Ghost of Earthquake

Ghost of Earthquake

Knowledge on Earthquakes

Author:  Buddhi Narayan Shrestha (Knowledge on Earthquakes)

Reviewed by: Padama Singh Karki as (Ghost of Earthquake)

Bhukampa Logo

लेखकीय

सिमाना सम्बन्धी अध्ययन गर्ने मानिसद्वारा भूकम्प विषयक यो पुस्तक कसरी लेखियो – भन्ने जिज्ञासा उत्पन्न हुन सक्छ । यस सम्बन्धमा मेरो आफ्नो भनाइ यस्तो रहेको छ- मैले मास्टर ड्रि्री हासिल गरेको समयमा मुख्य भूगोल भए तापनि स्वेच्छिक विषयमा २०० अङ्कको भर्ूगर्भ विषय पनि लिएको थिएँ । यस विषयभित्र पृथ्वीको बनोट अर्न्तर्गत Evidence of Seismology तथा पहाड निर्माण सिद्धान्त अर्न्तर्गत Continental Drift Theory अध्ययन गरेको थिएँ ।

करिब पाँच करोड वर्षघि यस्तो एउटा भयङ्कर शक्ति उत्पन्न भयो, जसले अस्टे्रलिया र अप्रिmकी मडागास्करको केही भाग छुट्याइदियो र त्यो भूमि (Land Mass) तैरिदँै Eurasian Plateau भित्र धस्सिन पुग्यो । यसबाट हिमालय पर्वत शृङ्खला निर्माण हुन पुग्यो र हिमालयभन्दा दक्षिणको भागलाई भारतीय उपमहाद्वीप (Indian Sub-Continent) भनिन लाग्यो भन्ने ज्ञान हासिल गरेको थिएँ ।

नापी विभागको महानिर्देशक पदमा कार्यरत रहँदा अमेरिकाको University of Colorado, Boulder र नेपालको नापी विभागको सहकार्यमा २०४७ चैत्र महिनामा नेपालमा पहिलो पटक Global Positioning System (GPS) र्सर्भेक्षण गर्ने आयोजना कार्यान्वयन गरेको थिएँ । यस आयोजनाको मुख्य उद्देश्य नेपालमा न्भGeodetic Control Network Strengthening गर्ने र भारतीय उपमहाद्वीप युरेसियन प्लेटुभित्र वर्षो कति सेन्टिमिटरका दरले घुस्दैछ भन्ने नापो लिने पनि थियो ।

नेपाली टोलीको नेतृत्व मैले गरेको थिएँ भने अमेरिकी टोलीका प्रमुख थिए भर्ूगर्भविद् प्रो.डा. रजर बिलहाम । अमेरिकी टोलीलाई प्रत्येक वर्षमैले मेरो घर घट्टेकुलोमा एक छाक खाना ख्वाउने गरेको थिएँ । एक पटक खानापछि बिलहामको टोलीलाई बिदा गर्न मेरो घरअगाडि उभिएर कुराकानी गर्दै थियौं । त्यसै बखत बिलहामले मेरो घर माथिदेखि तलसम्म हर्ेर्दै भने- ‘बुद्धि, तपाईंको यो घर ठूलो भूकम्पका बेला पनि केही हुँदैन जस्तो देखिन्छ ।’ मैले उनलाई किन र के कारणले यस्तो भन्नुभएको हो भनी प्रश्न गरें । बिलहामले भने- ‘यो घर Wall System को रहेछ । घर लगभग चौकोस (Rectangle) आकारका रहेछन् । अनि दर्ुइ तलामात्र रहेछ । कोठाहरु पनि धेरै चौडा आयतनको रहेनछ । सन् २०३४ भित्र नेपालमा आउन सक्ने ठूलो भूकम्पले पनि तपाईंको घरलाई बिगार्दैन जस्तो लाग्छ । भूकम्पले कदाचित प्रभाव पार्‍यो भने पनि यो घरको एक कुना अलिकति भत्केला अथवा भित्ताको केही इँटाहरु खुस्केला । तर ठूलो जोखिममा पर्दैन । Pillar System को सलाई बट्टा आकारको अग्ला घरहरु सन् १९३४ तथा १८३४ को स्केल जत्रै भूकम्प आएमा रुख ढलेजस्तै गरी ढल्न सक्छन् ।’ उनको यो भनाइबाट नेपालमा प्रत्येक सय वर्षा एउटा भूकम्पको कम्पन काठमाडौंले थेग्नु पर्ने रहेछ भन्ने कुरो मेरो दिमागमा पर्‍यो ।

नापी विभागबाट म अवकाशित भइसकेपछि डा. वसन्त श्रेष्ठले उनी सम्पादक भएको एउटा म्यागेजिनका लागि लेख चाहियो भनी मलाई धरपटक गरे । रजर बिलहामको भनाइले मलाई चस्का दिइराखेको हुनाले ‘नेपालमा अर्को ठूलो भूकम्प कहिले -‘ भन्ने शर्ीष्ाक भएको लेख तयार पारी डा. श्रेष्ठलाई दिएँ । त्यो मेरो लेख आगमन मासिक, २०५३ वैशाख-जेठको अङ्कमा प्रकाशित भयो । त्यसपछि केही साथीहरुले मलाई ‘होइन ठूलो भूकम्प ल्याउने नै भइयो कि क्याहो -‘ भन्ने जस्ता खिसिटयुरीका वाक्य बोलेका थिए । मैले चाहिँ ‘खै भूकम्पविद्हरु त्यस्तै भन्दैछन्’ भन्दै टारेको थिएँ ।

समयको चक्रअनुसार २०६८ असोज १ गते नेपालको ताप्लेजुङ र भारतको सिक्किमलाई प्रभाव पारेर ६.९ रेक्टर स्केलको भूकम्प गयो । त्यस भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम र नेपालको ताप्लेजुङ सीमामा परेको हो भनी भारतीय पत्रपत्रिकामा प्रकाशित भयो । नेपाली पत्रिकाले पनि त्यसैलाई अनुसरण गरे । सानोतिनो भूकम्प गएको समाचार आउँदा पनि मैले चासो राख्दै अध्ययन गरेको थिएँ । यो भूकम्प ठूलो वर्गीकरणभित्रको भएको हुनाले देश-विदेशका समाचार पढ्दै United States Geological Survey को तथ्याङ्क विश्लेषण गरे ं। विश्लेषणपछि केन्द्रविन्दु नेपाल-भारत सीमाबाट ९ किलोमिटर पश्चिमतिर नेपालको ताप्लेजुङ जिल्ला लेलेप गाविसको मर्ेरा बस्तीमा १९ किलोमिटर गहिराइबाट भूकम्प छुटेको निचोडमा पुगें । अनि ‘भूकम्पको केन्द्रविन्दु नेपाल भित्रै’ भन्ने शर्ीष्ाकमा २०६८ असोज १० गते मेरो लेख कान्तिपुर दैनिकमा प्रकाशित गरें । यो लेखलाई भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपालका कार्यकारी निर्देशक तथा महासचिव आमोदमणि दीक्षितले र्समर्थन गर्दै ‘हामीले तथ्य विवरण उजागर गर्नैपर्छ’ भनेका थिए । यसपछि पनि भूकम्प सम्बन्धी लेखहरु पढ्ने र समाचारहरु सङ्कलन गर्ने गर्दैरहेको थिएँ ।

नेपालमा सम्वत् १८९० तथा १९९० मा आएको महाभूकम्पको अर्को समयचक्र पुग्दा नपुग्दै २०७२ वैशाख १२ गते ७.८ रेक्टर स्केलको भूकम्प गयो । यो भूकम्प आएर थामिनेबित्तिकै मैले २५ वर्षघि रजर बिलहामले भनेको कुरा सम्झेँ । उनले भनेजस्तै मेरो घर कतै केही भएन । मेरो घरपछाडि पश्चिम साँधमा रहेको दीपक आचार्यको घरचाहिँ भूकम्पले जोखिममा पार्‍यो । बस्नै नहुने तुल्यायो । अनि जगैदेखि भत्काएर बनाएको नयाँ घर निर्माण कार्य हालै सम्पन्न भएको छ ।

२०७२ वैशाखको भूकम्प छुटेको भोलिपल्टदेखि देश विदेशबाट प्रकाशित भएका समाचार सङ्कलन गर्न सुरू गरेँ । पत्रपत्रिकाको कटिङ जोगाहट गर्न थालें । आफैँले पनि भूकम्पले उब्जाएको सन्त्रास, महाभूकम्पको पर्ूव जानकारीजस्ता शर्ीष्ाक राखी दैनिक पत्रपत्रिकामा लेख प्रकाशित गरेँ । केही टेलिभिजन च्यानल र एफएम रेडियोले भूकम्पबारे मेरो अन्तर्वार्ता प्रसारित गरेका थिए । बजारमा निस्केका भूकम्प सम्बन्धी पुस्तकहरु प्नि किन्न हिचकिचाहट गरिनँ । यस्ता सामग्रीहरुको अध्ययन, मनन र विश्लेषण आफ्नै दिमागले गरी आफ्नो ज्ञान मिसाएर आफ्नै प्रकारले यो पुस्तक तयार पारिएको छ । अमेरिकी हर्भर्ड विश्वविद्यालय पुस्तकालयको ऋबदयत क्अष्भलअभ ीष्दचबचथ मा रहेको भूकम्प विज्ञान सम्बन्धी पुस्तक, अनि भारतीय भर्ूगर्भ विभागबाट प्रकाशित नेपाल तथा नेपाल-भारत सीमामा गएका भूकम्पहरुको विवरण पनि पुस्तकमा उल्लेख गरिएको छ ।

विश्वका अन्य देशमा ८ रेक्टर स्केल सम्मको भूकम्पबाट खास क्षति भएको पाइँदैन । उदहारणार्थ, २०१५ सेप्टेम्बर १६ मा चिलीको मध्यभागमा गएको ८.३ स्केलको महाभूकम्पले १४ जनाको मात्र ज्यान लिएको थियो । तर
नेपालमा मझौला वर्गीकरणको भूकम्प छुट्दा पनि निकै क्षति पुर्‍याउने गरेको छ । भूकम्पबाट कसरी बँच्ने र कमभन्दा कम जोखिम हुन के कस्तो बन्दोवस्त गर्नुपर्छ भन्ने जनसाधारणमा ज्ञान नभएकाले यस पुस्तकमा भूकम्पबाट बँच्ने र बचाउने सम्बन्धमा के कसो गर्नुपर्छ भन्ने सन्देश तथा जानकारी प्रवाह गर्ने कोसिस गरिएको छ । यस पुस्तकमा उल्लेख गरिएको खासगरी सैद्धान्तिक अध्याय विद्यालय, महाविद्यालयका विद्यार्थीहरुका निम्ति ऋयगचकभ द्यययप को रुपमा भूकम्पीय शिक्षा हासिल गर्न निकै उपयोगी हुनेछ भन्ने विश्वास गरिएको छ । यसैगरी विगतमा छुटेको भूकम्पबाट पाएको शिक्षा तथा अनुभवमा र्सवसाधारण तथा सरकारका तर्फाट के कस्ता कमजोरी भएका रहेछन् भन्ने कुरा पनि उल्लेख गरिएका छन् । २०७४ जेठ २९ गतेसम्म आएको पराकम्पनको तथ्याङ्क पनि तालिकामा उल्लेख गरिएको छ । २०७२ वैशाखमा गएको भूकम्पपछि नेपालको बजारमा भूकम्प सम्बन्धी केही पुस्तकहरु प्रकाशित भएको पाइन्छ । तर यो प्रस्तुत पुस्तक ती पुस्तकहरुभन्दा भिन्न प्रकृतिका रहेको छ । तथ्याङ्क पनि २०७४ जेठसम्मको समावेस गरिएको छ । यसैले भूकम्पप्रति दिलचस्पी राख्ने विद्यार्थीदेखि सामान्य तथा जागरुक पाठकहरुलाई पनि यो पुस्तकले भूकम्प सम्बन्धी ज्ञान दिलाउने छ भन्ने ठानेका छु ।

भूकम्पविद् तथा भर्ूगर्भवेत्ताहरुका अध्ययन, अनुसन्धान अनुसार नेपालमा १९९० सालको भन्दा ठूलो पैमानाको भूकम्प छुट्न बाँकी नै रहेको छ । २०७२ वैशाख १२ गते छुटेको भूकम्प जति ठूलो रिक्टर स्केलको छुट्नुपर्ने हो, त्यति मात्रामा ऊर्जाशाक्ति स्खलन हुन सकेन । बाँकी रहेको शक्ति काठमाडौं खाल्डो तथा नुवाकोट छेउछाउ अड्किएर ९ीयअपभम भएर) रहेको छ । त्यसकारण त्यो अड्किएको ऊर्जाशक्ति सञ्चय हुँदै कुनै पनि बेला त्यस्तो शक्ति स्खलन भएर अर्को भूकम्प छुट्न सक्छ भन्ने धारणा रहेको छ । यो कुरो जनमानसलाई अत्यासमा पार्नलाई होइन । तर तथ्य तथ्याङ्कले यस्तै देखाउँछ भन्ने वैज्ञानिकहरुको धारणा रहेको छ ।

नेपालमा विगतमा गएका भूकम्पहरुले पनि यस्तै देखाउँछन् । २०४५ भदौ ५ मा भएको भूकम्पले नेपालको मध्यपर्ूर्वी भागमा असर पार्‍यो । यो भूकम्पको स्रोत अन्य भूकम्पसँग मेल खाँदैन । यो भूकम्प धेरै गहिराइ ः Mantle बाट सुरु भएको पाइन्छ भने अन्य भूकम्पहरु १० देखि २५ कि.मि. गहिराइमा जाने गर्दछन् । २०६८ असोज १ को भूकम्पले पर्ूर्वी नेपालमा प्रभाव पार्‍यो । २०७२ वैशाख १२ को भूकम्पले लमजुङदेखि पर्ूव रामेछाप-ओखलढुङ्गा जिल्लासम्ममा बिमाख गर्‍यो । तर लमजुङ पश्चिमतर्फत बाँकी नै रहेको छ । अहिलेसम्म कास्की जिल्लादेखि पश्चिम नेपाल तथा भारतको अलमोडा, देहरादून, मुसौरी आदि क्षेत्रमा विगत पाँच सय वर्षेखि उल्लेखनीय स्केलको भूकम्प छुट्न सकेको छैन । तर ठूलो स्केलको भूकम्पको उमेर पुग्दै गएकोले त्यस क्षेत्रमा जुनसुकै बेला पनि भूकम्प जान सक्ने आँकलन -पर्ूवानुमान) वैज्ञानिकहरुले गरेका छन् ।

अन्त्यमा अमेरिका बोस्टनस्थित टफ्ट्स विश्वविद्यालयका एसोसियट प्रोफेसर डा. मबि सिंहले यो पुस्तकको खासगरी सैद्धान्तिक अध्यायमा केही प्राविधिक सुधार गरिदिई अन्य अध्यायहरु पनि रोचक तथा तथ्यपर्ूण्ा बनाउन सुझाव दिनुभएकोमा वहाँप्रति आभार व्यक्त गर्न चाहन्छु । यस पुस्तकको सैद्धान्तिक अध्यायमा भएका प्राविधिक त्रुटिहरु सच्याइदिनुभएकोमा खानी तथा भर्ूगर्भ विभागका उपमहानिर्देशक तथा भूकम्पवेत्ता डा. सोमनाथ सापकोटाप्रति कृतज्ञता ज्ञापन गर्दछु । यस पुस्तकमा दैनिक पत्रपत्रिकाबाट केही सामग्री साभार गरिएको छ । त्यस्ता सामग्रीका रचनाकारप्रति आभार प्रकट गर्न चाहन्छु । यस पुस्तकको कम्प्युटर ले-आउट गर्नुहुने ज्ञानु महर्जनलाई पारम्पारिक तवरले धन्यवाद उल्लेख गर्न चाहन्छु साथै आवरण पृष्ठको सशक्त तथा मार्मिक चित्रका लागि देवेन पाण्डेप्रति हार्दिक आभार व्यक्त गर्दछु । यस पुस्तक पढेर आउँदो भूकम्पबाट कसरी बँच्ने भन्ने ज्ञान हासिल गर्दै आफू बचौँ र अरुलाई पनि बचाऔँ । आफूले बनाएको आफ्नै घरले आफैँलाई किचेर आफू नमरौं भन्नका निम्ति भूकम्पीय शिक्षा हासिल गरी चनाखो तथा जागरुक होऔं भन्ने अनुरोध पाठकवृन्दप्रति गर्न चाहन्छु ।

00 – 00

 

 

Advertisements

No Open Border

No open border

– Buddhi Narayan Shrestha

This refers to an interview under the heading “Diplomats think Foreign Ministry does not exist” (Kathmandu Post Daily, September 6, 2008) in which the foreign Minister Upendra Yadav has expressed “we must keep in mind that the 1950 treaty has created an open border, established better ties and given us free cross-border movement.”

In fact, no mention has been made of free movement or open border in the Nepal-India Peace and Friendship Treaty-1950. It is only mentioned, the movement will be made on the reciprocal basis. Article 7 states “India and Nepal agree to grant, on reciprocal basis, to the nationals of one country in the territories of the other, movement and privileges of a similar nature.” I emphasize that there is not a single clause not only in the 1950 treaty, but also in any of the subsequent treaties, agreements, memorandum and understanding reached between Nepal and India that inscribes open border system and free movement.

Supporting this fact, the then Councilor, Sanjaya Verma of Indian Embassy, had said “In the 1950 Treaty, not a single point speaks that there must be an open border system between Nepal and India, but open border should be best construed as a symbol of intimate bond between the two neighbours (Space Time, July 2, 2004).”  

                                                                                                                                                                    

With all these facts, the expression made by the Foreign Minister Yadav is fallacious. The mentioned arguement on the part of Yadav is totally baseless. This sort of baseless statement that too from a minister of the country can be extremely  misleading which will surely jeopardize the national interest of Nepal. In addition, it may misguide the scholars and researchers of both the countries. Undoubtedly, 1950 treaty is unjustifiably tilted towards the vested interest of India. So it must be abrogated without much ado. 

♣ ♣

%d bloggers like this: