Real estate stakeholders expect recovery in new year

REAL  ESTATE  STAKEHOLDERS  EXPECT  THE  NEW  YEAR  TO  BRING  GOOD  TIDINGS  AND  RECOVERY

The Himalayan Times Daily, April 14, 2012: Page 13

By Sujata Awale, Kathmandu

After a two-year transitional period of ups an down, the real estate sector is finally stabilising and stakeholders expect the new year to bring good tidings and recovery. Those involved in the sector believe that dipping of interest rates by banks and financial institutions (BFIs), government’s new flexible rules, budget, transparent policies of developers and awareness among genuine customers will see real estate expand and revive this year.

…Buddhi Narayan Shrestha, President of International Real Estate Federation (FIABCI) Nepal Chapter, says: “The new year will see upward growth in transactions of housing and remain static in land development.” Informing that real estate takes at least six years to regain a cycle. Shrestha maintains “after two years of turmoil, the new year should initiate a bright future for the industry.”

He proposes deducting customs rates on required materials for the industry, controlling unauthorised brokers and making soft home loans more accessible. “Nepal has not rules to regularise brokers, which results in artificial demand and market fluctuation. Concerned authorities  should think about this problem seriously,” he suggests. According to him, there is a genuine demand for 23,000 units of housing per year in Kathmandu valley and till date housing companies have only been able to develop 10,000 units.

Loo : A Novel of Border Inhabitants

                       उपन्यासकार पाण्डेले ‘लू’ ल्याए

दिनहुँजसो नेपाली चेली बलात्कृत हुन्छन् । बिनाभन्सार अनैतिक समानाको खुलेआम बिक्री । रातारात सिमाना सर्छ । पीडा बस्तीका नागरिकलाई । भारतीय सीमावर्ती नेपालीका यस्तै समस्या खोतल्दै उपन्यासकार नयनराज पाण्डेले नयाँ कृति ‘लू’ बजारमा ल्याएका छन् । राजधानीमा शनिबार साहित्यकार जगदीश घिमिरे, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, युवा साहित्यकार युग पाठक र बुद्धिसागर चपाइँले कृति सार्वजनिक गरे ।

‘सीमा समस्या मुलुककै मुख्य समस्या भएकाले साहित्यमा यसरी तथ्यपरक ढंगले प्रस्तुत हुनु प्रशंसनीय’ रहेको जगदीशले बताए ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले लू कृतिमा नेपाल-भारतबीचको सीमाक्षेत्रमा भएको समस्या, नेपाली भाषीले भोग्नुपरेको पीडा, आफ्नै देशका नागरिक भोलिपल्टै अनागरिक बन्नुपरेको पीडा, गरिब समुदायको राज्यद्वारा बेवास्तालगायतका कुरालाई पाण्डेले यथार्थ तरिकाले प्रस्तुत गरेको बताए । लू ले जसरी मानिसहरुलाई मार्छ, सीमाक्षेत्रका नेपाली जाति पनि सीमापारिका नागरिक -लू) बाट पीडित भएका छन् । उहाँले उपन्यासमा तातो हावा चल्नुको दोष भारतीय सीमावर्ती सुरक्षा बललाई दिए । उनलाई घत लागेको छ, उपन्यासले सीमावारिको जीवन र सीमापारिको चर्तीकला उठाएकोमा ।

बुद्धिनारायणले खुल्ला सिमानाका कारण भित्रिएका विकृतिहरूको समेत उपन्यासमा सूक्ष्म अध्ययन गरिएको सुनाए । उनले साहित्यिक रस र समसामयिक विषयको तथ्यपूर्ण सम्मिश्रणले गर्दा उपन्यासले पाठकलाई फरक स्वाद दिन सक्ने दाबी समेत गरे । ‘सरकारले बोल्न नसकेको धेरै कुरा नयनको उपन्यासले बोलेको छ,’ उनले भने ।

बृद्धिसागरले चाहिँ ‘लू’ उपन्यासले काल्पनिक साहित्य परम्परालाई चुनौती दिएको बताए ।

नयनको यो पाँचौं उपन्यास हो । उनको पछिल्लो कृति ‘उलार’ले निकै चर्चा पाएको थियो । सामाजिक विसंगति र समसामयिक समस्यालाई साहित्यिक रसमा सजाएर पाठकसामु पुर्‍याउनु उनको विशेषता हो । ‘साहित्यले आनन्द मात्र दिँदैन समाज परिर्वतनमा सघाउ पनि पुर्‍याउँछ,’ उनले भने, ‘सीमा समस्याबारे हामी सचेत हुनु जरुरी छ, त्यही भएर यसपटक यही थिममा काम गरें ।’ उनले भारतीय सीमासँग जोडिएको एक गाउँले बस्तीमा देखिएका, घटेका र भोगेका आपराधिक गतिविधिलाई उपन्यासमा उतारेका छन् । ‘समग्रमा ‘लू’ दक्षिणी सीमावर्ती क्षेत्रको अभिलेख हो,’ उनले भने, ‘यसभित्र नेपालको सीमावर्ती क्षेत्रको वास्तविक अवस्था झल्किन्छ ।’ सामाजिक, राजनीतिक, आर्थिक र दुई देशबीचको खिचातानीभित्र पनि रमाएर बाँच्न सिकेका सीमावर्तीहरूको प्रेम-प्रसंगले उपन्यासमा रोमाञ्चक मसलाको काम गरेको उनले खुलाए ।