा सीमा सुरक्षा बल तैनाथ गर्ुनपर्छ भन्ने कुरा बुझन सकिन्छ । तर पृथ्वीनारायणको उक्ति अनुशरन हुन नसकेका कारण सीमारेखाको सुरक्षा हुन नसकी नेपालको ७१ ठाउँभन्दा बढी सीमा अतिक्रमण, मिचान, वाद-विवाद भएको छ । यसकारण भारतले नेपालको सिमानामा प्रतिकिलोमिटर सालाखाला २१ जना एसएसबि जवान तैनाथ गरेको छ ।

सीमा व्यवस्थापन र शान्ति सुरक्षा
देशको सीमा पद्धतिको व्यवस्थापन गर्न र जनताको शान्ति सुरक्षाका निम्ति ‘पक्की किल्ला बनाउनु, किल्लैपिच्छे तोप राखिदिनु र भञ्ज्याङ्पिच्छे एक एक फलामे ढोका बनाई ढोकापिच्छे पाँच-पाँच सिपाही राखिदिनु’ भन्ने उक्ति रहेकेा पाइन्छ । यस उक्तिको मनसाय अंग्रेज अत्यन्तै चतुरो जाति रहेको छ, लडाइँ- झगडा नगरी छलकपट गरेर भए पनि हाम्रो देशभित्र आउन सक्छन् । त्यसैले सन्धिर्सपन हेरी उचित ठाउँमा किल्ला बनाई रोक्न सकिन्छ भन्ने हुनसक्छ  । यस अनुसार सिन्धुली जस्ता डाँडाको गढीमा अग्लो पर्खालको किल्ला बनाई फलामे तोप तथा बमगोलाहरू राखिएका थिए । यसैगरी देशको राजधानी रहेको काठमाडौं वरिपरि चार भञ्ज्याङ -साँगा भञ्ज्याङ, थानकोट बाडभञ्ज्याङ, काउले रानीपौवा भञ्ज्याङ, लेले चन्द्रागिरी भञ्ज्याङ) काठमाडौं छिर्ने नाकाको रूपमा कायम गरिएको थियो । हिजोआज पनि यी भञ्ज्याङहरूमा प्रहरी चौकी रहेका छन् र शान्ति सुरक्षाका हिसाबमा संवेदनशील मानिएको छ । उपत्यकाभित्र कुनै आपराधिक घटना घटेमा यी नाकाहरूमा कडाइका साथ चेक जाँच गरिन्छ । स्मरणीय छ, थानकोट सुरक्षा जाँच टोलीले भारत उत्तर प्रदेश सरकारका खाद्य तथा रसदमन्त्री सुरेन्द्रविक्रम सिंहका सहोदर भाइ ब्रजेशप्रताप सिंह तथा दर्ुइ भारतीय सुरक्षा अधिकारीसहित ६ जना भारतीयलाई १ थान एसएमजी, १ थान पेस्तोलसहित २०६१ असार १४ गते पक्राउ गरी भारतीय दूतावासमा बुझाएका थिए । यसबाट पृथ्वीनारायण शाहको दिव्य उक्ति हिजोआज पनि र्सार्थक रहेको छ भन्ने प्रमाणित भएको छ ।

अर्को कुरा, आजकलको रकेट र मिसाइलको जमानामा हाम्रा गढीमा तोप र बमगोला राख्नुको के मतलब रहन्छ र भन्ने भनाइ आउन सक्छ । तर अंग्रेज-नेपाल युद्धताकाका रसुवागढी र सिन्धुलीगढीमा रहेका यस्ता ऐतिहासिक पौराणिक वस्तु अवलोकन गर्न स्वदेशी-विदेशी पर्यटक ओइरिन्थे होलान् । तर यस्ता किल्ला र किल्लाभित्र रहेका सामरिक जिनिसको जगर्ेना र स्याहार-सम्भार गर्न नसकेका कारण यसको महत्व घटेको छ । यद्यपि यस्ता गढीमा अझै केही पर्यटक जाने गरेका छन् । पृथ्वीनारायणको उक्तिअनुसार गढी र किल्लालाई चुस्त-दुरुस्त राख्नसके देशले आर्थिक आम्दानी गर्न सक्ने थियो ।

कूटनीति
‘यो राजे दर्ुइ ढंुगाको तरुल जस्तो रहेछ, चीन वादशाहसित ठूलो घाहा -मित्रता) राषनु, दषिनको समुद्रका बादशाहसित घाहा ता राषनु, तर त्यो महाचतुर छ’ भन्ने उक्तिलाई देशको बागडोर संचालनका लागि मार्मिक दृष्टान्तका रूपमा लिन सकिन्छ । हुन पनि हो, भारत या चीनमध्ये कुनै एकलाई नेपालले चिढाउने काम गर्‍यो भने नेपाल चिरिप्प नभए पनि हानी भने पुग्नसक्ने सम्भावना छ । त्यसैले नेपाल छुरीको धारमाथि हिड्नु परेको छ । चतुरोको फन्दामा परेर नेपाल बीचधारबाट दक्षिणतर्फचिप्लिएमा दक्षिणको चतुराले नेपाललाई खेलाई-खेलाई नुन-तेलसम्म पनि रोकेर नाकावन्दी गर्ला भन्ने सम्भावना नभएको होइन । स्मरणीय छ, शिथिल कूटनीतिका कारण दर्ुइ देश बीचको सरकार प्रमुखको मनोमालिन्य भएकोले २०४५ चैत १० देखि २०४७ असार १७ सम्म नेपालले आर्थिक नाकाबन्दी खेपेकै हो । तर पनि सरसामान अभावका कारण खान नपाएर एक जना पनि नेपाली मरेको सुनिएन ।

दक्षिणतर्फो मित्र चतुर छ भन्ने दृष्टान्त अन्य कुराबाट पनि अनुभव गर्न सकिन्छ । नेपालमा प्रत्येक नयाँ प्रधानमन्त्री हुनेवित्तिकै ‘रेड कार्पेट’ ओछ्याएर स्वागत गर्न तातो निमन्त्रणा पठाइहाल्छ । हाम्रा सरकार प्रमुख पनि लुरुलुरु गइहाल्छन् । आफू भने गत १५ वर्षेखि नेपाल आएका छैनन् । मित्रता भनेको त लगभग ‘रिस्रि्रोसिटी’ का आधारमा सुदृढ हुने होइन र ! उनीहरूकेा ध्येय होला, हामी बोलाउँ छांै उनीहरू आइहाल्छन् । यहीँ हामी उनीहरूको कुरा सुनिहाल्छौं, जे सूत्र भन्नुपर्ने हो, उनीहरूलाई भनिहाल्छौं । अनि बेकारमा धाइधाइ नेपाल जान किन आवश्यक पर्‍यो र ! हुन पनि यस १५ वर्षो समयकालमा झलनाथ खनालबाहेक हाम्रा १० प्रधानमन्त्रीले औपचारिक भारत भ्रमण गरेका छन् । डा. बाबुराम भट्टर्राई प्रधानमन्त्रीमा चुनिएको एक घण्टाभित्रै भ्रमणको निम्तो दिएका थिए । तर इन्दिरा गान्धी अन्तर्रर्ााट्रय विमानस्थलमा नेपालका प्रधानमन्त्रीलाई भारतका सहसचिवस्तरका व्यक्तिले स्वागत गरे । निम्ताको जवाफमा हाम्रा सरकार प्रमुखले विमानस्थलमा आफ्ना समकक्षी उपस्थित हुने भएमात्रै भ्रमण गर्छर्ुुनी र्सतसहित चतुरका अगाडि महाचतुर हुन किन नसकेको होला – सायद पृथ्वी विचार बिर्सर्ेेहो कि !

उत्तरको मित्र पनि कम छैन । चीन-नेपाल सीमा-नाकाबाट रात-बेरात नेपाल छिरेका तिब्बतीलाई हिरासतमा लिएर चिनियाँ राजदूतावासलाई बुझाऊ, यात उनीहरू जताबाट आएका हुन्, उतै फिर्ता पठाऊ भनेर दबाब दिने गरेको छ, चीनले । पश्चिमेली देश -भारतको र्समर्थनमा) भन्छन्- नेपाल पसेका ती तिब्बतीहरू शरणार्थी हुन् । ‘जेन्टलमेन एग्रिमेन्ट’ अनुसार उनीहरूलाई नेपालले परिचयपत्र प्रदान गर्नुपर्छ । परिचयपत्र प्राप्तिपछि चाहे उनीहरू नेपालमै बसुन् या अन्य देशमा जाउन् । परेकेा छैन त नेपाललाई फसाद ! परिचयपत्र दिउँ भने त्यस्ता तिब्बतीहरूले नेपालको भूमिमा रहेर ‘प्रिm तिब्बत’ को नारा घन्काएर चीनको तिब्बतप्रतिको कमजोरी विश्वसमक्ष उजागर गरी चीनको खुट्टा तान्ने, अनि हाम्रो उत्तरी मित्र बिच्कने । अर्कोतर्फ नेपालले दिएको परिचयपत्रका आधारमा अमेरिका र बेलायतले तिब्बतीलाई भीसा प्रदान गर्ने अनि उनीहरूको देशमा पुगेपछि तिब्बतीले दिएको सूचना र जानकारीका आधारमा चीनलाई गाल्न खोज्ने ।

यस्तैगरी परिचयपत्र नदिंदा अमेरिकी संसदका आर्थिक दुरूपयोग नियन्त्रण समितिका सदस्यसमेत रहेका सांसद फ्य्राङ्क उल्फले भन्ने गरेकेा छन्- ‘तिब्बती शरणार्थीलाई आफ्नो चाहना अनुसारका गतिविधि गर्न नदिए आफ्नो देशले नेपाललाई उपलब्ध गराउने लाखौंलाख डलरको सहयोग रोक्का गर्ने र कटौती गर्नेमात्र नभई त्यसलाई शून्य पार्नेछौं ।’ यसबाट नेपाल मुस्किलमा परेको छ । यस्तै प्रसंगमा पृथ्वीनारायणको उक्ति रहेकेा छ- ‘यो नेपाल तखत किल्ला हो, यो किल्ला पायो भन्या चारै बादशाह -बेलायत, रुस, चीन तथा रोम) ले बार्‍हाला लाउनेछ ।’ यसै उक्ति अनुसारको नीति बनाइएमा नेपाललाई परेको मुस्किलबाट फुर्सद पाउनसक्ने थियो कि !

अन्य मामिलामा चीन पनि कम्तिको छैन । अनियमित तरिकाले नेपालतर्फघुस्ने तिब्बतीका बारे चीनको आफ्नै कमजोरी छ, जुनचाहिँ उसले आजसम्म महसुस गरेकेा छैन । तर नेपाललाई बोझ पारेको छ । तिब्बतीहरू नेपालतर्फपस्न खोज्ने त चिनियाँ सीमा-नाकाबाटै हो । चीनले नेपाल छिर्ने नाकामा गतिलो ध्यान पुर्‍याएर तिब्बतीलाई त्यतै रोक्न किन सकेको छैन – चीनबाट उम्केपछि मात्रै उनीहरू नेपाल पस्ने हुन् । अर्कोतर्फमौन चालमा नेपालको दक्षिणी भेगको आर्थिक विकास परियोजनामा चिनियाँ परामर्शदाता तथा कामदार सम्लग्न गर्राई भारतको कमजोरी बुभ\mने कार्यमा चीन विस्तार अघि बढ्दै गरेको कुरालाई भारतले सूक्ष्म दृष्टिले हर्ेर्ने गरेको छ । त्यसैले नेपालले दर्ुइ ढुंगामध्ये एक ढुंगाले नकिचिने र दर्ुइमध्ये एकमा ननजिकिने रणनीति बनाउन पृथ्वीनारायण शाहको उपदेश र्सार्थक हुनसक्छ ।

11345375

आर्थिक रणनीति
१.    ‘देशको जिनिस्, जरिबुटी विदेश पठाउनु र नगद खैंचनु’ भन्ने उक्ति भए तापनि नेपालमा भएको १० हजार १ सय ६७ प्रकारको वनस्पति, सुगन्धित विरुवापात र जडीबुटी परदेशी आएर संकलन गरी नाममात्रको निर्यातशुल्क तिरी असीमित परिमाणमा लैजान्छन् । नेपालीले नै संकलन गरी प्रतिस्पर्धात्मक मूल्यमा विभिन्न देशमा पैठारी गरिने व्यवस्था भए नेपालको आर्थिक हैंसियत केही भए पनि बढ्ने थियो ।

२.    ‘खानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जगामा सारिकन पनि खानी चलाउनु’ भन्ने उक्ति सम्बन्धमा यसको उल्टो रितले कार्यान्वयन गर्ने गरेको पाइन्छ । उदहारणार्थ, केही महिनाअघि नेपाल सरकारबाट अनुमति लिएर चिनियाँ कम्पनीले प्युठान र रोल्पाको सिमानामा पर्ने माडीखोलाको किमिचौर बगरमा सुनखानी खोजी कार्य सुरु गर्दा नगर्दै त्यहाँ अस्थायी टहरा बनाई बस्ती बस्न सुरु भइहाल्यो ।

३.    ‘पानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जगामा सारिकन पानी चलाउनु, गर्‍हो बन्या जगामा घर भया पनि घर अरु जगामा सारी कुलो काटी खेत बनाई अवाद् गर्नु’ भन्ने पृथ्वीनारायणको विचारोक्ति हँुदाहुँदै पनि काठमाडौं महानगरका साबिक राजकुलोको नाम-निशान मेटिएको छ । धोबिखोला, टुकुचा जस्ता खोलाको अस्तित्व लोप हुने गरी बस्तिले ढाकिसकिएको छ । उक्तिलाई मार्गदर्शनका रूपमा लिइएको भए आज ट्राफिक जाम हटाउन सडक चौडागर्ने क्रममा र्सवसाधारणको अर्बौ रुपियाँ बेकार खर्च हुने थिएन । नदीका डोलक्षेत्र हराभरा भएर सागसब्जी र खाद्यान्न प्रशस्त उत्पादनभई प्राकृतिक वातावरण पनि सन्तुलनमा रहने थियो । पृथ्वीनारायणकै उक्तिलाई सम्झना गरेर होला हाल सरकारले भू-उपयोग योजना लागू गर्न लागेको छ, जसमा कि कृषियोग्य वर्गीकरणमा परेका जमिनमा आवास तथा अन्य प्रयोजनका लागि उपयोग गर्न बन्देज लगाइएको छ ।

४.    ‘देस -विदेश) का कपरा लगाउन मन्हाई गरिदिनु, आफ्ना देसका कपरा बन्न ज्यान्नालाई नमना देखाई बन्न लाउनु’ भन्ने विचारोक्तिलाई बिर्सर्ेेसरकारले हेटौंडा कपडा कारखाना तथा ज्योति स्पिनिङ मिल जस्ता बन्द हुनु बाध्य तुल्यायो । यो उक्तिको मनसाय देशभित्रै कलकारखानाको विकास गर्नु हो भन्ने बुझन सकिन्छ । तर सरकारले भएका कलकारखाना बन्द गर्दै त्यहाँका मेसिनरी पार्टपर्ुजा कौडीको मोलमा लिलाम गर्‍यो । उदहारणार्थ, बाँसबारी छालाजुत्ता कारखानाको लिलामी मिसिनले अहिल्यै पनि भारतको गोरखपुरमा जुत्ता उत्पादन गरिरहेकै छ ।

सामाजिक मान्यता
‘घुस दिन्या र घुस खान्या इन दर्ुइको ता धन जीव गरिलियाको पनि पाप छैनर्,र् इ राजाका महासतुर हुन्’ भन्ने उक्ति पनि सान्दर्भिक देखिन्छ । यसै उक्तिले छोएर पर्ूवमन्त्रीहरू चिरञ्जीवि वाग्ले, खुमबहादुर खड्का, जयप्रकाश गुप्ता आदिले भ्रष्टाचारकाण्डमा जेल सजाय पाएका हुन् । तर पृथ्वीनारायणको उक्ति अनुसार यी भ्रष्टचारीलाई घुस दिने को हुन् – अहिलेसम्म पर्दाफास भएका छैन । घुस नदिइकन खाएको होइन होलान् । पृथ्वी विचारोक्ति र्सार्थक बनाउन अबदेखि घुसदिने व्यक्तिलाई पनि सरकारको शत्रु ठानेर त्यत्तिकै मात्रामा सजाय गरिनु पर्छ ।

‘प्रजा मोटा भया दर्बार बलियो रहन्छ’ भन्ने उक्तिका सम्बन्धमा जनता आर्थिक रूपमा सम्पन्न भए उनीहरूले सरकारलाई प्रशस्त राजस्व बुझाउँछन् र सरकार राम्ररी चल्ल सक्छ भन्ने हो । तर सरकारले देशभित्रै कलकारखानाको प्रवन्ध गरी श्रम तथा रोजगारी सिर्जना गर्न नसकेकोले जनता आर्थिक मामिलामा पिल्सिएका छन् । यसैले सरकार पनि कमजोर रहेको छ । जनता समृद्ध भए सरकार सुदृढ हुन्छ, विदेशीको भरपर्नु पर्दैन । आज महानगर क्षेत्रको ट्राफिक लाइट र ओभरहेड पुल जस्ता सामान्य कुरा निर्माण गर्न पनि विदेशीको मुख ताक्नुपरेको छ । गरिब जनताले तिरेको राजस्व धनी राजनीतिक नेताले काठमाडौंबाट ललितपुर जान पनि हेलिकोप्टर उपयोग गरी रिसोर्टको महँगो खाना -आसेपासे साथै) खाने गरेकोले गाउँको विकास निर्माणमा बजेट पुग्न सकेको छैन । नेपाली युवायुवतीले विदेशमा श्रम गरेर रेमिटेन्स नपठाएको भए अहिलेसम्ममा नेपाली बजारमा नगद चल्तिफिर्तिमा हाहाकार भइसक्ने थियो होला ।

यसैगरी राष्ट्र निर्माणका लागि पृथ्वीनारायण शाहका अनेक विचारोक्ति र उपदेश रहेका छन् । तर सरकार प्रमुख ती उक्तिहरूलाई नीतिगत कुरामा ढाली कार्यान्वयन गर्न हिचकिचाउने गरेको छ । यो त राजाले व्यक्त गरेको अभिव्यक्ति हो भन्ने गरेका छन् । यहाँ प्रश्न आउँछ राष्ट्र विकासका निम्ति नेपाली नाम्ले, डोके, खर्पने जनताको आर्थिक समृद्धि हुन्छ भने त्यस्ता उक्ति चाहे राजाले या रङ्कले भनेका हुन्, त्यो लागू गर्दा के ब्रि्रन्छ र –

अन्तिम
आजभन्दा एकाध वर्षअघिसम्म केही राजनीतिक नेता पृथ्वीनारायण शाहको नाम भन्न त के सुन्नै चाहँदैन थिए । तर आज ती नेताहरूले पृथ्वीनारायणको नाम र्सार्वजनिक सभामा पनि लिनलागेका छन् । पृथ्वी विचार नेपालको विकासका निम्ति अझै पनि सान्दर्भिक रहेकेा महसुस गरेका छन् । सरकारले भू-उपयोग आयोजनासँग सम्बन्धित रहेको उक्तिलाई नीतिगत बुँदामा पनि पारेको छ । यसैगरी नेपालको कूटनीति र आर्थिक विकासका रणनीतिमा पनि सम्लग्न गर्दै लगिएमा नेपाल समृद्धिको बाटोतिर लम्किने थियो ।

Image

पृथ्वीनारायणलाई शाहवंसीय राजाहरूको पितापर्ुखाको हैँसियतमा होइन, तर नेपाल राष्ट्रको निर्माताको रूपमा र हिमाली राज्य एकीकरण अभियन्ताका हैँसियतमा उनको सम्झना र सम्मान गर्नुपर्छ । उनले गरेको राष्ट्रप्रेमको आदर र कदर गर्न हामीले हिचकिचाउनु हुँदैन र पर्दैन । नेपालको इतिहासमा उनको आफ्नै  पहिचान रहेकेा कुरा विर्सनु हुँदैन । मैले मेरो बाबुबाजेलाई सम्झना गरिंन र आदर गरिंन भने म नालायक र बेकम्मा हुन्छु । त्यसैगरी नेपाल राष्ट्रको निर्माताको हुन् भनी स्वदेशी-विदेशीले सोधे भने हामीले विनाहिचकिचाहट र्सवप्रथम पृथ्वीनारायण शाह नै हुन् भन्नुपर्ने कुरा इतिहासले बताएको छ । उनले नै २ सय ४३ वर्षघि वर्तमान नेपालको जन्म गराएका हुन् ।

Indo-Nepal Yoga Diplomacy

भारत-नेपाल योग कूटनीति

बुद्धिनारायण श्रेष्ठ

भारतबाट समय-समयमा विभिन्न वर्गका कूटनीतिज्ञहरू नेपाल आउने-जाने कुरो नौलो होइन । भारतीय ‘ट्रयाक वान्’ भन्दा ‘ट्रयाक टु’ कूटनीतिज्ञहरूले नेपाल भ्रमण गर्दा नेपाली जनमानसको कान ठाडो हुने गरेको जो कोहीले पनि अनुभव गरेका छन् । उदाहरणका निम्ति दिल्लीबाट ट्रयाक टु विज्ञ एसडी मुनि, jmेभी राजन, अशोक मेहता, श्यामशरणजस्ता नेपाल विज्ञ काठमाडौं आएर महानगर क्षेत्रका चार-पाँच घरदैलोभित्र पसी कुराकानी, खासखुस र कानेखुसी गरेपछि नेपालको राजनीतिक माहोल रङ्गीन हुने गर्छ । यसबाहेक सीताराम येचुरी, राजनाथ सिंह, डीपी त्रिपाठीजस्ता राजनीतिक फाँटका कूटनीतिज्ञ पनि नेपाल आउँदा उनीहरूले प्रशस्त चर्चा पाउने गरेका छन् । अहिलेको घडीमा योगगुरु स्वामी रामदेव ६ दिने योग शिविर सञ्चालनका लागि चैत १३ गते योग कूटनीतिज्ञका रूपमा काठमाडौं आउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कूटनीतिकस्तरमा जस्तै गरी प्रहरी, प्रशासन, राजनीतिज्ञ, एनआरएनका पूर्वअध्यक्ष तथा नेपाल योग साधकहरूले हार्दिक स्वागत गरे । उनी बसेको भाटभोटेनीस्थित निवास र उनी हिँड्ने रुटमा उनलाई महत्त्वपूर्ण व्यक्तिसरह विशेष सुरक्षा प्रदान गरिएको छ ।

स्वास्थ्य विज्ञानदेखि मनोविज्ञानसम्मका खानीको रूपमा रहनुभएका छिमेकी राष्ट्रका योगगुरुलाई स्वागत अभिवादन गर्नु नेपाली संस्कृतिभित्रकै कुरो हो । यसमा कसैले टिकाटिप्पणी गर्नु हुँदैन । यद्यपि विमानस्थलमा स्वागत गर्दा गुरुदेवलाई योग कूटनीतिज्ञका रूपमा आलंकारिक गरिएको थिएन । तर चैत १४ देखि जब राजधानीको टुँडिखेलमा योगाभ्यास सुरु भयो त्यसबेलादेखि स्वामीजी योग कूटनीतिज्ञका रूपमा पनि देखिन थालिएको कुरा नेपाली योग अभ्यासकर्ताहरूले आभास पाएका छन् ।

योगगुरु रामदेव काठमाडौं उत्रेकै दिन सन्तनिवासमा आयोजित एक कार्यक्रममा उहाँले उद्गार गरेका कुराबाट भारत-नेपाल मात्र होइन नेपाल-चीनसम्बन्धी कूटनीतिका कुरा पनि अभिव्यक्त भएको हुनाले योग कूटनीति भन्नैपर्ने देखिन आएको छ । यद्यपि दुई वर्षअघि नेपालमा सञ्चालित चारदिने योग शिविरमा यस्ता कूटनीतिका कुरा उहाँबाट व्यक्त भएको महसुस भएको थिएन । तर यसपटकको शिविरमा तथा अन्य कार्यक्रममा स्वामीजीले भारत-नेपाल सम्बन्ध, खुला सीमा, नेपाल-चीन सीमा व्यवस्थापन, भारत र चीनमा नेपालीलाई रोजगारी, सीमा सुरक्षा, धर्म निरपेक्ष मुलुक, भारतलाई बिजुली चाहिन्छ, नेपालमा बिजुली निकाल्न पानी छ भन्नेबारेमा प्रकाश पारेर कूटनीतिक कुरा पनि गर्न भ्याएका छन् । यसैगरी आध्यात्मिक योग अभ्यासका बीच-बीचमा केही राजनीतिका कुरा पनि छ्यास्सछुस्स भन्दै शिविरलाई हल्का मात्रामा राजनीतिमय पनि बनाउनुभएको छ ।

अब स्वामीजीको योग कूटनीतिको कुरातर्फ फर्कौं । भारत-नेपाल सम्बन्धमा दुवै देशबीच आत्मीय, पारिवारिक, धार्मिक, मैत्री र सांस्कृतिक सम्बन्ध रहेको तथ्य उनले उजागर गरेका छन् । हुन पनि हो- नेपालीहरू बद्री, हरिद्वार, हरिद्वारा, काशी, गायजी, जगन्नाथजस्ता धाममा तीर्थयात्रा गर्न भारत जान्छन् । यसैगरी भारतीयहरू पशुपतिनाथ, मुक्तिनाथ, बौद्धनाथजस्ता देवीदेवता दर्शन गर्न नेपाल भ्रमण गर्छन् । अर्कोतर्फ नेपाली छोरी भारतीय बुहारी भएका छन् भने भारतीय छोरो नेपालको ज्वाइँ र दुवै देशका बाबुआमा सम्धी-सम्धिनी रहेका छन् । यसरी दुवै मुलुकका जनताबीच एकआपसमा अपार स्नेह भए तापनि नेताहरूले यसलाई प्रदूषित पार्ने गरेको कुरा भन्न पनि स्वामीजी चुक्नुभएको छैन । यो एकदमै सत्य कुरा हो । सीधा-साधा जनस्तरको सम्बन्ध राजनीतिक नेताहरूले बेलामौकामा तोडमतोड गरेको अनुभव जनताले गरेका छन् । उदाहरणार्थ, भारतले नेपालमा २०४५ चैत १० देखि २०४७ असार १७ सम्म एकपक्षीय तरिकाले आर्थिक नाकाबन्दी गर्‍यो । दुवै देशबीचको २२ सीमा-नाकाबाट आवागमन मालसामान ओसार-पसार बन्द गरियो । यसमा सर्वसाधारण जनताको कुनै दोष थिएन ।

अर्को बुँदाको कुरा गरौं । स्वामीजीले भारत र नेपालबीचको विद्यमान खुला सीमा व्यवस्थाको पक्षमा वकालत गरेका छन् भने नेपाल-चीन सीमा पनि खुला गरेर देखाउन चीनलाई चुनौती दिएका छन् । उनी भन्छन्- ‘चीन नेपालसँग भारतभन्दा नजिकको छिमेकी हुने भए भारत र नेपालको जस्तै चीनले सिमाना खुला गरेर नेपालीहरूलाई बिनारोकटोक प्रवेश दिने हिम्मत देखाउनुपर्छ ।’ उनी अझ थप्छन्- ‘भारतमा करिब ५० लाख नेपालीले रोजगारी पाइरहेका छन् । चीनसँग हिम्मत भए ५० हजार नेपालीलाई मात्र चीन प्रवेश गराओस् । यदि चीन यसो गर्न असफल भएमा उसले नेपालमाथि स्वार्थपूर्ण नियन्त्रण गर्न खोजेको प्रस्ट हुन्छ ।’

यहाँ प्रश्न उठ्छ, अन्तर्राष्ट्रिय सीमा व्यवस्थापनको मापदण्ड र विश्वमा फैलँदै गएको अन्तर-सीमा आतंककारी गतिविधिको परिप्रेक्ष्यमा स्वामीजीको उद्गार कति सार्थक र समसामयिक रहेको छ । भारत-नेपाल सीमा खुला रहेका कारण कतिपय कुरामा सुविधाजनक भएका होलान् । तर अन्य कतिपय बुँदामा खतराजन्य कुराहरू पनि आउँछन् । सिमाना खुला भएकाले दुवै देशका जनता आउन-जान सजिलो भएको छ । तर यहाँ बिर्सन नहुने कुरा के छ भने अन्तर्राष्ट्रियस्तरका आतंकवादी पनि अन्तर्राष्ट्रिय सिमाना सजिलै पार गरेर एक अर्को देशमा चलफिर गरिरहेका छन् । एक देशमा अपराध गर्छन् लुसुक्क खुला सीमा पार गरी लुकिछिपी बस्छन् । सीमाको एकातर्फ योजना बनाउँछन् अनि अर्कोतर्फ गएर विध्वंस मच्चाउँछन् । उदाहरणका निम्ति नेपालका सञ्चार उद्यमी जमिम शाहको हत्या २०६६ माघ २४ गते राजधानीको अतिव्यस्त सडकमा दिनदहाडै गरियो । हत्याको केही घन्टापछि हत्यारा अन्तर्राष्ट्रिय सिमाना पार गरी अर्को देशमा बेपत्ता

भए । यदि भारत-नेपाल सीमा नियमन गरिएको भए हत्यारालाई सीमा पार गर्दा नगर्दै पक्रन सकिने थियो कि । हालै एक उच्च अमेरिकी सैनिक अधिकारीले भारतका लागि खतरा बनेको लस्कर-ए तोइबा समूहले नेपालमा समेत दु्रत गतिमा प्रभाव विस्तार गरिरहेको दाबी अमेरिकी सिनेटमा गरेका छन् । उनले कतै नेपाल र भारतबीचको खुला सीमाका कारण तोइबा सञ्जाल नेपालमा पनि फैलन लागेको कुरा संकेत गर्न खोजेका त होइन ? हुन पनि राजधानीको ठमेल पर्यटकीय बजारमा गएर खोज्ने हो भने इराक, इरान, अफगानिस्तान, बंगलादेश, म्यानमारबाट बिनाप्रवेशाज्ञा आएका व्यक्ति भेटिन सकिन्छ ।

अब कुरो रह्यो नेपाल-चीन सीमाको । दुई देशबीच नियमन सीमा व्यवस्था रहेको छ । यसलाई खुला व्यवस्थापन पद्धतिमा परिणत गरे केही हुन्छ ? यो जिज्ञासापूर्ण रहेको छ । यसको सोझो जवाफचाहिँ अन्तर्राष्ट्रिय आतंकवादको सञ्जाल चीनमा समेत सुदृढ पार्न मद्दत पुर्‍याउनु हो भन्ने हुन सक्छ । यस्तो सञ्जालको ट्रान्जिट मुलुक नेपाल बन्न सक्ने सम्भावना रहन्छ भन्न पनि सकिन्छ । चीनले नेपालीलाई बिनारोकटोक प्रवेश दिने गरेमा नेपालीको वेशभूषामा अन्य देशका नागरिक पनि सजिलै चीन छिर्न सक्ने सम्भावना रहँदैन भन्न सकिँदैन । यसले चीनतर्फको शान्ति सुरक्षा अमनचैनमा खलबल पुर्‍याई नेपाल र चीनको प्रगाढ सम्बन्धमा आँच आउन सक्छ । यस क्रममा स्वामीजीले तेस्रो देशका कुरो नउठाउनुपर्ने थियो । यद्यपि उहाँको भनाइको घतलाग्दो अंशचाहिँ के छ भने नेपालीलाई चीनमा प्रशस्त मात्रामा रोजगारी दिइनुपर्छ । यसो हेर्दा कुरो ठीकै हो । छिमेकीको हैसियतले चीनले नेपालीलाई क्षमताअनुसारको रोजगारी दिनुपर्ने हो । नेपालीले

चिनियाँ भूमिमा रोजगारी पाए भारतमा भन्दा स्तरीय काम र धेरै पारिश्रमिक पाउन सक्ने थिए । छिमेकीलाई खुसी पार्ने र आफ्नो छायामा राख्ननिम्ति नेपाली

कामदारलाई निम्त्याउने अभिलाषा चीनलाई पनि थियो

होला । तर उनको आफ्नै भूमिमा अबौर्ैं जनसंख्या भएकाले आफ्नै नागरिकद्वारा श्रम पूर्ति भइरहेकाले छिमेकी देशबाट श्रमिक आपूर्ति आवश्यक नभएको हुनुपर्छ ।

योगगुरु रामदेवले उठाउनुभएको अर्को बुँदा हो सीमा सुरक्षा । उहाँका अनुसार नेपालीमाथि गहिरो विश्वास गरेका कारण भारतले आफ्नो आन्तरिकदेखि सीमा क्षेत्रको सुरक्षामा समेत ३० हजारभन्दा बढी नेपालीले भारतलाई सुरक्षा प्रदान गरिरहेको छ । यो कुरा पनि जायजै

हो । भारतले नेपालको सीमारेखामा ४५ हजारभन्दा बढी सशस्त्र सेना बल तैनाथ गरेको छ । एक किलोमिटरको दूरीमा सालाखाला २५ जवान सेनाबल रहेका छन् । सीमावर्ती क्षेत्रमा त्यस्ता सेनाका जवानले नेपालीमाथि ज्यादती गर्ने गरेका र नेपाली चेलीको हुर्मत लिने काम पनि बेलामौकामा गर्ने गरेका छन् । सुनौलीजस्तो नाकाबाट नेपाल र्फकने नेपालीबाट दुई-चार सय रुपैयाँ झारेर मात्र सीमापार गर्न दिनेजस्ता कार्य पनि भारतीय सेना बलले बेलाबखत गर्दै आएको सीमावर्ती नेपालीले भागेर आइरहेकै छन् । यसैले यी कुरामा पनि स्वामीजीले भारतीय पदाधिकारीसमक्ष प्रकाश पारिदिए सर्वसाधारण नेपालीले राहत पाउने थिए ।

धर्मका सम्बन्धमा मुलुक धर्म निरपेक्ष होस् वा नहोस् सबै धर्मलाई सम्मान गर्नु मुख्य कुरो हो भन्ने धारणा योगगुरुजीको रहेको स्पष्ट भएको छ । नेपालको भावी संविधानमा नेपाल धर्मनिरपेक्ष रहनेछ भन्ने मस्यौदा गरिएको परिप्रेक्ष्यमा केही समुदायले नेपाल हिन्दु राज्य रहने कुरा उल्लेख हुनुपर्छ भनी उठाइरहेको आवाजमा स्वामीजीको वाणीले आगोमा घिउ हालेजस्तो हुने हो कि गाग्राको पानी खनाएजस्तो हुने हो हेर्न बाँकी नै रहेको छ ।

भारतलाई बिजुली चाहिन्छ, नेपालमा बिजुली निकाल्न पानी छ भन्ने गुरु रामदेवको कुरो पनि तथ्यपरक नै हो । वास्तवमा भारतमा विद्युत् शक्तिको खाँचो छ । नेपालमा त्यसै बगेर गइरहेको पानी उपयोग गरी प्रशस्त विद्युत् उत्पादन गर्न सुझाव त्यसले नेपाललाई समृद्ध र शक्तिवान तुल्याउन सक्छ । तर यस सम्बन्धमा तीतो सत्यचाहिँ नेपाल आपै+mले धेरै बिजुली उत्पादन गर्न सकिरहेको अवस्था छैन । कदाचित नेपालले प्रशस्त मात्रामा उत्पादन गरेमा भारतले त्यसलाई कम मूल्यमा खरिद गर्न चाहन्छ । त्यसमाथि पनि भारतले उत्पादन गरिदिएको विद्युत् सिन्कीको मोलमा आपै+m लिने अभिलाषा राख्छ । नेपालको बिजुली र पानी नेपालीको हकहित नमर्ने गरी उचित मूल्यमा खरिद गर भनी भारतीय पदाधिकारीलाई योगाभ्यासको क्रममा स्वामीजीले कानमा मन्त्रणा गरिदिए नेपाल समृद्ध हुन सक्ने थियो ।

यो निकै खुसीको कुरा हो कि गुरुदेवले नेपाली राजनीतिक नेताहरूलाई पनि सतर्क तुल्याउनुभएको छ । योग शिविर शुभारम्भको पहिलो दिनमै स्वामी रामदेवले राजनीतिक नेतालाई बिझ्ने गरी प्रश्न गरे- ‘यहाँ पनि अति पोषणको सिकार ?’ त्यसको पुस्टयाइँ गर्दै गुरुजीले थपे- ‘धेरैजना अति पोषणको सिकार हुनुभएको रहेछ, अभ्यास गर्न गार्‍हो भएको होला । मोटाएको जीउमा रोगले घर बनाउँछ । सबै थोकले पुगे पनि निश्चित उमेर नाघेपछि मान्छेलाई स्वास्थ्यको चिन्ता सुरु हुन्छ ।’ यी वाणी यस पंक्तिकारलाई एकदमै चित्तबुझ्दो रहेको छ । स्वामीजीको लाक्षणिक अभिव्यक्तिले jmे बुझाउन सक्छ भने नेपाली नेताहरूले सरकारी ढुकुटीको धेरै अपव्यय गरेर उनीहरू मुद्रा कुपोषणका सिकार भएका छन् । यस्तो कुपोषण उपल्लो वर्गका धेरै नेतालाई भएको रहेछ । त्यसैले उनीहरूलाई जनस्तरको निम्ति वर्गसम्म जाने अभ्यास गर्न हिचकिचाहट पैदा भएको रहेछ । मुद्राको परिमाणले मोटाए पनि अझ सञ्चित गर्ने रोगले गाँज्ने गर्छ । लखपति नेतालाई करोडको रोगले छुन्छ र करोडपति निर्णयकर्ता पदाधिकारीलाई अर्बपतिको चाहनाले ग्रस्त बनाउँछ । यस सन्दर्भमा उनको सन्देशको भाव यस्तो पनि हुनसक्छ- खान लाउन पुग्ने निश्चित सम्पत्ति पुगेपछि अनैतिक कार्यले त्यसभन्दा माथि थुपारिएको सम्पत्तिले चिन्ता र चिताको बाटोमा डोर्‍याउँछ । नेपालीमा एउटा उखान पनि छ- ‘थोरै खाए बल, धेरै खाए

मल ।’ त्यसैले चाहिने मात्रामा मात्रै भोजन गर्ने बानी बसालेमा कुपोषणको सिकार हुन पर्दैन अथवा निणर्ायक पदमा पुगेका ठूला नेताले नियमावलीले दिने रकम मात्रै लिने गरेमा जनताको नजरबाट तिरस्कृत हुन पर्दैन भन्ने गुरुदेवको सन्देश समसामयिक रहेको मान्नुपर्छ । यिनै कुरा अंगीकार गरेमा हाम्रा नेताहरूले जनताको विश्वास जित्नेछन् र नेपाललाई समृद्धिको दिशातर्फ धकेल्नेछन् ।

दस वर्षसम्म भूमिगत रही सशस्त्र जनयुद्धको नेतृत्व गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि बार्‍ह वर्षदेखि अन्न नखाएका योगगुरु रामदेवको योगशिविर सञ्चालनको तेस्रो दिन एकाबिहानै टुँडिखेलमा योगाभ्यासमा सरिक हुन पुगे । दुवै गुरु चेलाले एकै स्वरमा भने- ‘माओवाद र अध्यात्मवादको मिश्रणबाट राष्ट्रवादको जन्म हुन्छ ।’ यसपछि स्वामीजी एक्लैले भने- ‘राष्ट्रियता र स्वदेशी सामानको पक्षमा मेरो र उहाँहरूको कुरा मिल्छ ।’ निरंकुश राजतन्त्रविरुद्ध माओवादीले जंगलमा तालिम गरे, अब नेपालमा राजतन्त्र छैन । जंगलमा तालिम आवश्यक पनि छैन भन्ने कुराको सन्देश योगगुरुले माओवादीसमक्ष प्रवाहित गरे । यस्तै गुरुजीले खासगरी प्रचण्डलाई लक्ष्य गदर्ैै- ‘आत्मविजेता नै विश्वविजेता हुन्छ । आफ्नो शरीरलाई काबुमा राख्न नसक्नेले परिवार, समाज, पार्टी, संगठन र देशलाई हाँक्न सक्दैन ।’ भन्ने आध्यात्मिक धारणा हजारौं योग अभ्यासकर्तासमक्ष पोखे । अब नेपाली जनताले हेर्नेछन् गुरुजीको उक्तिअनुसार प्रचण्डले आफ्नो धेरै बोल्ने र जहाँ पनि आफै  भ्याउने बानीलाई काबुमा राख्न सक्छन् कि सक्दैनन् ?

%d bloggers like this: