Frontier Marathon to Improve Relation

सम्बन्ध सुधार्न सीमाञ्चल म्याराथन

 

बुद्धिनारायण श्रेष्ठ Labeda Survey PP Size

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमणपछि नेपाल-भारत सीमाञ्चलमा भइरहेको तनाव कम गर्न, नेपाली जनतासँग राम्रो सम्बन्ध बनाउन र मैत्रीपूर्ण कार्य गर्नका लागि दुवै देशका नागरिक सम्मिलित ‘हाफ म्याराथन’ दौड कार्यक्रम भारतको स्वतन्त्रता दिवसको अवसरमा आजैका दिन आयोजना गर्न निर्देशन दिएका छन्। भारतको गौरीफन्टास्थित सीमा सुरक्षाबल (एसएसबी) का इन्चार्ज अम्रेश विश्वासका अनुसार केन्द्र सरकारको निर्देशनमा १५ अगस्तका दिन आयोजना गरिने ‘नेपाल-भारतमैत्री हाफ म्याराथन दौड’ प्रतियोगिता भारतको दुधुवा नेसनल पार्क कार्यालयबाट सुरु भई नेपालको सीमा धनगढीमा अन्त्य हुनेछ। २१ किलोमिटर दूरीको यो दौड प्रतियोगितामा नेपाल र भारतका ११ वर्षभन्दा माथिका जोसुकै सहभागी हुन पाउनेछन्। दुवै देशका अधिकारी यो दौड प्रतियोगिताको निर्णायक मण्डलीमा रहनेछन्। म्याराथन दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः भारतीय रुपैयाँ ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिनेछ।
नेपाल-भारत सीमाञ्चल क्षेत्रमा तैनाथ गरिएका भारतीय एसएसबीले सीमामा नेपालीहरूलाई दुव्र्यवहार गर्ने कार्य बढिरहेको गुनासो बराबर आइरहेको परिप्रेक्ष्यमा नेपालसँगको सम्बन्ध सुधारका लागि अन्तरसीमा म्याराथन दौडजस्ता सामाजिक कार्य गर्न मोदी सरकारले निर्देशन दिएको कुरा प्रकाशमा आएको छ। भर्खरै नेपालको दुईदिने राजकीय भ्रमण सफलतासाथ सम्पन्न गरी फर्केका मोदीले तात्तातै दिएको यस्तो दिर्नेशनलाई भारत-नेपाल सीमा सम्बन्ध सुधार गर्ने प्रारम्भिक चरणको पहिलो पाइलाका रूपमा लिन सकिन्छ।

नेपाल भ्रमणको क्रममा नेपाल र भारतबीच विवादित सुस्ता र कालापानीसमेत बाँकी रहेका सीमा मामिला समाधान गर्न एउटा संयन्त्र गठन भएको मोदीले बताएका थिए। भ्रमणको अन्तिम दिन प्रकाशित संयुक्त विज्ञप्तिको दफा १२ मा नेपाल-भारत सीमा मामिलामा बाँकी रहेको मुद्दा सदाका लागि समाधान गर्न जोड दिइएको छ। नयाँ सीमा खम्बा निर्माण गर्न, लोप भएका स्तम्भ पुनःस्थापना गर्न, बिग्रेको सीमा लठ्ठा मर्मत गर्न र दसगजा क्षेत्रलाई सफा राख्ने कार्यका लागि संयुक्त सीमा कार्यसमूह गठन गरिएकोमा सन्तोष व्यक्त गरिएको छ। यस्तै ९७ प्रतिशत सीमारेखाको तयार गरिएको सीमा-नक्सामा चाँडो हस्ताक्षर गरिनुपर्ने कुरामा भारतीय पक्षबाट जोड दिइएको थियो भने नेपाली पक्षले बाँकी रहेका सबै सीमा मामिला समाधान गर्ने इच्छा प्रकट गरेको थियो।

यसैगरी विज्ञप्तिको धारा १४ मा नेपाल-भारतबीच शताव्दीऔंदेखि चलेर आइरहेको खुला सीमालाई अवाञ्छित तत्त्वले दुरुपयोग गरी दुवैतर्फका सुरक्षा निकायलाई चुनौती दिइरहेको कुरालाई ध्यान दिएर सीमामा एकअर्का विरुद्ध गरिने यस्ता क्रियाकलाप नियन्त्रण गरिदिनुपर्छ भन्ने उल्लेख गरिएको छ। यसभन्दा अगाडि हाम्रा प्रधानमन्त्री भारत भ्रमणमा गएका बेला मोदीले आफ्नो सपथ ग्रहणपछि ‘खुला सिमाना रहेका दुई मित्रवत मुलुकले आपसी सुरक्षा चासोमा बढी ध्यान दिनुपर्छ’ भनेका थिए।

भारतले नेपालको सिमानामा ४५ हजार एसएसबी बल तैनाथ गरेको छ। यस अनुसार प्रतिकिमि दूरीभित्र सालाखाला २४ जवान रहेको पाइन्छ। यसरी सीमाञ्चलमा तैनाथ गरिएका भारतीय सशस्त्र सेनाबलले बेलामौकामा नेपालीलाई यातना दिएको घटना आइरहेको पाइन्छ। उदाहरणार्थ, बर्दिया जमुनी गाविस ८ सोनोडाँफेस्थित सीमाखम्बा नं. ४३ तथा ४४ उत्तर नेपाली भूमिमा एसएसबी हातहतियारसहित पसी जमुनी ९ का ५० वषर्ीय हर्कबहादुर शाहीलाई २०६७ फागुन ५ गते बलजपmती पक्रेर एसएसबीले पिटा उनको मृत्यु भएको थियो। शाहीलाई पक्रनुको कारणचाहिंँ जंगलमा सिकार खेल्न गएका एसएसबीसँग स्थानीयवासीको भनाभन चलेको र शाहीले त्यसको भूमिका खेलेको बताइएको थियो। स्थानीय नेपाली समूहले एसएसबीको यस्तो कार्यको विरोध गरेपछि मृतकको परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको थियो। यो घटनापछि एसएसबीको टोली परिवर्तन गरिएको थियो।

नेपालले पनि नेपाल-भारत सीमामा ५ हजार ३ सय जवान सशस्त्र प्रहरीबल तैनाथ गरेको छ। यस अनुसार प्रतिकिलोमिटर सालाखाला ३ देखि ४ जवान छन्। नेपालले ८७ ‘बोर्डर अव्जरभेसन पोष्ट’ खडा गरेको छ भने भारतले ४ सय ६६ पोष्ट खडा गरेको छ। बर्दियाका हर्कबहादुर शाहीको मृत्यु भएको घटनामा भारतीय एसएसबीका अगाडि नेपाली सशस्त्र प्रहरीबल निरीह बनेको स्थानीयवासीले अनुभव गरेका छन्। सशस्त्र प्रहरी टोली एसएसबी क्याम्पमा पुगे तापनि जीवनकै अन्तिम घडीमा रहेका शाहीबारे कडा अडान राख्न नसकेको स्थानीय सीमावर्ती नेपाली जनताको बुझाइ छ।

भारतीय सुरक्षाबलको सहयोगमा कतर्नियाघाट वन कार्यालयका भारतीय कर्मचारीले बर्दियासँग जोडिएको नेपाल भारत सीमाको ढोढरी गाविस ४ स्थित दसगजा क्षेत्रमा २०६७ माघ पहिलो साता एक मिटर गहिरो खाडल खन्दा सीमा मिचिई सीमास्तम्भ नं. ८२ फेदैदेखि ढलेको छ। एसएसबीले सीमाको रक्षा गर्नुपर्नेमा सीमाखम्बा नै ढल्दा पनि वास्ता नगरिएको पाइएको छ।

भारतको विभिन्न सहरमा कमाइ गरी खासगरी दशैं तिहारको चाडपर्व मनाउन आफ्नो देश फकर्ंदै गरेका नेपाली यात्रुसँग सुनौली नाकामा तैनाथ भएका एसएसबीले सय-पचास नझारी सीमापार गर्न नदिएका जस्ता धेरै घटना सञ्चारमाध्यममा बराबर आउने गरेको छ। सामान्यतया नेपाल भारत सीमा खुला छ भनिन्छ, तर यस्ता घटनाले कार्यगत रूपमा स्वविवेकीय पद्धति अपनाउने गरेको कुरा दुवै सीमावर्ती जनताले महसुस गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं भ्रमणका अवसरमा नेपालमा चलेको सिरोटेले भारतमा जाडो हुने, अनि भारतको चर्को घामले नेपालमा गर्मी लाग्ने भनेका छन्। यसैगरी हिन्दुस्तानले कुनै पनि लडाइँ नेपालीको सहयोगबिना जितेको छैन भन्ने तथ्यलाई मोदीले उजागर गर्दै भारत काशीको हिन्दु मन्दिरमा नेपाली मुख्य पुजारी रहेको र नेपालको पशुपतिनाथ मन्दिरमा भारतीय भट्टहरू भएको, अनि नेपाल भारत बीचको सम्बन्ध हिमालय र गंगाजत्तिकै पुरानो रहेको अभिव्यक्ति प्रकट गरेका छन्। यही अभिव्यक्तिअनुसार पुराना सम्बन्धलाई अझ गाढा र मजबुत बनाउन र दुवै सीमाञ्चलमा बसोबास गर्ने जनता-जनताबीच आपसी सम्बन्ध सुधार्न मोदीले भारतीय एसएसबीलाई अन्तरसीमा म्याराथन दौड प्रतियोगिता आयोजना गर्न निर्देशन दिएका होलान्। आशा गरौं, यस्ता संयुक्त प्रयासबाट दुई देशबीच विवादित कालापानी लिम्पियाधुरा तथा सुस्ताजस्ता सीमा मामिला सकेसम्म चाँडो दुवै देशको सहमतिमा समाधान हुनेछन्।

Grumble at Junge Masonry Pillar

Grumble at

Junge Masonry Boundary Pillar

Manab Adhikar Sandesh (Human Rights Message) Monthly Magazine

Year-8, Number-2, November 2013

Indian Special Security Bureau (SSB) has occupied the Junge Masonry Boundary Pillar located at the brink of Mechi River on the way to Galgaliya Railway Station from Bhadrapur Higher Secondary High School. They have constructed a camp at the very boundary pillar. Such is the case at Boundary Pillar (BP) No 3 located at Maheshpur VDC Ward-2. In this aspect there is a question, whether it is legal to establish such construction  at the masonry boundary pillar. The other quarry is-  why the SSB has made construction at the very pillar ?

The answer to the first question may be-  in principle, boundary pillar is the common object to both the nations. It has not the right of a single country on that pillar. Further,  Tri-junction pillar having Zero Serial Number, erected as a marker of three frontiers is owned by all three nations. The boundary pillar named as PP-1, located at the bank of the river Mechi near Bhadrapur is regarded as tri-junction of Bihar, West Bengal and Nepal, where the boundary points meet at that masonry pillar.

The other matter is that there must have a strip of No-man’s Land of 10-yard width on both the sides of the boundary pillar, that makes 20-yard wide land strip. In principle, the No-man’s Land must not have any habitation, nor it should be cultivated, nor occupied. There should not have any construction on No-man’s Land. So the No-man’s Land strip do not belong the construction area and that should not be used.

In this perspective, it is the violation of international principle and practice where the Indian SSB has occupied and used the portion of No-man’s Land of Bhadrapur area constructing camps located at BP Number 1 and 3. In fact, the Junge Masonry Pillars, established 196 years ago at Bhadrapur and Maheshpur are the object of archeological element. It is the main boundary pillar, but not the reference pillar. The Junge Pillars must be a common property which belongs to both the nations. So SSB camp constructed at the main boundary pillar should be removed from that area. This type of occupation should be evacuated by mutual understanding. If there are grumbles, the matter should be discussed jointly and reach into a common solution. If it is not mutually agreed, Nepal should seek third country mediation. Lastly, if it is not agreed amicably, it must invite international institution to settle the conflict that should be agreed by both the nations. However, any such issues should be resolved for ever on the level of the higher authorities of both the nations itself to maintain the age old relationship between Nepal and India.

Junge Khambama Kichalo

Condition of Nepal-India Boundary Pillar

Condition of Nepal-India Boundary Pillar

There are 8,553 boundary pillars, subsidiary and minor pillars marked on the strip maps along the Nepal-India boundary line. Among them, 5,276 pillars had been established on the ground and 3,277 pillars have been still remained to be constructed.  Among the constructed pillars, 499 have been washed away by the rivers. Besides, 202 pillars have been vandalized, missing and pulled out. They are no more above the ground. In addition, 684 pillars need repair and maintenance and 189 are seriously damaged in dilapidated condition.

Boundary Pillar 565

Boundary pillar number 565, located near to the Bagah village of Purusottam Village Development Committee (VDC) of Kapilbastu District of Nepal and Naugarh of Siddharthanagar India is in dilapidated condition. This pillar is located at one kilometer east of Bagahi Police Station of Nepal. Plaster on the pillar has been broken and the bricks have been about to fall down. This pillar may be out of its existence in a very near future. This is the representative dilapidated pillar along Nepal-India border line. Nobody has cared this type of wrecked pillar.

There are 21 Indian Sashastra Sena Bal (SSB) and 4 Nepal Armed Police on average in one kilometer of distance along the Indo-Nepal border line. It is commendable that boundary pillars are common asset of both the countries. But both the sides have not taken interest to repair the border pillar number of 565 located between Kapilbastu District of Nepal and Siddharthanagar of India.

Chief District officer (CDO) of Nepal and District Magistrate (DM) of India must take interest jointly to repair and maintain this type of dilapidated boundary pillars. Head of the governments must take interest on this matter and instruction should be given to the local authorities on time. If this type of dilapidated pillar is not repaired on time, there may have disputes, claims and counter-claims from both the frontiers, after the non-existence of this pillar.    ♣

%d bloggers like this: