Heartfelt Condolence to Himali

Heartfelt Condolence to Late Chetendra Jang Himali

By: Buddhi Narayan Shrestha

दुःखी मनले यो कोर्दैछु :

रहेनन् चेतेन्द्रजङ्ग हिमाली ।

छैनन् अब चेतेन्द्रजङ्ग हिमाली ।

सीमा अभियन्ता तथा सीमाका पैरवी, सीमा सरोकार नागरिक समितिका अध्यक्ष ।

८६ वर्षको उमेरमा हिजो चैत १५ गते, शनिबार विहान ४.४४ बजे उनले छाडे यो धर्ती ।हार्दिक श्रद्धाञ्जली, आत्मा शान्ति होस्, स्वर्गारोहण होस् ।उनका जहान परिवार सन्ततिलाई समवेदना ।

उनी केही समयदेखि स्वास प्रस्वासका कारण केही अस्वस्थ थिए ।

= उनी देशको सीमा रक्षाका अभियन्तामात्र होइन, राष्ट्रको इतिहासका ज्ञाता पनि थिए ।

= कसका पालामा के कस्ता घटना दुर्घटना हुन पुग्यो देश विकासमा भनी सोधनी गर्दा आधुनिक गुगल महर्षीले जस्तै गरी कण्ठै भनिदिन्थे ।

= विशाल नेपालकालदेखि हालसम्मका थापा, पॉडे, कु‘वर, सिंह, राणा, शाह, मुख्तियार, शाषक, पदाधिकारी, समाज सेवक, विद्वतवर्गका तीनपुस्ते तथा जन्मकाल र उनीहरुले गरेका राम्रा नराम्रा क्रियाकलाप फररै भन्थे । किताब पल्टाइरहनु पर्थेन ।

= सम्झन्छु ः २०३० भदौ ३० गते सीमा सरोकार नागरिक समितिका उनी अध्यक्षको अगुवाइमा सदस्यहरु डा. सुरेन्द्र केसी, फणीन्द्र नेपाल, रतन भण्डारी, रामचन्द्र चटौत, मलगायत अन्य केहीको टोली सुस्ता अतिक्रमण क्षेत्रको अवलोकन अध्ययनमा गएका थियौं ।

= त्यहॉका गोपाल गुरुङलगायत स्थानीयले आयोजना गरेको कार्यक्रम र उपस्थित केही भारतीय सञ्चारकर्मीले हामीलाई पालैपालो अन्तर्वार्ता दिएका थियौं ।

= अर्को पठक सुस्ताबाट फर्केपछि डुङ्गा तरेर सगरदिन्हाको जङ्गेखम्बा नं. १ मा पुग्यौ ।

= खम्बा अगाडि मैले नक्सा र जमिन भिडाउ‘दै व्याख्या गर्न सुरु गरेको २ मिनेटमै भारतीय एसएसबीका दुई जवान आएर हामीलाई त्यहॉबाट भागिहाल्न भन्दै मेरो नक्सा खोस्न आइपुगे ।

= मसाथै हामीहरु झोला टिपेर छड्किहाल्यौं ।

= हिमाली त अटेरी भएर जङ्गे खम्बा नजिकै उभिइरहे । अनि केही मिनेटपछि हामीतिर आए ।

= किन त्यही‘ किन उभिइरहनु भएको भनेर सोद्धा, त्यसको बाबुले कहॉ लगेर कति दिन राख्दो रहेछ हेरौं न भनेर अडिएको । त्यसै कारण उभिइरहेको, केही गरेन । तपाइ‘हरु कुलेलम ठोकिहाल्नु भयो ।

= यस्ता देशको सीमाप्रति अडिग रहने वक्ति अब हामीमाझ रहेनन् । उनीलाई श्रद्धा सुमन अर्पण गर्दछु । अन्तरमनैदेखि हार्दिक श्रद्धाञ्जली ।

Comments

A Kind of Social Honour

A Kind of Social Honour

Buddhi Narayan Shrestha

Nepali Territory has been encroached.

Nepali Territory has been encroached

Buddhi Narayan Shrestha

Interview by Mountain Television