Knowledge on Boundaries (Book)

Authored by :

Buddhi Narayan Shrestha

 

Knowledge on Boundaries (Book)

Cover Page-1

विषय–सूची
अध्याय–१ ः सीमा अवधारणा
सिमाना भनेको के हो ?
सीमा अवधारणा
सिमानाको ज्ञान गरौं
स्मार्ट बोर्डर
सिमानाको वर्गीकरण
सिमानाको पाटो

अध्याय–२ ः अन्तर्राष्ट्रिय सीमा सिध्दान्त
अन्तर्राष्ट्रिय सीमा सिध्दान्त
नदीको उद्गम निर्धारण गर्ने अन्तर्राष्ट्रिय सीमा सिद्धान्त
अन्तर्राष्ट्रिय सीमाको चरण
सीमा मिचिने कारण
विश्वका सीमा विवादित क्षेत्र
सीमा समस्या समाधान गर्ने तरिका
सीमायुद्ध लडेका देशहरू
विश्व प्रसिद्ध सीमारेखाको नाम
सिमानामा तारबार÷पर्खाल लगाइएका देशहरु
विश्वमा लामो सीमारेखा भएका देशहरु
विश्वमा छोटो सीमारेखा भएका देशहरु
विश्वका ठूलो क्षेत्रफल भएका देशहरु
विश्वका सानो क्षेत्रफल भएका देशहरु
विश्वका जेठा राष्ट्रहरु
नेपालको सात संघीय प्रदेश सम्बन्धी विवरण
महासागरमा सिमाना
आकाश र पातालमा सिमाना
नेपाल–भारत सीमांकनमा अपनाइएको सिध्दान्त
नेपाल–चीन सीमांकनमा अपनाइएको सिध्दान्त

अध्याय–३ ः सीमा मामिला र समाधान
नेपाल–चीन सीमा मामिला
नेपाल–चीन सीमा विवाद तथा समाधान
नेपाल र चीनबीच लेनदेन गरिएको भूभाग
नेपाल र भारतबीच लेनदेन गरिएको भूभाग
सीमा अङ्कन गर्नमा नक्साको भूमिका
दशगजा भनेको के हो ?
दशगजामा उभिएर ढुङ्गा नहानौं
नेपाल–भारत दशगजा मिचिएका स्थान

अध्याय–४ ः जङ्गेखम्बा
सीमाखम्बा र यसको आकार प्रकार
जङ्गेखम्बा देशको रक्षक
सिमानामा जङ्गेखम्बाको हत्या
नेपाल– चीन सीमाखम्बाको सङ्ख्या
नेपाल– भारत सीमाखम्बाको सङ्ख्या
नेपाल–चीन जिल्ला सीमान्त रेखाकोे लम्बाइ
नेपाल–भारत जिल्ला सीमान्त रेखाकोे लम्बाइ
नेपाल–चीन सीमा नदी
नेपाल–भारत सीमा नदी

अध्याय–५ ः सीमा समिति
नेपाल–चीन संयुक्त सीमा समिति
नेपाल–भारत संयुक्त सीमा समिति
नेपाल–भारत सीमा व्यवस्थापन समिति

अध्याय–६ ः सीमा मिचान
भारत–नेपाल सीमावर्ती बॉध
नेपाल–भारत सीमा मिचिएका स्थानहरू
नेपाल–भारत सिमानामा तारबार
अन्तर्राष्ट्रिय विमानस्थल सीमाविन्दु हो
भारत आफ्नो उत्तरी सीमा हिमालय ठान्थ्यो
नेपालको उत्तरी सीमामा भारतीय सैनिक चेकपोस्ट

अध्याय–७ ः सन्धि सम्झौता
नेपालले छिमेकी मुलुकस‘ग सिमा सन्धि÷सम्झौता
सुगौली सन्धि के हो ?
सुगौली सन्धिको सक्कल प्रति खोई ?
१९५० को सन्धि संशोधन कि खारेजी ?

अध्याय–८ ः लिपुलेक कालापानी सुस्ता सीमा समस्या
लिपुलेक सीमा मामिला के हो ?
किन चाहियो भारत र चीनलाई लिपुलेक मार्ग ?
कालापानी सीमा समस्या के हो ?
सुस्ता सीमा समस्या के हो ?
नेपालको सिमाना र सीमाङ्कनको अवस्था
नेपालको सिमाना हिमालपारिसम्म थियो

अध्याय–९ ः सीमा व्यवस्थापन
सीमा व्यवस्थापन
नेपालको सीमा व्यवस्थापन
सीमा वारपार गर्न परिचयपत्र
कञ्चनपुर सीमा घटना
भारतीय नाकाबन्दी नौलो कुरो होइ
नेपाल दुई ढुङ्गामाथिको सॉघु
चीनको बेल्ट एन्ड रोड परियोजनामा नेपाल
नेपाल–चीनबीचका सात नाका
भारत र चीनबीचको ट्रान्जिट मुलुक नेपाल

अध्याय–१० ः टिपन टापन
कालापानी सीमाबारे कसले के भने ?
नेपालको सिमाना सम्बन्धीे केही तथ्याङ्क
सिमाना शव्दावलीको परिभाषा
सन्दर्भ–सामग्री
सीमा सम्बन्धी कार्टुन चित्र
सामान्य नाम सूचीपत्र

Cover Page-2

Cover Page Both

Both Bribe Taker and Giver are Guilty

 

Both Bribe Taker and Giver are Guilty

Buddhi Narayan Shrestha

prithvi-ghus dinya ra linya 75-9-27

 

Extra-curricular Activities Make Creative

Extra-curricular Activities Make Creative

Buddhi Narayan Shrestha

Annapurnapost Ankkur

Map of Nepal, Printed in India

Map of Nepal, Printed in India

Buddhi Narayan Shrestha

Annapurna-1Annapurna-2

What does India want ?

What does India want ?

Buddhi Narayan Shrestha

Re-written by :

Gorkha Express Weekly, 3 July 2018

 

Gorkha

Three Years of Earthquake and our Manner

Three Years of Earthquake and our Manner

Buddhi Narayan Shrestha

Nagarik Bhuinchaloko Tin Barsha 75-1-12

Conventional Visit Series

Conventional Visit Series

सनातनी भ्रमण शृंखला

 At Sindhuligadhi

बुद्धिनारायण श्रेष्ठ

Buddhi Narayan Shrestha

प्रधानमन्त्री ओलीको निम्तोमा मोदीले नेपाल भ्रमण गर्दा नेपालभारत सम्बन्धको

ग्राफ कता जाने हो, जनताले मूल्यांकन गर्नेछन्

 

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरी फर्केको दुई साता बितिसके पनि भ्रमणको सफलता/असफलताको चर्चा सञ्चारमाध्यम र कफीगफमा चलिरहेकै छ । पंक्तिकारलाई चाहिँ भ्रमण सनातनी हिसाबले सफल अनि प्रगतिशील दृष्टिकोणले कम सफल लागेको छ ।

प्रम ओलीले त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मानगारदको सलामी थापे । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्लीमा उनलाई मन्त्रीले स्वागत गरे । सञ्चारमाध्यममा दुई चार कुरा भने, व्यापारी जगत्लाई लगानी गर्न आह्वान गरे । आफ्नो दूतावासको कार्यक्रममा नेपालप्रति चासो राख्ने बन्धुबान्धवसँग भलाकुसारी गरे । भारतीय मन्त्री तथा केही नेता भेट्न आए । राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीलाई भेट्न पुगे । आफ्ना समकक्षीसँग अनौपचारिक, औपचारिक भेटवार्ता गरे, बाह्रबुँदे संयुक्त वक्तव्य जारी भयो । दिल्लीबाहिरको एउटा योजनाको भ्रमण गरे अनि स्वदेश फर्के । भ्रमण सफल भएको र मित्रता बढाएर आएँ भने । यस्ता काम कुरो भारत भ्रमण गर्ने अन्य प्रधानमन्त्रीले पनि गरेकै थिए । त्यसैले ओलीको भ्रमणलाई सनातनी मान्नुपर्छ ।

क्रमभंगता हुन सकेन
यो भ्रमण प्रगतिशील दर्जाको भइदिएको भए ओलीले पाकिस्तानका प्रधानमन्त्रीलाई नेपाली सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिएजस्तै आफूले पनि त्यहीँ सम्मानगारदको सलामी थाप्ने व्यवस्था गरेर त्यहाँबाट विमानस्थल पसी सीधै हवाइजहाजभित्र छिरेको हुनुपर्ने हो । दिल्ली विमानस्थलमा प्रधानमन्त्री मोदी नै स्वागतमा उपस्थित भएको भए भ्रमण प्रगतिशील दर्जाको हुने थियो । नेपालको प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले दिल्ली विमानस्थलमै स्वागत गरेको दृष्टान्त छ ।

मोदीले ओलीलाई दुई पटक फोन गरेर र एक पटक विदेशमन्त्रीलाई दूत पठाएर भारत भ्रमणको निम्ता दिएका थिए । चीनले पनि भ्रमणका लागि प्रधानमन्त्रीको शपथ खाँदानखाँदै निम्तो पठाएको थियो भने पाकिस्तानी प्रधानमन्त्रीले त आफैं नेपाल आएर निम्तोपत्र प्रस्तुत गरेका थिए । यसरी तीन देशले ओलीको पहिलो भ्रमण आफ्नो देशमा गराउन तानातान गरेका समय हाम्रा प्रधानमन्त्रीले भारतीय समकक्षीलाई कूटनीतिक माध्यमद्वारा सशक्त तरिकाले कुरो पुर्‍याउन सक्नुपथ्र्याे, ‘प्रधानमन्त्री मोदी दिल्ली विमानस्थलमै उपस्थित हुने हो भने मेरो पहिलो भ्रमण भारत नै हुन्छ ।’ तर ओली चुके ।

नेपालभारत सम्बन्धको ग्राफ
माथि उल्लिखित घारणा र भावनामा जोडिन आइपुग्ने कुरोचाहिँ नेपाल र भारतको सम्बन्धकै पाटो हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको पहिलो भ्रमण २०७२ साउन १९–२० मा नेपाल–भारत सम्बन्धको ग्राफ उकालो लागेको थियो । मोदीले नेपालसँगको सम्बन्ध साँच्चिकै विस्तृत मात्रै होइन, प्रगाढ नै तुल्याए भनी जताततै मोदीको प्रशंसा भएको थियो । तत्कालीन व्यवस्थापिका–संसद्मा मोदीको उद्गार सुनेर सारा सांसद गद्गद् भए । कारगेडसहितको औपचारिक सडकयात्राका क्रममा मोदी गाडीबाट अनायास उत्रेर नेपाली जनतासमक्ष हात मिलाउन पुग्दा नेपाल–भारत सम्बन्धको ग्राफ ‘ओभर सुटिङ’ भएको थियो । तर, त्यसको एक वर्ष डेढ महिनापछि मोदीले नेपालको सीमाविन्दुहरूमा नाकाबन्दी गरिदिंदा नेपाल–भारत सम्बन्धको ग्राफ एकाएक ‘बम्पिङ’ भयो । ‘क्रयास’ चाहिँ भएन । प्रधानमन्त्री ओलीको अहिलेको भ्रमणले त्यो बम्पिङ ग्राफलाई अलिकति माथि पुर्‍याएका छन् । उनको यो भ्रमण प्रगतिशील भइदिएको भए माथि पुर्‍याएको त्यो ग्राफ ‘कन्स्टयान्ट ट्रेन्ड’ मा पुग्नुपर्ने हो तर पुगेन । किनकि अविश्वासको खाडल अझै पुरिएको छैन । अब ओलीको निम्तोमा मोदीले नेपाल भ्रमण गर्दा नेपाल–भारत सम्बन्धको ग्राफ ‘अपवार्ड ट्ेरन्ड’ मा जाने हो, होइन नेपाली जनताले मूल्यांकन गर्नेछन् ।

भाइभाइ होइन, मित्रमित्र
ओलीको भ्रमण साँच्चिकै प्रगतिशील भइदिएको भए उनले छाती फुकाएर भन्नुपर्ने थियो, ‘म तीन करोड नेपाली जनताको सद्भाव बोकेर आएको छु, अब सवा अर्ब भारतीय जनताको मित्रता लिएर फर्कन चाहन्छु । नेपाल र भारत भाइ–भाइ होइन मित्र–मित्र हुन् ।’ तर, यस्तो भनेको सुनिएन । किनकि मित्र–मित्र भनेको समान हुन् । भाइ–भाइ भनेको छोटे
भाइ र बडे भाइ हुन सक्छ ।

ओली–मोदीबीच दुई पटक ‘वान टु वान’ वार्ता भए । योचाहिँ प्रगतिशील नै मान्नुपर्छ । यसभन्दा अघिल्ला प्रधानमन्त्रीबीच आक्कलझुक्कल एक पटक मात्रै वार्ता हुने गरेको थियो । तर, त्यो गोप्य वार्तामा के कुरा उठे र के उठ्न सकेनन्, सञ्चारमाध्यममा आएन । भारत जुनसुकै विषयमा कुराकानी गर्न तत्पर रहेका बेला नेपालको स्वाधीनता, सार्वभौमिकता, स्वाभिमानता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताका सम्बन्धमा त्यो गोप्य वार्तामा ओलीले डटेर कुरा गरे कि मानसिक हीनताबोध महसुस गरे ? अडान लिन सके कि लत्रान (लम्पसार) भए । समान हितमा सहकार्य गरिने कुरामा कमजोरी रह्यो कि ‘जित–जित’ को वातावरण ल्याए ? आफ्नो भ्रमण प्रगतिशील स्तरको बनाउन ओलीले आफ्ना समकक्षीसँग नेपालको चासो रहेका केही बँुदा राख्नुपर्ने थियो । जस्तो : भारतीय लगानीको नेपालमा सञ्चालित परियोजनाहरू समयमै पूर्णता नभई लागत महँगो हुँदै जाने गरेकाले समय सीमाभित्रै पूरा गरिने वाचा–बन्धन गराउन सके सकेनन् ?

भूकम्पका बेला भारतले वाचा गरेको पुनर्निर्माण कार्यको रफ्तार ढिला भएको, हुलाकी राजमार्गको निर्माण कचल्टिएको अवस्थामा पुगेको, भारतीय रु. ५०० र १००० नोटबन्दी भएकाले नेपाली व्यापारीको पुँजी जाम भएको, भारतमा काम गरिरहेका नेपालीले आफ्नो नागरिकता प्रमाणपत्रका आधारमा बैंक खाता खोल्न चाँजोपाँजो मिलाइदिने विषय उठेको थाहा पाइएन । भारतबाट नेपालमा टेलिफोन गर्दा चर्काे शुल्क लाग्ने गरेकामा नेपालबाट भारतमा गर्दा जतिकै शुल्क लिने प्रबन्ध गरिदिने, नेपाल छिर्ने ग्यास बुलेट र नेपालबाट भारत पठाइने अदुवा, वनस्पति, घिउजस्ता पदार्थलाई बेलामौकामा घ्याच्चघ्याच्च नरोकिने प्रबन्ध मिलाएको पनि देखिएन ।

सार्कको अध्यक्ष नेपाल रहेको अवस्थामा रोकिएको सार्क सम्मेलनको गाँठो फुकाउने कुरो हुन सकेन । हाम्रा दक्षिणी नाका मात्र होइन, उत्तरी छिमेकीसँगको सीमा–नाका पनि जोड्न सक्ने विकल्प रहेको कुरा विधिवत् अवगत गराउन सकेनन् । नेपालले चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ परियोजनामा हस्ताक्षर गरेको कुरा कूटनीतिक औपचारिकताका लागि व्यक्त गर्न चाहेनन् । नेपालको सार्वभौमिकता रहेको लिपुलेकबाट भारत र चीनले आपसी व्यापार वृद्धि गर्ने सन् २०१५ को सम्झौतामा संशोधन गर्नुपर्ने कुरा उप्काउन सकेनन् । भारतीय बाँध तथा सडकजस्ता संरचनाले डुबानको पीडामा परेको नेपाली जनताको सन्देश आफ्ना समकक्षीसमक्ष प्रवाह गर्न भुले । कालापानी–लिम्पियाधुरा, सुस्ताजस्ता ‘क्रोनिक’ सीमा समस्याबारे प्रधानमन्त्री मौन रहे । ऊर्जाशक्ति र हिमालबाट उम्रेको कञ्चन पानी नेपालको बल हो भन्न सकेनन् । एक्लाएक्लै वार्तामा नेपालको आन्तरिक राजनीतिक मामिलामा प्रवेश गर्न नदिनुचाहिँ प्रगतिशील भ्रमणको द्योतक मान्नुपर्छ ।

शंकाका बुँदा
प्रधानमन्त्रीको भारत भ्रमणकालमा नेपाल–भारत जलमार्गले जोड्ने, रक्सौल–काठमाडौं रेलमार्गले ‘कनेक्टिभिटी’ बढाउने र कृषिमा साझेदारी अभिवृद्धि गर्ने कुरो सनातनी संयुक्त वक्तव्यमा आउनु राम्रै कुरो हो । तर, सगरमाथादेखि सागरसम्म जलमार्गले जोड्दा कोसी नदीमा स्टिमर जहाज चलाउन अहिलेको कोसी ब्यारेजले अड्चन ल्याउने हुँदा त्यसलाई भत्काएर बराहक्षेत्रमा कोसी उच्चबाँध बनाइने हो कि † रक्सौलको रेल काठमाडौं ल्याउन त्रिभुवन राजपथजस्तै बेचल्तीको रेलमार्ग बनिने हो कि  ! कृषिमा साझेदारी गर्दा नेपालका जडीबुटी वनस्पति कच्चा पदार्थ कौडीको मोलमा भारतीय कलकारखानामा सजिलै पुग्ने हो कि † नेपाली यस्ता कुरामा चाहिने नचाहिने तरिकाले सनातनी शंकामा छन् ।

प्रधानमन्त्री ओलीले अब छिटै गर्ने चीनको भ्रमणमा भारतको सनातनी भ्रमणभन्दा फरक ढङ्गले निकै प्रगतिशील भ्रमण गर्नेछन्, दुवै छिमेकी मुलुकलाई समसामीप्यता ल्याउनेछन् र आफ्नो देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने छन् भन्ने आशा गरौं ।

प्रकाशित : वैशाख १०, २०७५

%d bloggers like this: