Basis for State Demarcation

                          प्रादेशिक सीमांकनका आधार

                                                 
                                                  बुद्धिनारायण श्रेष्ठ
राज्य पुनःसंरचना आयोगले निश्चित आधारमा प्रदेशको नाम, संख्या, सीमा र मुख्य अधिकारबारे सर्वसम्मत निर्णय गर्न नसकेपछि बहुमत र अल्पमतका दुई छुट्टाछुट्टै प्रतिवेदन सरकारसमक्ष प्रस्तुत गरेको पनि करिब तीन हप्ता बित्यो । सरकाले त्यो प्रतिवेदन संविधानसभाका अध्यक्षलाई बुझाए तापनि यसबारे छलफल हुनसकेको छैन । यस सम्बन्धमा राज्य पुनःसंरचना आयोगका सदस्यहरूबीच अन्तरविरोधकै अवस्थामा दुई छुट्टाछुट्टै प्रतिवेदन बुझाइएको कुरा एकातर्फ छ भने अर्कोतर्फ यस प्रतिवेदनउपर सुदूर पश्चिमाञ्चल, तराई तथा देशका अन्य कतिपय भागमा विरोधसभा तथा जुलुस निकालिएका छन् । प्रतिवेदन जलाउनेदेखि सडकमा विरोधका आवाज उठिरहेको छ । प्रदेशको संख्याका सम्बन्धमा नेकपा एमालेले हालै ८ वा १२ प्रदेशको प्रस्ताव अघि सारेको छ ।तर आयोगको बहुमतले दलित समुदायका लागि गैरभौगोलिक सीमाबाहेक १० प्रदेश र अल्पमत समूहले नाम बेगरका ६ प्रदेशको प्रस्ताव प्रस्तुत गरेको थियो । यस सम्बन्धमा कति प्रदेश कायम गरिने एवं के-कस्तो नाम राख्ने र प्रदेशको सीमांकन कहाँ कसरी गर्ने भन्ने अन्तिम निर्णय संविधानसभाले नै गर्नेछ । आयोगले जेजस्तो प्रतिवेदन दिएको भए तापनि त्यस प्रतिवेदनउपर संविधानसभाको पूर्ण बैठकद्वारा छिट्टै निर्णयस्तरमा पुग्नुपर्छ । प्रदेशको संख्या जतिसुकै र नाम जेसुकै राखे तापनि सीमांकन स्पष्ट र शुद्ध तरिकाले गरिनुपर्छ । यद्यपि प्रदेशको सीमांकन तथा नक्सांकन गर्ने कुरो प्राविधिक पक्षबाट कार्यान्वित गरिनुपर्छ ।

सीमांकन

राज्य पुनःसंरचनाको सिलसिलामा संघीय संरचना अन्तर्गत दुई वा दुईभन्दा बढी प्रदेश बीचको सीमांकन र नक्सांकन निकै संवेदनशील पक्षको रूपमा रहेको हुन्छ । प्रदेशहरू बीचको साँध-सिमाना स्पष्ट नभए सीमा क्षेत्रमा रहेको स्रोतसाधनको उपभोग र प्रयोगमा आपसी किचलो र मनमुटाव उत्पन्न हुनसक्छ । कालान्तरमा पेट्रोलियम पदार्थको भण्डार भेटिए, युरेनियम खानी-खनिज पत्ता लागे अथवा बहुमूल्य धातु खोज गरिँदा दुई या तीन प्रदेश बीचको सीमारेखा स्पष्ट नभएको अवस्थामा विवाद पैदा हुनसक्छ । फलतः खानी-खनिज निकाल्न नसकिने अथवा ढिला हुनसक्ने अवस्था आउन सक्छ । यसैगरी नदी सीमा मानिएका प्रदेशहरूबीच त्यस नदी एक प्रदेशको स्वामित्वमा रहने या साझा नदी स्रोतका रूपमा रहने भन्ने कुरा स्पष्ट किटान हुनुपर्छ । बहुप्रदेश भएर बग्ने सीमा नदीबारे पानीको उपयोग र प्रयोगका सम्बन्धलाई लिएर वादविवाद उत्पन्न हुनसक्छ । उदाहरणार्थ, भारतको कर्नाटक र केरला तमिलनाडु राज्य भएर बग्ने काभेरी नदीको पानीको उपयोगमा अहिले पनि झगडा चलिरहेको छ । त्यसैले संघीय प्रदेशको सीमा सकेसम्म पूर्ण र किटानी प्रकारको हुनुपर्छ ।

सीमा अंकन शुद्धसँग नगरिए स-साना कुरामा पनि प्रदेशहरूबीच मनोमालिन्य उत्पन्न हुन जान्छ र विकासको गति रोकिन सक्छ । केही समयअघि गोरखा जिल्लाका वासिन्दा मनाङमा यार्सागुम्बा टिप्न जाँदा बेजिल्लाका वासिन्दा आए भनी विवाद हुँदा अनाहकमा तीन व्यक्तिको ज्यान गएको कुरा ताजै रहेको छ । हालै पनि नेपाल सरकारबाट अनुमति लिएर चिनियाँ कम्पनीले प्युठान र रोल्पाको सिमानामा पर्ने माडीखोलाको किमिचौर बगरमा सुनखानीको खोजी कार्य सुरु गर्दा जिल्ला सीमा स्पष्ट नभएर दुई जिल्ला विकास समितिबीच वादविवाद हुनलागेको छ । यसैले प्रदेशको सीमा स्पष्ट हुनुपर्छ ।

यसबाहेक एक प्रदेशको सीमारेखाले अर्काे प्रदेश घेरिई नाकाबन्दी जस्तो हुनेगरी प्रदेश परिवेष्टित पारिनु हुँदैन । यस्तो भएमा आवागमन, सामान ओसार-पसार जस्ता कुरामा किचोला परी संघीय राज्यको कतिपय प्रदेशको विकासको मात्रा समानुपातिक तरिकाले अघि नबढ्न सक्छ ।

सीमांकनको आधार

नेपाल पश्चिम-पूर्व आयाताकारमा फैलिएको छ । उत्तरमा हिमालय, दक्षिणमा मैदान र बीच भागमा पहाडी क्षेत्र रहेको छ । यी शृङखलाहरू पश्चिम-पूर्व तन्किए तापनि हिमालय शृङखलालाई भित्री हिमाल -ट्रान्स हिमालय), भञ्ज्याङ, देउराली, हिमनदी, नदीघाँटीले ठाउँ-ठाउँमा काटेको छ । यसैगरी पहाडी खण्डमा महाभारत तथा चुरे -सिवालिक) शृङखला पश्चिम-पूर्व फैलिए तापनि यसलाई उत्तर-दक्षिण तेर्सिएका डाँडाकाँडा, जलाधार, सोतो, लेक, गल्छी, नदीखोँचले काटी विभिन्न क्षेत्रमा विभाजित गरेको छ । यस्तै दक्षिणको मैदानी भाग -तराई/मधेस) लाई पनि तिब्बतदेखि आएका नदी, हिमालयबाट निस्केका, महाभारत र चुरे पहाडबाट उम्रेका उत्तर-दक्षिण नदीहरूले काटी समथर भू-भागलाई विभिन्न जलाधार इलाकामा विभक्त गरेको पाइन्छ ।

संघीय प्रदेशको सीमांकनको संरचना तयार पार्दा नेपाल राष्ट्रमा रहेका यस्ता भौगोलिक वस्तुलाई आधार लिनुपर्छ । यसैले विभिन्न प्रदेशको सीमाको रूपमा निश्चित पानीढलो, नदीको दोभान, पहाडका थुम्का-थुम्की तथा फेदी, ताल-तलैया, छाँगा-छहरो, हिमालको टुप्पो, बाँध-पैनी, नहर, राजमार्ग, ऐतिहासिक गढी-किल्लाजस्ता अचल प्राकृतिक वस्तु र भौगोलिक तत्त्वलाई आधार मान्नुपर्छ ।

सीमा निर्धारण गर्ने चरण

प्रदेशको सीमांकन गर्ने सम्बन्धमा यसका विभिन्न चरण रहेका हुन्छन् । जस्तो- १. राजनीतिक निर्णय २. सीमा उल्लेखन ३. सीमा अंकन र ४. सीमा प्रशासन ।

प्रथमतः कुनै पनि प्रदेशको सीमा निर्धारण गर्न राजनीतिक निर्णय हुनुपर्छ । जस्तो- कणर्ाली प्रदेश र थारुवान प्रदेश बीचको सीमा, चुरे शृङखलाको पानीढलोलाई लिइनेछ । दोस्रो चरणमा सीमा उल्लेखनको कुरा आउँछ । उदाहरणार्थ, ‘कणर्ाली-खप्तड र मधेस-अवध प्रदेश बीचको सीमा महाकाली नदीको पूर्वी किनारमा रहेको ब्रह्मदेवमण्डीबाट सुरु हुन्छ र चुरेको पानीढलो हुँदै गरुढे थुम्की भएर काप्रा डाँडासम्म पुग्छ । त्यसपछि थलिगाड खोला समात्दै खोलैखोला गाइनेकाँडा पुगी त्यहाँबाट सीमारेखा सिधै दक्षिणतर्फ हानिएर तारा तालको घाँटी पार गरी नेपाल-भारत सीमास्तम्भ नं. १०३ पुग्छ । यहाँबाट अन्तर्राष्ट्रिय सीमा हुँदै पश्चिम लागेर महाकाली नदी समाती ब्रह्मदेवमण्डीसम्म पुग्छ ।’ यो एउटा उदाहरण हो र तेस्रो चरणमा सीमा अंकनको कुरो आउँछ । माथि उल्लेखन गरिएका सीमारेखा दुवै प्रदेशका सम्बन्धित व्यक्तिहरूलाई क्षेत्रमै देखाउँदै सीमा अंकनको चरण पार गर्नुपर्छ । चौथो तथा अन्तिम चरणको कामचाहिँ कालान्तरमा दुई या तीन प्रदेशबीच सीमा विवाद भए उल्लेखन गरिएका दस्तावेज, नक्सा आदि सामग्रीको अध्ययन र क्षेत्र अवलोकन गरी समाधान गर्न सीमा प्रशासनको माध्यम अवलम्बन गरिनुपर्छ ।

नक्सांकन

प्रत्येक प्रदेशको सीमा उल्लेखन भएपछि सीमा अंकनको चरणमा त्यस्ता क्षेत्रको ठूलो माननापमा नक्सांकन गरिनुपर्छ । स्थलरूप नक्सा मौजुदा भए त्यस्तो नक्सामा धरातलीय तथा भौगोलिक विवरण सूक्ष्म तरिकाले चिह्न लगाउनुपर्छ । प्रदेशहरू बीचको सीमारेखामा सहमति भइसकेपछि सीमा उल्लेखन भएका कागजात र सीमा अंकन भएको नक्सामा दुवैतर्फबाट आधिकारिक हस्ताक्षर हुनुपर्छ । यस्तो नक्सा र तथ्यांकसम्बन्धी कागजातका प्रति दुवै संघीय प्रदेशमा रहनुपर्छ । यसको गुरु प्रतिचाहिँ कालान्तरसम्म सुरक्षित रहनेगरी केन्द्र सरकारको अभिलेखालयमा राखिनुपर्छ । सीमा प्रशासनको चरणमा यस्ता नक्सा तथा डकुमेन्टको आवश्यकता पर्छ ।

सीमांकन गरिने नक्सा डिजिटल कार्टोग्राफी प्रविधिबाट तयार गरिनु बढी वैज्ञानिक हुन्छ । यस्तो प्रविधि अपनाइएमा नक्सा आवश्यकताअनुसार ठूलो तथा सानो मानमा पेपर पि्रन्ट गरी उपयेाग गर्न सकिन्छ । यसैगरी सीमाको विवरण भौगोलिक सूचना प्रणाली (जीआईएस) पद्धतिमा विभिन्न ‘लेएर’मा स्थापना गरिनुपर्छ । उदाहरणार्थ, जमिनको अग्लाइ-होचाइ एउटा लेएरमा र यस्तैगरी नदी तथा ताल, बस्ती, भू-उपयेाग, जंगल, अन्तर्राष्ट्रिय सीमास्तम्भको विवरण आदि अन्य लेएरमा रहनुपर्छ । यसबाहेक सबै संघीय प्रदेश, स्थानीय निकाय, गाउँपालिका, नगरपालिका तथा यसका वडा इकाइको सिलसिलाबद्ध जियोकोडिङ गरिनुपर्छ ।

सीमांकनका निम्ति यसका विभिन्न चरणमा काम गर्नका लागि भूगोलविद, नाप नक्साविद, भू-सूचनाविज्ञ तथा डिजिटल म्यापिङ प्रविधिका प्राविधिज्ञ रहेको विज्ञ समिति गठन गरिनुपर्छ । यस समितिले प्रदेशहरूबीच क्षेत्रगत भ्रमण गर्दै संघीय प्रदेश, स्थानीय निकाय तथा नगरपालिका सम्बन्धित व्यक्तिहरूलाई देखाउने-बुझाउने गर्नुपर्छ । यस प्रक्रियाबाट प्रदेशहरूबीच सीमांकन गरिए भविष्यमा प्रदेशहरूबीच सीमामा आपसी किचलो नउठ्ने हुन्छ ।

Nepal Merging and Sub-merging

                                     नेपाल मर्ज र सबमर्जको कुरा
बुद्धिनारायण श्रेष्ठ

चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणको भोलीपल्ट प्रधानमन्त्री बाबुराम भट्टर्राईले नेपालको परराष्ट्र नीति अहिले पनि पृथ्वीनारायण शाहको दिव्यउपदेश वरिपरि घुमेकेा छ भन्दै त्यतिबेला विश्व सीमा विस्तारको होडमा लागेको बेला ‘दर्इ ढुङ्गाबिचको तरुल नीति सही भए पनि अहिले देश दर्ुइतिरबाट चेपिएर बस्न नहुने’ कुरा उल्लेख गरेका छन् । यसै सिलसिलामा उनले ‘सन् १९६० को दशकबाट नयाँ विश्व परिस्थिति सिर्जना भएकेाले हाम्रो परराष्ट्र नीतिलाई नयाँ परिवेशमा ब्याख्या गर्दै अब हामी भारत र चीनबीच जीवन्त र गतिशील पुलका रुपमा बसेनौं भने दुइमध्ये एकमा र्’मर्ज’ हुनसक्ने खतरा बढ्छ’ भन्ने व्यक्त गरेका कुरा सञ्चारमाध्यममा प्रकाशित/प्रसारित भएको थियो  । यस भनाइबाट एसियाका दर्ुइ उदयीमान महाशक्तिको बीचमा रहेको सानो देश नेपाल अब दर्ुइ शक्तिमध्ये एकमा मिसिने/गाभिने डर र शंका उत्पन्न भएकेा छ । तर उनले उत्तर या दक्षिणतिरका छिमेकी मुलुकमध्ये कुनसँग नेपाल मर्ज हुनसक्ने हो भन्ने कुराचाहिँ स्पष्ट गरेनन् ।

प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिप्रति सडकदेखि सदनसम्मबाट टिकाटिप्पणी भयो । संविधानसभाको बैठकसमेत केही दिन अवरुद्ध हुन पुग्यो । यसको प्रतिक्रियास्वरुप प्रधानमन्त्रीले माघ १९ गते भारत र चीनमा द्रुतगतिले भइरहेको आर्थिक विकासको छालले चिप्लेकिराको चालमा रहेको नेपालको अर्थतन्त्रलाई डुबाउने -सबमर्ज हुने) खतरा बढेको भन्ने अभिव्यक्तिलाई सञ्चारमाध्यमले आधा शब्दलाई मात्र टिपेर र्’मर्ज’ प्रयोग गरेको उल्लेख गर्दै नियतवस वा श्रुतिदोषका कारण त्यसो भएको भनी स्पष्टिकरण दिए । यसपछि यसबारे अझै केही क्रिया-प्रतिक्रिया कतैबाट आउँछ कि भनी पर्खदा आजसम्म आएको छैन ।

वास्तवमा प्रधानमन्त्रीले भारत र चीनबीच नेपाल पुल बन्ने अठोटका साथ योजना ल्याउने रणनीती बनाउने दृढता व्यक्त गर्नुपर्ने हो । तर त्यसको बदला मर्ज/सबमर्जर्र् हुनसक्ने खतराको कुरा गर्नु भएकोले नेपाल छिमेकी देशसँग गाभिने आशंका जनमानसमा पैदा हुन पुगेकेा छ ।

अब कुरो रहयो दर्ुइ छिमेकीमध्ये कुनसँग मिसिन पुग्ने बिचार भट्टर्राईको होला भन्ने तर्कका सम्बन्धमा उत्तरतर्फा सरकार प्रमुखको हालैको नेपाल भ्रमणको अवसरमा भएको आठबुँदे समझदारीमा नेपालको स्वतन्त्रता, र्सार्वभौमिकता, भौगोलिक अखण्डता, सामाजिक पद्धतिको छनोट र विकासको धारलाई राष्ट्रसंघीय बडापत्र र शान्तिपर्ूण्ा सहअस्तित्वका आधारमा सम्मान दिने भन्ने उल्लेख भएको छ । विगतदेखि यसै भनाइअनुसारको ब्यवहार पनि गरिंदै आएको छ । दक्षिणी छिमेकीको भनाइपनि करिब यस्तै रहेको छ । तर नेपालको भौगोलिक अखण्डताको कुरा कमैमात्र गरिएको पाइन्छ ।  अलिकति चस्कदो कुरा- दक्षिणको गराइ र भनाइमा तालमेल नभएकोे तथ्यता नेपाली जनमानसले बेलामौकामा अनुभव गरेका छन् । यसबाहेक प्रधानमन्त्री भट्टर्राईलाई उनकै पार्टर्ीी नेताहरुले दक्षिणपन्थी भन्ने गरेको र भारतमा शिक्षा-दिक्षा लिएकोले दक्षिणतिरै मिसिन पुग्ने उनको भावना रहेकेा हुनसक्छ भनी आशंका गर्ने ठाउँ रहेको छ ।

वास्तवमा प्रधानमन्त्रीले र्’मर्ज’ भनेको कुरा पत्रपत्रिकामा छ्यापछ्याप्ति प्रकाशित भएको थियो । यसैबीच प्रधानमन्त्रीले मर्ज भनेको होइन ‘सबमर्ज’ भनेको हुँ भनी खण्डन गरेपछि ती पत्रपत्रिका जसले मर्ज शब्द प्रकाशित गरेका थिए, उनीहरु कसैले पनि प्रधानमन्त्रीले र्’मर्ज’ नै भनेका थिए भन्ने प्रतिवाद कतैबाट आएन । यसको मतलब प्रधानमन्त्रीले सबमर्ज भनेको शब्दावलीलाई आमसञ्चार जगतले मर्ज भनी प्रचार प्रसार गरे भन्ने देखिन आयो अथवा र्’मर्ज र सबमर्जर्मा वाद-प्रतिवाद गर्न चाहेन । यदि यस्तै कुरा सत्य हो भने सञ्चारमाध्यमको नागरिक समाजप्रति उत्तरदायित्वको विश्वसनियतामा आँच आउन सक्छ । यो संवेदनशील कुरो हो ।

नेपाललाई समृृद्ध बनाउन प्रधानमन्त्रीले भारत र चीनबीच नेपाल पुल बन्ने अठोटका साथ योजना ल्याउने रणनीती बनाउने दृढता व्यक्त गर्नुपर्ने हो । तर त्यसको बदला सबमर्ज हुनसक्ने खतराको कुरा गर्नु भएकोले नेपालको आर्थिक व्यवस्था सँधै छिमेकी देशसँग निर्भर रहने भन्ने आशंका जनमानसमा पैदा हुन पुगेकेा छ ।

यसबाट नेपाली समाजमा जिज्ञासा उत्पन्न भएकेा छ, सरकार पमुखले विश्वको १ सय ९३ देशमध्ये १७ औं जेठो देश नेपालको अर्थतन्त्रलाई छिमेकी मुलुकको आर्थिक विकासको छालले डुबाउन सक्ने शंका व्यक्त गर्दै नेपाललाई छिमेकी देशमा र्’मर्ज/सबमर्जर्’ गर्नुपर्ने उद्गार किन व्यक्त गरे – यो उनको विवसता हो या चर्चामा आउने लहडिपना हो – राजनीतिक शिर्षेताबीच पद र शक्तिका लागि लुछाचुँडी नभए अथवा आर्थिक नीतिमा सबै नेता एकमत भए सदीयौंदेखि स्वतन्त्र देश नेपालले जलविद्युत उत्पादन जस्ता आफ्नै स्रोतसाधन परिचालन गरी आर्थिक उन्नति गर्न सक्दैन र – अनि किन अर्को देशसँग आर्थिक मर्ज र सबमर्ज हुने कुरा आउँछ र – किन यस्तो कुरा  गर्नु पर्‍यो –

यी कुरा जेसुकै भए तापनि विगत हर्ेदा नेपाललाई मर्ज गर्नुपर्ने भट्टर्राईको भनाइ नयाँ र नौलो होइन । नेपाली युवा उद्यमी व्यवसायीले २०६५ बैशाख २८ गते आयोजना गरेकेा कार्यक्रममा ‘नेपाल-भारतबीचको खुल्ाा सीमालाई व्यवस्थित गर्नुपर्ने अन्यथा दर्ुइ देशलाई मर्ज गर्नुपर्ने’ धारणा उहाँले र्सार्वजनिक गर्नु भएकेा थियो । त्यसबेला उहाँको तर्क थियो- ‘नेपाललाई या त मर्ज गर्नुपर्ने अन्यथा स्वतन्त्र राष्ट्रका रुपमा केही गर्नुपर्छ ।’ उद्यमीलाई सम्बोधन गर्दा भट्टर्राईले र्’मर्ज’ भन्ने शब्द तीन पटक उल्लेख गर्नु भएको थियो । साढे तीन वर्षछि सरकार प्रमुखको ओहोदामा रहेका समय फेरि र्’मर्ज’ भन्ने शब्द अगाडि सार्नु भएको छ । नेपाली नागरिक समाजका लागि यो निकै संवेदनशील कुरो हुन आएको छ । उनले कस्तो मनसाय र कुन भावनाले र्’मर्ज’ शब्द पटक-पटक प्रयोग गरेका हुन – उहँलाई र्’मर्ज र सबमर्जर्’ को राजनीतिक र शाब्दिक अर्थ के लागेको होला –

र्’मर्ज’ को अर्थ के हो भनी केम्ब्रिज इङ्गलिस डिक्सनेरी हेर्‍यौं भने- ‘टु युनाइट, टु कम्बाइन, टु बि एर्ब्जर्बड, टु बि इन्कर्पोरेटेड -एक हुनु, मिसिनु, मिलाउनु, समावेस गर्नु) भन्ने अल्लेख गरिएकेा पाइन्छ । सबमर्जको अर्थ डुब्नु, पानीले ढाक्नु, पानीमुनि जानु भन्ने बुझिन्छ ।

यस पर्रि्रेक्ष्यमा डा. भट्टर्राईको मनसाय हुनसक्छ- यदि दर्ुइ देश एकआपसमा एउटा सिङ्गो देशका रूपमा समाविष्ट भएमा आर्थिक तथा राजनीतिक क्षेत्रमा कुनै रडाको मच्चिदैन र मनोमालिन्य हुँदैन । सेवा प्रदाय तथा सामग्री उपलव्धिको सम्बन्धमा नेपालले पेट्रोलियम पदार्थको अभाव खेप्नु पर्दैन । निर्माण सामग्रीको कमी भोग्नु पर्दैन । खाद्यान्नको कालाबजारी धान्नुपर्ने छैन । नेपाल-भारत दुवै देश एउटैमा मिसिन पुगेपछि न त ‘एक मधेस एक प्रदेश’ को नाराले संविधानसभाको बैठक अवरुद्ध हुन पुग्छ, न त ताप्लेजुङदेखि दार्चुलासम्मको २२ जिल्लाको ‘एक हिमाल एक प्रदेश’ सम्बन्धी ‘स्वायत्त हिमाली प्रदेश’ अर्थात भोट प्रदेश स्थापनाको आवाज उठ्छ । यस्तैगरी कोशी, गण्डकी, कर्ण्ााली नदीलाई काबेरीसम्मको नदी जडान योजनामा बाधा व्यवधान आउने छैन । नेपालमा डुबान र जलजमाउको समस्याले पिरोल्दैन । कालापानी-लिम्पियाधुरा, सुस्ता जस्ता सीमा अतिक्रमण र मिचानको समस्या हराउने छन् । नेपालमा डुबान र जलजमाउको समस्याले पिरोल्दैन । नेपालको आर्थिक उन्नति हुन्छ । प्रधानमन्त्री भट्टर्राईको यिनै सोचाइ हुनसक्छ । अन्ततः एसडी मुनी, केभी राजन, श्याम शरण, शिवशंकर मेनन, अशोक मेहता, देव मुखर्जीले नेपालबारे अरु बढी सोचिरहन नपर्ने हुन्छ ।

अर्कोतर्फदर्ुइ देशलाई एउटै मुलुकका रूपमा सम्मिलन गराउने सम्बन्धमा ऐतिहासिक भूगोल अध्ययन गर्दा भारतीय उपमहाद्वीप करोडौं वर्षघि वर्तमान अष्ट्रेलियाबाट गन्डवाना ल्यान्डका रूपमा छुट्टएिर आएको बुझिन्छ । भर्ूगर्भवेत्ता अनुसार भारतीय उपमहाद्वीप अझै पनि हिमालय श्रृंखला र तिब्बती पठार मुन्तिर प्रतिवर्ष२ सेन्टिमिटरका दरले घुसिरहेको छ । यो भौगोलिक तथ्य हो कि भारतीय उपमहाद्वीपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, भुटान, म्यानमार आदि अवस्थित रहेका छन् । ब्रिटिश राजका समयमा राजनीतिक हिसाबले नेपालबाहेक यी सबै मुलुक बेलायती साम्राज्यअर्न्तर्गत रहेका थिए । अब केही समयदेखि राजनीतिक ज्वरांशका कारण बिरामी देश बर्बराउ“दै छ कि नेपाल र भारत एक आपसमा समाविष्ट हुनर्ुपर्छ । यो कुरा भारतमा आधा शताव्दिभन्दा अघिदेखि कुरा उठ्दै आएको पाइन्छ । भारतीय स्वतन्त्रता संग्राम योद्धा वल्लभभाइ पटेलले ७ नोभेम्बर १९५० मा जवाहरलाल नेहरूलाई लेखेको चिठ्ठीमा भनिएको छ- “हामीले हाम्रो उत्तरी र उत्तर-पर्ूर्वी सीमान्त क्षेत्रको राजनीतिक र प्रशासनिक पाइला सुदृढ पार्ने कदम चाल्नर्ुपर्छ । यसमा नेपाल, भुटान, सिक्किम, दार्जिलिङ र आसामको जातीय सीमासमेत सम्पर्ूण्ा सिमाना समावेश रहने छन् ।” यसले के संकेत गर्छ भने- उत्तरको हिमालयदेखि दक्षिणको कन्या कुमारी -केप कमोरिन) सम्म एउटै सिङ्गो सिमाना रहनर्ुपर्छ ।

यसै प्रसङ्गमा २०६२ कात्तिकमा बीबीसीले श्रोताहरुबीच प्रक्षेपण गरेको प्रश्न यहा“ जोड्नु सान्दर्भिक हुनसक्छ । प्रश्न थियो- भाषा, संस्कृति, आर्थिकस्थिति, भौगोलिक निकटताका सबै कुरा विचार गर्दा नेपाल भारतमा गाभिए अझ बढी उन्नति गर्न सक्छ, यसबारेमा के भन्नुहुन्छ – यसको संकलित जवाफ के थियो प्रकाशमा आएन । तर त्यस बखत नेपाली श्रोताहरूले विरोध गरे । परराष्ट्र मन्त्रालयले वक्तव्य दियो । फलतः बीबीसीका महानिर्देशकले माफी मागेर पत्र लेखे । प्रधानमन्त्रीको विचारमा आर्थिक विकासका हैंशियतमा नेपाल मर्ज/सबमर्जर् भए यस्ता कुरा आउँदैनन् ।

तीन वर्षघि नेपाली उद्यमी व्यवसायीलाई सम्वोधन गर्दा बाबुराम भट्टर्राईले खुला सीमालाई नियमन गर्नुपर्छ भन्ने कुरोलाई र्’मर्ज’ अर्थात् मिसिनु भन्ने शब्दस“ग गा“स्नुभएको थियो । अहिले आएर चीन र भारतको बीचमा नेपाल अर्थतन्त्रको पुल बन्न नसके नेपालको अर्थतन्त्र दर्ुइमध्ये एक देशमा सबमर्ज हुने खतरा देख्नुभएको छ । तर भारत या चीनले नेपाललाई कुनै पनि हालतमा सबमर्ज गर्ने धृष्टता राख्दैन । यी दुवै देशले नेपाल र्सार्वभौमसत्तासम्पन्न राष्ट्र हो, नेपालको आफ्नो आर्थिक विकास आफैले गर्नर्ुपर्छ भनी दुवैले पटक-पटक भन्दै आएका छन् । नेपालको दुवै छिमेकी मुलुक विश्वमा उदयीमान राष्ट्र हुन् । विश्व रङ्गमञ्चमा उनीहरुको आफ्नै छवि रहेको छ । यस पर्रि्रेक्षमा भारत या चीनमध्ये कुनैले पनि नेपाललाई मर्ज/सबमर्ज गर्ने अभिलाशा तथा धृष्टता राखेका छैनन् ।

अर्कोतर्फहिजोआज सूचना प्रणालीको विकासका निम्ति विश्व नै एउटा गाउ“ हो भन्ने दृष्टिकोण र सीमाविहीन महाद्वीपको आवाज आइरहेको सर्न्दर्भमा नेपाल र भारत सीमारहित भई एउटै देशमा मिसिने भन्ने भट्टर्राईको विचार नराम्रो होइन कि – तर प्रधानमन्त्री भट्टर्राईको यस्तो लहडी र भावनात्मक सोचाइको र्’मर्ज/सबमर्जर्’ भन्ने शब्दका सम्बन्धमा यस पंक्तिकारको एउटा अत्यन्तै व्यग्र अडान के रहेको छ भने, नेपाललाई कदापि भारतमा मिलाउने हुनु हु“दैन । तर भारत र नेपाल एकआपसमा मिसिनु पर्छ र यस्तो संयुक्त भएको देशको नामचाहि“ निश्चय पनि ‘नेपाल’ रहनर्ुपर्छ,  ‘भारत’ होइन । यसमा कत्ति पनि डगमग हुनुहु“दैन, धरमर गर्नु हुदैन । यो भनाइ व्यंग्यात्मक पनि ठानिन सक्ला । तर केही नेताहरूले परिकल्पना गरेको ‘नया“ नेपाल’ को खाका र ढा“चा  यस्तै प्रकारको पो हो कि –

यस्तो भएमा प्रधानमन्त्री भट्टर्राईको मर्जर्/सबमर्ज भन्ने शब्दको उद्गारले र केही नेताले सोंचेको नया“ नेपालको सिमाना हिमालयदेखि कन्या कुमारीसम्म पुगेको हुनेछ । यसबाट स्वर्गीय सरदार वल्लभभाइ पटेलको आत्माले पनि चीर शान्ति प्राप्त गर्नेछ । यसपछि भट्टराइले र्’मर्जर्/सबमर्ज’ शब्द फेरि उच्चारण गर्न आवश्यक पर्ने छैन । यसको परिणाम- नेपाली मूलका कुनै न कुनै व्यक्ति ‘नयाँ नेपाल’ राष्ट्रको ‘हिमवत प्रदेश’ को मुख्यमन्त्री/गभर्नर चुनिदै रहेन छन् । प्रधानमन्त्री भट्टर्राईले पटक-पटक नेपाल मर्ज/सबमर्जबारे उठाएकेा कुरोको चुरो यही त होइन –

यी कुरा जे जस्तो भए तापनि नेपालको पहिचान विश्वमा बढ्दै गएकोले र अन्तराष्ट्रिय जगतमा नेपालको धेरै मित्रराष्ट्र हुनुको साथै यसको भू-राजनीतिक महत्वका कारण प्रधानमन्त्री भट्टर्राईको नेपाल मर्जर्र्/सबमर्जको कुरा अर्न्तर्गत राजनीतिक तथा आर्थिक तवरमा भारतमा नेपाल मर्ज हुने कुरा कार्यगत रुपमा आउन सक्ने छैन । यो कुरा भट्टर्राईको दिवास्वप्न मात्रै हुनेछ ।

Nepal-China Border Business

नेपाल-चीन सीमा मामिला

(दुई देशबीचको सीमावार्ता नै अवरोध हुनु हुँदैन । कूटनीतिक माध्यम परिचालन गरी वार्ताद्वारा सीमा मामिला हल गर्नुपर्छ ।)

नेपाल र चीनबीच चीनको सियानमा २०६८ माघ १८ देखि हुने भनिएको संयुक्त सीमा समितिको बैठक नेपालले एकतर्फीर् रूपमा दुई दिनअघि नै रद्द गरेको थियो । यद्यपि परराष्ट्र सचिव दुर्गा भट्टराईले वार्ता रद्द होइन, अलिपछि गर्न स्थगित गरिएको बताएका थिए ।

नेपाललले एकाएक वार्ता रद्द गर्नुको कारण संयुक्त सीमा सुपरिवेक्षण टोलीले कुठाउँमा फेला पारेको सीमाचिह्न नं. ५७ र सगरमाथाको उचाइ सम्बन्धमा बैठकमा एकमत नहुने जस्तो देखिनु नै हो । यो मामिलामा नेपाली टोलीले प्रधानमन्त्री बाबुराम भट्टराईलाईर् अगि्रम जानकारी गराएको थियो । प्रधानमन्त्री भट्टराईले अहिले त्यस सम्बन्धमा कुरै नगर्नु भन्ने निर्देशन दिएपछि नेपालले एकतर्फी रूपमा वार्ता रद्द गरेको थियो (कान्तिपुर, माघ २०) ।

पाँच वर्षअघि दुई देश बीचको साझा सीमा निरीक्षण गरी आधुनिक प्रविधिबाट नक्सांकनसमेत तयार पारी चौथो बोर्डर प्रोटोकलमा ‘प्लेनी पोटिन्सियरी’ले हस्ताक्षर गरी नवीकरण गर्न संयुक्त सीमा समिति बनेको थियो । तर अहिले प्रधानमन्त्रीले वार्ता नै रद्द गर्न किन निर्देशन दिए ? सीमा सम्बन्धी संवेदनशील मामिलामा जमिन गुमाउने कुरा आए यस्तोमा सहमति जनाउँदा आफूलाई ‘राष्ट्रघाती’को आरोप आइलाग्ने र यसबाट महत्त्वपूर्ण राजनीतिक प्रभाव पर्ने डरले भट्टराईले वार्ता नगर्न निर्देशन दिएको कुरा बुझिएको छ । तर कूटनीतिक माध्यमद्वारा एकआपसमा सल्लाह नगरी सीमावार्ता किन रद्द गरियो भन्ने कुरा विचारणीय छ । प्रधानमन्त्रीलाई आरोप लाग्ने डरमात्रै हो कि यसमा नेपाल र चीन बीचको कूटनीतिक मामिलाको उत्तार-चढाव पनि गाँसिएको छ भन्ने कुरा मननीय छ ।

यसै सम्बन्धमा नेपालका लागि चिनियाँ राजदूत वाङ हौलानले भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा माघ १९ गते आयोजित, नेपालमा चिनियाँ पर्यटकहरूको सम्भावना विषयक छलफल कार्यक्रममा ‘ती समस्या जो सीमासँग सम्बन्धित छन्, लाई सधैंका लागि सुल्झाउने प्रयासमा दुवै मुलुुक लागिपरे पनि अन्तिम समयमा नेपालले खुट्टा झिकेको छ’ भनेका छन् । यसबाट नेपाली पक्षले एकतर्फी रूपमा सीमावार्ता रद्द गरेको मामिलाप्रति चिनियाँ पक्ष सशंकित बनेको देखिन्छ । यस्तो शंकालाई नेपालले कसरी हटाउने भन्ने कुरामा ठोस रणनीति लिनुपर्ने बेला आएको छ । होइन भने भारत र चीनबीच नेपाल ‘पुल’ बन्ने भन्ने प्रधानमन्त्रीको सोचाइमा तुषारापात पर्नसक्ने देखिन्छ । यसको असर सम्पूर्ण नेपाली जनतामा पर्न सक्छ । यसै त चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको पुस ३० को चारघन्टे नेपाल भ्रमणका समय नेपाली जनताले उनको अनुहार हेर्न नपाएको र नागरिक अभिनन्दन गर्न नपाएको गुनासो जनमानसमा रहेको छ । कतै यस्ता कूटनीतिक कमजोरी र मौका-बेमौकाको अभिव्यक्तिले दुई देश बीचको आपसी सम्बन्ध र सम्पर्कमा असर पार्ने त होइन ? तर यसमा प्रतिकूल असर पर्न दिनु हुँदैन । संयुक्त बैठक रद्द हुनमा सीमाचिह्न र सगरमाथाको उचाइ मामिलातर्फ लागौं ।

सीमाचिह्न नं. ५७

२०६३ बैसाख ५ मा गठन भएको तेस्रो संयुक्त सीमा सुपरीवेक्षण समितिको अन्य काम सकिए पनि सीमाचिह्न नं. ५७ को अवस्थिति कुठाउँमा भेटिनाका कारणले बाँकी काम अड्किन पुगेको देखिन्छ । नेपाल र चीनबीच संवत् २०१८-१९ मा सीमाङ्कन गर्ने सिलसिलामा यो सीमाचिह्न स्थापना गरिएको थियो । अनि ०३५-३६ मा पहिलो सीमा सुपरीवेक्षण गरेका समय यो चिह्न भेट्टाउन सकिएन । यसैगरी संवत् २०४५ मा दोस्रो सीमा सुपरीवेक्षणका बेला पनि यो ५७ नं. को सीमाचिह्न फेला पर्न सकेन । तर यस पटकको तेस्रो संयुक्त सुपरीवेक्षण टोलीले भाग्यवश चट्टानमाथि अंकित गरिएको यो सीमाचिह्न पत्ता लगायो । यद्यपि सीमा उल्लेखन -बाउन्डरी डेलिमिटेसन) गरेको भन्दा अलिकति कुठाउँमा अर्थात् नेपालतर्फ रहेको देखियो । यसबाट नेपालको केही हेक्टर बञ्जर तथा भिरालो जमिनको प्रश्न उठेको छ । यस्तो प्रश्नबाट कतै नेपाल र चीनबीच सीमा विवाद भएर काम अल्भिmएको त होइन ? या चीनले पनि नेपालको सीमा मिचेकाले यस्तो विलम्ब भएको पो हो कि ? भन्ने विभिन्न शंका-उपशंका उत्पन्न भएको छ ।

यस सम्बन्धमा २०१८ असोज २१ मा दुई देशबीच भएको ‘नेपाल-चीन सिमानाको सन्धिपत्र’ अध्ययन गर्दा सीमारेखा ‘ग्यानब्यान पहाडी शृङखला हुँदै तलतिर झरी लाप्चे नदीको पश्चिमी सहायक नदी पार गर्छ र त्यसपछि कोर्लाङपारिको टिप्पामा ५ हजार ३ सय ७० दसमलव ५ मिटरको उचाइतक पहाडी शृङखला हुँदै जान्छ’ भनी उल्लेख गरिएको छ ।

यसैगरी २०३६ मंसिर ४ मा हस्ताक्षर गरिएको पहिलो सीमा प्रोटोकोलमा ‘सीमाचिह्न नं. ५६ बाट सीमारेखा हिउँले ढाकेको कोर्लाङपारि पहाडको पर्वतमालाबाट गुज्रँदै पहिला उत्तर-पूर्वतर्फ जान्छ र त्यसपछि ५ हजार ३ सय १३ मिटरको उचाइबाट ५ हजार ६ सय ६६ मिटर हुँदै उत्तर भएर पश्चिमतर्फ लाग्छ, अनि उत्तर-पूर्वतर्फको ५ हजार ७ सय ३८ मिटरको सीमाचिह्न नं. ५७ मा पुग्छ’ भन्ने वाक्य लेखिएको छ ।

नेपाल-चीन सीमा समितिको प्रतिवेदन- २०२१ अध्ययन गर्दा ऐतिहासिक कालमा यस क्षेत्रमा नेपाल र तिब्बतबीच विवाद भई समाधान भएको कुरा देखिन्छ । यसअनुसार संवत् १८५२ को पत्र व्यवहारमा नेपाल ‘लप्ची’लाई नेपालभित्रकै भूमि ठान्थ्यो, जबकि तिब्बत लप्चीमा रहेको गुम्बालाई आफ्नै ठानी त्यहाँ दलाई लामाको आदेश पठाउँथ्यो । तर १८६० माघ सुदी ६ रोज २ मा अम्बा घ्याङलुङले लेखेको चिठ्ठीमा लप्ची र सोथाम नेपालको हो र सोक्टा तिब्बतकै हो भनी स्पष्ट गरेका थिए । यस्तै २०१८-१९ को नेपाल-चीन सीमावार्ताका समयमा आदान-प्रदान गरिएको पत्रमा कोर्लाङपारिको टिप्पा सिमाना भई लप्ची र सुमनाम दुवै नेपालभित्र पर्ने व्यहोरा स्पष्ट रूपमा उल्लेख भएको छ ।

यी विवरणबाट कोर्लाङपारि टिप्पाको ५ हजार ७ सय ३८ मिटरको उचाइमा सीमाचिह्न नं. ५७ रहनुपर्छ भन्ने कुरा सबैतिरबाट देखिन आउँछ । नापी विभागले संवत् २०५४ मा प्रकाशित गरेको स्थलरूप नक्सामा पनि यसैअनुसार अंकन गरिएको छ, तर कोर्लाङपारिको टिप्प्ाामा सीमाचिह्न नं. ५७ अंकन भएको छैन । नं. ५६ बाट एकैचोटी ५८ अंकन गरिएको छ । सायद पहिलो र दोस्रो सीमा सुपरीवेक्षणमा सीमाचिह्न फेला नपरेकाले नक्सा काँचै राखिएको होला ।

समाधान

५ हजार ७ सय ३८ मिटरमा भएकेा ५७ नं. सीमाचिह्नलाई मान्दा नेपालले करिब ६ हेक्टर भूमि चीनलाई छोड्नुपर्ने हुन्छ । सार्वभौमसत्ता सम्पन्न राष्ट्रले आफ्नो एक इन्च भूमि पनि छाड्ने कुरा आउँदैन । तर यस मामिलामा चीनको यत्तिकै क्षेत्रफलको जमिन नेपालतर्फ पारिए समाधान हुनसक्छ । यसका लागि सीमाचिह्न ५७ बाट चीनतर्फ सीमाचिह्न नं. ५७ -१) सहायक खम्बा स्थापना गरी पानीढलोबाट ६ हेक्टर जमिन नेपालतर्फ पार्दै सीमालाई साविक सीमारेखामा जोड्दै लैजानु समाधानको एउटा उपाय हुनसक्छ, तर यसका लागि कूटनीतिक पहलको आवश्यकता पर्छ । स्मरणीय छ, संवत् २०१७-१८ मा नेपाल र चीनको सीमा अंकन गर्दा पानीढलो, नदी सीमा सिद्धान्त, भोगाधिकार, लेनदेन, नागरिकताको आधार तथा प्रचलन अपनाइएको थियो । त्यसै सिद्धान्तलाई मानी सीमाचिह्न ५७ लाई यथावत राखी नंं. ५७ -१) थप गरिएमा समाधानको बाटो निक्लन सक्ने देखिन्छ ।

सगरमाथाको उचाइ   

नेपाल-चीन संयुक्त सीमा समितिको २०६३ पुस १२ मा काठमाडौंमा भएको बैठकमा नयाँ बनाइने नक्सामा सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दसमलव ४३ मिटर अंकन गरिनुपर्ने कुरा चीनले नेपालसमक्ष प्रस्ताव राख्यो । तर नेपालले सधैं सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मान्दै आएको व्यहोरा चीनसमक्ष प्रस्तुत गर्‍यो । छलफलका क्रममा चीनले हिउँको भाग ३ दसमलव ५७ मिटर घटाइ चट्टानी भागको उचाइ उल्लेख गर्नुपर्ने कुराको जिरह गर्‍यो । किनभने चीनले २०६२ असोज २३ मा चोमोलोङ्माको मापनको क्रममा हिउँले छोपेको भाग कट्टा गरी सगरमाथाको चट्टानी भागको उचाइ घोषणा गरेको थियो ।

२०६६ चैत २२ को संयुक्त बैठककमा नक्सामा सगरमाथाको उचाइ चीनले प्रस्ताव गरेको नयाँ उचाइ लेख्ने र नेपालले आधिकारिक रूपमा मान्यता दिएको परम्परागत उचाइलाई पनि निरन्तरता दिँदै दुवै उचाइ उल्लेख गर्ने कुरामा सहमत भएको थियो । तर नेपाल सरकारले यस सम्बन्धमा आजसम्म कुनै निर्णय गर्नसकेको छैन । यसैले संयुक्त समितिको कार्यअवधि लम्मिँदै आएको थियो । अब त प्रधानमन्त्रीको निर्देशनले वार्ता नै रोकियो ।

वास्तवमा एउटा सगरमाथाको उचाइ दुई प्रकारको राख्न कति वैज्ञानिक हुन्छ ? भन्ने कुरा जिज्ञासापूर्ण छ । नेपालले परम्परागत उचाइ भन्ने र चीनले घटी उचाइलाई मान्ने गर्दा विश्वका अन्य देशले कुन उचाइ पछ्याउने ? यस सम्बन्धमा जिज्ञासा उठ्न सक्छ, सगरमाथाको उचाइ हिमचुचुरोको हुनुपर्ने हो या हिउँभित्रको चट्टानी भागको ?

हिमचुचुरोको उचाइ गणना गर्ने सम्बन्धमा आजसम्मको अन्तर्राष्ट्रिय प्रचलन, मापदण्ड र प्राकृतिक सिद्धान्तअनुरूप विश्वका विभिन्न हिमचुलीको उचाइ हिउँको माथिल्लो भागलाई लिइने गरिएको छ । संसारका अग्ला शिखरको उचाइ हिउँसाथ अथवा हिउँ बेगरको गरी दुई प्रकारले अंकन गर्ने प्रथा कतै पनि अपनाइएको पाइँदैन । सगरमाथा सम्बन्धमा दुई उचाइ मानिए आरोही कुन विन्दुमा पुगेपछि आरोहण सफल भएको मान्ने ? हिउँको भागमुनिको चट्टानी तहसम्म पुगेकोलाई सफल मान्ने कि हिउँले पुरिएको चुचुरोमा पुगी झण्डा गाडेपछि मात्र सगरमाथा विजय गरेको मान्ने ? यस्ता विवादित कुरा उठ्ने भएकाले सगरमाथाको दुइटा उचाइ नक्सामा अंकन गरिनु युक्तिसंगत देखिँदैन ।

अहिलेसम्म चीनले आफ्नै तरिकाले सगरमाथाको मापन गरेको छ । चुचुरो नेपालतर्फ परेको र त्यसको उत्तर-दक्षिणी फेद चीन र नेपालमा रहेको सगरमाथाको उचाइ मापन र निर्धारण गर्न अब संयुक्त सीमा समिति अन्तर्गत एक संयुक्त टोली गठन गरिनुपर्छ र यसै टोलीले संगणना गरेको अन्तिम उचाइलाई नक्सामा अङ्कन गरिनुपर्छ । यत्तिकै कुुरालाई लिएर दुई देश बीचको सीमावार्ता नै अवरोध हुनुहुँदैन । कूटनीतिक माध्यम परिचालन गरी वार्ताद्वारा सीमा मामिला हल गर्नुपर्छ ।

Oh Bhimsen, Give me Strength !

बल देउ भीमसेनः भीमसेन भगवानलाई नमस्कार !

 

 

 

 

 

Buddhi Narayan Shrestha

– बुद्धिनारायण श्रेष्ठ
सीमा अन्वेषक तथा
मदन पुरस्कार विजेता

भीमसेन भगवान् बल र बहादुरीका निम्ति प्रख्यात छन् । पौराणिक कहावतअनुसार भीमसेनको एउटै पाखुरामा दशौं हात्ती बराबरको ताकत् रहेको हुन्थ्यो । भीमसेन देवताको तस्बीरमा उनलाई रिसालु गोला-गोला आँखा र कालो बाक्लो जंुगाका साथ हर्ेर्दैमा जङ्गी र डरलाग्दो रातो अनुहार भएको बलवानको रुपमा चित्रांकन गरेको पाइन्छ । उनले घोंडालाई हावामा उठाइरहेको, खुट्टाको घुँडा मुनि हात्तीलाई थिचिरहेको र गोमन र्सप र सिंह डराएर हेरिरहेको उनको तस्बीरमा समावेस गरिएको पनि देखिन्छ । उनको यस्तो रिसालु प्रवृत्तिको मुहारले उनको पत्नी द्रौपदीको चीरहरण गर्न खोज्ने दुशाशनलाई मार्ने प्रतिबद्धताको लाक्षणिकता जाहेर गरेको छ । अर्कोतर्फकमजोर, निसहाय र निर्बललाई उनी जहिल्यै पनि रक्षा गर्थे भन्ने भनाइ रहेको छ । त्यसैले कमजोर व्यक्तिले कुनै गर्‍हौं वस्तु उचाल्नु परेमा अथवा दुःखी व्यक्तिले दुःखबाट पार पाउन ‘मलाई बल देउ भीमसेन’ भन्ने प्रचलन अद्यावधि चलेर आइरहेको छ । त्यस्ताले पार पाउने विश्वास पनि जनमानसमा रहेको छ । महाभारतको आख्यानमा भीमसेनले असत्ती, अधर्मी र बदमाशलाई परास्त गरेको र निर्वललाई रक्षा गरेको वर्ण्र्ाागरिएको छ । यसैले हिन्दु आख्यानमा उनलाई बीर भीमसेन  -हर्कुलस) को संज्ञा दिइएको छ । महाभारतको वर्ण्र्ााा भीमसेनलाई बल पौरखका नायकका रुपमा लिइएको छ ।

बाबु पाण्डु र आमा कुन्तीका माहिला छोराका रुपमा भीमसेनलाई मानिएको छ । अन्याय, अत्याचार सहन नसक्ने उनको जन्मसिद्ध बानी थियो । कसैले अत्याचार गरे भने उनी तत्काल कड्की हाल्थे र आफ्ना गोलो आँखा डरलाग्दो पार्दै अधर्मीमाथि जाइलाग्ने गर्थे । आफ्ना पत्नी द्रौपदीको चीरहरण हुनलाग्दा कुनै दाजुभाइले बोल्न आँट गरेनन् । तर भीमसेनले प्रतिक्रिया अभिव्यक्त गर्दै भनेका थिए- “जसले द्रौपदीको चीरहरण गर्‍यो, म उसको हात भाँच्छु ।” त्यस अवसरमा घमासनको वातावरण उत्पन्न हुने देखेर कृष्णले द्रौपदीको चीरहरणको रक्षा गरेको कुरा पौराणिक महाभारतमा पढ्न पाइन्छ ।

नेपाली व्यापारीको भीमसेनप्रति श्रद्धा
नेपाली व्यापारी व्यवसायी खासगरी नेवार वैस्य समुदाय भीमसेनलाई अपार श्रद्धा र भक्ति गर्छन् । उनीहरुले भीमसेनलाई व्यापार वाणिज्यका देवताको स्वरुपमा पुजा अर्चना गर्छन् । जव व्यापारी विहान आफ्नो पसल खोल्छन्, बढार-कुढार, सफा-सुग्घर गरेपछि भीमसेनको फोटोमा सुगन्धित धुप-दीप गर्छन् । अनि पसलको चारै कुनातर्फधुपको धुँवालाई दौडाउँदै पर््रार्थना गुनगुनाउँछन् र कसैले पेंडा तथा केरा पनि अर्पण गर्छन्- ‘हे भीमसेन भगवान मेरो पसलको मालसामान विक्री गराइदेउ, मेरो व्यापारमा मलाई नाफा गर्राई देउ, विक्री बढाउनमा बल देउ भीमसेन ।’ उनीहरुको अवधारणा रहेको छ- भीमसेनको फोटो पसलमा राखिएन भने व्यापार चल्दैन । यसैले ठुला घराना प्रतिष्ठानका होलसेल व्यापारीदेखि खुद्रा व्यापारीको पसलमा हेर्नोस्, कुनै कुनामा भीमसेनका फोटो राखिएकै हुन्छ । औकातअनुसार दिनहुँ सुगन्धित धुप दिइएकै हुन्छ । कथंकदाचित व्यापार व्यवसायमा मन्दि आयो भने भीमसेन रिसायो कि क्या हो – भन्ने चलन पनि छ र यस्ताले भीमसेनको विशेष पुजा तथा अर्चना पनि गर्छन् ।

रक्षकको रुपमा भीमसेन
महानगर तथा शहर बजारको कुरै छोडौं । पहाडको डाँडा-काँडामा एउटा सानो पसल कवल थाप्ने नेवारले पनि भीमसेनको पुजा गरेकै हुन्छ । उनीहरुको पसलमा भीमसेनको फोटो हुँदैन होला तर पसल नजिकैको दोबाटोमा एउटा ढुंगालाई भुइँमा गाडेर त्यसलाई भीमसेन देवताका रुपमा प्रतिस्थापन गरी दिनहुँ पुजा गरी बाटेको धुपको धंुवा अर्पण गरेकै हुन्छन् । यसैले नेवारको किराना पसलमा अनिवार्यरुपले चामल, अबीर, सिन्दूर र बाटुवा धुप बिक्रीका लागि राखिएकै हुन्छ । दर्ुइ बाटोको संगममा नेवारले पसल थाप्ने भएकोले पहाडतिर नेवारलाई ‘दोबाटे’ भन्ने चलन पनि छ । यसैले नेवार वस्ती आयो कि दोबाटोमा भीमसेनको मर्ूर्ति रहेको देखिन्छ । अर्कोतर्फभीमसेनको मर्ूर्ति देखियो कि नेवार वस्ती आयो भनेर जान्नु पर्छ । कतिपय नेवार समुदायको कुलदेवता भीमसेनलाई नै मान्ने गरेको पाईन्छ ।

पहाडतर्फा बजार वस्तीमा रहेका नेवार समुदायले खासगरी र्सर्ूय, नारायण र भीमसेनलाई पुजा अर्चना गर्छन् । मनलाई उज्यालो देउ र जान्न नसकिएको विषयवस्तुलाई प्रकाशमा ल्याइदेउ भन्नको निमित्त अग्लो तथा उच्च स्थान अथवा घरको कौशीमा गई र्सर्ूयको पुजा गर्छन् । यसैगरी गाँऊ वस्तीको पालकका रुपमा रहिदेउ भनी नारायणको पुजा गर्ने चलन छ । यस्तै बल व्यापार बृद्धिका लागि र आपत-विपतमा रक्षा गरी शत्रु नाश गरिदेउ भनी भीमसेनलाई पुजा गर्ने गर्छन् । पुरानो जमानादेखि पसले व्यापारीहरु वाणिज्य र व्यापारका देवताका रुपमा कहलिएका भीमसेनलाई श्रद्धा तथा पुजा अर्चना गर्दै आइरहेका छन् । पाँच-सात दशक अघिसम्म नेपालबाट चीनको भोट तिब्बततर्फजाने व्यापारीहरु नेपालको उत्तरी सिमाना अर्थात हिमालयको भञ्ज्याङ् काट्दा नकाट्दै आफू अनाकन्टार ठाँउमा लडाइँमा जान लागेको जस्तो अनुभव महसुस गर्दथे । साँगुरो गोरेटो मार्गमा मुस्किलका साथ हप्तौं पैदल हिंड्नु पथ्र्यो । यसैले घर छोड्नु अघि उनीहरुले आफूलाई सन्तोष लाग्ने गरी भीमसेनको पजापाठ गरी यात्रा गर्ने गर्दथे ।

भीमसेनलाई खुशी पार्ने कोशिस गरिन्छ
भीमसेनलाई खुशी पारी आफ्नो व्यापार व्यवसाय फस्टाउन दिनहँु पुजा-आजा गरिन्छ । यसका अतिरिक्त आफ्नो व्यवसायिक मनोकामना पर्ूण्ा भएपछि पशुबलि पनि दिइन्छ । पशुबलिमा हाँस, कुखुरा, बोकादेखि राँगासम्म पनि पर्छन् । केही दशक अघिसम्म पहाडी क्षेत्रमा मासु पसल नहुनाका कारण बजार वस्तीका वासिन्दा मिलि, बोका तथा राँगो भीमसेनको मन्दिरअगाडि काटी भीमसेनलाई भोग दिई देवतालई खुशी पार्ने र प्रसादका रुपमा मासु भाग लगाई खाने गरिन्थ्यो ।

भीमसेनको बोका
कसै-कसैले आफूले मनमा चिताएको भाकल मनोरथ पूरा गर्न बोकालाई पुजा-आजा गरी भीमसेनको बोकाको रुपमा ‘साँढे बोका’ छाड्ने चलन आजभन्दा केही वर्षअघिसम्म निकै प्रचलनमा थियो । यस्तो बोका काटिदैन थियो र यसलाई आघात पुर्‍याइँदैन थियो । अक्सर कालो रङ्गको बोकालाई भीमसेन देवता भनेर पसलेले अन्न तथा केरा ख्वाउने पनि गर्थे । वास्तवमा यस्तो साँढे बोका किन छाडिने गथ्र्यो होला भनेर विचार गर्दा बोका बाख्राको सन्तति कायम राख्न पनि हो कि भन्ने भान हुन्छ । सबै बोकालाई खसी पार्दा नश्ल उत्पादनमा मदत नपुग्ने हुनाले केही मात्रामा भए पनि बोका बोकाकै ज्यानमा रहनु पर्‍यो । सबै बोकालाई खसी पारियो भने बोका-बाख्राको संसारै रहँदैन ।

भीमसेनसम्बन्धी कहावत
भीमसेनको बीरता तथा बहादुरीका सम्बन्धमा अनेकौं कहावत तथा वर्ण्र्ााछन् । त्यसमध्ये निकै घतलाग्दो कहावत यस्तो रहेको छ । एकपटक एउटा किसान आफ्नो बारी खन्दै थियो । धेरै दिन खनिसके तापनि खन्ने काम पूर््ण्ा हुन सकेन । मौसमअनुसार बिउ र्छर्ने समय भिड्किन लागिसकेको थियो । उसको परिवारमा खन्ने जवान उ एक्लै मात्र थियो । समयभित्रै बिउ र्छर्ने काम सकिएन भने अन्नबाली उव्जनी नभई उ र उसको परिवार भोकै बस्नुपर्ने हुन आँउथ्यो । यद्यपि त्यो किसान आफूलाई असहाय जस्तै सम्झी बारीको पाटो खनिरहेकै हुन्थ्यो । मनमनै उ पुकारा गर्दै रहन्थ्यो- हे बीर भीमसेन भगवान ! मलाई बल देउ भीमसेन, छिटै यो बारी खन्ने काम खतम गर्न सकँू ।

यस्तैमा एकजना झुत्रेझाम्रे गरिब किसानको भेषमा भीमसेन बारी खनिरहेको किसानको अगाडि देखा परे । झुत्रेझाम्रे मगन्तेरुपी भीमसेनले बारी खनिरहेको किसानलाई नाटकीय ढङ्गगले भने- भाइ, मैले निकै दिनदेखि केही खान पाएको छैन, मलाई असाध्यै भोक लागेको छ, दया गरेर केही खानेकुरा खान दिनोस् न ! किसानले आफूलाई दिउँसो खानका लागि ल्याएको सबै खाना त्यहाँ आएका झुत्रे मगन्तेलाई दिए । मगन्तेले त्यो खाना एकैछिनमा कपाकप खाए । त्यसपछि अरु खानेकुरा केही छ भने दिनोस् न भन्दै फेरि मागे । केही बेर पर्खनु सक्नुहुन्छ भने  म अरु खाना दिन सक्छु भन्ने कुरा किसानले  मगन्तेलाई भने । मगन्तेले हुन्छ भन्ने कुरा जनाए । यसपछि त्यो किसान अरु खाना लिन घरतिर लागे  । जसै त्यो किसान घरतिर लागेको थियो, झुत्रेझाम्रे मगन्ते आफ्नो सक्कली रुप भीमसेनमा परिणत भए । त्यसपछि भीमसेनले दशजना बलियो मान्छेले खन्ने बारी एकै छिनमा खनि दिएर बाँकी रहेको बारी खन्ने काम पूरा गरिदिए । जब किसानल बाँकी खाना लिएर खन्न बाँकी बारीमा आए, त्यहाँ झुत्रेझाम्रे मगन्तेका भेषमा आएका भीमसेन कुलेलाम ठोकिसकेका थिए । तर उसको बारी पूरै खनिसकिएको देखेर उ छक्क परे ! किसानले मनमनै भन्यो- यो के भएको हो – केही क्षण आफू घरतिर जाँदा सबै काम सकिएको – उ अत्यन्तै खुशी भयो र भन्यो- ‘कतै भीमसेन भगवान मगन्तेको भेषमा आएर मेरो दुःख हरण गरेको त होइनन् – म भीमसेन देवतालाई कोटी-कोटी नमस्कार गर्छर्ुु’

भीमसेनको ब्रत
नेपाली व्यापारी समुदायमा भीमसेनको पुजा गर्ने चलन भएजस्तै केही मानिस भीमसेनको ब्रत पनि बस्ने गर्छन् । मानिस आफूले जे जसमा आस्था राख्दछ, त्यसप्रति श्रद्धाभाव जनाउन ब्रत बस्नु स्वभाविकै हो । उदाहरणका निम्ति महादेवप्रति भक्तिभाव र आस्था राख्ने श्रद्धालुहरु सोमबारका दिन महादेवको मन्दिरमा गई शिवलिङ्गमा जल अर्पण तथा पुजापाठ गर्दछन् । उनीहरुमध्ये केही त्यस दिन ब्रत बस्ने पनि गर्छन् । कसैले सोमबार मासुमंश, जाँडरक्सी नखाने ब्रत लिन्छन् । भनिन्छ, पेटको बिकार समन गर्न बेलाबेलामा ब्रत -भोको पेट) बस्नर्ुपर्छ अर्थात गरिष्ठ भोजन गर्नु हुँदैन , यसले शरीरलाई स्वस्थ राख्छ ।

त्यसैगरी नेवार व्यापारी समुदायका केही व्यक्तिले भीमसेनको ब्रत लिने गरेका छन् । उनीहरुले महिना दर्ुइ महिनामा नभए तापनि बर्षो कमसेकम एक दिन सामान्य ब्रत लिन्छन् । यस्ता श्रद्धालुले भीमा एकादशीका दिनलाई ब्रतका दिन मान्छन् । भीमा एकादशी तिथि सामान्यतया माघ महिनामा पर्दछ । यो तिथि वसन्त पञ्चमीपछिको एकादशी हो । यस वर्ष२०६८ सालको माघ २० गते शुक्रवारका दिन भीमा एकादशी तिथि परेको छ । यस तिथि भीमसेन स्वयम्ले ब्रत लिएको दिन हो पनि भनिन्छ । भीमसेनले दुष्ट बदमाशलाई नाश गर्न र दुःखमा परेकालाई रक्षकका रुपमा रहन सकूँ भनी ब्रत लिएका हुन् भन्ने पनि किम्बदन्ति रहेको छ । भीमा एकादशीको तिथिमा पहाडतिर खोपामा राखिएको भीमसेनको ढुङ्गाको मर्ूर्तिमा पूजाआजा गर्ने चलन रहेको पाइन्छ । एकादशी तिथि परे तापनि यस दिनमा पशुबलि बैध रहेको छ, मासुमंश चलाउने गरेको छ ।

चार भीमसेन
भीमसेन देवताको सानातिना मर्ूर्ति तथा मन्दिर नेपाल राज्यको जताततै पहाड पर्वत कुनाकाप्चामा पनि रहेको पाइन्छ । तर ठूलो आकारको मर्ूर्ति र सिङ्गो मन्दिरका सम्बन्धमा चार भीमसेनको नाम नेपालभरि प्रख्यात रहेको छ । यिनीहरुमध्ये दोलखाभीमसेन, पाटनभीमसेन, काठमाडौंभीमसेन र भादगाउँको भीमसेन रहेका छन् ।

दोलखा जिल्लाको दोलखा बजारमा रहेको भीमसेन निकै प्रशिद्ध रहेको छ । राजधानी काठमाडौँलगायतका श्रद्धालुहरु दर्शनका निम्ति त्यहाँ जाने गर्छन् । हँैशियतअनुसार दिल फुकाएर पुजाआजा पशुबलि समेत दिने गर्छन् । भीमसेन -भीमेश्वर) मर्ूर्तिलाई शिव महादेवका रुपमा मानिन्छ र रुद्री पूजा गरिन्छ । दोलखा भीमसेनलाई भैरवका रुपमा बलि चढाउने गरिएको छ । भैरवरुपी भीमसेनले मात्र बलि ग्रहण गर्नु हुन्छ भन्ने जनधारण रहेको छ । दोलखा भीमसेनलाई सृष्टि, संहार र रक्षकको रुपमा लिने गरिएको छ ।

दोलखाभीमसेन व्यापारीको रक्षा गर्ने मात्र देवता होइनन् । तर राष्ट्रिय घटनाको संकेत दिने अग्रणी भूमिका निर्वाह गर्ने पौराणिक भगवानका रुपमा पनि रहेको मानिन्छ । देशमा कुनै ठूलो परिवर्तन अथवा घटना घट्न लाग्यो भने दोलखा भीमसेनको मर्ूर्तिमा पसिना आउँछ भनिन्छ । यसरी पसिना आयो भने अशुभ कुरा हुनसक्छ भन्ने ठानिन्छ । २०५८ जेठ १९ शुक्रवारका रात राजा बीरेन्द्रको वंश नाश हुनेगरी हत्या हुनुअगाडि दोलखा भीमसेनको मर्ूर्तिबाट पसिना निस्केको थियो । यसैगरी राजा ज्ञानेन्द्रका पालामा शाहवंसीय शासन पद्धतिको अन्त्य हुनुअघि पनि दोलखा भीमसेनलाई पसिना आएको कुराको स्मरण ताजै रहेको छ । जति पसिना पुछिदिए पनि तुरुन्तै फेरि पसिना थपिएको कुरा प्रकाशमा आएको थियो । यस्तो पसिना आएको समयमा अशुभ हुन नदिन विधि पुर्‍याएर क्षमापूजा गर्न काठमाडौंबाट सामाग्री पठाइएको थियो । तर पौराणिक विधिका जानकारहरु भन्छन्- राजा आफर्ैगई क्षमापूजा नगरिएको हुनाले अथवा दरबारबाट पठाइएका सामग्रीहरु पर्ूण्ारुपको आहुति नभई अधुरो र अपुरो भएको हुनाले शाहवंसीय शासन प्रणालीको अन्त्य भएको हो । यदि यस्तो कुरा सत्य हो भने र दोलखा भीमसेनको मर्ूर्तिमा यसै गरी अब फेरि पसिना आए, देशमा अनिष्ट हुनसक्ने र नेपाल राष्ट्रको अस्तित्वमा नै तलबितल पर्नसक्ने त होइन – यसमा सरकारको बागडोर समालेका पदाधिकारी चनाखोभई बेलैमा क्षमापुजा र देश बचाउन स्वस्तिशान्ति गर्न सक्नर्ुपर्छ । नेपाल जामुना गुभाजू बसेको देश भएको र घडीपला ऐनमौकामा विष्णुमती नदी बाट ल्याएको बालुवा सुनमा परिणत भएको देश हुनाले दोलखाभीमसेनको मर्ूर्तिमा घटेका यस्ता घटनाको पौराणिक मान्यता हुन सक्दैन भनी ठोकुवा गर्न सकिंदैन ।

बाँकी तीन भीमसेनमध्ये पाटन दरबार परिसरमा रहेको पाटनभीमसेनको मर्ूर्ति पनि जीवन्तरुपको छ । यो भव्य मन्दिर अठारौं शताव्दिको सुरुमा राजा श्रीनिवास मल्लले बनाएका थिए । तेस्रो भीमसेनको मर्ूर्ति काठमाडौंको भीमसेनस्थान टोलमा रहेको छ । यो मर्ूर्ति झन्डै-झन्डै पाटन भीमसेनकै जस्तो रहेको छ । तर यो त्यत्तिको सुन्दर र चित्ताकर्ष छैन । तर पनि काठमाडौं नेवार समुदायका व्यापारीले अत्यन्तै श्रद्धा गर्छन् । नाम चलेको भिमसेनमध्ये चौथो भीमसेनको मन्दिर भक्तपुरमा दत्तात्रय मन्दिर अगाडि तचुपाल टोलमा रहेको छ । भीमसेन आराध्यदेवका रुपमा मनुस्य भएकोले उनको मर्ूर्ति काठमाडौ र भक्तपुरमा मन्दिरको एकतला माथि राखिएको छ ।

रक्षक र पालक भीमसेन देवताको मर्ूर्तिमा खासगरी नेवार वैश्य समुदायका साहु, महाजन, व्यापारीले पुजाआजा धुपदीप गर्छन् भन्ने धारणा रहे तापनि व्यापार व्यवसायमा लागेका अन्य जातजातिले पनि भीमसेनको फोटो पेन्टिङ चित्रमा भक्तिभावपर्ूवक गोकुलधुप तथा शालधुपको धुँवा अर्पण गर्दै भीमसेनलाई खुशी पार्ने गरेको पाइन्छ । मेलम्ची खानेपानी योजना अर्न्तर्गत टनेल -सुरुङ) खन्ने कार्य शुभारम्भ गर्नुअगाडि सुरुङको मुखमा भीमसेनको फोटोमा पूजाआजा गरी उत्खनन् गर्ने काम थालिएको थियो भन्ने कुरा सुन्नमा आएको छ । वास्तवमा सुरुङ खन्न बल र ताकत चाहिने भएको हुनाले मनोवैज्ञानिक हिसावले शक्ति खिच्न भीमसेनको फोटोलाई श्रद्धा गरिएको हुनर्ुपर्छ । त्यस्तै गरी यी हरफहरु पढ्ने र सुन्ने महानुभावहरुको आफ्नो काम सफलताका साथ सम्पन्न गर्न भीमसेनले ताकत प्रदान गरुन् भनी यो पंक्तिकार भीमसेन भगवानलाई नमस्कार गर्दै भन्दैछ- ‘बल देउ भीमसेन !’

सर्न्दर्भ सामग्रीः
१.    ध्रुवकृष्ण दीप, भीमसेनबेगर व्यापार हुँदैन, दोलखा डट् कम्, २०६७ फाल्गुन २७ ।
२.    लुज महाजू, पाटनको भीमसेन जात्रा, २०६५ कार्तिक ।
३.    चन्द्रबहादुर नेमकुल सँगको कुराकानी, कुपण्डोल, ललितपुर २०६८ साउन् २५ ।

Longest Tenure Ambassador of Japan to Nepal