Book : NepalKo Simana (Boundary of Nepal) 3rd Edition

Book : NepalKo Simana (Boundary of Nepal),

3rd Edition

by- Buddhi Narayan Shrestha

Nepal Ko Simana

My book entitled ‘NepalKo Simana’ (Boundary of Nepal) 3rd Edition has been published recently. It is the book which won Madan Puraskar (Prize) in 2001. Followings are the Table of Contents :

 

Table of Contents

Chapter- 1 : Boundary of Nepal
१. नेपालको चौकिल्ला सिमाना १
२. नेपालको जन्म कहिले भयो – ४
३. नेपाल-चीन सीमांकनमा अपनाइएको सिद्धान्त ९
४. नेपाल-भारत सीमांकनमा अपनाइएको सिद्धात १३

Chapter- 2 : Concept of Boundaries
५. सीमा अवधारणा १६
६. नेपालको अन्तरिम संविधान-२०६३ मा सिमाना १८
७. अन्तर्रर्ााट्रय सिमानासम्बन्धी अवधारणा २०
८. अन्तर्रर्ााट्रय सीमाका चरण ३३
९. अन्तर्रर्ााट्रय सीमा सिद्धान्त ३७
१०. महासागमा सीमाकं न गनर् े सिद्धान्त ४५
११. आकाश र पातालमा पनि सिमाना पुगेको हुन्छ ५०
१२. नेपालको सीमा नक्सा बनाउन कहिलेदेखि सुरु गरियो ५३

Chapter- 3 : Nepal-India Boundary
१३. विशाल नेपालको सिमाना ६३
१४. सुगौली सन्धिको नेपाल ६९
१५. कोशीदेखि राप्ती नदीसम्मका समतल भू-भाग फिर्ता ७७
१६. नयाँ मुलुक फिर्ता प्राप्ति ७९
१७. सुगौली सन्धिपछिको नेपाल ८२
१८. सुगौली सन्धि नेपालले आत्मबल नजगाएसम्मका लागि हो ८७
१९. १८१६ को विशाल नेपालको नक्साले के जाहेर गरेको छ – ९४
२०. १८१८ को नक्साले जङ्गेस्तम्भको दर्जा जनाएको छ ९९
२१. १८२७ को नक्साले के देखाएको छ – १०१
२२. १८३० तथा १८४६ को नक्साहरूमा के अंकन भएको छ – १०४
२३. १८५० को नक्सामा भएका विवरणहरू १०९
२४. १८५६ को नक्साले के भन्छ – ११२
२५. १८७४ को फारसीलिपिको नक्सामा के छ – ११७
२६. १८७९ को बोली फेरिएको नक्सा १२१
२७. १८८१ तथा १९३०/३१ को नक्साहरूमा देखिएको विकृति १२६
२८. अन्य केही नक्साहरूको विवरण १३१

Chapter- 4 : Nepal-India Border Treaties and Agreement Collection
२९. १८०१ को नेपाल र इस्ट इन्डिया कम्पनीबीचको सन्धि १३९
३०. १८१५ को काजी अमरसिंह थापा र मेजर जनरल अक्टरलोनी
-इस्ट इन्डिया कम्पनी) बीचको सम्झौता १४१
३१. १८१५ को सुगौली सन्धि -प्रस्तावित) १४२
३२. १८१६ को सुगौली सन्धि -अनुमोदित) १४५
३३. १८१६ को सीमांकनसम्बन्धी पूरक सन्धि- कोशी-राप्ती समतल भाग फिर्ता १५०
३४. १८१७ को टिटालिया सन्धि -इस्ट इण्डिया कम्पनी र सिक्किमबीच) १५२
३५. १८६० को सीमा सन्धि -नयाँ मुलुक फिर्ता १५५
३६. १८७५ का े सीमा सम्झातै ा -डढँु वु ा श्रखंृ लाका े सिमाना निश्चितता) १५७
३७. १९२३ को नेपाल-ब्रिटेन मैत्री सन्धि १५८
३८. १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धि १६१
३९. १९५० को नेपाल-ब्रिटेन सन्धि -शान्ति, मित्रता तथा सद्भावना) १६५
४०. शारदा बाँध निर्माणार्थ आदान-प्रदान भएका चिठ्ठीहरू १६९
४१. शारदा नहरका े लागि जमिन सट्टा-पट्टा गनर् े चिठ्ठी १७३

Chapter- 5 : Role of Mapping in Border Demarcation
४२. सीमांकनमा नापनक्साको भूमिका १७५
४३. ब्रम्हदेवमण्डीउत्तर सीमांकन भएको छैन १७७
४४. देशको रक्षक ः सीमा स्तम्भ १७९
४५. सिमानाको ज्वलन्त प्रमाण ः सीमा नक्सा १८९
४६. नेपाल-भारत संयुक्त प्राविधिक सीमा समिति १९२
४७. नेपाल-चीन संयुक्त सीमा समिति २००
४८. नेपाल-भारत-चीन त्रिदेशीय बिन्दु कहाँ पर्ला – २०६

Chapter- 6 : Nepal-China Boundary
४९. नेपाल-चीन सिमाना २०९
५०. बेत्रावती सन्धिको सिमाना २१०
५१. थापाथली सन्धिको सिमाना -नेपाल(तिब्बत शान्ति सन्धि) २१७
५२. १९६१ को नेपाल-चीन सीमा सन्धिको सिमाना २२०
५३. १९८८ को नेपाल-चीन सीमा प्रोटोकलको सिमाना २२५

Chapter- 7 : Nepal-China Boundary Treaties, Agreements and Protocol Collection
५४. १७७५ को खासा सन्धि -साँध सिमाना साबिक बमोजिम रहने २३२
५५. १७८९ को केरुङ् सन्धि -नेपाल-भोट युद्धको सिलसिलामा) २३३
५६. १७९२ को बेत्रावती सन्धि -तिब्बत-नेपाल सन्धि) २३५
५७. १८५६ को थापाथली सन्धि -नेपाल-तिब्बत शान्ति सन्धि) २३५
५८. १९६० को चीन-नेपाल सीमा सम्झौता २३८
५९. १९६० को चीन-नेपाल शान्ति तथा मित्रताको सन्धि २४३
६०. १९६० को संयुक्त सीमा समिति -पहिलो बैठक) को निर्ण्र्ाा२४५
६१. १९६१ को संयुक्त सीमा समिति -दोश्रो बैठक) को निर्ण्र्ाा२४७
६२. १९६१ को नेपाल-चीन सीमा सन्धि २४९
६३. १९६३ को नेपाल-चीन सीमा प्रोटोकल -पहिलो सारांश २५४
६४. १९७९ को नेपाल-चीन सीमा प्रोटोकल -दोश्रो सारांश २५६
६५. १९८८ को नेपाल-चीन सीमा -दोश्रो निरीक्षण) समितिको टिपोट् २५७
६६. १९८८ को नेपाल-चीन सीमा -तेश्रो निरीक्षण) बैठकको नोट्स २६६
६७. १९८८ को नेपाल-चीन सीमा प्रोटोकल -तेश्रो सारांश २७०

Chapter- 8 : Border Business and Disputes
६८. मेची सीमा विवाद के हो – २७२
६९. कालापानी सीमा विवाद केका लागि भएको हो – २८१
७०. सुस्ता क्षेत्रको विवाद २९६
७०. मेचीलाई महाकाली -कालापानी) मा च्याँखे ३०३
७२. नेपाल-भारत सीमा कति स्थानमा मिचिन पुगेको छ – ३०७
७३. नेपालको सीमा मिचिएका स्थानहरू ३१२
७४. खुला सिमानाका कुराहरू ३२३
७५. नेपाल-भारत सीमा प्रोटोकल कहिले सम्पन्न होला – ३२७
७६. नेपाल-चीन सीमांकनमा किन कच्पच् परेन – ३३९
७७. सगरमाथा चीनले दाबीगरेको थियो ३४३
७८. नेपालको उत्तरी सिमानाले हिमालचुलीको डाँडाकाटेको थियो ३५४
७९. १९६१ अघि नेपालको उत्तरी सिमानाको आकार ३५६

Chapter- 9 : Collection of Articles, News, Editorials etc. on the Boundaries
८०. विभिन्न पत्र-पत्रिकामा प्रकाशित लेखकका केही लेखहरू संकलन ३६१
८१. रेडियो अन्तर्वार्ता संकलन ४२७
८२. पत्र-पत्रिकामा प्रकाशित केही अन्तर्वार्ता संकलन ४३७
८३. यस पुस्तकका लेखकबारे विभिन्न लेखकहरूको अभिब्यक्ति संकलन ४६८
८४. सीमा समाचार तथा सम्पादकीय संकलन -मुख्य-मुख्य) ५०१
८५. प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, प्रतिनिधिसभा अर्न्तर्गतको
समिति तथा बिभिन्न संघ-संस्थाहरूमा प्रस्तुतिको सारांश टिपोट ५७९
८६. संसदमा लेखकको लेखबारे उल्लेख ५९४

Chapter- 10 : Miscellaneous
८७. विविध लेख टिपन-टापन ५९६
१. पुस्तक लेख्दाको अनुभव ५९६
२. सिमानामा जङ्गे पिलरको हत्या ६०५
३. भारतल े बनाउन लागके ा े अकार् े बाधँ बाट उत्पन्न हनु े समस्या ६०९
४. किमाथाङ्का सीमापारिका गाउँहरू ६१५
५. सीमा समस्या समाधानको शैली नै गलत छ ६१९
८८. पुस्तक विमोचन समारोहमा व्यक्त गरिएका उद्गार ६२३
१. नपे ाल-भारत सीमा बन्द गनर्पर्ुर् छ ६२३
२. सीमा समस्या छिटो सुल्झाउनु सानो देशको हितमा ६२५
३. डा. गुरुङको घडी ६२७
४. भारतले सीमा समस्या जटिल बनाउँदै लगेको निष्कर्ष६२८
८९. पुस्तक विमोचनको समाचार संकलन ६३०
१. राष्ट्रवादी लेखक र जनकवि पुरस्कृत ६३०
२. दशे का े गीत गाउनँ े एक, सीमा रखवारी गनर् े अर्का ६३१
३. सीमावीद् श्रेष्ठ अभिनन्दित ६३२
४. नापीविज्ञ सम्मानीत ६३२
५. नेपालको सीमा विवादबारे डि.सी.मा गोष्ठी ६३३
९०. पुस्तक समीक्षा तथा विविध संकलन ६२५
१. हाम्रो चौकिल्लाको बेलीविस्तार ६२५
२. नेपालको सिमानाको खोजी ६२७
३. मदन पुरस्कार गुठीका अध्यक्षको स्वागत भाषण ६२८
४. Vanguard of Lost Border ६३९
५. कालापानीबारे बिभिन्न ब्यक्तिहरूको भनाइ संकलन ६४१
६. लेखकले नक्सा उपलब्ध गराएका मन्त्रालय, कार्यालय,
संस्था तथा अध्ययनकर्ताहरू ६५२
७. नेपालको सिमाना सम्बन्धी केही तथ्याङ्क ६५३
५. लेखकको छोटकरी चिनारी ६५८
९१. सम्लग्न नक्साहरूः
1. Nepal Boundary Survey Map 1882-83

2. Bengal Traverse Survey Map-1941

3.  विशाल नेपालको नक्सा ६४
4. India -XII Index Map-1835
5. Imporved Map of India-1816 ९७
6. Gurhwal Kumaon-1827 १०३
7. Western Province of Hindoostan-1846 १०६
8. Map of Kumaon & British Gurhwal-1850 ११०
9. Nipal and the countries Adjoining in
South, West & East- 1856 ११४
10. Zilla Morang, Muluk Nepal (Urdu Script)-1874 ११८
11. Nepal, Almora District, U.P.-1879 १२२
12. District Almora 1865-69 and 1871-77 १२४
13. Nepal, Tibet & U.P.-1881 !@&
14. Nepal, Tibet & U.P. 1930-31 !@(
15. Map of India-1841 !##
16. Part of Map-1905 !#%
17. Boundary Demarcation 1816-1860 !*@
18. Nepal-India boundary strip-map of Krishnagar !(!
19. Nepal, Bihar, Orissa & U.P. Susta Area @(*
20. Map of Susta Encroachment #)!
21. The Atlas of India, Plate X and XI-1846 १२७
९२. सर्न्दर्भ सामग्री ६६५
९३. समान्य नाम सूची ६६७

Frontier Marathon to Improve Relation

सम्बन्ध सुधार्न सीमाञ्चल म्याराथन

 

बुद्धिनारायण श्रेष्ठ Labeda Survey PP Size

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमणपछि नेपाल-भारत सीमाञ्चलमा भइरहेको तनाव कम गर्न, नेपाली जनतासँग राम्रो सम्बन्ध बनाउन र मैत्रीपूर्ण कार्य गर्नका लागि दुवै देशका नागरिक सम्मिलित ‘हाफ म्याराथन’ दौड कार्यक्रम भारतको स्वतन्त्रता दिवसको अवसरमा आजैका दिन आयोजना गर्न निर्देशन दिएका छन्। भारतको गौरीफन्टास्थित सीमा सुरक्षाबल (एसएसबी) का इन्चार्ज अम्रेश विश्वासका अनुसार केन्द्र सरकारको निर्देशनमा १५ अगस्तका दिन आयोजना गरिने ‘नेपाल-भारतमैत्री हाफ म्याराथन दौड’ प्रतियोगिता भारतको दुधुवा नेसनल पार्क कार्यालयबाट सुरु भई नेपालको सीमा धनगढीमा अन्त्य हुनेछ। २१ किलोमिटर दूरीको यो दौड प्रतियोगितामा नेपाल र भारतका ११ वर्षभन्दा माथिका जोसुकै सहभागी हुन पाउनेछन्। दुवै देशका अधिकारी यो दौड प्रतियोगिताको निर्णायक मण्डलीमा रहनेछन्। म्याराथन दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः भारतीय रुपैयाँ ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिनेछ।
नेपाल-भारत सीमाञ्चल क्षेत्रमा तैनाथ गरिएका भारतीय एसएसबीले सीमामा नेपालीहरूलाई दुव्र्यवहार गर्ने कार्य बढिरहेको गुनासो बराबर आइरहेको परिप्रेक्ष्यमा नेपालसँगको सम्बन्ध सुधारका लागि अन्तरसीमा म्याराथन दौडजस्ता सामाजिक कार्य गर्न मोदी सरकारले निर्देशन दिएको कुरा प्रकाशमा आएको छ। भर्खरै नेपालको दुईदिने राजकीय भ्रमण सफलतासाथ सम्पन्न गरी फर्केका मोदीले तात्तातै दिएको यस्तो दिर्नेशनलाई भारत-नेपाल सीमा सम्बन्ध सुधार गर्ने प्रारम्भिक चरणको पहिलो पाइलाका रूपमा लिन सकिन्छ।

नेपाल भ्रमणको क्रममा नेपाल र भारतबीच विवादित सुस्ता र कालापानीसमेत बाँकी रहेका सीमा मामिला समाधान गर्न एउटा संयन्त्र गठन भएको मोदीले बताएका थिए। भ्रमणको अन्तिम दिन प्रकाशित संयुक्त विज्ञप्तिको दफा १२ मा नेपाल-भारत सीमा मामिलामा बाँकी रहेको मुद्दा सदाका लागि समाधान गर्न जोड दिइएको छ। नयाँ सीमा खम्बा निर्माण गर्न, लोप भएका स्तम्भ पुनःस्थापना गर्न, बिग्रेको सीमा लठ्ठा मर्मत गर्न र दसगजा क्षेत्रलाई सफा राख्ने कार्यका लागि संयुक्त सीमा कार्यसमूह गठन गरिएकोमा सन्तोष व्यक्त गरिएको छ। यस्तै ९७ प्रतिशत सीमारेखाको तयार गरिएको सीमा-नक्सामा चाँडो हस्ताक्षर गरिनुपर्ने कुरामा भारतीय पक्षबाट जोड दिइएको थियो भने नेपाली पक्षले बाँकी रहेका सबै सीमा मामिला समाधान गर्ने इच्छा प्रकट गरेको थियो।

यसैगरी विज्ञप्तिको धारा १४ मा नेपाल-भारतबीच शताव्दीऔंदेखि चलेर आइरहेको खुला सीमालाई अवाञ्छित तत्त्वले दुरुपयोग गरी दुवैतर्फका सुरक्षा निकायलाई चुनौती दिइरहेको कुरालाई ध्यान दिएर सीमामा एकअर्का विरुद्ध गरिने यस्ता क्रियाकलाप नियन्त्रण गरिदिनुपर्छ भन्ने उल्लेख गरिएको छ। यसभन्दा अगाडि हाम्रा प्रधानमन्त्री भारत भ्रमणमा गएका बेला मोदीले आफ्नो सपथ ग्रहणपछि ‘खुला सिमाना रहेका दुई मित्रवत मुलुकले आपसी सुरक्षा चासोमा बढी ध्यान दिनुपर्छ’ भनेका थिए।

भारतले नेपालको सिमानामा ४५ हजार एसएसबी बल तैनाथ गरेको छ। यस अनुसार प्रतिकिमि दूरीभित्र सालाखाला २४ जवान रहेको पाइन्छ। यसरी सीमाञ्चलमा तैनाथ गरिएका भारतीय सशस्त्र सेनाबलले बेलामौकामा नेपालीलाई यातना दिएको घटना आइरहेको पाइन्छ। उदाहरणार्थ, बर्दिया जमुनी गाविस ८ सोनोडाँफेस्थित सीमाखम्बा नं. ४३ तथा ४४ उत्तर नेपाली भूमिमा एसएसबी हातहतियारसहित पसी जमुनी ९ का ५० वषर्ीय हर्कबहादुर शाहीलाई २०६७ फागुन ५ गते बलजपmती पक्रेर एसएसबीले पिटा उनको मृत्यु भएको थियो। शाहीलाई पक्रनुको कारणचाहिंँ जंगलमा सिकार खेल्न गएका एसएसबीसँग स्थानीयवासीको भनाभन चलेको र शाहीले त्यसको भूमिका खेलेको बताइएको थियो। स्थानीय नेपाली समूहले एसएसबीको यस्तो कार्यको विरोध गरेपछि मृतकको परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको थियो। यो घटनापछि एसएसबीको टोली परिवर्तन गरिएको थियो।

नेपालले पनि नेपाल-भारत सीमामा ५ हजार ३ सय जवान सशस्त्र प्रहरीबल तैनाथ गरेको छ। यस अनुसार प्रतिकिलोमिटर सालाखाला ३ देखि ४ जवान छन्। नेपालले ८७ ‘बोर्डर अव्जरभेसन पोष्ट’ खडा गरेको छ भने भारतले ४ सय ६६ पोष्ट खडा गरेको छ। बर्दियाका हर्कबहादुर शाहीको मृत्यु भएको घटनामा भारतीय एसएसबीका अगाडि नेपाली सशस्त्र प्रहरीबल निरीह बनेको स्थानीयवासीले अनुभव गरेका छन्। सशस्त्र प्रहरी टोली एसएसबी क्याम्पमा पुगे तापनि जीवनकै अन्तिम घडीमा रहेका शाहीबारे कडा अडान राख्न नसकेको स्थानीय सीमावर्ती नेपाली जनताको बुझाइ छ।

भारतीय सुरक्षाबलको सहयोगमा कतर्नियाघाट वन कार्यालयका भारतीय कर्मचारीले बर्दियासँग जोडिएको नेपाल भारत सीमाको ढोढरी गाविस ४ स्थित दसगजा क्षेत्रमा २०६७ माघ पहिलो साता एक मिटर गहिरो खाडल खन्दा सीमा मिचिई सीमास्तम्भ नं. ८२ फेदैदेखि ढलेको छ। एसएसबीले सीमाको रक्षा गर्नुपर्नेमा सीमाखम्बा नै ढल्दा पनि वास्ता नगरिएको पाइएको छ।

भारतको विभिन्न सहरमा कमाइ गरी खासगरी दशैं तिहारको चाडपर्व मनाउन आफ्नो देश फकर्ंदै गरेका नेपाली यात्रुसँग सुनौली नाकामा तैनाथ भएका एसएसबीले सय-पचास नझारी सीमापार गर्न नदिएका जस्ता धेरै घटना सञ्चारमाध्यममा बराबर आउने गरेको छ। सामान्यतया नेपाल भारत सीमा खुला छ भनिन्छ, तर यस्ता घटनाले कार्यगत रूपमा स्वविवेकीय पद्धति अपनाउने गरेको कुरा दुवै सीमावर्ती जनताले महसुस गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं भ्रमणका अवसरमा नेपालमा चलेको सिरोटेले भारतमा जाडो हुने, अनि भारतको चर्को घामले नेपालमा गर्मी लाग्ने भनेका छन्। यसैगरी हिन्दुस्तानले कुनै पनि लडाइँ नेपालीको सहयोगबिना जितेको छैन भन्ने तथ्यलाई मोदीले उजागर गर्दै भारत काशीको हिन्दु मन्दिरमा नेपाली मुख्य पुजारी रहेको र नेपालको पशुपतिनाथ मन्दिरमा भारतीय भट्टहरू भएको, अनि नेपाल भारत बीचको सम्बन्ध हिमालय र गंगाजत्तिकै पुरानो रहेको अभिव्यक्ति प्रकट गरेका छन्। यही अभिव्यक्तिअनुसार पुराना सम्बन्धलाई अझ गाढा र मजबुत बनाउन र दुवै सीमाञ्चलमा बसोबास गर्ने जनता-जनताबीच आपसी सम्बन्ध सुधार्न मोदीले भारतीय एसएसबीलाई अन्तरसीमा म्याराथन दौड प्रतियोगिता आयोजना गर्न निर्देशन दिएका होलान्। आशा गरौं, यस्ता संयुक्त प्रयासबाट दुई देशबीच विवादित कालापानी लिम्पियाधुरा तथा सुस्ताजस्ता सीमा मामिला सकेसम्म चाँडो दुवै देशको सहमतिमा समाधान हुनेछन्।

Border Business

Ktm Post Border Business 71-4-18

Border Security Issues not Top Priority

Border Security Issues not Top Priority

Kamal Pariyar

KATHMANDU, Aug 1:Even though the officials of both governments claim that security convergence and prospective mutual benefits would justify security cooperation agreements, no real preparations have been made so far to deal with serious security issues even as Indian Prime Minister Narendra Modi´s visit to Nepal fast approaches.

At several bilateral meetings held earlier, both countries reviewed the security issues and highlighted the need to effectively tackle security threats, but with dismal results, Buddhi Narayan Shrestha, a former director general of the Department of Survey and a researcher on border issues, told Republica. 

Nepal and India share about 1,880 km of open border with 87 border outposts (BOP) guarded by the Armed Police Force (APF) and 466 BOPs guarded by India´s Sashastra Seema Bal (SSB). 

Apart from crimes such as trafficking of illegal arms and drugs, smuggling of fake Indian currency to Nepal and trafficking of Nepali women to India through the porous border, India has frequently criticized Nepal, alleging [Pakistan] Inter Services Intelligence (ISI) activities and the hiding of India´s most wanted terrorists in Nepal as well as the running of Madrasas (Muslim religious schools) in bordering areas, Shrestha added.

“Nepal and India do have enough in common for mutually strengthening security, especially concerning the more serious issues and stakes, but these issues are not in the priority list of either government during the Modi visit,” Shrestha said adding that Nepal should at least put forth these issues during the visit. 

Though India wants an extradition treaty, Nepal has not signed one due to some technical reasons. India´s most wanted Abdul Karim Tunda and co-founder of the Indian Mujahideen Yasin Bhatkal, who is on the US terrorist list, among others, were arrested by Nepal Police and allegedly informally handed over to India. Similarly, many engaged in organized crime and Indian fake currency smugglers were also arrested in Nepal and Indian criminals have abducted Nepalese industrialists to India for ransom. 

Former home secretary Umesh Mainali said, “Despite power projects being top priority for the Modi visit, security issues cannot be neglected any longer.” So Nepal should be able to draw attention at high-level meetings to issues that have been pending for years, he added .

India is likely to broadly touch upon the issues of Indo-Nepal security and raise the extradition treaty as in the past but Nepal is not likely to address these issues, according to security experts. There have not been enough talks among government stakeholders and political parties, they said. 

If issues and challenges related to border security are emphasized at bilateral meetings, the mechanisms formed to regulate crime and manage the border will fall into place in future, he said adding that unfortunately this scenario is almost impossible. 

India has already come up with preliminary steps for regulation of the border and ensuring of security but it has done so in its own interest, Shrestha said, stressing the need for short- and mid-term regulatory programs including cctv monitoring and an id-card system for movements in the border areas, with border fencing as a long term program. 

However, Home Secretary Surya Silwal said the government is not satisfied with the arguments of security experts. “We are very much aware and worried about the challenges of border security and its consequences,” he said. 

Citing a recent statement by Indian External Affairs Minister Sushma Swaraj, Home Secretary Silwal said, “As Minister Swaraj said, we have minutely discussed the issues and plan to resolve the problems starting from political level and forming a strong mechanism among the two countries.”

Because of time constraints, the issues might not get highlighted but they are hopeful they will be discussed properly, he added.

Republica Daily, Published August 2. 2014