Why Khalanga Glided Down

             खलंगा किन बग्न पुग्यो

                            बुद्धिनारायण श्रेष्ठ  

Picnic Budhanilkantha

२०७० असार २ गतेको मुसलधारे वषर्ाले नेपालको पश्चिमी सीमाको काम गर्ने महाकाली नदीमा अकस्मात बाढी आई यसको किनारमा अवस्थित दार्चुलाको सदरमुकाम खलंगा बगायो । हिमाली क्षेत्रबाट उर्लिएको महाकालीको बाढीले सदरमुकामको भूगोल र नक्सा नै परिवर्तन गरिदिएको छ । बाढीको चपेटामा परेर १३ सरकारी कार्यालय, १ सय ५ पक्की घर, १७ सुकुम्बासी टहरा, ४ मन्दिर बगाएको छ भने जलविद्युत योजना, झोलुंगे पुल र खलंगा-तिङ्कर सडक खण्ड क्षतविक्षत भएको छ । साथै २ हजार ५ सय जना वासिन्दा विस्थापित हुन पुगेका छन् । सबभन्दा बढी क्षति खलंगा वडा ५ को बागाबगरको हाटबजार लाइनमा भएको छ ।

Bagayeko

यहाँ प्रश्न आउँछ, भारतको धार्चुलादेखि नदीपर्ूव रहेको नेपालको दार्चुला सदरमुकाम खलंगा किन बग्न पुग्यो – सामान्यतया भन्न सकिन्छ, तीन दिनको लगातार वषर्ाले नदी उर्लिएर महाकालीको भंगालो नै पसेर नेपालतर्फको खलंगालाई तहस-नहस पार्‍यो । तर यहाँ अर्को जिज्ञासा उत्पन्न हुन्छ सीमा नदी महाकालीको भंगालो किन नेपालतिरै हानियो – यसमा पाँच मानवीय र प्राकृतिक कारण रहेको पाइन्छ ।

पाकृतिक प्रकोप
प्रथमतः छोटो समयमा धेरै ठूलो वषर्ा हुन गयो । २४ घन्टामा १ सय ५८ मिलिमिटर पानी दर्कियो । ४६ वर्षछि यस पटक महाकाली नदीमा पानीको बहाव उच्च रहृयो, फलस्वरुप ४ लाख ४० हजार क्युसेक नाघ्यो । यसबाट दार्चुला-धार्चुला जोड्ने सीमा पुललाई बाढीको पानीले छुन केही मिटर मात्र बाँकी रहेको थियो ।

Darchula-Dharchula

दोस्रो कुरा, पर्ूव र पश्चिमबाट आउने दर्ुइ मनसुन वषर्ा एकैचोटी नेपालको पश्चिमी भू-भागमा पस्नु हो । बँगालको खाडीमा विकास भएको पर्ूर्बी मनसुन र अरेबियन सागरमा विकास भएको दोस्रो दक्षिण-पश्चिमी मनसुन प्रणाली एकैपटक पश्चिम नेपालमा भित्रिएका कारण त्यस क्षेत्रमा मुसलधारे वषर्ा भयो र नदीमा अकस्मात पानीको मात्रा बढ्न पुग्यो । अनि कालीको भंगालोले खलंगा बगायो ।

मानवीय कारण
दार्चुलाको खलंगा बगाउनाको मुख्य कारण भारतले धौलीगंगा नदीको सीमावर्ती क्षेत्रमा बनाएको ब्यारेजको ढोका एकाएक खोलिदिनाले हो भन्ने कुरा आएको छ । दार्चुला र धार्चुलाबाट करिब १८ किलोमिटर उत्तर-पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि  बनाएको बाँध सन् २००६ अप्रिल ६ मा तत्कालीन भारतीय उर्जामन्त्री सुशीलकुमार सिन्धेले उद्घाटन गरेका थिए । यसबाट २ सय ८० मेगावाट शक्ति उत्पादन हुँदै आएको छ । धौलीगंगा र काली नदीको संगम तावाघाटको नेपाल-भारत सीमाबाट ६ किलोमिटर टाढा रहेको ५६ मिटर अग्लो र ३ सय १५ मिटर लामो यो नियन्त्रण ढोकायुक्त बाँध हो । बाँधले छेकिएको पानी ७० मिटरसम्म गहिरो छ । असार २ गते धौलीगंगा नदीको जलाधार क्षेत्रबाट वषर्ाको पानी सोहोरिएर आएका कारण बाँध र तटबन्ध बगाउने अवस्था सिर्जना भयो । त्यसैकारण बाँधको पूरै ढोका खुला गरियो । यसबाट बाँध क्षति हुनबाट बच्यो । तर ढोका खुला गर्दा सोहोरिएर आएको पानीले नेपालको दार्चुला खलंगामा भंगालो नै पसेर महाकाली नदीले ताण्डव नृत्य देखायो । परिणामतः अर्बौं रुपैयाँ बराबरको धनमाल क्षति हुन पुग्यो । हजारौं नेपाली जनता घरबारविहीन भई विस्थापित हुन पुगे ।

नेपाली जनताले धौलीगंगा बाँधको ढोका पुरै खोलिदिएका कारणले नै खलंगाको भू-भाग बगाएको महसुस गरेका छन् । नेपाली जनमानसले यस्तै सोचेको छ । असार ८ गते भारतीय दूतावासको कान्तिपुरमा प्रकाशित विज्ञप्तिमा भनिएकोे छ- ‘महाकाली नदीमा आएको बाढीले नेपालको दार्चुला सदरमुकाम खलंगासहितका क्षेत्र कटानमा पर्ने गरी आएको बाढी धौलीगंगा बाँधको कारणले होइन । नेपाली भू-भाग डुबानमा पर्ने गरी आफूहरूले बाँध नै खोलेको छैन । बाँधसम्म पुग्ने बाटोसमेत भत्किएको छ । यसमा भारतले बाँधको पानी खोलेको भन्ने प्रश्न नै उठ्दैन ।’

भारतीय दूतावासले यस्तो विज्ञप्ति जारी गरे तापनि नेपाली विज्ञ तथा राजनीतिज्ञहरूले काठमाडौंमा आयोजित एक कार्यक्रममा महाकाली नदीमा आएको बाढी प्राकृतिक प्रकोपभन्दा पनि भारतीय पक्षले धौलीगंगा हाइड्रोपावरका ढोका खोलेकोले भएको हो भनेका छन् । नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले दार्चुला बग्नुमा वषर्ा पहिलो कारण भए पनि धौलीगंगा दोस्रो कारण भएको दाबी गरेका छन् । पर्ूव जलस्रोत सचिव द्वारिकानाथ ढुंगेल तथा जलविज्ञ सन्तबहादुर पुनले ‘भारतीय पक्षले बिनासहमति महाकाली नदीमा बनाएको तटबन्ध र धौलीगंगाको ढोका खोलेपछि दार्चुला बगेको हो’ भनेका छन् ।

दोस्रो कारण, दार्चुला-धार्चुलाको सीमापुलको ठीक उत्तर भारतले धार्चुला बजार बचाउन तपोवनदेखि धार्चुलासम्म ३ किलोमिटर लामो स्पर तटबन्ध निर्माण गरेकोले त्यसको ठ्याक्कै वारि खलंगाभित्र महाकालीको भंगालो पस्न पुगेको छ । यस ठाउँमा महाकाली नदी करिब र्सपाकारमा बगेको छ । उत्तरबाट बग्दै आएको नदीमा तटबन्ध नबनाइएको भए अहिले धार्चुला बजार पूरै बगाउन सक्ने थियो । यद्यपि अहिले धार्चुलातर्फपनि गोर्खा रेजिमेन्टको तालिम केन्द्र समेत गरी २० घर बाढीले बगाएको छ । तटबन्ध भएका कारण धार्चुलाको धेरै भाग बच्यो । तर कालीको पानी त्यस तटबन्धमा ठोक्किएर नेपाल तर्फो छेकबाररहित दार्चुलातर्फ पस्यो र नेपाली भूमि नाश गर्‍यो ।

खलंगाभित्र नदीको भंगालो पस्नाको तेस्रो कारणचाहिँ दार्चुलातर्फको नदी किनारको ढुंगा झिक्नाले पनि हो । समय-समयमा यस क्षेत्रको ढुंगा नेपाल तथा भारततर्फका ठेकेदारले झिकी अन्यत्र लैजाने गरिएको छ । पानीको स्वभावअनुसार अग्लोबाट होचोतर्फ बग्ने भएकोले ढुंगारोडा झिकिएर होचो बनेको दार्चुलातर्फ सजिलै भंगालो पस्न सक्यो । यस पंक्तिकारलाई संझना भएअनुसार करिब चार दशकअघि कामेश्वर झा दार्चुलाको प्रमुख जिल्ला अधिकारी रहँदा काली नदीको पर्ूर्बी बगरको चट्टानी ढुंगा द्रुतगतिले झिकिएको थियो । यसमा उनले आँखा चिम्लिए । काठमाडौंमा रिपोर्टिङ नगरेको हुँदा उनी अवकाशमा परेका थिए । यसबाट भारतको धार्चुला बचाउन निकैअघिदेखि नै प्रयास हुँदै आएको बुझिन्छ ।

जहाँसम्म भारतीय दूतावासको विज्ञप्तिमा नेपाली भूमि डुबानमा पर्नेगरी बाँधको ढोका खोलिएको छैन, भारतले बाँधको पानी खोलेको प्रश्न नै उठ्दैन भनिएको छ- यस सम्बन्धमा दुवै देशको संयुक्त अध्ययन टोली गठन गरी जाँचबुझ गरेर नेपाली जनमानसमा उत्पन्न शंका निराकरण गरिए दुवै देशको मित्रता अभिवृद्धि हुन जान्छ । स्मरणीय छ बाढी आउनु अघिल्लो दिनसम्मको गुगल अर्थको फोटोहरू अवलोकन गर्दा घौलीगंगा नदीको बाँधभन्दा तल्लो तटीय क्षेत्रमा पानी बगेको देखिंदैन । अब असार २ देखि ५ गतेसम्मका स्याटेलाइट फोटो उपलब्ध गरी अध्ययन गर्दा ती दिनमा धौलीगंगा बाँध दक्षिण नदीको पानी उर्लिएको देखिन्छ या देखिंदैन । नदीमा बाढी उर्लिएको नदेखिए बाँधको ढोका खोलिएको रहेनछ भन्ने जान्न सकिन्छ । तर नदीमा भेल देखिए ढोका खोलिएकै कारण सुख्खा नदी उर्लिएको हो भन्न सकिन्छ । यसबाट उर्लिएर आएको नदीको भंगालो खलंगातर्फपसेको हुनर्ुपर्छ भन्न सकिन्छ ।

अन्तिम
माथिका कुरा जेसुकै भए तापनि अहिले महाकालीको भंगालो पसेर खलंगालाई ठुलो क्षति पुर्‍यायो । कुनै पनि सीमावर्ती क्षेत्रको भू-भागमा क्षति पुग्नु र त्यस क्षेत्रका जनता पीडामा पर्नु छिमेकी देशका लागि पनि सुखदायी कुरा हुँदैन र हुनु हुँदैन । अहिलेको अवस्थामा पीडितले राहत पाउने व्यवस्था हुनर्ुपर्छ र भविष्यमा यस्ता घटना हुन दिनु हुँदैन । यसका लागि दुवै देशले संयुक्त अध्ययन गरी भविष्यमा धार्चुला र दार्चुलामा मात्र होइन सीमावर्ती अन्य क्षेत्रमा समेत यस्ता घटना दोहोरिन नसक्ने गरी भौतिक संरचना निर्माणको बन्दोबस्त मिलाउनु पर्छ ।

%d bloggers like this: