Challenges of Nepal-India Border Management

Challenges of Nepal-India Border Management

 

Sunauli Pillar east of Belhiya Crossing Point

Buddhi Narayan Shrestha

 

 

Almost all the authorities and dignitaries have said time and often that India-Nepal open border has been misused by unwanted elements. Terrorists like Laskare Taibba related Abdul Karim Tunda, India’s most wanted terrorist Yashin Bhatkal, Bablu Dubey who did 36 crimes in India sneaked Nepal from India have misused the open border regime in a great extent. The criminals commit crimes in one frontier and they cross open border easily and hide in the other side of the border. Indian fake currency notes have been transported from third country via Nepal to India.

 

These authorities who are worried that open border has been misused are from the Indian Prime Minister Narendra Modi, External Minister Sushma Swaraj to Ambassador Ranjeet Rae etc. The Nepalese authorities consists from Vice-President of Nepal Parmananda Jha to Foreign Minister Mahendra Bahadur Pandey, They have expressed the same voice that open border has been misused. But nobody has said that how to use the open border properly. What are the ways and means not to let misuse the open border by these unwanted elements ? What measures should be adopted not to let the terrorists movement from the open border ?

 

In these context, newly appointed Nepali Ambassador to India Deep Kumar Upadhyaya has expressed, while leaving Kathmandu to New Delhi, he will give his attention to make finalization of the border business and he will search permanent solution that Nepalis are facing problems while crossing the border. It is important to note that if the newly appointed Ambassador Upadhyaya is successful not to let the open border misuse by the unwanted people through the diplomatic channel, Nepal-India relation will be reached into new height. If the Indian SSB para-military border security force would not take fifty to hundred Rupees each illegally, while the Nepalis cross the Indian border to their homeland, the credit of this work will go solely to Ambassador Upadhyaya.

(This is the gist of the below mentioned write-up). 

नेपाल-भारत सीमा व्यवस्थापनका चुनौती

अवाञ्छित तत्वले दुरुपयोग गर्दै

 

नेपाल-भारत सीमाका दुई पाटा छन् । सीमांकन र सीमा व्यवस्थापन । सीमांकनका सम्बन्धमा नेपाल-भारत प्राविधिकस्तरीय संयुक्त सीमा समितिले २६ वर्ष काम गरेर ९७ प्रतिशत सीमाको रेखांकन गरेका छन् । यसपछिका ७ वर्ष सीमाकार्य सुषुप्त अवस्थामा रह्यो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणपछि यसलाई जगाइयो । यस अन्तर्गत दुवै देशको परराष्ट्र सचिव स्तरमा, नापी महानिर्देशक तथा उपमहानिर्देशक तहमा र सीडीओ/डीएमको नेतृत्वमा क्षेत्रगत टोली गठन गरिएको छ । सीमा क्षेत्रमा नै संयुक्त रूपमा उपस्थित भएर काम गर्ने टोली चैत २१ गतेदेखि खटिएका छन् । यी टोलीका कार्यमध्ये गहनचाहिँ नासिएका सीमा खम्बा पत्ता लगाई यथास्थानमा पुनः निर्माण गर्नु हो । अर्को संवेदनशील कुरो अन्तरसीमा जोतकमोत दखल (क्रसहोल्डिङ अकुपेसन) मामिला समाधान गर्नु हो । सीमारेखा अस्पष्ट भएका पकेट क्षेत्रमा एकातिरको सीमाञ्चलको बलियो किसानले जानीनजानी अर्कोतर्फको कमजोर किसानको जमिन मिचान गरेको छ । यसलाई यथार्थमा परिणत गरेर रेखांकन गरिनुपर्छ । यो लगभग चुनौतीपूर्ण कार्य रहेको छ ।

 

नवनियुक्त राजदूत उपाध्याय सीमाञ्चल क्षेत्र कपिलवस्तु जिल्लाका वासिन्दा हुन् । क्रसहोल्डिङ अकुपेसनको ज्वलन्त उदाहरण उनले सीमान्त क्षेत्रमा देखेका छन् । निर्दोष किसानको कुरो सुन्नुभएको छ र मनन पनि गर्नुभएको छ । यसै कारणले दुवै सीमाञ्चलका जनतामाझ सुझबुझ हासिल गराई आदर्श सीमाको मानक कायम गर्नसके राजदूत उपाध्यायले जनस्तरबाटै नेपाल र भारत बीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुर्‍याएको ठहरिने थियो ।

 

कालापानी, सुस्ता सीमा मामिलाबारे दुवै देशका परराष्ट्र सचिवलाई काम सुम्पिइएको परिप्रेक्ष्यमा राजदूत उपाध्यायले कूटनीतिक माध्यमद्वारा सहजकर्ताको भूमिका खेल्नसके आधा शताव्दीदेखि अडकिएर रहेको समस्या समाधान भई नेपाल-भारत सम्बन्धमा एउटा अविस्मरणीय कोसेढुंगा स्थापना हुनसक्ने थियो ।

 

दोस्रो पाटो, सीमामा नेपालीले भोग्दै आएका समस्याको दिगो समाधानको कुरा हो । नेपाल र भारतका पदाधिकारीहरूले दुई देश बीचको खुला सीमा दुरुपयोग भएको कुरा धेरैपटक उठाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका अवसरमा व्यवस्थापिका संसदमा भनेका थिए, ‘भारत र नेपालको सीमा यस किसिमले ‘भाइब्रेन्ट’ होस् कि लेनदेन कायम भइरहोस् ताकि तपाईंको पनि विकास होस्, भारतको पनि ।’

 

भारतीय विदेशमन्त्री सुषमा स्वराजले काठमाडौं भ्रमणमा आउँदा भनेकी थिइन्, ‘दुवै देश बीचको खुला सीमा दुरुपयोग गर्दै आपराधिक क्रियाकलापद्वारा मानव तस्करी, भारतीय जालीनोट तस्करी, लागूपदार्थ निकासी/पैठारी गरिएको छ ।’

 

भारतीय राजदूत रन्जित रेले यसै दैनिकलाई अन्तर्वार्ता दिने क्रममा भनेका छन्, ‘नेपाल र भारत खुला सीमा भएका अति निकट मित्रवत् छिमेकी हुन् । खासगरी खुला सीमा भएका छिमेकीहरूबीच बेलाबखत झमेला आइपर्न सक्छन् । तर संवाद, सहमति र समझदारीबाट सल्टिन्छन् । खुला सीमा भएकै कारण कोही एउटा देशमा अपराध गरी अर्कोमा गएर लुक्छन्, यो दुवै देशको लागि समस्या हो ।’

 

यसैगरी उपराष्ट्रपति परमानन्द झाले मधेसी जर्नलिष्ट एसोसिएसन तथा मिडिया फर बोर्डर हार्मोनी संस्थाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भनेका छन्, ‘नेपाल र भारतबीच रहेको खुला सीमालाई दुवै देशका निम्ति वरदानका रूपमा मान्नुपर्छ । यद्यपि तस्कर, विध्वंसकारी तथा अपराधीलाई खुला सीमा दुरुपयोग गर्न नदिन दुवै देश दृढ रहनुपर्छ ।’ परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डले परराष्ट्र मामिला प्रतिष्ठानको एक गोष्ठीमा ‘हाम्रो साँध जोडिएको छिमेकीले उनीहरूको शत्रुत्वलाई हाम्रो सीमा दुरुपयोग गर्न नदिन नेपालको सशक्त सहयोगको चाहना गर्छन्’ भनेका छन् ।

 

Sketch

 

यसरी भारत र नेपालका पदाधिकारीहरूले पटक-पटक दोहोर्‍याउँदै दुवै देश बीचको खुला सीमा अवाञ्छित तत्त्वले दुरुपयोग गरेका छन् भन्दै आएका छन् । तर यस्तो दुरुपयोग गरिएको सीमालाई कसरी सदुपयोग गर्ने भन्ने कुरो कुनै कतैबाट सुनिएको छैन । राजदूत उपाध्यायको कार्यकालमा दुई देश बीचको दुरुपयोग गरिएको सीमालाई सदुपयोगमा परिणत गर्ने-गराउने संयन्त्रको विकास स्थायी रूपमा गर्नसके नेपाल र भारत बीचको आपसी मित्रता र सम्बन्ध अझ उँचो धरातलमा पुर्‍याउनसकेको श्रेय उनैलाई जाने थियो ।

 

खुला सीमा विभिन्न तत्त्वले दुरुपयोग गरेका सम्बन्धमा दृष्टिगत गर्दा तेस्रो देशबाट नेपाल भई भारत छिराएको ९० लाख रुपैयाँको भारतीय नक्कली नोटसहित शेख मुहम्मद ७ जून २०१३ मा पक्राउ परेका थिए । उग्रवादी समूह लस्करे तोएबा सम्बद्ध तथा सन् १९९३ को मुम्बई आक्रमणको संदिग्ध आतंकवादी अब्दुल करिम टुन्डाले खुला सीमाको दुरुपयोग गरी ६ अगस्ट २०१३ मा नेपाल पसी पोखरामा रहेका थिए । तिनलाई १६ अगस्टमा पक्राउ गरी महेन्द्रनगर वनवासाबाट भारततर्फ लगिएको थियो । यस्तै भारतमा प्रतिबन्धित मुजाहिद्दिन समूहका सहसंस्थापक तथा भारतका मोस्ट वान्टेड विध्वंसकारी यासिन भटकललाई काठमाडौं सीतापाइलामा पक्राउ गरिएको भए तापनि वीरगन्ज-रक्सौल खुला सीमामा पक्राउ परेको भनी भारतीय प्रहरीले लगेका थिए । भारतमा ३६ अपराध गरी खुला सीमाबाट नेपाल छिरेका अपराधी बब्लु दुवेलाई नेपाल प्रहरीले २९ मे २०१३ मा पक्राउ गरेको थियो ।

 

खुला सीमाबाट तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिणामको सुनसहित रक्सौलका अमित सर्राफ १० मे २०१४ मा परवानिपुरमा पक्राउ खाएका थिए । नेपाली उद्योगी गंगा विसन राठीलाई विराटनगरबाट अपहरण गरी खुला सीमा पार गराएर त्यसको २३ दिनपछि १० जनवरी २०१३ मा भारतको सिलिगुढीमा हत्या गरिएको थियो । नेपाल प्रहरीले २०१३ सेप्टेम्बर एक महिनाको अवधिमा झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाको खुला सीमाबाट दर्जनौं साना हतियारसहित सात जनालाई पक्राउ गरेको थियो । माइती नेपाल बेलही-सुनौली खुला सीमानाकाबाट सन् २०१३ मा १५ देखि २८ वर्ष उमेरका २ सय ६४ केटी तथा महिलालाई उद्धार गरिएको थियो ।

 

खुला सीमालाई सदुपयोग गरिएको खण्डमा दुवै सीमावर्ती क्षेत्रका जनतालाई लाभ नपुग्ने होइन । इलाम पशुपतिनगर बजारमा ६ जून २०११ का दिन भयंकर आगलागी हुँदा खुला सीमा भएको दार्जिलिङबाट केही घन्टाभित्रै दमकल ल्याएर आगो निभाइयो । जबकि इलाम सदरमुकामबाट भोलिपल्टमात्रै दमकल पुग्यो । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा भारततिरका आँखा रोगी आई खुला सीमाबाट बिना ढिलाइ सीमापार गरी अपरेसन गराएर त्यसै दिन भारत र्फकन सक्छन् । सीमाञ्चलको एकातर्फको किसानले उत्पादन गरेको सागसब्जी, दूधदही, मौसमी फलफूल आदि अर्कोतर्फको हाटबजारमा प्रतिस्पर्धी मूल्यमा बेचबिखन गरेर तुरुन्तै घर र्फकन सक्छन् । तर पनि अवाञ्छित तत्त्वले खुला सीमाको दुरुपयोग गर्ने गरेको पाइन्छ । भारतमा कमाइ गरी र्फकेका नेपालीहरूलाई सुनौलीजस्ता खुला सीमानाकामा भारतीय एसएसबीले सय/पचास नझारी सीमापार गर्न नदिने पनि सीमाको दुरुपयोगमै गणना गर्न सकिन्छ ।

 

यी प्रतिनिधिमूलक घटनाद्वारा नेपाल र भारत बीचको खुला सीमा हदैसम्म दुरुपयोग भएको बुझिन आउँछ । दुई देश बीचको हवाइमार्ग सन् १९९९ सम्म खुला सीमा व्यवस्थापन पद्धतिमा थियो । इन्डियन एयरलाइन्सको हवाइजहाज काठमाडौंबाट अपहरण गरिएको घटनापछि अक्टोबर २००० देखि दुवै देशको खुला हवाइमार्ग नियमनकारी व्यवस्थामा परिणत गरिएजस्तै अवाञ्छित तत्त्वले दुरुपयोग गर्दै आएको जमिन मार्गको खुला सीमालाई विस्तारै नजानिँदो तरिकाले नियमन गर्दै सदुपयोग गराउनेतर्फ दुवै देशलाई कूटनीतिक माध्यमद्वारा अग्रसर गराउनसके राजदूत उपाध्यायले नेपाल र भारतको जनस्तरको सम्बन्ध अझ प्रगाढ पारेको प्रमाणित हुने थियो ।

Advertisements

Challenges of Open Border

Challenges of Open Border

Buddhi Narayan Shrestha

BP Koirala Nepal-India Foundation has published its one year field based study report entitled ‘Nepal-India Open Border : Problems and Prospects’ in Birganj, Kathmandu, Bhairahawa, Kakandbhitta and some time ago in Mahendranagar. This report was prepared in the co-ordination of Prof. Lok Raj Baral. In the report, it is envisaged that privileges have been used by the people of both the frontiers due to open border. At the same time open border has created so many problems as well. During the publication of the report, it was said that there are some problems such as cross-border crime, human trafficking, smuggling of narcotic drugs, border dispute, construction of structures on the border area such as barrage, embankment etc. But it was not mentioned opinion, suggestion and recommendation in the report to solve the problems created by the open border; to expand further Nepal-India relation. On the other hand it was not highlighted, how to densify the facility and privileges more and more in an equal basis for the people of both countries, provided by the open border.

Birganj Gate
For the last few weeks, many discussions have been made concerning the open border between Nepal and India. From the Prime Minister of India to External Affairs Minister, Home Affairs Minister, Ambassador of India to Nepal to Bihar State Legislative Member have talked on open border. Similarly, Nepal’s Vice President, Foreign Affair Minister, Chairman of Tamalopa Party, Chief District Officer, Zonal Police Officer have spoken on the matter of open border. Almost all of these authorities have expressed that open border has been misused by the unwanted elements; and they have accepted that open border has created many perversion and deformity.

 
Prime Minister of India Narendra Modi said while meeting the Prime Minister Sushil Koirala informally after the swearing in ceremony in New Delhi that ‘Nepal and India should be mindful of mutual security concerns as they share an open border.’ At the end of Modi’s visit to Nepal, it is mentioned in the joint press statement that ‘Both sides have to make sure that the open border is not misused by unscrupulous elements posing security threats to either side, Nepal and India will not allow their territory to be used against each other.’

 
Sushma Swaraj, External Affairs Minister of India has said while she visited Nepal ‘open border between our two countries has moulded our unique relationship. This has facilitated extremely close people-to-people linkages. However, this has also been misused for criminal activities in the border areas, such as human trafficking, import and export of illegal drugs, smuggling of Fake Indian Currency Notes etc.’

 
Indian Ambassador to Nepal Ranjeet Rae said in an exclusive interview that ‘India and Nepal are very close friends and neighbours that share an open border. This has been so traditionally for centuries. In any close relationship, especially between neighbours with open borders, there will be irritants from time to time. But it will be resolved through dialogue, co-operation and understanding. We have an open border, someone commits a crime in one country and runs to the other. This is a problem for both countries. We have to set up our co-operation and co-ordination to ensure that the benefits are maximized and the problems are minimized.’

 
On the other side, Nepali authorities also have expressed concern over open border. Vice-President Parmananda Jha has said ‘The open border between Nepal and India should be considered a boon for the two countries. However, Nepal and India should try to ensure that the open border was not misused by smugglers, terrorists and criminals. Similarly, Foreign Minister Mahendra Bahadur Pandey has said in a seminar organized by the Institute of Foreign Affairs ‘Our immediate neighbours, expect Nepal’s active cooperation in not allowing our territory to be misused by elements inimical to them.’

 
Former Home Secretary Govinda Prasad Kusum has written- ‘Due to open border regime, not only Nepal side but also India side have been distressed equally. Open border has created problems as criminals commit crimes in India and they hide in Nepal. Nepali criminals cross the border easily and they are living in India.’

 
To mention all these sayings by the authorities of both the countries is that almost all of them have accepted the open border has been misused by the unwanted elements. But there is no expression how to eliminate the misuse of open border; and how to eradicate the perversion and deformity. In fact, it had to enunciate some ways and means to solve the problem.

 
Now it has to be realized that situation has been changed and the existing open border system between the two countries has to be converted into regulated border management system in a phase wise basis, to resolve the challenges of open border.

 
In the first phase, a mechanism should be developed to monitor by the CCTV cameras. CCTV and Digital Security Gate should be installed in a long but narrow corridor, and the travelers should walk through corridor speaking his/her name with caste, address, purpose of crossing the border and number of days he is travelling. It has to visualize and study his face, posture, dialect, way of walking, sequence of speaking on the computer monitor from inside the corridor. Doubtful traveler should be interrogated taking him to nearby small room. If he is found suspicious, it must be arrested for further inquiry. If he is a genuine passenger, he should be allowed to cross the border without any delay. The CCTV camera tied presently on the branches of a tree on the border crossing-point has been effect less. These CCTV cameras should be moved into the inner corridor.

 
As the next step, border crossing travelers should produce ID card, while crossing the international border, that would be scanned and recorded digitally and let the passenger go through immediately, except the doubtful person. It is commendable that the ID system has been introduced for the air passengers since 1 October 2000. Now it is necessary to implement such system also on the surface route to stop the misuse of open border. If this alternative system is introduced with a joint agreement, it will maintain peace and security on both the frontiers. As a result, criminals and unwanted elements could not have misuse the open border.

 

खुला सीमाका चुनौती

बुद्धिनारायण श्रेष्ठ

बीपी कोइराला नेपाल–भारत फाउन्डेसनले करिब एक वर्ष लगाएर तयार पारेको ‘नेपाल–भारत खुला सिमाना : समस्या र सम्भावना’ नामक स्थलगत अध्ययन प्रतिवेदन वीरगन्ज, काठमाडौं, भैरहवा, काँकडभिट्टा हुँदै केहीअघि महेन्द्रनगरमा सार्वजनिक गरियो। प्रा. लोकराज बरालको संयोजकत्वमा तयार पारिएको प्रतिवेदनमा दुई देशबीचको खुला सीमाका कारण दुवै देशका जनताले सुविधा उपभोग गरिरहेका छन् भन्ने उल्लेख गरिएको छ भने खुला सीमा व्यवस्थाले अनेकौं समस्या उब्जाएको सन्दर्भको पनि व्याख्या गरिएको छ। यस्ता समस्यामध्ये सीमा क्षेत्रमा हुने आपराधिक घटना, मानव बेचबिखन, लागुपदार्थ ओसारपसार, सीमा विवाद, सीमा क्षेत्रमा बनेका संरचना, ब्यारेज, तटबन्धले उब्जाएको समस्याबारे समेत अध्ययन गरिएको प्रतिवेदन सार्वजनिक गर्ने समयमा बताइएको थियो। तर नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता खुला सीमाले उब्जाएको समस्या कसरी समाधान गर्ने भन्ने सम्बन्धमा खास ठहर, सुझाव र सिफारिस सार्वजनिक भएको पाइएन। अर्कोतर्फ खुला सीमाले प्रदान गरेको सुविधालाई अझ विस्तृतीकरण गरी दुवै देशका जनतालाई समानस्तरमा कसरी उपभोग गराउने भन्ने विषयमा पनि प्रकाशमा पारिएको छैन।

 
एकाध महिना अघिदेखि नेपाल र भारतबीचको खुला सिमानाबारे निकै चर्चापरिचर्चा चलेर आइरहेको छ। यस्ता कुरा गर्नेमा भारतका प्रधानमन्त्रीदेखि विदेशमन्त्री, गृहमन्त्री, राजदूत तथा बिहार विधानसभाका सदस्यसम्म रहेका छन्। नेपालका उपराष्ट्रपति, परराष्ट्र मन्त्री, तमलेापा अध्यक्ष, प्रजिअ, अञ्चल प्रहरीलेे पनि बोलेका छन्। यस्ता पदाधिकारीमध्ये प्रायः सबैजसोले अवाञ्छित तत्वद्वारा खुला सीमाको दुरुपयोग गरिएको छ र खुला सीमाले अनेक विकृति पैदा गरेको छ भन्ने स्वीकार गरेका छन्।

 
प्रधानमन्त्री सुशील कोइराला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा गएका समय ‘साइड लाइन’मा मोदीले भनेका थिए– ‘खुला सिमाना रहेका दुई मित्रवत् मुलुकले आपसी सुरक्षा चासोमा बढी ध्यान दिनुपर्छ।’ यसैगरी मोदीको नेपाल भ्रमणको अन्त्यमा जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा ‘खुला सीमा आशंकायुक्त तत्वले दुरुपयोग गरी सुरक्षा निकायलाई चुनौती दिइरहेको कुरामा दुवै देश सजग रहनुपर्छ’ भन्ने उल्लेख भएको छ।

 
भारतीय विदेशमन्त्री सुषमा स्वराजले काठमाडौं भ्रमणमा आउँदा भनेकिथिइन् – ‘दुवै देशबीचको खुला सीमाले हाम्रो अनुपम सम्बन्धलाई ठोस बनाएको छ। यसले जनस्तरको सम्बन्ध एकदम नजिक तुल्याएको छ। यद्यपि, खुला सीमालाई दुरुपयोग गर्दै आपराधिक क्रियाकलापद्वारा मानव तस्करी, भारतीय जाली नोट तस्करी, लागुपदार्थ निकासी पैठारी गरिएको छ।’ सार्क गृहमन्त्रीस्तरीय बैठकमा काठमाडौं आएका भारतीय गृहमन्त्री राजनाथ सिंहले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसँगको भेटमा भनेका छन् – ‘नेपाल–भारत खुला सीमामा धार्मिक अतिवादीको चलखेल बढिरहेकोले अपराधी, विध्वंशकारी र अन्य भारत विरोधी तत्वको क्रियाकलापलाई नियन्त्रण गर्न बढी ध्यान दिनु आवश्यक छ। यसैले खुला सीमा क्षेत्रमा हुने अपराध, नक्कली नोटको अवैध ओसारपसार रोक्न दुवै देशका सुरक्षाकर्मीले जोड दिनुपर्छ।’

 
भारतीय राजदूत रन्जित रेले एउटा अन्तर्वार्ताका क्रममा भनेका छन्– ‘नेपाल र भारत खुला सीमा भएका अति निकट मित्रवत् छिमेकी हुन्। दुवै देशबीच धेरै प्राचीन र ऐतिहासिक सम्बन्ध छ। खासगरी खुला सीमा भएका छिमेकीहरूबीच बेलाबखत झमेला आइरहन सक्छन्। तर संवाद, सहभागिता र समझदारीबाट सल्टिन्छन्। खुला सीमा भएकै कारण कोही एउटा देशमा अपराध गरी अर्कोमा गएर लुक्छ, यो दुवै देशका लागि समस्या हो। हामीले सहकार्य र समन्वयलाई सृदृढ पारेर खुला सीमाको फाइदालाई अत्यधिक तुल्याउने र समस्या न्यूनीकरण गर्नपर्छ’।

 
यसैगरी बीरपुर (भारत) मा एसएसबीले आयोजना गरेको ‘मिडिया मेनेजमेन्ट’ कार्यक्रममा भारतीय लोकसभा सदस्य रञ्जिता रञ्जनले नेपाल र भारतबीच सदियौंदेखिको मित्रता रहेको छ, तर खुला सीमाका कारण अवैध गतिविधि बढेकोले चिन्तित हुनुपर्ने अवस्था आएको बताएकिथिइन्। यस्तै बिहार विधानसभा सदस्य अच्युतानन्द सिंहले काठमाडौंमा आयोजित एक सम्मेलनमा ‘खुला सीमाबाट भारत विरोधी गतिविधि भइरहेकोमा नेपालले सतर्कता अपनाउनु पर्छ’ भनेका थिए। वीरपुरका एसएसबी प्रमुख डिएन बम्बेको विचार चाहिँ देशको सुरक्षासँगै खुला सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै देश मिलेर जानुपर्छ भन्ने रहेको छ।

 
‘मधेसी जर्नलिस्ट एसोसियसन तथा मिडिया फर बोर्डर हार्मोनी’ नामक संस्थाले काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत विधायकहरूको तीनदिने सम्मेलन’ मा उपराष्ट्रपति परमानन्द झाले ‘नेपाल र भारतबीच रहेको खुला सीमालाई दुवै देशका निम्ति वरदानको रूपमा मान्नुपर्छ। यद्यपि तस्कर, विध्वंशकारी तथा अपराधीलाई खुला सीमा दुरुपयोग गर्न नदिन दुवै देश दृढ रहन कोसिस गर्नुपर्छ’ भनेका थिए। यसै कार्यक्रममा तमलोपा अध्यक्ष महन्थ ठाकुरले असामाजिक तत्वले खुला सीमा दुरुपयोग गरिरहेकोमा यसलाई रोक्नुपर्छ, नियमन गर्नुपर्छ। तर खुला सीमालाई नियन्त्रण गरिनु हुँदैन भनेका छन्। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले परराष्ट्र मामिला प्रतिष्ठानको एक सेमिनारमा ‘हाम्रो साँध जोडिएको छिमेकीले उनीहरुको शत्रुतत्वलाई हाम्रो सीमा दुरुपयोग गर्न नदिन नेपालको सशक्त सहयोगको चाहना गर्छन्’ भनेका छन्।

 
जिल्लामा ठूला अपराध हुन खुला सिमानाले सहज बनाएको बाराका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको ठम्याइ रहेको छ। नारायणी अञ्चल प्रहरी एसएसपी सर्वेन्द्र खनाल सबैखाले अपराधको खुला सिमानासित ‘लिंकेज’ रहेको विश्वास गर्छन्। यसै सिलसिलामा पूर्व गृहसचिव गोविन्दप्रसाद कुसुम लेख्छन्– ‘खुला सिमानाका कारणले नेपाल पक्षमात्र होइन, भारत पक्ष पनि उत्तिकै पीडित छ। भारतमा अपराध गर्नेहरू नेपालमा लुक्ने र नेपालका अपराधी भारतमा बस्ने स्थितिले समस्या सिर्जना गरेको छ।’
माथि उल्लिखित प्रतिनिधिमूलक पदाधिकारी र पात्रको यत्तिका नालीबेली यहाँ किन लगाउनु परेको हो भने प्रायःजसोले नेपाल र भारतबीचको खुला सीमा संदिग्ध तत्वले दुरुपयोग गरेको सकारेका छन्। तर यस्तो दुरुपयोग कसरी हटाउने र दुई देशबीचको अन्तर्राष्ट्रिय सीमामा हुने विकृतिलाई कसरी निर्मूल पार्ने भन्ने सम्बन्धमा भने खास अभिव्यक्ति आएकोे छैन। वास्तवमा समस्या समाधानको युक्ति पनि निकाल्नुपर्ने होइन र?

 
खुला सीमामा विकृति आएको त यदाकदा स्वविवेकीय पद्धति अवलम्बन गरिनाले पनि हो। डा. रामशरण महत एउटा क्षेत्रीय बैठकमा भाग लिन पाकिस्तान गएर दिल्ली ‘ट्रान्जिट’ हुँदै काठमाडौं फर्कने क्रममा एकपटक इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा दुई घन्टा रोकिनुपरेको थियो। दिल्लीस्थित नेपाली दूतावासको निकै दौडधुपले महत काठमाडौं फर्कन सकेका थिए। त्यसबखत कुनै नेपाली यात्रु चीन अथवा पाकिस्तान हुँदै भारत प्रवेश गर्न चाहेमा भारतीय भिसा अनिवार्य रहेको अडंगो भारतीय अध्यागमन कर्मचारीले तेर्स्याएका थिए। भारतका विभिन्न सहरमा कामगरी दसैं तिहारजस्ता चाडपर्वमा नेपाल फर्कदैँ गरेका कतिपय नेपाली नागरिकलाई सिमानामा भारतीय एसएसबीले सयपचास रुपियाँ नझारी खुला सीमापार गर्न नदिएका थुप्रै उदाहरण छन्। यसलाई पनि खुला सीमाको विकृतिकै रूपमा लिन सकिन्छ।

 
यस्तो व्यवस्थाले उब्जाएको चुनौती सामना गर्न अब खुला सीमालाई चरणबद्ध तरिकाले बिस्तारै नियमन गर्दै लैजानुपर्ने परिस्थिति उत्पन्न भएको छ। यसमध्ये पहिलो चरणमा अन्तर्राष्ट्रिय सीमा वारपार गर्ने यात्रुलाई सीसीटीभीजडित लामो कोरिडरबाट हिड्न लगाई आफ्नो नाम, थर, ठेगाना, कहाँ, के कामका लागि, कति दिनका निम्ति जानलागेको हो खुलाउनु पर्ने संयन्त्र र अभ्यासको विकास गर्र्नुपर्छ। भित्रीकोठाबाट ‘मनिटर’ गर्दा शंकास्पद यात्रुलाई अर्को सानो कोठामा लगेर केरकार गर्नुपर्छ। दोषी ठहरिए पक्राउ गरेर कार्बाही गर्नुपर्छ। नठहरिए तुरुन्त सीमापार गर्न दिनुपर्छ। सीमावारपार विन्दुमा रहेको रुखको हाँगामा बाँधिएका सीसीटीभी क्यामरा प्रभावहीन भएका छन्। ती सीसीटीभी क्यामेरालाई भित्र सार्नुपर्छ।

 
दोस्रो कदमका रूपमा सीमा वारपार गर्ने यात्रुले परिचयपत्र देखाउनुपर्ने र त्यसलाई स्क्यान गरी सूचीकृत अपराधी तथा शंकास्पद व्यक्तिबाहेक अन्य यात्रुलाई अविलम्ब जानदिने संयन्त्र लागु गर्नुपर्छ। स्मरणीय छ, १ अक्टोवर २००० देखि हवाइयात्रुले परिचयपत्र प्रस्तुत गर्नुपर्ने व्यवस्था लागु गरिएको छ। अब सतहमार्गमा पनि सीमाको दुरुपयोग रोक्न यस्तै प्रबन्ध आवश्यकता पर्न आएको छ। आपसी सहमतिमा यस्ता वैकल्पिक व्यवस्था अवलम्बन गरे दुवैतर्फ शान्ति सुरक्षा कायम हुनसक्ने थियो भने अपराधी तथा अवाञ्छित तत्वले सीमा दुरुपयोग गर्न पाउने थिएनन्।

Nagarik Daily Published on October 29, 2014.

Talk on Open Border in International Conference

Talk on Open Border in International Conference

Buddhi Narayan Shrestha

 
International Federation of Surveyors 25th World Congress, International Border Management Session was held on the third week of June in Kuala Lumpur, Malaysia. Two thousand one hundred participants from 97 countries of the world participated the world congress. There were eleven participants from Nepal. This scribe presented a paper from Nepal entitled ‘Case Study on Nepal-India Border Management, its Opportunities and Challenges.’

2

During the presentation I mentioned, unwanted elements have made undesirable activities through Nepal-India open border. So there should adopt some alternative measures to stop illegal activities along the border.
In connection to my presentation, I explained the opportunities of the open border as convenience in movement across the international border without any hassle. There have been facilities of quick response during hazard and natural calamities. For example, there was a great fire hazard in Ilam of Nepal on June 6, 2011. Fire Brigade brought instantly from Darjeeling, India and put off the fire. Regarding cross-border medical services facility, thousands of Indian frontier inhabitants could come to Sagarmatha Choudhary Eye Hospital, Lahan Nepal any time to get the treatment without any obstruction. Indian labours from Arariya come to Nepal for paddy cultivation and harvesting without any restriction. There is a facility to supply food grains immediately, where there are shortage on the other side of the border. Local production like vegetables and fruits of one frontier could be sold in the weekly market of the other side there and then. All these have been possible as there is an open border regime between two countries.

??????????
Challenges of the open border regime is regarded as the other face of the same coin. I explained with examples that Abdul Karim Tunda, one of India’s most wanted top twenty Lashkar-e-Taiba terrorists was arrested on August 16, 2013 and Yasin Bhatkal, co-founder of the Indian Mujahideen, a militant group banned in India, listed by the United States as a foreign terrorist organization and one of India’s most wanted terrorism suspect was arrested by Nepal police near India’s border on August 28, 2013; and they were handed over to India unofficially.
Indian criminal Bablu Dubey, who did 36 crimes in India sneaked Nepal through open border, was arrested by Nepal Police on May 29, 2013. Aasin Miya was arrested with Rs. 6.9 million Indian fake currency notes on May 28, 2012 in Bara district border. Similarly, Nepal Police arrested Amit Sarraf of Raxaul, an Indian national, with smuggled gold in Parwanipur from Indian border bound bus on May 19, 2014.
There have been trafficking of narcotic drugs, smuggling of goods and machinery, illegal transaction of small arms and gun-powder, trans-border theft, robbery and rape through the open border.

??????????
On the other hand, Nepali industrialist Ganga Bishan Rathi was abducted from Biratnagar, Nepal and he was taken to Siliguri, India and was killed on January 10, 2013 after 23 days of his abduction. Nepali businessman Tulsi Ram Agrawal was abducted on July 20, 2006 and taken to the other side of the border. He was released from Betia, India after the monetary negotiation. Maiti Nepal, a social organization, rescued 264 girls and women (15-28 years old) during 2013 in the Belahia-Sunauli border crossing point. They were supposed to be sold in Indian brothels.
There are infiltrations of third country nationals in a disguised manner through the open border. Bangladeshi citizens use to cross Nepal-India porous border illegally in the disguise of Indian (West Bengal) national. Their face, language, attire, food habit are as ditto as West Bengal inhabitants. Such is the case from Pakistani, Afghani, Iranian citizens as they cross open border as Indian (Uttar Pradesh) nationals. Similarly, Bhutanese and Mynmarian citizens cross the border illegally in the disguise of Nepali nationals. If we stay and look for one or two hours in the Thamel street market of Kathmandu, we can identify such non-status third country citizens. These are some of the examples of the challenges of the open border between two countries.

??????????
So far as the reactions on open border system is concerned, newly elected Prime Minister of India Narendra Modi said on May 27, 2014 while meeting the Prime Minister Sushil Koirala informally after the swearing in ceremony in New Delhi that ‘Nepal and India should be mindful of mutual security concerns as they share an open border.’ Bihar Chief Minister Nitish Kumar said during Chief Ministers conference in New Delhi on April 21, 2012 that Open border with Nepal poses security challenges to Bihar. It needs center’s support to regulate the border to check cross-border crimes.
Indian Ambassador to Nepal Ranjeet Rae said on February 17, 2014 in an exclusive interview to the Kathmandu Post Daily ‘India and Nepal are very close friends and neighbours that share an open border. This has been so traditionally for centuries. In any close relationship, especially between neighbours with open borders, there will be irritants from time to time. But it will be resolved through dialogue, co-operation and understanding. We have an open border, someone commits a crime in one country and runs to the other. This is a problem for both countries. We have to set up our co-operation and co-ordination to ensure that the benefits are maximized and the problems are minimized. We need to have regulation and more patrolling along the border. But sometimes, unfortunately, they are also misused by people who do not have the best interests of the two countries at heart. Terrorism-related cases, fake Indian currency smuggling, gold smuggling and trafficking of protected species are at he specific areas of concern India has with Nepal.’

??????????

During presentation, I expressed recommendation that alternative measure should be implemented in order to maintain internal and external security system, to address the challenges of open border and to make Indo-Nepal border safe and secure. In the first phase, a mechanism should be developed to monitor by the CCTV cameras. CCTV should be installed in a long but narrow corridor, and the travellers should walk through that room speaking his/her name with caste, address, purpose of crossing the border and number of days he is travelling. It has to visualise and study his face, posture, dialect, way of walking, sequence of speaking on the computer monitor from inside the corridor. Doubtful traveller should be interrogated taking him to nearby small room. If he is found suspicious, it must be arrested for further inquiry. If he is a genuine passenger, he should be allowed to cross the border without any delay.
As the second alternative, it is imperative to implement ID card system in a phase wise basis in some of the border crossing points. Introducing ID system is pragmatic for Nepal and India in course of time for the security reason. Travellers should produce ID card while crossing the international border, that should be scanned and let the passenger go through immediately. If this system was introduced, it could have been easily identified the total number of Nepali pilgrimage died last year due to land slide hazard in India. It is commendable that ID card system was introduced for the air-route passengers since October 1, 2000, after the hijacking of Indian Airline aircraft from Kathmandu to Kandahar, Afghanistan. ID was implemented with the decision of both the countries.
The last alternative measure I suggested in my presentation was- fencing the frontier. I quoted the saying of an eminent American poet Robert Frost ‘Good fences make good neighbors.’ Ultimately, it will be not too bad to erect barbed wire fencing between two good neighbours. There are one thousand eight hundred and eighty km long border line between Nepal and India. So there must have 360 exit /entry points, so that the inhabitants of both the frontiers can reach to the exit point, travelling one to two kilometer distance. But visa system should not be introduced because of the perspective of age old friendship between the government to government and people to people level relationship.
After my presentation, participants from United Arab Republic, Israel, Bangladesh, Malaysia and others put questions: whether India may agree to introduce ID card system, if there is existence of extradition treaty between Nepal and India, since how long the open border system existed, whether international terrorists travel across India-Nepal border or also Tibet-Nepal border, and how much will be the cost estimate of fencing on the border.

??????????

4

I answered that Nepal-India border is open for centuries, but there is no black and white agreement. However it is going on traditionally and culturally. India may be mindful to make the border regulated in the context of the security of the people and cross-border crime and smuggling of fake Indian currency notes. For this, India has deployed more than forty-five thousand Special Security Bureau (SSB) personnel along the border. Regarding extradition treaty, it has been drafted and discussed, but it is entangled on the issue whether third country criminals should be extraditated. Terrorists shuttle mostly India-Nepal-India open border, and very few from China-Nepal border. Regarding the cost of the fencing, I mentioned my book entitled ‘Border Management of Nepal’ published eleven years ago, as it was estimated as 140 million US$. But the cost may be more than four fold in these days due to market inflation.

3
At the end of my presentation I reiterated that for the security reason, Nepal-India international border must be restricted to the terrorists, controlled for smugglers, checked for criminals, obstructed for girl traffickers, stopped for narcotic holders, vigilant for smuggler of fake Indian currency notes. But there must not be any delayed for genuine passengers to cross the international border.

??????????

                                                                                                                             ♣ ♣

Fencing Nepal-India Border

Fencing Nepal-India Border

There are two facets of the same coin on the boundaries of various countries of the world. One is the border demarcation and the other is border management. Regarding border management, there are three types of practices all over the world- open border, regulated border and close border.

There is a regulated border management between Nepal and China. But it has the open border regime between Nepal and India. This is porous and vagabond border. People of both the countries can cross the border from anywhere, any time or so many times a day. It has created a head ache for both the countries. Because criminals commit crimes in one country and they can easily cross the international boundary and hide on the other side of the border. Such is the case of cross-border terrorists, girls and women trafficking, smuggling of narcotic drugs, abduction of men and children, smuggling of goods, materials and machinery etc.

To obstruct and stop all these illegal activities across the border, it is necessary to introduce ID Card system while crossing the international border. Alternatively, the CCTV should be fixed into a room with the metal detector gate, instead of tying the CCTV on the branch of a tree presently. The travelers should pass through that CCTV room speaking his name, address, and purpose of travel. The CCTV should be monitored digitally from the inner room by the security people. As the traveler starts to speak, if his voice is shirking and trying to make lie and mention his fake name and address with deformed red face, he should be asked to come to the other inner room. And he must be interrogated by the security personnel, who is watching him while crossing the door of the room. If he is suspected to be a criminal or terrorist during inquiry, he must be stopped and arrest him for further investigation. For example, if a girl traveler says-  My name is Fulmaya Tamang, my home is in Betrawoti VDC in Rasuwa District and I am going to Mumbai with my brother-in-law for a week, as he asked me to have a short visit to Mumbai. If such traveler want to cross the border, she should be inquired and interrogated with the accompanying brother-in-law. If the man is really trafficking to sell her to Mumbai, he should be arrested there and then. If this system is adopted, 50 percent of the illegal crossing of the international border will be stopped.

The next alternative is to fencing the frontier along Nepal-India border. But there must have 360 exit/entry points; and the travelers and the people of both the frontiers must cross the border from these crossing-points. But there should never have the close border system between Nepal and India, as there is age old relationship not only in the government level but also in the people to people level.

Greater Nepal Interview

Examination of Boundary in Laboratory

Examination of Boundary in Laboratory

         Sudheer Sharma’s book Prayogshala (Laboratory)

                          in the eyes of a Border Researcher

Book Reading                                                             Buddhi N Shrestha

                                       प्रयोगशालामा सीमाको परीक्षण

                                                                                        बुद्धिनारायण श्रेष्ठ

सुधीर शर्माद्वारा लिखित पुस्तक ‘प्रयोगशाला’ प्रतिको समीक्षा, टिप्पणी, मन्तव्य आउने क्रममा विमोचनको केही पछि पढिसकेको यस पुस्तकबारे छोटोमोटो तरिकाले केही कोर्न यहाँ तम्सिएको छु । ‘कसलाई के धन्दा, तर घरज्वाइँलाई खानैको धन्दा’ भनेजस्तै पुस्तक हातपर्ने वित्तिकै यसमा नेपाल र भारतबीच रहेको सीमाको कुरा लेखिएको छ छैन भन्नेतर्फनै ध्यान केन्द्रित गरी पढ्न थालेको थिएँ । पुस्तकमा आफूलाई घतपरेको बुँदा तथा सीमासँग सम्बन्धित हरफलाई पहेंलो ‘हाइलाइटर’ ले चिन्हमार्दै छोटो समयमै पुस्तकको पाना रित्याइएको थियो । त्यहि चिन्हमारेको हरफहरु कहाँ-कहाँ छन् भनी अहिले हर्ेदा त पुस्तकको पानाहरु पहेंलपुर तरिकाले रङ्गीन भएका रहेछन् । त्यही बुँदामा रहेर अहिले लेख्न सजिलो भएको छ । पुस्तक पढ्दै गरेको क्रममा नेपाल बैंक लिमिटेड वीरगंजका म्यानेजर मेरा मित्र रामअधिन यादवले फोन गरेका थिए- ओहो, प्रयोगशाला पढ्दा त छोड्दै नछोडौंजस्तो लागेको थियो । कार्यालयको काम भ्याएर रात-साँझ-विहान गरी पाँच दिनमा पढिसिध्याएँ । पढ्ने क्रममा घटनाको विवरण थाहा पाउँदा कहिले मन रोमाञ्चित हुन्थ्यो भने कहिलेचाहिं गहिरो सोचाइमा पाथ्र्यो । यस्तो पनि सम्वाद-परिसम्वाद भएको रहेछ, साँच्चै हो र – भन्ने लाग्थ्यो । अनि त्यस विवरणकोे ‘सर्न्दर्भ समग्री’ देख्दा नपत्याइ सुखै भएन ।

अब म पुस्तकमा उल्लिखित सीमा विषयतर्फलाग्छु । पुस्तकको मुख्य गुदी ३९० पृष्ठभित्र निकै ठाउँमा मेरो चाखको विषय र पुस्तक हातपर्ने बित्तिकै मलाई जिज्ञासा रहेको नेपाल र भारतबीचको सीमा व्यवस्थापन र केही स्थानमा सीमा अंकनबारे पनि लेखिएको पाएँ । यसबाट पुस्तकको वजन अझ बढेको महशुस गरें । किन कि दर्ुइ छिमेकी देशबीच राजनीतिक र आर्थिक सम्बन्धी विश्लेषण महत्वपर्ूण्ा हुन्छ भने दर्ुइ देशको माटोलाई छुट्याउने सीमा सम्बन्धी विवरण पनि राष्ट्रियताका हैसियतमा कम महत्वको हुँदैन ।

    पुस्तकको ‘भारतीय छहारी’ अर्न्तर्गत उपशिर्षमा लेखिएको रहेछ- नेपाल प्रायः ठूला सशस्त्र सङ्र्घष्ामा भारत र भारतीय सिमाना जोडिने गर्छ, चाहे २००७ साल र २०१७ सालमा गरिएको सशस्त्र सङ्र्घष्ा होस् अथवा २०४२ मा रामराजाप्रसाद सिंहले गरेको बमकाण्ड तथा २०५२-६२ मा माओवादीले गरेको जनयुद्ध किन नहोस् । यस्तै नेपालमा गृहयुद्ध चर्कंदै गएपछि त्यसको सबभन्दा धेरै असर खुला सिमाना जोडिएको भारतमै पर्छ भनेर दरबारले दिल्लीलाई विश्वासमा लिन खोजेको विवरण पुस्तकको ‘झनै व्रि्रँदो सम्बन्ध’ का पानामा उल्लेख गरिएको छ । नेपाल र भारतबीचको खुला सिमाना कुनै पनि व्रि्रोही गतिविधिका निम्ति ‘र्स्वर्ग सरह’ बन्ने गरेको छ, माओवादीसँग सीमापार सञ्जाल फिँजाउन लाखौं प्रवासी नेपालीको आधार पनि थियो, खुला सीमाबाट विशाल भारतीय भूभागमा छिरेपछि जोकोही अलप हुन सक्छ, यद्यपि नेपाल र भारतको खुला सीमाबाट बेला-कुबेला माओवादीलाई सीमापार गर्न गार्‍हो परेको कुरा पनि पुस्तकमा वर्ण्र्ाागरिएका छन् । यिनै विवरणको पर्रि्रेक्षमा लेखकले ‘हिन्दुस्तानको बास’ उपशिर्षमा नेपाल-भारत खुला सिमानालाई नियन्त्रित र व्यवस्थित गरिनर्ुपर्छ भन्ने सुझाव अगाडि सारेका छन् ।

लेखकले यस सम्बन्धमा व्यवहारिक, तथ्यपरक र युक्तिसँगत सुझाव पस्केका छन् । वास्तवमा खुला सीमा व्यवस्थाले दुवै देशमा अनेक समस्या पैदा गरेको छ । एक देशमा अपराध गर्छन्, लुसुक्क अन्तर्रर्ााट्रय सीमापार गरेर अर्को देशमा लुकिछिपि बस्छन् । बीरगंज व्यापारीको स्कुलेबच्चा अपहरण गरेर भारतको बेतिया पुर्‍याइन्छ । सौदाबाजी मोलमोलाई गरिन्छ, फिरौति पाएपछि बच्चा मुक्त हुन्छ । भारतबाट रक्तचन्दन खुला सीमापार गराउँदै तिब्बत पुर्‍याइन्छ । मुर्म्बई रेलवे स्टेशनमा बम पड्काइन्छ, बम पड्काउने अभियुक्त काठमाडौंमा पक्डाउ खान्छ । तेस्रो देशबाट ल्याइएको नक्कली भारतीय रुपैयाँको नोट खुला सीमापार गराएर बिहार पुग्छ । यी सबै करामत त खुला सीमाबाट उब्जिएको तन्तु नै हो । बिहारका मुख्यमन्त्री नितीश कुमारले नयाँ दिल्लीमा भएको मुख्यमन्त्रीहरुको सुरक्षा सम्मेलनमा २०११ फेब्रुअरी १ मा भनेका थिए- तेस्रो देशबाट नेपालको बाटो भएर छिराइएका नक्कली भारतीय नोटले बिहारको अर्थतन्त्र नै डामाडोल बनाएको छ । यसबाट पनि खुला सीमाले दुवै देशलाई समस्यामा पारेको छ भन्ने बुझिन्छ ।

पुस्तकमा खुला सिमानाले उब्जाएको समस्याको दृष्टान्तमा नागरिकता प्रमाणपत्र वितरणलाई पनि समावेस गरिएको छ । पुस्तकका लेखक सुधीर शर्मा मधेश विस्फोट शिर्ष अर्न्तर्गतको मधेशी मुद्दामा लेख्छन्- तर्राईका २० जिल्लामा टोली खर्टाई नागरिकता बाँड्न थालेकोमा सर्वोच्चले रोक्यो र त्यतिन्जेल बाँडिएका करिब ३० हजार नागरिकता रद्द गरियो । काठमाडौंको त्रुटिपर्ूण्ा दृष्टिकोण के रहृयो भने, उसले तर्राईको समस्यालाई जहिले पनि भारतसँग जोडेरमात्र हेर्‍यो र त्यो खुला सीमाबाट घुसेकाहरुको मुद्दा हो भन्ने गर्‍यो  । यदि खुला सिमाना नै समस्या थियो भने त्यसलाई व्यवस्थापन गर्नेतिर लाग्नुपथ्र्यो ।

हुन पनि हो, नेपाली नागरिकता प्रमाणपत्र वितरण टोली गाउँ-ठाउँ पुगेको बेला गैरनेपालीले पनि प्रमाणपत्र हत्याए भनी छापामा आएकै कुरा हो । तीन जना नेपाली नागरिकले सिफारिस गरेकै प्रावधानमा पनि प्रमाणपत्र दिन सकिने व्यवस्था भएकोले कतिपयले जाली कागजातका आधारमा नागरिकता पाएका दृष्टान्तहरु छन् । उजुरी परी अवैध व्यक्तिले लिएको प्रमाणपत्र रद्द गरिएको पनि सुनिएकै हो । पुस्तकमा यस्ता ज्वलन्त उदाहरणहरु उल्लेख गरिएकोले पुस्तकका पानाहरु सत्य-तथ्यमा आधारित छन् भन्ने प्रमाणित हुन्छ ।

Prayogshala

पुस्तकका लेखक सुरक्षा मामिलासँग गाँसिएको खुला सीमाबारे लेख्न पनि चुकेका छैनन् । नबदलिएको छिमेकी शिर्षको ‘अभीष्ट’ उपशिर्षमा भारतीय मनोवैज्ञानिकताबारे उल्लेख गर्दै भारतको प्रमुख स्वार्थ सुरक्षा मामिलासँग सम्बन्धित छ, आतङ्ककारीले नेपाली भूमि प्रयोग गरे, नेपाली भूमि भएर नक्कली भारतीय मुद्रा प्रवाह भयो, यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने भारतीय सुरक्षाकर्मीको चिन्ता रहेको कुरा उल्लेख गरिएका छन् । त्यस्ता गतिविधि मूलतः नेपाल-भारत खुला सीमाका कारण फस्टाएको हुनाले त्यहाँ परिचयपत्रका आधारमा आवतजावत गर्नेजस्ता व्यवस्थापनका उपाय अपनाउन सकिन्छ भन्ने पनि सुझाव लेखिएको छ ।

बिल्कुलै हा,े भारतीय सुरक्षाकर्मीको चिन्ता हरण गर्ने हो भने, सीमालाई नियमन -रेगुलेटेड) गर्नुपर्छ । लेखकले र्सजमिनमा देखेर नै यस्तो ‘प्रेस्त्रिmप्सन्’ लेख्नुभएको बुझिन्छ । भारतको अन्दाज छ, सीमास्थित मदरसा विद्यालयका शिक्षक दिउँसो उर्दूभाषा पढाउछन् अनि रातपरेपछि सीमापार गरेर आतंकको सञ्जाल फैलाउँछन् । सीमा नियमन भइदिएको भए यस्ता आतङ्कारी परिचयपत्रका आधारमा सीमामै पक्राउ पर्थे ।

यहाँ प्रश्न आउँछ, पुस्तक लेखकको भनाइअनुसार आखिर के कारणले सीमा नियमन गर्ने अथवा सीमा वारपार गर्ने यात्रुले परिचयपत्र देखाउने व्यवस्था नगरिएको हो – यसबारे पनि ‘अभिष्ट’ उपशिर्षकै पानामा कोरिएको छ । दुवै देशबीच जनस्तरमा विशेष सम्बन्ध रहेको छ, लाखौं नेपालीले भारतमा रोजगारी पाएका छन्, आर्थिक रुपमा पनि भारतप्रति नेपाल निकै निर्भर रहेको छ, नेपाली नेताहरुले राजनीतिक संरक्षकत्व खोज्ने कारणले गर्दा नेपाल-भारतबीच खुला सीमा रहेको हो भन्ने प्रवृत्ति भारतीय कूटनीतिज्ञहरुमा विकसित भएको कारणले नै सीमालाई नियमन गर्नेतर्फध्यान दिइएको छैन र त्यही प्रवृत्तिले भारतलाई नेपालमा एकपछि अर्को राजनीतिक प्रयोग गर्न प्रेरित गर्छ भनी स्पष्ट रुपमा पुस्तकको पाना भरिएको छ । यसै कारणले पनि सुधीर शर्माको प्रस्तुत ग्रन्थमा ‘प्रयोगशालामा सीमाको परीक्षण’ सविस्तार उल्लेख भएको रहेछ भन्न सकिन्छ ।

सीमा व्यवस्थापनका यी कुरासँगै सीमा अंकनका विषय पनि पुस्तकको निकै ठाउँमा उल्लेख गरिएका रहेछन् । ‘खरिपाटीको उग्र प्रस्थान’ उपशिर्षमा माओवादी खरिपाटी भेलाले भारतसँगको विशेष सम्बन्ध अन्त्य गर्नुपर्ने, असमान सन्धिहरु खारेज गर्नुपर्ने, मिचिएको भूभाग फर्काउनुपर्ने ठहर गरेकोले दिल्लीलाई तर्सर्ााे भन्ने विवरण सटिक तरिकाले प्रस्तुत गर्नु लेखकको कला हो । यसै प्रसङ्गमा प्रचण्डले २०६६ मंसिर २ मा भारतीय गुप्तचर अधिकारी एबी माथुरलाई सिङ्गापुरमा भेटगर्दा सन् १९५० को मृतप्रायः सन्धि प्रतिस्थापन गर्न, विवादित सुस्ता सीमाक्षेत्रमा भारतले ओगटेको नेपाली जमिन छाड्न, कालापानीमा राखेको फौजलाई कालीपारि लगेर राख्न भारतले उदारता देखाउनुपर्ने र त्यसो भए नेपाल-भारत सम्बन्ध सहजढङ्ले अगाडि बढ्ने कुरा बताएको, तर माथुरले ठोस जवाफ नदिएको विवरण जस्ताको तस्तै पुस्तकको पानामा उतारिएका छन् । तर यसको परिणाम के आयो भन्ने कुराचाहिँ लेखकले विश्लेषण गर्न भ्याएको देखिंदैन ।

यसैगरी प्रचण्डका सीमासम्बन्धी अभिव्यक्तिहरुमध्ये अङ्ग्रेज गए पनि हिन्दुस्तानको अङ्ग्रेजी मानसिकता गएन भन्दै एमाओवादीले सीमा मिचिएको क्षेत्रहरुमा पर््रदर्शन गरेको विवरण पनि पुस्तकमा चाखलाग्दो तरिकाले प्रस्तुत गरिएको छ । यसै क्रममा वाईसिएलले विवादित सीमास्थल खासगरी सुस्तामा गएर नेपालको राष्ट्रिय झन्डा गाडेको, सीमा जनजागरण अभियान चलाएको र एमाओवादी नेताहरु विभिन्न सीमावर्ती क्षेत्रमा गई सीमा मिचिएकोबारे भाषण गरेको दृष्टान्त पनि पुस्तकमा समावेश गरिएका छन् । यसैगरी प्रचण्ड आफै दार्चुलाको कालापानी क्षेत्र जाने भनिएको थियो, जुन योजना अन्तिम क्षणमा रद्द गरियो, यद्यपि प्रचण्डले दाङमा सुगौली सन्धिको औचित्य समाप्त भइसकेको, सन्धि भारतसँग होइन अङ्ग्रेजसँग गरिएको थियो, यसैले नेपालको पर्ूवमा टिस्टादेखि पश्चिममा काँगडासम्मको भूभाग दाबी गर्नुपर्ने ‘ग्रेटर नेपाल’ को प्रसङ्ग झिकेको विवरण पनि पुस्तकमा सविस्तार उल्लेख गरिएका छन् । तर प्रचण्ड के कारणले कालापानी जान सकेनन् र सुगौली सन्धि वर्तमान भारतसँग गरिएको होइन भनी प्रचण्डले किन भने भन्ने कुराको व्याख्याको अभाव पुस्तक पाठकमा खड्किएको छ । यसको पनि छोटोमोटो पुस्ट्याइँ गरिएको भए सुधीर शर्माको पुस्तक अझ बढी तेजस्वी हुने थियो । मलाई लाग्छ बहालवाला परराष्ट्रमन्त्री डा. रामशरण महत र जलस्रोतमन्त्री गोविन्दराज जोशी २०५६ माघ २५ गते कालापानी जलाधार क्षेत्रको अवलोकन गर्न हेलिकोप्टर चढ्ने बेला लैनचौरबाट फोनआई उनीहरुले भ्रमण पर सारेका थिए र त्यसपछि कहिल्यै कालापानी गएनन् । कतै प्रचण्डलाई पनि यस्तै परेको हो की – भन्ने अन्दाज नेपाली जनताले गर्न नसकेको हुनाले सुधीर शर्माले पनि विश्लेषण नगरेका होलान् ।

यति हुँदाहुँदै पनि पुस्तकमा नेपाली नेताहरुको नेपाल-भारत अन्तरसीमा आवागमनको मात्रा र त्यसको कारण गजबसँग उतारिएको छ । खुला सीमाको कारण नेताहरुको सीमावारपार हुने उर्लदो रफ्तारका बारे पनि मजैसँग समेटिएको छ । १२ बुँदे सम्झौताको सहकार्य गर्ने समय सिटौला, ठाकुर, गिरी, खनाल, गौतम, त्रिपाठी, महतो, जोशी, कोइराला -शेखर) जस्ता नेताहरुको अन्तरसीमा भ्रमणको उपादेयता उल्लेख गर्दै एउटै यात्रु एउटै सीमारेखाबाट हप्ताको चार पटक ओहोर-दोहोर किन भएको हो भन्ने सामान्य जनताले बुझेका थिएनन् भनिएको छ । तर अर्कोतर्फरोल्पाबाट दाङ हुँदै एघारौं दिनमा प्रचण्ड, बाबुराम र कृष्णबहादुर महरा दिल्ली पुग्ने क्रममा उनीहरुलाई जुक्तिपर्ूवक माओवादी कमान्डर किमबहादुर थापा ‘सुनील’ को टोलीले सीमापार गराउन सफल भएको विवरण घतलाग्दो तरिकाले पुस्तकमा उल्लेख गरिएको छ । लेखकले यसमाचाहिँ कारण पनि विश्लेषण गरको छन् कि सीमा नपुग्दै नेपाली सेनाको तारोमा परिने खतरा थियो । नभन्दै प्रचण्डहरुलाई सीमा कटाएर र्फकनासाथ सुनील शाही सेनाको हवाई हमलामा मारिए । यस्तै प्रकारले नेपाल-भारतबीचको अनेक घटनापर्ूवको भूमिका तथा घटनाको परिणामका बारे तिथिमितिसहित उल्लेख गरिएको कारणले पुस्तकलाई ज्यूँदो-जाग्दो बनाएको कुरा पाठकलाई अनुभव गराउँछ ।

पुस्तकमा सीमाबाहेकका अन्य ज्वलन्त विवरण उल्लेख भएका केही बुँदा भन्न लागको छु । यसमा पहिलो कुरा त हाम्रा नेताहरुको ढलपले नीति धेरै पानामा उल्लेख गरिएका छन् । माओवादी पार्टर्ीीथा प्रचण्डको अभिव्यक्तिमध्ये राष्ट्रिय स्वाधीनताका लागि ‘विदेशी प्रभु’ दिल्लीलाई खुला चुनौती दिन्छु, चीनसँगको सम्बन्ध भारतको विरुद्ध होइन, भारतको खास स्वार्थमा असर पार्ने कुनै काम नगर्नेमा भारतीय नेताहरुलाई आश्वस्त पार्छर्ुुभारतले आश्वासन एउटा दिने, तर व्यवहारमा चाहिँ आफूलाई भुत्ते बनाउदारहेछन्, जरुरत पर्‍यो भने चिनियाँ सेना भारतको सिमानासम्म आउँछ, आफ्नो सुरुको भ्रमण चीन भए तापनि पहिलो राजनीतिक भ्रमण त भारतकै हुन्छ भन्ने जस्ता द्विविधापर्ूण्ा भनाइ रहेकोले चिनियाँ प्रधानमन्त्रीको काठमाडौं भ्रमण ४ घन्टामात्रको भएको कुरा समेत पुस्तकका विभिन्न पानामा अङ्कित गरिएका छन् ।

यसैगरी गिरिजाप्रसाद कोइरालाको ‘भारतले कतै मलाई लेन्डुप दोर्जी बनाउन खोजेको त होइन -, राजालाई त तह लगाएँ भने भारत के हो र -, तर्राईको समस्या समाधान गर्न भारत र नेपालले जोइन्ट प्रयास गरे एक मिनेटमा समाधान हुन्छ’ भन्ने जस्ता प्रसङ्ग पनि पुस्तकमा जोडिएका छन् । हाम्रा नेता उपेन्द्र यादवलाई तह लगाउन भारतीय राजदूत मुखर्जीले फोनबाटै चेतावनी दिंदै ‘के तपाईंहरुलाई भारत नचाहिएको हो -‘ भन्ने जस्ता सम्वाद पनि पुस्तकमा सम्लग्न गरिएका छन् । हो, सबै पार्टर्ीीत्ताको चाहना गर्छन्, हाम्रा नेताले दिल्लीको मुख ताकेरै भारतको आँट र हैसियत बढाइदिएका हुन् भन्ने लेखकको जिकिर रहेको छ ।

पुस्तक लेखक कान्तिपुर दैनिकको प्रधान सम्पादक भएको हुनाले कान्तिपुर पब्लिकेसन्सले क्यानडाबाट ल्याउने गरेको न्युजप्रिन्ट, कूटनीतिक वृत्तमा झगडालु राजदूतले, कोलकत्ता बन्दरगाहमा एक महिनाजति रोकेको, तर राजनीति दलहरुदेखि नागरिक समाज र अन्तर्रर्ााट्रय समुदायसम्मको दबाब परेपछि छोडिएको वृतान्त पनि उल्लेख गरिएको पाइन्छ । यसै प्रसङ्गमा ‘कान्तिपुरलाई गलाउन खोजियो’ भनी २०६७ असार १० को पाठक मञ्चमा यस पंक्तिकारको भनाइ पनि प्रकाशित भएको थियो ।
पुस्तकबारे समग्र रुपमा भन्नुपर्दा लखेकले ‘प्रयोगशाला’ को माध्यमद्वारा नेपाल र भारतबीचको वर्तमान कालको सम्बन्ध निकै मात्रामा चिरफार गरेको पाइन्छ । पुस्तकमा उल्लिखित घटना र वर्ण्र्ाापढेपछि नेपाललाई भारत आफ्नो इसारामा चलाउन सक्दो प्रयत्न गर्दो रहेछ भन्ने भेद खुलेको छ । यसैले राष्ट्र, राष्ट्रियता, र्सार्वभौमिकता, भौगोलिक अखण्डता सम्बन्धी ज्ञान यस पुस्तकले प्रचुर मात्रामा प्रदान गरेको छ । नेपाल र भारत विषयक अन्य लेखोट तयार पार्न ‘रिफरेन्स’ का रुपमा यो पुस्तक उपयोग गर्न सकिने देखिन्छ । गैरनेपालीभाषीले यो पुस्तक अंग्रेजीमा अनुवाद भए हुन्थ्यो भन्ने चाहना राखेको मैल पाएको छु । अझ अगाडि भनौं भने, जेएनयु तथा अन्य विश्वविद्यालयका नेपाल-भारत सम्बन्धमा विद्यावारिधी गर्ने नेपाली शोधकर्ताले यो पुस्तक नपढी सुखै छैन । यस पुस्तकको विवरण उल्लेख नगरे उनीहरुको ‘थेसिस रिजेक्ट’ हुनसक्छ । अझ के पनि भन्न सकिन्छ भने, अहिलेसम्म पनि धेरै लेखक तथा शोधकर्ताले गृष्मबहादुर देवकोटाको ‘नेपालको राजनीतिक दर्पण’ र भीमबहादुर पाण्डेको ‘त्यस बखतको नेपाल’ प्रत्येक ३ खण्डको उल्लेख गरिरहेजस्तै ‘प्रयोगशाला’ को पनि उल्लेख गर्नेछन् । आउँदो समयमा थप घटनासहित प्रयोगशालाको अन्य खण्ड लेखिदै जानुपर्ने आवश्यकता महसुस भएको छ र भविष्यका लागि यो आधिकारिक डकुमेन्टको रुपमा रहने छ । पुस्तक दिल्ली, दरबार र माओवादीसँग सम्बन्धित भनिए तापनि दरबारजत्तिकै मात्रामा बेइजिङसँग सम्बन्धित भएको विवरण पनि पाइन्छ ।

पुस्तकको नकारात्मक पक्ष खोतल्दा सत्य-तथ्य विवरण र घटनाक्रम उल्लेख गरिएको सिलसिलामा त्यसको विश्लेषण केही मात्रामा कमी भएको महसुस हुन्छ । सायद पाठकले आ-आफ्नै धारणा बनाउन लेखकले जानि-नजानी छाडेका हुन कि ! यस पुस्तकको पृष्ठ १५१ देखि १८२ सम्म पढ्नबाट म वञ्चित भएँ । ती पाना नै छैनन् । त्यसको बदला ११९ देखि १५० पाना दोहोर्‍याएर हालिएको रहेछ । यसमा लेखको दोष छैन, प्रकाशकको पनि दोष छैन । कमजोरी त प्रेस बाइन्डिङको हो । तर प्रकाशकले त जाँच गर्नुपर्ने हो, यस्ता पाना दोहोरिएका र पाना लोप भएका प्रति ‘रिजेक्ट’ गर्नेपर्ने हो । म त ती लोप भएका पाना पढ्न नपाएर ड्याकमा परें । कतै तिनै पानामा प्रचण्डले हेटौंडा महाअधिवेशनमा कालापानी, सुस्ता सीमा समस्याबारे जनमत संग्रह गरिनर्ुपर्छ भन्ने प्रतिवेदन प्रस्तुत गरेको विवरण र सीमाको अन्य घनघोर परीक्षणका वृतान्त सुधीरको प्रयोगशालामा उल्लेख भएका थिए कि !

अर्को कुरा, पुस्तक विमोचनका दिन लाइनमा बसेर पुस्तक किन्दा प्रकाशकले रु. ७०० लिए । तर हिजोआज मोटोगाताका तिनै पुस्तक बजारबाट लिंदा रु. ६३० मै पाईंदो रहेछ । समान्यतया लेकार्पणका दिन पुस्तक केही सहुलियत दरमा पाइन्छ भन्ने कुरा जनमानसको दिमागमा अड्डा जमिसकेकोले यहाँ छ्यास्स जोडेकोछु । तर पनि विमोचनका बेला अन्नपर्ूण्ा होटेलको नास्तापानीचाहिँ सन्तोषले खाइएको थियो । यी कुरा जेसुकै होस् रु. ७०० तिर्दा यस पंक्तिकारलाई कुनै चित्त दुखेको छैन । त्यसको चार दोब्बर भन्दा बढीको ज्ञान, सन्देश र जानकारी हासिल भएको छ ।

फेरि अर्को कुरा, पुस्तकमा मूल्य अङ्कित गरिएको छैन । क्रेताको विश्वसनियताका लागि मूल्य लेखिनु पर्ने हो । यस्त,ै अन्तर्रर्ााट्रय बुक नम्बरको आइएसबिएन ‘बार कोड’ भित्री पृष्ठमा नभई पछाडिको आवरणमा राखिनुपर्ने अभ्यास प्रचलनमा छ । यस्तो भए ‘मेसिन रिडेबल काउन्टर’ का लागि उपयोगी हुन्छ । जाँदाजाँदै लेख्न मन लाग्यो, नेपालरुपी प्रयोगशालामा विभिन्न सिद्धान्त, अभ्यास र प्रयोग  परीक्षण गरिंदै रहेछ भन्ने सन्देश पुस्तकबाट प्राप्त भएको छ । त्यो परीक्षण प्रयोगलाई साकार बनाएर नोबेल पुरस्कार नदिलाउनचाहिँ हामी नेपाली र हाम्रा राजनीतिक नेताको क्रियाकलापमा भर पर्नेछ ।

Border Management in Election

            निर्वाचनमा सीमा व्यवस्थापन

नेपाल तथा भारतका नागरिकले पनि अन्तर्राष्ट्रिय सीमा वारपार गर्दा परिचयपत्र देखाउने प्रचलन गरिनुपर्छ

                                                    – बुद्धिनारायण श्रेष्ठ

आउँदो मंसिर ४ गते संविधानसभाको दोसो निर्वाचन हुन लागिरहेको छ । निर्वाचन सफल पार्नका लागि शान्ति सुरक्षा, अमनचैनको ठूलो भूमिका रहेको हुन्छ । मतदाताहरू मतदानका लागि लाइनमा बसिरहेका समय बमगोला पड्किए त के कुरा, एउटा ठूलो आवाजको पटाकामात्र पड्किए पनि भागदौड मच्चिन्छ । त्यसैले यस्ता अवाञ्छित क्रियाकलापलाई संवेदनशील तत्त्वका रूपमा लिनुपर्छ । यस्ता तत्त्व मतदान हुने दिनअगावै नियन्त्रण भइसकेको हुनुपर्छ । अनिमात्र निर्वाचन प्रक्रिया सफलतासाथ सम्पन्न हुन्छ ।

 

यसै प्रसङ्गमा गृहमन्त्रीले असोज २२ गते चितवनमा भनेका छन्- सुरक्षा दिन्छौं, भोट हाल्न जानुस् । यहाँ उठाउन खोजिएको कुरा के हो भने यस्ता सुरक्षाका कुरा देशको अन्तर्राष्ट्रिय सीमा व्यवस्थापनसँग पनि गाँसिएको छ । त्यसैले सुरक्षाका दृष्टिकोणमा सीमा व्यवस्थापनलाई बेवास्ता गर्नु भनेको निर्वाचन धाँधलीरहित नहुनु हो । सीमालाई निर्वाचनका समयमा मात्र होइन, त्यसभन्दा निकै अघिदेखि नै नियमन गरिएन भने मतदानको काम पूरा भएको अवस्था आए तापनि त्यसमा लठैतहरूले सीमापारबाट नक्कली मतदातालाई घुसाई डरधम्कीका भरमा फर्जी मत खसाइएको हुनसक्छ । यस्तो अवस्था पैदा भएमा निर्वाचन धाँधलीरहित तरिकाले सम्पन्न भयो भनी अन्तर्राष्ट्रिय स्तरबाट ग्राह्य नहुन पनि सक्छ ।

निर्वाचन प्रक्रिया सुरु भई बारा जिल्ला क्षेत्र नं. ४ बाट प्रत्यक्षमा उम्मेदवारी दाखिल गरेको भोलिपल्ट महम्मुद आलमलाई असोज १८ गते बिहान ११ बजे गोली हानियो । उपचार गर्दागर्दै असोज २४ गते उनको मृत्यु भयो । गोली प्रहारपछि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई व्यक्ति सिमानातर्फ भागेका थिए । घटना लगतै बारा प्रहरी उपरीक्षकले दोषीलाई उम्कन नदिन बारा र पर्सा सीमा-नाकामा कडा निगरानी गरिएको बताएका थिए । आलममाथिको आक्रमणमा भारतीय नम्बरको मोटरसाइकल प्रयोग हुनु र आक्रमणकारी भारततिरै भागेको घटनाक्रमका आधारमा घटना शृङखला सीमापारितिर जोडिने कुरा बारा जिल्ला सुरक्षा समितिका एक अधिकारीले बताएका छन् । यसबाट निर्वाचनका क्रममा शान्ति सुरक्षाका कुरा खुला सीमा व्यवस्थासँग गाँसिएको रहेछ भन्ने बुझिन्छ ।

अझै एकाध शक्ति जसरी पनि चुनाव भाँड्ने मनसायतर्फ लागेको बुझिन्छ । सरकारी संयन्त्र भने जसरी पनि चुनाव गराउन लागिपरेको छ । प्रहरी, सशस्त्र प्रहरीका अतिरिक्त, सेना परिचालनका लागि रातारात अध्यादेश पारित गरिएको छ । सेनाबल पनि निर्वाचन समयमा सुरक्षाको तेस्रो घेरामा रही सशक्त तरिकाले सुरक्षा प्रदान गर्न कात्तिक ३ देखि खटिएको छ । ६२ हजार सैनिकले मतपत्र छपाइमा सुरक्षा दिनेदेखि मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी गर्ने, विमानस्थल लगायत महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा गर्ने, आपतकालीन समय आइपरेमा उद्धारकार्य गर्ने भएका छन् । उम्मेदवारलाई पर्याप्त सुरक्षा दिन गृह मन्त्रालय गम्भीर र संवेदनशील रहेको जनाइएको छ । यसै सिलसिलामा जिल्ला सुरक्षा समितिले उम्मेदवारको सुरक्षानिम्ति साना हतियार (पेस्तोल) सहितको एकजना प्रहरी खटाउने प्रबन्ध गरेको छ ।

Kantipur Sketch

सरकारले आसन्न चुनावमा सुरक्षा दृष्टिले सिमानामा रहेका विभिन्न जिल्लालाई अति संवेदनशील, संवेदनशील र सामान्य तहमा वर्गीकरण गरेको छ । यस्तो संवेदनशीलताका आधारमा सुरक्षा जवानको तैनाथी संख्या निर्धारण गरिएको छ । भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये खासगरी मध्यतराईका १३ जिल्लालाई अति संवेदनशील मानिएको छ भने पूर्वी र पश्चिमी तराईका ८ जिल्ला संवेदनशील र बाँकी ५ जिल्ला सामान्य वर्गीकरणभित्र पारिएको छ । यसैगरी चीनसँग सीमा गाँसिएको १५ जिल्लामध्ये एक जिल्लालाई अति संवेदनशील र ३ तथा ११ जिल्लाहरूलाई क्रमशः संवेदनशील र सामान्य ठानिएको छ । जनसंख्याको हिसाबमा तराई (मैदानी) भागका अति संवेदनशील र संवेदनशीत २० जिल्लामा १ सय १६ निर्वाचन क्षेत्र छन् भने हिमाली क्षेत्रको अति संवेदनशील र संवेदनशील ४ जिल्लामा ९ क्षेत्र परेका छन् । यसरी सुरक्षाको दृष्टिकोणले सिमानामा रहेको जिल्लालाई विगत गतिविधिका आधारमा वर्गीकरण गरिएको पाइन्छ ।

अर्कोतर्फ खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा अस्थायी रूपमा भित्रिने दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनबाट आपराधिक गतिविधि बढ्न जानसक्ने सम्भावना छ । यस्ता सवारी साधनबाट घटना गराउने र फेरि उतै र्फकने प्रवृत्ति रहेको विगतको अनुभव छ । उदाहरणका निम्ति आपराधिक घटनामा भारतीय नम्बर प्लेट र अन-टेष्ट गाडीको संलग्नता रहेको कुरा महोत्तरी जिल्ला प्रहरीले हालै बताएको कुरालाई लिन सकिन्छ । महम्मुद आलमलाई गोली प्रहार गर्ने पेसेवर सुटर पनि सीमापारिकै नम्बर प्लेट भएको मोटरसाइकलमा आएका थिए र घटनापछि उतैतिर भागे ।

आसन्न निर्वाचनमा साना हतियारको बिगबिगी पनि चुनौतीको रूपमा छ । खुला सीमाबाट पेस्तोलजस्ता हतियार सहजै नेपाल भित्रिने गरेको छ । यसै सम्बन्धमा पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजीले भारतबाट साना हतियार सजिलै पैठारी हुने गरेको कुरा कात्तिक १ गते विराटनगरमा बताए । महिनायता झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा दर्जनभन्दा बढी साना हतियार र गोलीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको जानकारी पनि दिइयो । हिन्दुस्तान टाइम्सको भागलपुर संस्करणमा विहारको मुँगेर, खगडिया, मुजफ्फरपुर लगायत स्थानमा निर्मित अवैध हतियार १५ देखि २५ हजार भारतीय रुपैयाँसम्ममा बिक्री हुने र सीमावर्ती नेपालमा पनि पुग्ने गरेको कुरा केही दिनअघि प्रकाशित भएको थियो ।

यस आलेखमा विभिन्न घटनाक्रम तथा विवरण उल्लेख गर्नुको खास तात्पर्यचाहिँ धम्की दिँदं हतियारको प्रयोग गरी मानसिक आतंक सिर्जना गर्दै जनतालाई मतदान केन्द्रसम्म पुग्न नदिने कारक तत्त्वहरूमध्ये प्रमुख एक तत्त्व खुला-सीमा रहेको छ । माथिको प्रकरणमा बेलिविस्तार गरिएका बुँदाहरू खुला-सीमा व्यवस्थासँग गाँसिएका छन् । चाहे त्यो आलमको हत्या घटना होस् या गृहमन्त्रीको भनाइ अथवा डीआईजी, सुरक्षा समितिका पदाधिकारीको भनाइ किन नहोस्, यी सबै खुला सीमातर्फ नै इङ्गति भएको पाइन्छ ।

यहाँ प्रश्न आउँछ, यस्तो अवस्थामा खुला सीमालाई किन त्यसै छाडा छाडिएको होला ? नेपाल तथा भारतका पदाधिकारीहरूले धेरैपटक भन्दै आएका छन्- खुला सीमाले दुवै देशमा समस्या पैदा गरेको छ । विहारका मुख्यमन्त्री नीतिशकुमारले भनेका छन्- नेपाल र भारत बीचको खुला-सीमा भएर नेपालबाट भारतीय जाली नोट विहारतर्फ भित्रिने गरेकोले विहारको अर्थतन्त्र नै डामाडोल हुने गरेको छ । भारतीय पदाधिकारी नै भन्छन्- उग्रवादी समूह लस्कार-ए-तोइबा सम्बद्ध अव्दुल करिम टुन्डा नेपालबाट खुला सीमापार गरी भारततर्फ पस्नलाग्दा १६ अगस्तमा वनवासामा पक्राउ परेका हुन् । यस्ता घटनाका आधारमा अब खुला सीमालाई नियमन गर्नुपर्ने माग समयले गरेको छ । समय भिडकिँदै गएमा यसले उग्ररूप लिन पनि सक्छ ।

नेपाल तथा भारतमा हुने निर्वाचन समयमा तीन दिनका लागि सीमा-नाका सिल गर्ने प्रचलन चलेर आइरहेको छ । तर दुई देश बीचको सीमामा धेरै छिद्र भएको हुनाले निर्वाचनमा केही न केही घटना हुने गरेको पाइन्छ । नेपालमा हुनलागेको संविधानसभा निर्वाचनको क्रममा मतदान हुने ताकामात्र होइन, त्यसभन्दा निकै पहिलेदेखि खुला सीमालाई पूर्णरूपले निगरानी नराखिएमा सफलतासाथ निर्वाचन सम्पन्न नहुन सक्छ । सीमालाई नियमन गर्ने पहिलो पाइलाका रूपमा परिचयपत्रको व्यवस्था गर्नु नै हो । नेपाल तथा भारतका नागरिकले पनि अन्तर्राष्ट्रिय सीमा वारपार गर्दा परिचयपत्र देखाउने प्रचलन गरिनुपर्छ । आदर्श यात्रुलाई एक मिनेट पनि ढिला नगरी सीमापार गर्न दिनुपर्छ । तर विध्वंसकारी, तस्कर, अपराधी तथा तेस्रो देशको व्यक्ति नेपाली/भारतीय नागरिकका रूपमा फेला परे उनीहरूलाई पक्राउ गर्नुपर्छ । यस्तो संयन्त्रमात्रै सिर्जना गर्नसके संविधानसभाको आसन्न निर्वाचन धेरै हदसम्म भयरहित तथा धाँधलीरहित तरिकाले सम्पन्न हुने थियो ।

 

Challenges of Border Security

 

सम्पादकीय»

                                 सीमासुरक्षाका चुनौती

 

माघ २२ –
नेपाल-भारत सीमा सुरक्षाको सवाल फेरि जोडपूर्वक उठेको छ- पछिल्ला साताका केही गम्भीर अन्तरदेशीय आपराधिक घटनासँगै । विराटनगरका उद्योगपति गंगाविसन राठीको सिलिगुडीमा अपहरणपछि हत्या, वीरगन्जका ८ वषर्ीय बालकको अपहरण गरी भारत पुर्‍याइएको जस्ता घटनाबाट मुलुकको सीमा सुरक्षालाई अपराध जगत्ले दह्रो चुनौती दिन थालेको आभास हुन्छ । राज्यको कमजोर उपस्थिति रहेको खुला सीमा आसपासका क्षेत्र निरपेक्ष रूपमा अपराधविहीन र समस्यामुक्त हुन नसक्ला । त्यही कमजोरीका आधारमा जंगली जनावरले घर आँगनबाट चल्ला टिपेझैं अपराधीहरूले सोझासिधा व्यक्ति उठाउने, आपराधिक हर्कत गर्ने र त्यसबाटै कमाउ धन्दा चलाउने प्रवृत्ति दुई सार्वभौम राज्यका आमनेसामने भूभागमा बढिरहेका छन् ।

मुलुक ऐतिहासिक संक्रमणमा छ । यस्तो अवस्थामा आमजनमानसलाई  सुरक्षाको पूर्ण प्रत्याभूति दिनु राज्यको पहिलो प्राथमिकता हुनुपर्ने हो । तर, सीमा क्षेत्र पर्ने तराईका जिल्लामा राज्यको भरलाग्दो सुरक्षा पहुँच छैन ।  सीमा सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायत निकायलाई एकीकृत र सुदृढ रूपमा खटाएर अनुभूति हुने किसिमको सुरक्षा अवस्था सिर्जना गर्न गृह प्रशासन सक्षम देखिएको छैन । दलहरूका लागि गृह प्रशासन राज्य संयन्त्रको मुख्य धमनी नभएर राजनीतिक र आर्थिक फाइदा उठाउने सबैभन्दा आकर्षक थलो बन्ने गरेको छ । शासक र दलीय नेताहरू सुरक्षाकर्मीलाई कता सरुवा गरेर, कुन गुण्डालाई कता लुकाएर कति लाभ हुन्छ भन्ने लेखाजोखाबाट माथि उठ्न सकेका छैनन् । यस्तो राजनीतिक हस्तक्षेपबाट थिलथिलिएको कर्मचारीतन्त्र पनि अपवादमा मात्र आफ्नो कामप्रति निष्ठावान हुने स्थिति छ ।

सीमा सुरक्षालाई दुई देशले विपरीत दिशाबाट हुने आवत-जावत र द्विपक्षीय आर्थिक एवं सामाजिक व्यवहार नियमन गर्ने पद्धतिका रूपमा मात्र बुझिनु हुन्न । सीमासुरक्षासँग अन्योन्याश्रति हुन्छ त्यहाँको जनजीवन । अन्य क्षेत्रमा भन्दा सीमामा जनजीवन बढी संवेदनशील हुन्छ । संसारकै सर्वश्रेष्ठ धनी मुलुक अमेरिकामा पनि आफ्नै खाले सीमासुरक्षा र जनजीवनका मुद्दाहरू छन् । फरक यत्ति हो, समृद्ध राज्यहरूले ती मुद्दालाई सुदृढतापूर्वक सम्बोधन गरेर काबुमा राखेका हुन्छन् । नेपालजस्तो मुलुकका लागि भने यो विषयले बारबार बल्भिmरहने पिलोको काम गर्दै आएको पाइन्छ । राजनीतिक द्वन्द्व थपिएको अवस्थामा त सीमासुरक्षा झनै बिथोलिने गर्छ । दस वर्ष लामो माओवादी विद्रोह, केही वर्षअघिको मधेस आन्दोलनको परिप्रेक्ष अझै हाम्रो स्मरणमा ताजै छ । ती दुवै परिघटनाको पृष्ठभूमिमा जन्मिएका आपराधिक सशस्त्र समूहहरूले केही वर्षयता दक्षिणी भूभागलाई नारकीय अवस्थामा नै पुर्‍याए ।

सशस्त्र समूहहरूको उल्लेख्य पतनसँगै तुलनात्मक रूपमा शान्त रहेको भनिएको सीमावर्ती तराई क्षेत्र पछिल्ला जघन्य आपराधिक घटनासँगै झस्केको छ । पेशेवर अपराधीका गतिविधि बढेका छन् । हुन त तिनै पेशेवरहरू हिजो सशस्त्र समूहका नाममा सक्रिय थिए । अर्को रूप धारण गरेर फेरि ब्युँतिएका छन् । किनकि, अपराधीका अनेक रूप हुन्छन् । त्यसैले तिनीहरूलाई निस्तेज गर्न र अपराधीकरणको माखेसाङ्लोमा जकडिँंदै आएको सीमालाई सुरक्षित तुल्याउन दुवै देशको बराबर भूमिका र गम्भीरता आवश्यक छ । दुवै पक्षमा जिल्लातहको मात्र भर पर्दा सीमासुरक्षा प्रभावकारी र मजबुत हुन सकेको देखिँदैन । बरु सीमा क्षेत्रका यस्तै जटिलताका कारण द्विपक्षीय सम्बन्ध बेलाबेला तिक्ततापूर्णसमेत हुने गर्छ । अबको उपचार भनेको स्पष्ट द्विपक्षीय समझदारी र फौजदारी कानुनी सहायतासम्बन्धी व्यवस्था हो । यो राजनीतिक र कूटनीतिक प्रयासबाट सम्भव हुन्छ । कार्यान्वयनमा चाहिँ सुरक्षा जनशक्तिको इमान्दार पहल जरुरी पर्छ । त्यसका लागि सीमा क्षेत्र उत्कृष्ट र व्यावसायिक अधिकृतहरूको पहिलो रोजाइ बन्नुपर्छ । साथै  जनतालाई  सीमासुरक्षा र यसका संवेदनशीलताबारे सचेत गराउनु जरुरी छ । महत्त्वपूर्ण आवत-जावतका विषयमा सुरक्षा निकायलाई जानकारी दिने, आवश्यक परे सहयोग लिने व्यवस्था मिलाइदिनुपर्छ । अनि, मात्र सीमा क्षेत्रमा अपराध घट्नेछन् ।

Kantipur Daily, Published on February 5, 2013.  प्रकाशित मिति: २०६९ माघ २३ ०९:२०

%d bloggers like this: